Alag Dhar

अलगधार

अलगधार

1598 Posts
पूर्व वडा अध्यक्ष मृत अवस्थामा फेला

पूर्व वडा अध्यक्ष मृत अवस्थामा फेला

मकवानपुर । ताप्लेजुङको सिदिङ्वा गाउँपालिका–२ सादेवाका पूर्व वडा अध्यक्ष मृत अवस्थामा फेला पर्नुभएको छ । ७० वर्षीय पूर्व वडा अध्यक्ष नरबहादुर दाहाल मृत अवस्थामा फेला पर्नुभएको हो । बिहीबार बिहान करिब ७ः३० बजे दाहाल घर नजिकैको बाटो हिँड्ने क्रममा बाटोभन्दा करिब पाँच फिट तल रहेको कोदो बारीमा लडी घोप्टो अवस्थामा भेटिएको सूचना अधिकारी तथा प्रहरी निरीक्षक विवेक बस्नेतले जानकारी दिनुभयो । उहाँका अनुसार घटनाको जानकारी सोही वडाका वडा अध्यक्ष पूर्णकुमार लिम्बूले बिहान करिब ८ः४५ बजे टेलिफोन मार्फत दिनुभएको थियो । मृतकको मृत्युको कारण खुल्न बाँकी रहेको र घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Read More
बाढीपहिरोका कारण तीन प्रदेशका नौ राजमार्ग अवरुद्ध

बाढीपहिरोका कारण तीन प्रदेशका नौ राजमार्ग अवरुद्ध

मकवानपुर । देशका विभिन्न ठाउँमा परेको वर्षाका कारण बाढिपहिरो जाँदा तीन प्रदेशका नौ मुख्य राजमार्ग अवरुद्ध भएको छ । प्रहरी प्रधान कार्यालयले दिएको जानकारीअनुसार वर्षाका कारण कोशी, बागमती र कर्णाली प्रदेशका नौ राजमार्ग अवरुद्ध भएका हुन् । अवरुद्ध हुनेमा सङ्खुवासभाको भोटखोला गाउँपालिका वडा नं ४ वरुणखोलास्थित कोशी राजमार्ग र सोही जिल्लाको मकालु गाउँपालिका वडा नं ३ एकुवास्थित कोशी राजमार्ग अवरुद्ध भएका छन् । यस्तै बाढीपहिरोलो इलामको इलाम नगरपालिका वडा नं ९ राजदुवालीस्थित मेची राजमार्ग र पाँचथरको पाँचथर तुम्बेवा गाउँपालिका वडा नं २ नावाखोलास्थित तमोर करिडोरसमेत अवरुद्ध भएको प्रहरी केन्द्रीय प्रवक्ता, प्रहरी नायव महानिरीक्षक विनोद घिमिरेले जानकारी दिनुभयो । यसैगरी रसुवाको…
Read More

च्याउटारबेसीमा पहिरोबाट १५ घर उच्च जोखिममा

मकवानपुर । सिन्धुली जिल्लाको गोलन्जोर गाउँपालिका–१ च्याउटारबेसीमा पहिरोका कारण १५ घरपरिवार उच्च जोखिममा परेका छन् । यहि असोज १७ र १८ गतेको अबिरल वर्षाका कारण उक्त बस्ति माथिबाट गएको पहिरोका कारण ती घर परिवार जोखिममा परेको हो । असोज १८ गते बिहान गएको उक्त पहिरोबाट निरबहादुर पाण्डेको गोठ र सौचालय भत्किएर क्षति पुगेको गाउँपालिकाले जनाएको छ । त्यस्तै, उक्त बस्तीका कुन्जरमणि बराल, ज्वालाप्रसाद न्यौपाने, ठाकुरप्रसाद न्यौपाने, सुरेस न्यौपाने, सुरेन्द्र न्यौपाने, शान्तिप्रसाद न्यौपाने लगायतको घर परिवार पहिरोको उच्च जोखिममा परेका छन् । जोखिममा परेका परेका परिवार बस्नका लागि अन्यत्र ठाउँ(घर) नभएकाले राति सुत्न सुरक्षितस्थान खोज्दै जाने गरेको र दिउँसो आफ्नै घरमा…
Read More
आज विश्व हुलाक दिवस मनाइँदै

आज विश्व हुलाक दिवस मनाइँदै

मकवानपुर । ‘स्थानीय सेवा, विश्वव्यापी पहुँच’ भन्ने नाराका साथ आज विश्व हुलाक दिवस मनाइँदै छ । सन् १८७४ मा स्विजरल्याण्डको राजधानी बर्नमा विश्व हुलाक सङ्घको स्थापना भएको वार्षिकोत्सवका रूपमा हरेक वर्ष अक्टोबर ९ मा यो दिवस मनाइन्छ । सन् १९६९ मा जापानको टोकियोमा आयोजित विश्व हुलाक सङ्घको महासभाले विश्व हुलाक दिवस घोषणा गरेको हो । त्यसपछि विश्वका विभिन्न देशले वार्षिक रूपमा यो दिवस मनाउँदै आएका छन् । यो दिवसमा धेरै देशका हुलाकले नयाँ हुलाक उत्पादन र सेवाको प्रवद्र्धनात्मक कार्यक्रम पनि गर्दै आएका छन् । विश्व हुलाक दिवसका अवसरमा संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेसले निकाल्नु भएको सन्देशमा हुलाकका माध्यमबाट सहरी र…
Read More
बीपी राजमार्ग जतिसक्दो छिट्टो सञ्चालनमा ल्याउन निर्देशन

बीपी राजमार्ग जतिसक्दो छिट्टो सञ्चालनमा ल्याउन निर्देशन

मकवानपुर ।भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले बीपी राजमार्गको चौकीडाँडा खण्डको सडकलाई जतिसक्दो छिट्टो सञ्चालनमा ल्याउने गरी काम गर्न निर्देशन दिनुभएको छ । रोशी खोलाले बगाएको सडकको अनुगमन गर्न पुग्नुभएका मन्त्री घिसिङले सङ्घीय राजधानी काठमाडौंसँग बागमती, मधेश र कोशी प्रदेशका जिल्लाहरुलाई जोड्ने लाइफ लाइन सडकलाई जतिसक्दो छिट्टो सञ्चालनमा ल्याउने गरी काम गर्न उहाँले सडक विभाग र निर्माण व्यवसायीलाई निर्देशन दिनुभएको हो । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशव शर्मा, सडक विभागका महानिर्देशक विजय जैसीसहित सडक अनुगनमा जानुभएका मन्त्री घिसिङले बाढीपहिरोले क्षति चौकीडाँडालगायतका क्षेत्रको अनुगमन गर्नुभयो । बाढीले क्षतिग्रस्त बनाएको करिब ४ किलोमिटर सडकमा अस्थायी डाइभर्सन निर्माण गरी सञ्चालन…
Read More
निरन्तर अकासिँदै सुनको मूल्य

निरन्तर अकासिँदै सुनको मूल्य

मकवानपुर ।अन्तरराष्ट्रिय बजारमा सुनको मूल्यमा वृद्धि भएसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ । बुधबारको तुलनामा आज एक तोला सुन रु एक हजार २०० ले महँगो भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार रु दुई लाख ३८ हजारमा कारोबार भएको एक तोला सुनको मोल आज रु एक हजार २०० ले बढेर रु दुई लाख ३९ हजार २०० कायम भएको छ । चाँदीको मूल्य पनि बढेको छ । बुधबार एक तोला चाँदी रु दुई हजार ९५५ मा खरिदबिक्री भएकामा आज त्यति नै परिमाणको चाँदी रु तीन हजार २५ मा क्रयविक्रय भइरहेको महासङ्घका जनाएको छ । अन्तरराष्ट्रिय बजारमा आज…
Read More
नागरिक अगुवाहरूले भने : देउवा, ओली र प्रचण्डले क्षमायाचनासहित अवकाश लिनुपर्छ

नागरिक अगुवाहरूले भने : देउवा, ओली र प्रचण्डले क्षमायाचनासहित अवकाश लिनुपर्छ

मकवानपुर । नागरिक अगुवाहरूले प्रमुख दलका नेतृत्वले हालसम्मको अवस्थाको नैतिक जिम्मेवारी लिँदै क्षमायाचनासहित राजीनामा दिएर स्वेच्छिक अवकास लिनुपर्ने बताएका छन्। कुनै दल विशेषको औचित्य र भविष्याका लागि मात्र नभई लोकतन्त्र र दलीय प्रणालीको भविष्यको लागि पनि त्यो आवश्यक रहेको औंल्याएका छन्। ३० नागरिक अगुवाहरूले संयुक्त अपिल जारी गर्दै कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले क्षमायचानासहित बिदा हुनुपर्ने बताएका हुन्। उनीहरूले भनेका छन्, ‘विघटित प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने प्रमुख दलको मूल नेतृत्व (सभापति÷अध्यक्ष) ले हालसम्मको अवस्थाको नैतिक जिम्मेवारी लिँदै क्षमायाचनासहित राजीनामा दिएर स्वेच्छिक अवकाश लिनुपर्छ। यो केवल कुनै दल विशेषको औचित्य…
Read More
मलेशियासँगको महिला टी–२० शृङ्खला नेपालले जित्यो

मलेशियासँगको महिला टी–२० शृङ्खला नेपालले जित्यो

मकवानपुर । मलेशियासँगको महिला टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खला नेपालले जितेको छ । आज भएको पाँचौ तथा अन्तिम निर्णायक खेलमा नेपालले घरेलु टोली मलेशियालाई पाँच विकेटले हराएको हो । नेपालले शृङ्खला ३–२ ले जितेको हो । मलेशियाले जितका लागि दिएको एक सय चार रनको लक्ष्य नेपालले १८औं ओभरमा पाँच विकेट गुमाएर पूरा गर्‍यो । रुवी पोद्दारले २६ र पुजा महतोले २३ रन बनाइन् । मलेशियाका नुर आल्या बत्रिसिया बिन्ती नोर्मिजान, माहिरा इज्जती र ऐना हामिजाह हाशिमले समान एक विकेट लिइन । त्यसअघि क्वालालम्पुरमा टस जितेर ब्याटिङ गरेको मलेशियाले निर्धारित २० ओभरमा सात विकेट गुमाएर एक सय तीन रन बनाएको थियो ।…
Read More
देशभर कृषि तथा पशुपालनमा क्षतिको विवरण सङ्कलन गरिँदै

देशभर कृषि तथा पशुपालनमा क्षतिको विवरण सङ्कलन गरिँदै

मकवानपुर । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले हालै भएको भारी वर्षाका कारण देशभर कृषि तथा पशुपालनका क्षेत्रमा भएको क्षतिको विवरण सङ्कलन गर्न सुरु गरेको छ । मन्त्रालयले सातै प्रदेशबाट क्षतिको प्रारम्भिक विवरण सङ्कलन गरी केन्द्रमा पठाउन निर्देशन दिएको हो । बाढीबाट नोक्सान भएको कृषि वस्तुको प्रकार, परिमाण, पशुपक्षीको नोक्सानी, गोठमा भएको क्षतिको अवस्था तथा व्यावसायिक फार्म, प्रभावित कृषकको अवस्थाबारे विवरण सङ्कलन गरिने मन्त्रालयका सूचना अधिकारी महानन्द जोशीले जानकारी दिए । मन्त्रालय मातहतका सबै प्रदेशमा रहेका कृषि कार्यालयले सम्बन्धित स्थानीय तहको समन्वय र सहयोगमा क्षतिको तथ्याङ्क सङ्कलन गरिने छ । बाढीका कारण कृषि क्षेत्रमा भएको क्षतिको विवरण सङ्कलनपछि तथ्याङ्कको आधारमा किसानले…
Read More
नेपाली राजदूत र नियोग प्रमुखसँग आज ‘ब्रिफिङ’ लिँदै प्रधानमन्त्री

नेपाली राजदूत र नियोग प्रमुखसँग आज ‘ब्रिफिङ’ लिँदै प्रधानमन्त्री

मकवानपुर । प्रधानमन्त्री सुशीला कार्कीले विभिन्न मुलुकमा रहेका नेपाली राजदूत र नियोग प्रमुखहरूसँग ‘ब्रिफिङ’ लिने भएकी छिन्। बुधबार दिउँसो ‘भर्चुअल’ माध्यम मार्फत संवादको कार्यक्रम तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । परराष्ट्र मन्त्रालयको समेत कार्यभार सम्हालिरहेकी प्रधानमन्त्री कार्कीले पहिलो पटक ब्रिफिङ र सरकारको प्राथमिकताको बारेमा निर्देशन दिन लागेकी हुन्। मन्त्रालयले नेपाल स्थित विदेशी नियोग प्रमुखहरूलाई पनि सरकारको तर्फबाट ब्रिफिङ गर्ने तयारी गरेको छ। त्यस क्रममा लोकतन्त्रप्रति प्रतिबद्धता दोहोर्‍याउँदै आगामी ६ महिनाभित्रै निर्वाचन गराउने प्राथमिकतामा समर्थन गर्न सरकारले आग्रह गर्ने र पुनर्निर्माणका लागि सरकारले अनुरोध गर्नेछ। नयाँ सरकार बनेपछि सरकारका प्राथमिकता र आपसी सहयोग तथा सहकार्यका लागि आग्रह गर्दै ब्रिफिङ गर्ने…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.