Alag Dhar

अलगधार

अलगधार

1598 Posts

सकियो समानुपातिकतर्फको मतगणना

काठमाडौं ।  यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीको मतगणना सम्पन्न भएको छ । पछिल्लो समय गोरखा १ र इलाम १ को मतगणना सकिएसँगै समानुपातिकतर्फ पनि सबै मतगणना सकिएको निर्वाचन आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले जानकारी दिनुभयो । मतगणना सकिएसँगै फारम सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयबाट आयोगमा विवरण प्राप्त हुने क्रम भने जारी रहेको उहाँले बताउनुभयो । समानुपातिकतर्फको मतगणना सकिएसँगै समानुपातिकतर्फ राजनीतिक दलले पाउने सिट सङ्ख्या निर्धारणको गृहकार्य पनि सुरु भएको आयोगले जनाएको छ । केही दिनमा यो प्रक्रियाले पूर्णता पाउने जनाइएको छ । यसैबिच बुधबार बिहान ११ बजेसम्मको समानुपातिक निर्वाचन तर्फ  एक करोड सात लाख ३९…
Read More
भोलि निर्वाचन प्रहरीलाई सम्मान सहित बिदाइ गरिँदै

भोलि निर्वाचन प्रहरीलाई सम्मान सहित बिदाइ गरिँदै

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचन सुरक्षाको लागी भर्ना गरिएका निर्वाचन प्रहरीहरूले आफ्नो कार्यअवधि पूरा गरेका छन् । ४० दिनसम्म निर्वाचनको सुरक्षामा परिचालन गर्नेगरी नेपाल प्रहरीले १ लाख ३३ हजार ९८० जना र सशस्त्रले १५ हजार ११० जना निर्वाचन प्रहरी भर्ना गरेको थियो । फागुन २१ मा प्रतिनिधिसभा सदस्य निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ । मतगणना पनि सार्वजनिक भैसकेको अवस्थामा निर्वाचन प्रहरीलाई बिदाइ गर्ने तयारी गरिएको छ । उनीहरूलाई ‘धन्यवाद पत्र’ सहित बिदाइ गरिने नेपाल प्रहरीका प्रवक्ता (डीआईजी) अवि नारायण काफ्लेले रातोपाटीलाई बताए । प्रहरीले फागुन २८ मा देशभर निर्वाचन प्रहरीलाई बिदाइ गर्दै छ । काफ्लेले भने, ‘फागुन २८ गते बिहीबार…
Read More
पहाडी क्षेत्रमा छिटपुट वर्षाको सम्भावना

पहाडी क्षेत्रमा छिटपुट वर्षाको सम्भावना

मकवानपुर । आज कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका साथै अन्य पहाडी क्षेत्रमा मौसम सामान्य बदली छ । अरू बाँकी ठाउँमा आंशिक बदली रहेको जल तथा मौमस पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले तराई र काठमाण्डौ उपत्यकाका केही ठाउँमा तुवाँलो लागेको छ । महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली भू–भागका केही ठाउँमा मेघगर्जन र चट्याङसहित छिटपुट वर्षा तथा हिमपातको सम्भावना छ । यस्तै मधेश प्रदेशसहित तराईका केही क्षेत्रका एक–दुई ठाउँमा हल्का वर्षा हुन सक्ने अनुमान छ ।
Read More
वाणिज्य विभागले निगमसँग ग्यास आयात र बिक्रीको तथ्याङ्क माग्याे, धेरै मूल्यमा बेच्नेमाथि निगरानी

वाणिज्य विभागले निगमसँग ग्यास आयात र बिक्रीको तथ्याङ्क माग्याे, धेरै मूल्यमा बेच्नेमाथि निगरानी

काठमाण्डौ । विश्व बजारमा ग्यासको अभाव र मूल्यवृद्धिसँगै यसको असर नेपालमा पर्न सक्ने जोखिम बढेपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले नेपाल आयल निगमसँग आयात र बिक्रीको तथ्याङ्क मागेको छ । अभावको समस्या समाधान गर्न निगमलाई मन्त्रालयस्तरमा एउटा ठोस कार्ययोजना पेस गर्न र सबै सरोकारवालासँग छलफल गर्न निर्देशन दिइएको विभागका निर्देशक नरहरि तिवारीले बताउनुभएको छ । उपभोक्ताले सहजै ग्यास पाउन नसकेको झन्डै दुई महिना भइसकेको छ । उपभोक्ता मर्कामा परेका छन् । तर निगमले ग्यासको आपूर्तिमा अहिलेसम्म कुनै समस्या नरहेको दाबी गर्दै आएको छ । ग्यास अभाव नभएको भने पनि केही बिक्रेताले निगमतले तोकेको प्रतिसिलिन्डर १ हजार ९१० रुपैयाँभन्दा धेरै मूल्यमा…
Read More
गगनलाई गोपालमानको सन्देश- राजीनामा पार्टी र देश दुवैका लागि हितकर होइन

गगनलाई गोपालमानको सन्देश- राजीनामा पार्टी र देश दुवैका लागि हितकर होइन

मकवानपुर । नेपाली कांग्रेसका अग्रज नेता गोपालमान श्रेष्ठले सभापति गगनकुमार थापालाई राजीनामा नदिइ नयाँ जनादेशअनुसार पार्टी संगठनमा लाग्न आग्रह गरेका छन् । सभापति गगन थापाले राजीनामा दिने चर्चाबीच बुधबार फेसबुमा सन्देश लेख्दै नेता श्रेष्ठले हालै सम्पन्न निर्वाचनमा अपक्षाकृत परिणाम आउन नसके पनि पार्टीलाई एकढिक्का बनाएर अगाडि बढ्नु पर्नेमा जोड दिएका हुन्। उनले सभापति थापाले देखाएको साहस, दृष्टि र युवाहरूलाई प्रेरित गर्ने क्षमताले कांग्रेसलाई अझै दृढ बनाएको बताएका छन्। 'यस कठिन घडीमा राजनीमा ल्याउनु वा राजनीमा गर्नुले पार्टी र देश दुवैका लागि हितकर हुँदैन। बरु, हामी सबै कांग्रेसीजनहरू एकढिक्का भएर तपाईंलाई साथ दिनु आवश्यक छ। तपाईंको नेतृत्वमा हामीले नयाँ ऊर्जा, नयाँ…
Read More
रवि लामिछानेले कति गरे चुनावमा खर्च?

रवि लामिछानेले कति गरे चुनावमा खर्च?

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले चुनावी खर्च विवरण बुझाएका छन्। लामिछानेले मंगलबार जिल्ला निर्वाचन कार्यालय चितवमा चुनावी खर्च विवरण बुझाएका हुन्। चितवन-२ मा चुनाव लडेका लामिछानेले ९ लाख ८९ हजार ९८७ रूपैयाँ खर्च भएको विवरण पेस गरेका छन्। जसअन्तर्गत मनोनयन दर्ता गर्दा १० हजार रूपैयाँ, नमुना मतपत्रा सामग्री छपाइमा ६ ८ हजार १६१ रूपैयाँ, यातायात तथा ईन्धन खर्च २ लाख ९५ हजार , मतदाता प्रशिक्षण खाजा खर्चमा १४ हजार २ सय, वडास्तरीय प्रचारप्रसारमा ४६ हजार खर्च भएको उल्लखे छ। त्यस्तै खाद्यान्न तथा रासन खरिदमा १ लाख २६ हजार, हवाई खर्चमा १३ हजार ६२६ रूपैयाँ र गोष्टी…
Read More
चितवन–३ मा कांग्रेस–एमाले दुवैको जमानत जफत

चितवन–३ मा कांग्रेस–एमाले दुवैको जमानत जफत

चितवन । यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा जिल्लामा नेपाली कांग्रेस र नेकपा (एमाले)का नेतासहित ५७ जनाको जमानत जफत भएको छ । जिल्लाका तीन निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएका उनीहरूको जमानत जफत भएको हो । जिल्ला निर्वाचन कार्यालयका अनुसार चितवन १ मा १५ जनाको, चितवन २ र ३ मा २१–२१ जनाको जमानत जफत भएको हो । कार्यालयका सूचना अधिकारी नेत्रराज श्रेष्ठका अनुसार आफ्नो निर्वाचन क्षेत्रमा खसेको सदर मतको १० प्रतिशत मत नपाएका उम्मेदवारहरूको जमानत जफत भएको हो । उनका अनुसार क्षेत्र नं १ मा १८ जना, क्षेत्र नं २ र ३ मा २३–२३ जनाले प्रतिनिधिसभाका लागि उम्मेदवारी दर्ता गराएका थिए…
Read More
आजको मौसम : केही ठाउँमा चट्याङ्सहित हल्का वर्षा र हिमपातको सम्भावना

आजको मौसम : केही ठाउँमा चट्याङ्सहित हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौं । आज देशभर साधारणतया बादल लाग्ने पूर्वानुमान गरिएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार केही ठाउँमा भने चट्याङ्सहित हल्का वर्षा र हिमपात पनि हुनेछ । आज दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी र हिमाली भू-भागका थोरै स्थानहरूमा, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली भू-भाग तथा लुम्बिनी प्रदेशको तराई भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्सहित हल्का वर्षा/हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । राति पनि केही ठाउँमा हल्का वर्षा र हिमपात हुने पूरुवानुमान गरिएको छ । बुधबार दिउँसो पनि बादल लाग्नेछ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी र हिमाली भू-भागका थोरै स्थानहरूमा, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र…
Read More
काठमाडौंमा वायु प्रदूषणले निकै अस्वस्थको तह पार

काठमाडौंमा वायु प्रदूषणले निकै अस्वस्थको तह पार

काठमाडौं । काठमाडौंमा वायुको गुणस्तर निकै खराब स्थितिमा पुगेको छ । आज बिहान काठमाडौंमा वायु प्रदूषणले निकै अस्वस्थको तह पार गरेको छ । रियल टाइममा मापन गर्ने स्विट्जरल्याण्डको आईक्यू एयरका अनुसार आज बिहान काठमाडौंको वायु गुणस्तर इन्डेक्स (एक्यूआई) २०६ छ । जबकि १५० नाघ्नुलाई नै अस्वस्थ मानिन्छ । २०० माथि पुग्नुलाई निकै अस्वस्थ मानिन्छ । नेपाल सरकारबाट स्वीकृत वायु गुणस्तर सूचकांक अनुसार ०–५० हुँदा राम्रो, ५१–१०० हुँदा मध्यम, १०१–१५० हुँदा संवेदनशील समूहका लागि अस्वस्थ, १५१–२०० अस्वस्थ, २०१–३०० निकै अस्वस्थ मानिन्छ । ३०१ भन्दा माथि भएमा खतरनाक तहमा पुगेको संकेत गर्दछ । काठमाडौं आज समग्रमा संसारकै अस्वस्थ शहरमध्ये तेस्रो स्थानमा रहेको छ…
Read More
चुनावी नतिजा अनुकूल नआएपछि राजीनामा दिने कांग्रेस सभापति थापाको मनस्थिति

चुनावी नतिजा अनुकूल नआएपछि राजीनामा दिने कांग्रेस सभापति थापाको मनस्थिति

काठमाण्डौ । प्रतिनिधिसभा सदस्य चुनावमा अपेक्षित नतिजा ल्याउन नसकेपछि नेपाली कांग्रेसभित्र नेतृत्व र अबको रणनीतिबारे बहस शुरू भएको छ । चुनावी नतिजाको समीक्षा, पार्टीले थोरै क्षेत्र मात्र जित्नु र समग्र हारको नैतिक जिम्मेवारी लिँदै सभापति गगन थापाले पदबाट राजीनामा दिने मनस्थिति बनाउनुभएको छ । हिजो बेलुका सभापति थापा र उपसभापति विश्वप्रकाश शर्माबीच नयाँ बानेश्वरमा भएको छलफलमा थापाले पार्टीको पराजयको जिम्मेवारी आफूले लिनुपर्ने धारणा व्यक्त गर्दै पद छोड्ने तयारीबारे जानकारी गराउनुभएको थियो । तर उपसभापति शर्माले तत्काल राजीनामा दिनु समस्याको समाधान नहुने भन्दै थापालाई नेतृत्वमै रहेर पार्टीलाई पुनर्गठनतर्फ अघि बढाउन सुझाव दिनुभएको छ । शर्माका अनुसार चुनावी मतपरिणामलाई केवल एक व्यक्तिको कमजोरीका…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.