Alag Dhar

अलगधार

अलगधार

1598 Posts
समानुपातिक उम्मेदवार सिफारिस गर्न रास्वपाको सचिवालय बैठक बस्दै

समानुपातिक उम्मेदवार सिफारिस गर्न रास्वपाको सचिवालय बैठक बस्दै

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फका उम्मेदवार सिफारिस गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक आज बस्दैछ । पार्टी सभापति रवि लामिछानेको निर्देशनअनुसार सचिवालयको बैठक आज बस्न लागेको प्रवक्ता मनिष झाले जानकारी दिए । ‘बैठकको समय र स्थान तय भएको छैन’, उनले भने । समानुपातिक उम्मेदवार सिफारिससम्बन्धी विषयमा केन्द्रीय हुने बैठकले वरिष्ठ नेता बालेन्द्र शाहलाई प्रधानमन्त्री बनाउने बाटो खुलाउन पार्टी विधान संशोधन र विविध विषयमा पनि छलफल हुने बताइएको छ ।
Read More
हिमालका थोरै र पहाडका एक–दुई स्थानमा मध्यम वर्षा र हिमपातको सम्भावना

हिमालका थोरै र पहाडका एक–दुई स्थानमा मध्यम वर्षा र हिमपातको सम्भावना

काठमाण्डौ । पहाडी र हिमाली क्षेत्रका थोरै ठाउँमा आज पनि पानी पर्ने सम्भावना छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले नेपालमा पश्चिमी वायू र नेपालको पूर्वी भाग नजिक तल्लो वायूमण्डलमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ । बागमती र गण्डकी प्रदेशलगायत कोशी प्रदेशको पहाडी र हिमाली भागमा साधारणतया बादल लागेको छ  । बाँकी प्रदेशको पहाडी र हिमाली भागमा आंशिक बादल लागेको छ । आज दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी र हिमाली भागलगायत बाँकी प्रदेशको हिमाली भागका थोरै ठाउँमा मेघगर्जन र चट्याङ्गसहित पानी पर्ने सम्भावना छ । यसअघि हिजो बेलुका कास्की, लमजुङ, तनहुँ, चितवन, इलाम,…
Read More
नेवारपानी दुर्घटना: ट्रेलर चालक गोबिन्दको ज्यान गयो

नेवारपानी दुर्घटना: ट्रेलर चालक गोबिन्दको ज्यान गयो

मकवानपुर । पूर्व–पश्चिम राजमार्ग अन्ततर्गत हेटौँडा–१९ नेवारपानीमा ट्रेलर र ट्रक ठोकिएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । शुक्रबार बिहान ६ बजेर १० मिनेटको समयमा हेटौँडाबाट चितवनतर्फ जाँदै गरेको ना ४ ख ९९२३ नम्बरको ट्रेलर र चितवनबाट वीरगञ्जतर्फ जाँदै गरेको बा।प्र। ०३–००१ ख ०३९८ नम्बरको खाली ट्रक एकआपसमा ठोक्किँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । दुर्घटनामा ट्रेलर चालक सर्लाहीको बरहथवा नगरपालिका–१५ पिपराभिट्टा घर भई हाल पर्साको वीरगञ्ज महानगरपालिका–२ छपकैया बस्दै आएका ३८ वर्षीय गोबिन्द चौधरी स्टेरिङमा च्यापिएको अवस्थामा फेला परेका थिए । उनलाई उपचारका लागि हेटौँडास्थित चुरेहिल अस्पताल लगिएकोमा अस्पतालले मृत घोषणा गरेको प्रहरीले जनाएको छ…
Read More
राहदानी वितरण एकदेखि तीन सातासम्म बन्द हुन सक्ने

राहदानी वितरण एकदेखि तीन सातासम्म बन्द हुन सक्ने

मकवानपुर । राहदानी विभागले राहदानी वितरण एक देखि तीन सातासम्म बन्द हुन सक्ने जनाएको छ। नयाँ प्रणालीमार्फत राहदानी जारी गर्दा राहदानी वितरण केही समय अवरूद्ध हुनसक्ने विभागले सूचना जारी गरी जानकारी गराएको हो। अहिले राहदानी पुस्तिका लगायतका आवश्यक तयारी गरिसकेको र एक-दुई महिना भित्रमा हालको प्रणालीबाट नयाँ प्रणालीमा बदली हुने बताउँदै विभागले उक्त अन्तरिम व्यवस्थामा प्रणाली स्थिर नभएसम्म राहदानी वितरण अवरूद्ध हुने जनाएको हो। विभागका अनुसार जिल्ला तथा इलाका प्रशासन र विदेशस्थित नेपाली नियोगबाट प्रदान गरिने राहदानी सेवा एकदेखि तीन हप्तासम्म बन्द हुन सक्नेछ। त्यस्तै राहदानी विभागबाट प्रदान गरिने राहदानी सेवा एक हप्तासम्म बन्द हुन सक्नेछ। नयाँ प्रणालीमा स्थिरताका लागि…
Read More
अब ग्यास आधा सिलिन्डर मात्रै पाइने, ग्यासको सट्टा बिजुलीको खपत बढाउन आग्रह

अब ग्यास आधा सिलिन्डर मात्रै पाइने, ग्यासको सट्टा बिजुलीको खपत बढाउन आग्रह

काठमाण्डौ । अबदेखि खाना पकाउने ग्यास आधा सिलिन्डर मात्रै पाइने भएको छ । नेपाल आयल निगमले ग्यास सिलिण्डरमा ७।१ किलो एलपी ग्यास भरी प्रति सिलिण्डर ९ सय ५५ रुपैयाँमा बिक्री वितरण गर्ने निर्णय गरेको छ । आयल निगमले नियमित रुपमा माग अनुरूप नै एलपी ग्यासको आयात तथा वितरण गरिरहेको भए पनि विगत दुईरतीन महिनादेखि ग्यासको माग उच्च देखिएको र अहिले मध्यपूर्व क्षेत्रमा भइरहेको युद्धका कारण पेट्रोलियम पदार्थ तथा एलपी ग्यासको आपूर्तिमा विश्वव्यापी रूपमा असर परिरहेको जनाएको छ । निगमले पेट्रोलियम पदार्थ तथा ग्यासको आवश्यक परिमाणमा मात्र खरिद तथा प्रयोग गर्न र ग्यासको सट्टा बिजुलीको खपत बढाउन आग्रह पनि गरेको छ…
Read More

महावीर पुनले सार्वजनिक गरे चुनावी खर्च: २८ लाख ६८ हजार

म्याग्दी । म्याग्दीमा स्वतन्त्र उम्मेदवारी दिएर निर्वाचित भएका महावीर पुनले चुनावी खर्च विवरण बुझाएका छन्। पुनले जिल्ला निर्वाचन कार्यालय म्याग्दीमा बिहीबार चुनावी खर्च विवरण बुझाएका हुन्। उनले चुनावमा २८ लाख ६८ हजार ८६८ रूपैयाँ खर्च गरेको आयोगमा बुझाएको विवरणमा उल्लेख छ। जसअनुसार मनोनयन दर्तामा १० हजार, मतदाता नामावली खरिद ३ हजार, प्रचारप्रसार सामग्री खरिद २ लाख ९० हजार ५७५, यातायाता र मर्मत खर्च ६ लाख ६० हजार ९९८, चालक ज्याला १ लाख ४० हजार, होटल बास र खाना खर्च १३ लाख ७ हजार ६१९, डिजेल खर्च ३ लाख ६० हजार ४९९, स्टेशनरी २५ हजार ३०० र विविधमा ७० हजार ८७७…
Read More
एमाले अध्यक्ष ओलीलाई पितृशोक

एमाले अध्यक्ष ओलीलाई पितृशोक

मकवानपुर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओलीको निधन भएको छ। ९७ वर्षको उमेरमा शुक्रबार बिहान उनको निधन भएको हो। बिहान ३ बजे भक्तपुर गठ्ठाघरस्थित नेपाल–कोरिया मैत्री नगर अस्पतालमा निधन भएको अध्यक्ष ओलीको सचिवालयले जानकारी दिएको छ। सचिवालयका अनुसार अध्यक्ष ओलीका पिता केही दिनदेखि अस्वस्थ थिए। उनी छोरीको घरमा बस्दै आएका थिए। शारीरिक अवस्था जटिल भएपछि आज बिहान अस्पताल पुर्‍याइएकोमा चिकित्सकले मृत घोषणा गरेका हुन्। उनको पार्थिक शरीर केही बेरमा भक्तपुरस्थित अध्यक्ष ओली निवास गुण्डु लगिने र पशुपतिस्थित आर्यघाटमा आजै दाहसंस्कार हुने सचिवालयले जानकारी दिएको छ।
Read More

मकवानपुर-१ का उम्मेदवार रानाले सार्वजनिक गरे चुनावी खर्च विवरण

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर–१ का नेकपा एमालेका उम्मेदवार रामेश्वर रानाले आफ्नो चुनावी खर्च विवरण सार्वजनिक गरेका छन् । निर्वाचन आयोगमा पेश गरिएको विवरण अनुसार रानाले निर्वाचन प्रचार–प्रसार तथा अन्य गतिविधिमा कुल १५ लाख ८८ हजार ४६५ रुपैयाँ खर्च गरेको उल्लेख गरिएको छ । सार्वजनिक गरिएको विवरणमा मतदाता नामावली छपाइ तथा प्रिन्ट लगाएत प्रचारप्रसारका लागि ६ लाख १० हजार ७६५ रुपैयाँ खर्च गरिएको जनाइएको छ । त्यसैगरी सवारी साधनतर्फ १७ दिनको अवधिमा १ लाख ८७ हजार रुपैयाँ खर्च भएको छ । त्यस्तै झण्डा, ब्यानर लगाएत प्रचार–प्रसार सामग्री उत्पादन तथा वितरणमा २ लाख ९० हजार ७सय रुपैयाँ खर्च गरिएको विवरणमा उल्लेख छ…
Read More
दुई ट्रक आपसमा ठोक्किँदा मकवानपुरगढीमा चालक गम्भीर घाइते

दुई ट्रक आपसमा ठोक्किँदा मकवानपुरगढीमा चालक गम्भीर घाइते

मकवानपुर । मकवानपुरको मकवानपुरगढी गाउँपालिका–१ लेनडाँडा स्थित कान्तिलोकपथ सडक खण्डमा दुई ट्रक एकआपसमा ठोक्किँदा एक चालक गम्भीर घाइते भएका छन्। शुक्रबार राति करिब ११ः३५ बजे हेटौंडाबाट काठमाडौँतर्फ जाँदै गरेको म प्र ०३–००२ ख ४६४१ नम्बरको सिमेन्ट लोड ट्रक र विपरीत दिशाबाट काठमाडौँबाट हेटौंडातर्फ आउँदै गरेको म।प्र।०३–००२ ख ४५०१ नम्बरको खाली ट्रक एकआपसमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ। दुर्घटनामा सिमेन्ट बोकेको ट्रकका चालक सिन्धुली जिल्ला दुधौली नगरपालिका–१४ निवासी करिब २४ वर्षीय टुल्कु सिंह तामाङ गम्भीर घाइते भएका छन्। उनको बाहिरी चोट नदेखिए पनि अवस्था गम्भीर भएपछि उद्धार गरी उपचारका लागि हेटौंडा अस्पताल पठाइएको प्रहरीले जनाएको छ। घटनापछि खटिएको प्रहरी टोलीले…
Read More
मकवानपुरमा प्रहरीमाथि बन्चरो प्रहार गर्ने दुई जना पक्राउ

मकवानपुरमा प्रहरीमाथि बन्चरो प्रहार गर्ने दुई जना पक्राउ

मकवानपुर । मकवानपुरमा प्रहरीमाथि आक्रमण गरी घाइते बनाउने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ भने एक जना प्रहरीको गोली लागेर घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक पुस्कर बोगटीका अनुसार गएराती मनहरी गाउँपालिका–१ मकरी क्षेत्रमा लागुऔषध सेवन तथा झैझगडा भइरहेको भन्ने सूचना प्राप्त भएपछि प्रहरी चौकी पदमपोखरीबाट प्रहरी सहायक निरीक्षक दिलबहादुर तामाङको कमाण्डमा प्रहरी टोली खटिएको थियो। प्रहरी टोलीले घटनास्थलमा पुगेर संलग्न व्यक्तिहरूलाई सोधपुछ गर्ने क्रममा उनीहरूले अचानक प्रसनि तामाङमाथि बियरको बोतल, खुकुरी र बन्चरो प्रयोग गरी आक्रमण गरेका थिए। आक्रमणबाट प्रसनि तामाङको दुवै हातमा चोट लागी मध्यम घाइते भएको प्रहरीले जनाएको छ। आत्मरक्षाका लागि प्रसनि तामाङले…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.