Alag Dhar

अलगधार

अलगधार

1598 Posts
८७ वर्षीय वृद्ध मृत फेला

८७ वर्षीय वृद्ध मृत फेला

लमजुङ । लमजुङस्थित बेसीसहर नगरपालिका–१ दलालमा रहेको ७० मेगावाटको मध्य मर्स्याङ्दी जलविद्युत् आयोजनाको ड्याममा एक वृद्ध मृतावस्थामा फेला परेका छन् । बेसीशहर नगरपालिका–११ चितिका ८७ वर्षीय धनबहादुर सिलवाल सो ड्याममा तैरिरहेको अवस्थामा प्रहरीले आइतबार राति फेला पारेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अभिषेक पाण्डेले बताए । उनले भने, ‘मृतक धनबहादुरको छोरा दीपक सिलवालले शवको पहिचान गर्नुभएको छ ।’ मृतक सिलवाल गत माघ १७ गतेदेखि हराएको भनेर परिवारले प्रहरीलाई निवेदन परेको प्रहरी निरीक्षक पाण्डेको भनाइ छ । उनका अनुसार सो दिन घरबाट बेसीसहरमा सामाजिक सुरक्षा भत्ता लिन जाने भनेर निस्किएको र सो दिनको बेलुकासम्म पनि घर नफर्किएपछि परिवारले प्रहरीलाई निवेदन दिएको…
Read More
पेट्रोल–डिजेलको मूल्य  समायोजन

पेट्रोल–डिजेलको मूल्य समायोजन

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमका अनुसार पेट्रोलमा १५ र डिजल मट्टीतेलमा १० रुपैयाँका दरले मूल्य वृद्धि गरिएको हो । वृद्धि भएको मूल्य आजै राति १२ बजेबाट लागू हुने निगमले जनाएको छ । निगमका अनुसार, अब तेस्रो वर्ग अन्तर्गत पर्ने काठमाडौं, पोखरा र दिपायलमा पेट्रोलको मूल्य १७२ रुपैयाँ कायम भएको छ भने डिजल र मट्टीतेलको मूल्य १५२ रुपैयाँ पुगेको छ । दोस्रो वर्ग अन्तर्गत पर्ने दाङ र सुर्खेतमा पेट्रोलको मूल्य १७१, डिजल र मट्टीतेलको मूल्य १५१ पुगेको छ । त्यस्तै, पहिलो वर्ग अन्तर्गत पर्ने चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा भने पेट्रोलको…
Read More
मध्यपूर्व युद्ध १५औँ दिनमा, आक्रमण तीव्र बन्दै तेल संकटको चिन्ता

मध्यपूर्व युद्ध १५औँ दिनमा, आक्रमण तीव्र बन्दै तेल संकटको चिन्ता

मकवानपुर । मध्यपूर्वमा चलिरहेको युद्ध १५औँ दिनमा झन् चर्किँदै गएको छ । इजरायल, इरान र क्षेत्रीय समूहबीच मिसाइल, ड्रोन र रकेट आक्रमण तीव्र हुँदा मानवीय तथा आर्थिक सङ्कट गहिरिँदै गएको छ । दक्षिणी लेबनानमा इजरायलले गरेको हवाई आक्रमणमा कम्तीमा १२ जना स्वास्थ्यकर्मी मारिएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ । लेबनानमा अहिले सम्म ७ सय ७३ भन्दा बढी मानिसको ज्यान गइसकेको छ । यसैबीच हिजबुल्लाह समूहले इजरायलको उत्तरी क्षेत्रमा ड्रोन तथा रकेट आक्रमण गरेको दाबी गरेको छ भने इरानले पनि इजरायलमाथि मिसाइल प्रहारलाई निरन्तरता दिएको बताइएको छ । खाडी क्षेत्रमा पनि तनाव बढेको छ । बहराइनले युद्ध शुरू भएयता १ सय २४…
Read More
चैत महिनाका लागि वाणिज्य बैंककाे नयाँ ब्याजदर सार्वजनिक

चैत महिनाका लागि वाणिज्य बैंककाे नयाँ ब्याजदर सार्वजनिक

काठमाण्डौ । चैत महिनाका लागि वाणिज्य बैंकहरूले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । आजदेखि लागू हुने गरी सार्वजनिक भएको ब्याजदरअनुसार फागुनको तुलनामा अधिकतम औसत ब्याजदर घटेको छ । चैत महिनाका लागि बैंकहरूको ब्याजदर व्यक्तिगततर्फ ४.४९ प्रतिशत र संस्थागततर्फ ३.२९ प्रतिशत विन्दुमा झरेको छ । गएको फागुनमा ब्याजदर व्यक्तिगततर्फ ४.५६ र संस्थागततर्फ ३.३३ प्रतिशत विन्दुमा थियो । सञ्चालनमा रहेका २० वाणिज्य बैंकमध्ये ६ वटाले ब्याजदर घटाएका छन् भने बाँकी १४ वटाले फागुनकै ब्याजदरलाई निरन्तरता दिएका छन् । ब्याजदर घटाउनेहरूमा नेपाल बैंक, कुमारी बैंक, प्राइम कमर्सियल बैंक, कृषि विकास बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक र ग्लोबल आईएमई बैंक रहेका छन् । सबैभन्दा धेरै नेपाल…
Read More
दुर्घटनामा ज्यान गुमाउने र घाइते सबै भारतीय नागरिक

दुर्घटनामा ज्यान गुमाउने र घाइते सबै भारतीय नागरिक

मकवानपुर । गोरखामा माइक्रोबस दुर्घटनामा ज्यान गुमाउने तथा घाइतेहरूको पहिचान खुलेको छ । शनिबार बेलुका करिब ८ बजे सहिद लखन गाउँपालिका -३ कनटारमा मनकामनाबाट फर्कँदै गरेको इभी माइक्रोबस सडकबाट करिब २ aसय मिटर तल खस्दा सात जना भारतीय नागरिकको घटनास्थलमै मृत्यु भएको छ भने नौ जना गम्भीर घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार बागमती प्रदेश ००६ ख ८४३० नम्बरको माइक्रोबस १४ जना तीर्थयात्रु मनकामना मन्दिर दर्शन गरेर गन्तव्यतर्फ फर्कने क्रममा अचानक नियन्त्रण गुमाएर सडकबाट दुई सय मिटर तल झरेको थियो । १४ जना सवार मध्ये सात जनाको घटनास्थलमै मृत्यु भएकोमा पाँच पुरुष र दुई जना महिलाको मृत्यु भएको…
Read More
निर्माण सामग्री व्यवसायी संघ मकवानपुरको अध्यक्षमा तिमल्सिना

निर्माण सामग्री व्यवसायी संघ मकवानपुरको अध्यक्षमा तिमल्सिना

मकवानपुर ।  निर्माण सामग्री व्यवसायी संघ मकवानपुरको अध्यक्षमा सन्दीप तिमल्सिना (सुदिप) सर्वसम्मत निर्वाचित हुनुभएको छ । शनिबार सम्पन्न संघको १५ औं साधारणसभा तथा आठौं अधिवेशनले तिमल्सिनाको अध्यक्षतामा ११ सदस्यीय समिति निर्वाचित गरेको हो । समितिको उपाध्यक्षमा रोशन सापकोटा, महासचिवमा जीवन ढकाल, सचिवमा सुवास दाहाल र कोषाध्यक्षमा अमित श्रेष्ठ रहनुभएको छ । यस्तै सदस्यहरुमा धर्मराज ढकाल, सत्तिस अधिकारी, काशीनाथ छत्कुली, राजन अधिकारी, सुरेश रिमाल रहनुभएको छ । एक जना सदस्य तथा सल्लाहकार समिति भने संघको पहिलो बैठकले टुङ्गो लगाउने निर्वाचन समितिका संयोजक कृष्णराम न्यौपानेले जानकारी दिनुभयो । मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष प्रमोद सिंह रानाभाटको प्रमुख आतिथ्य तथा संघका अध्यक्ष बालकृष्ण…
Read More
आधा सिलिन्डर नीति लागू भएपछि मकवानपुरमा ग्यास आपूर्ति सहज

आधा सिलिन्डर नीति लागू भएपछि मकवानपुरमा ग्यास आपूर्ति सहज

मकवानपुर । मकवानपुरमा खाना पकाउने एलपी ग्यासको आपूर्ति क्रमशः सहज बन्दै गएको छ। बजारमा ग्यासको सहज उपलब्धता कायम राख्न आधा सिलिन्डर वितरण सुरु गरिएपछि आपूर्ति व्यवस्थापनमा थप सहजता आउने अपेक्षा गरिएको छ। नेपाल आयल निगमको निर्णयअनुसार शुक्रबारदेखि ग्यासको बिक्री वितरणलाई व्यवस्थित बनाउन आधा सिलिन्डर प्रणाली लागू गरिएको हो। सो व्यवस्थापछि मकवानपुरका ग्यास डिलरहरूले पनि उपभोक्तालाई आधा सिलिन्डरका रूपमा ग्यास उपलब्ध गराउन थालेका छन्। यसअघि उपभोक्ताहरूले पूरा सिलिन्डर खरिद गर्दै आएका भए पनि अहिले केही समयका लागि आधा सिलिन्डरका रूपमा ग्यास वितरण गरिँदा सबै उपभोक्तासम्म ग्यास पुग्ने विश्वास गरिएको छ। जिल्लामा ग्यास आपूर्ति अवस्था बुझ्न जिल्ला प्रशासन कार्यालय मकवानपुरले पनि अनुगमनलाई तीव्र…
Read More
१० शीर्ष इरानी अधिकारीबारे सुराकी दिनेलाई अमेरिकाले एक करोड डलर इनाम दिने

१० शीर्ष इरानी अधिकारीबारे सुराकी दिनेलाई अमेरिकाले एक करोड डलर इनाम दिने

मकवानपुर । अमेरिकाले इरानका नवनियुक्त सर्बोच्च नेता मोजतबा खामेनीसहित १० शीर्ष इरानी अधिकारीबारे सुराकी दिनेलाई एक करोड डलर इनाम दिने घोषणा गरेको छ । अमेरिकाको विदेश मन्त्रालयले मोजतबा खामेनीसहित १० जनाको बारेमा सूचना दिने व्यक्तिलाई एक करोड डलरसम्मको इनाम दिने घोषणा गरेको हो । उसले निकालेको सूचीमा इरानको सर्बोच्च राष्ट्रिय सुरक्षा परिषद्का सेक्रेटरी अली लारीजानी, मेजर जनरल रहिम सफावी, अलि अस्गर हेजाजीलगायत छन् । यसअघि अमेरिका र इजरायलको संयुक्त आक्रमणबाट सर्बोच्च नेता आयातुल्लाह खामेनीको ज्यान गएको थियो । यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको खार्ग द्वीपमा अवस्थित हरेक सैन्य ठेगानालाई नष्ट गरेको दाबी गर्नुभएको छ । सामाजिक सञ्जाल ‘ट्रूथ सोशल’मा…
Read More
बागलुङको ढोरपाटनमा सात जनामा दादुरा संक्रमण

बागलुङको ढोरपाटनमा सात जनामा दादुरा संक्रमण

काठमाडौं । बागलुङको ढोरपाटन नगरपालिकामा थप दुई जनामा दादुरा पुष्टि भएसँगै संक्रमितको संख्या सात पुगेको छ । स्वास्थ्य सेवा विभागका बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा. अभियान गौतमले टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा थप दुई जनामा दादुरा सङ्क्रमण पुष्टि भएको जानकारी दिए । यसअघि उक्त नगरपालिकाको वडा नंं ७, ८ र ९ का पाँच जना दादुरा सङ्क्रमित पुष्टि भएको थियो । भारतबाट आएका एक जना दादुरा सङ्क्रमितले ढोरपाटनमा दादुरा सङ्क्रमण फैलाएका थिए । प्रमुख गौतमले दादुरा सङ्क्रमित सबैको बुर्तिवाङ अस्पताल र बोबाङ स्वास्थ्यचौकीमा उपचार भइरहेको जानकारी दिए । दादुरा सङ्क्रमण देखिएको ठाउँबाट फैलिन नदिनेका लागि रोकथाम तथा नियन्त्रणको प्रयास…
Read More
बजारमा ग्यास अभावका कारण उपभोक्ता चिन्तित

बजारमा ग्यास अभावका कारण उपभोक्ता चिन्तित

मकवानपुर । भैरहवा क्षेत्रका बजारमा एलपी ग्यासको अभाव देखिएको भन्दै उपभोक्ताले चिन्ता व्यक्त गरेका छन् । ग्यास आयातमा कमी नभएको जनाइए पनि बजारमा भने उपभोक्ताले सहज रूपमा ग्यास पाउन नसकेको बताएका छन् । स्थानीय उपभोक्ताहरूका अनुसार एउटा ग्यास सिलिण्डरका लागि दिनभरि पसल–पसल धाउनुपर्ने अवस्था सिर्जना भएको छ । ग्यास विक्रेताले समेत मौज्दात सकिएको भन्दै उपभोक्तालाई फर्काइदिने गरेको उनीहरूको भनाइ छ । ग्यास विक्रेताको ग्यास सिलिण्डरको लामो लाइन लागेको छ । लामो समयसम्म पालो कुर्दा पनि खाना पकाउने एलपी ग्यास पाउन नसकेको स्थानीय प्रदीप ज्ञवालीले बताए । नियमित भान्छा चलाउन पनि ग्यास नपाउने अवस्था आउँदा दैनिक जीवन कष्टकर हुँदै गएको उनको भनाइ…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.