Alag Dhar

अलगधार

अलगधार

1598 Posts
सुनको भाउ आज तोलामा ६०० रुपैयाँले बढ्यो

सुनको भाउ आज तोलामा ६०० रुपैयाँले बढ्यो

मकवानपुर । हिजो स्थिर रहेको सुनको भाउ आज तोलामा ६ सय रुपैयाँले बढेको छ । सुन तोलामा ६०० रुपैयाँले बढेर ३ लाख १५ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको ३ लाख १४ हजार ८ सय रुपैयाँ थियो । यस्तै आज चाँदीको भाउ तोलामा १० रुपैयाँले बढेको छ । भाउ बढेर चाँदी आज तोलाको ५ हजार ७ सय २५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको ५ हजार ७ सय १५ रुपैयाँ थियो ।
Read More
घरमाथि रुख ढल्दा एक जनाको मृत्यु, एक घाइते

घरमाथि रुख ढल्दा एक जनाको मृत्यु, एक घाइते

मकवानपुर । कञ्चनपुरको वेदकोट नगरपालिकामा कच्ची घर छेउमै रहेको रुख घरमाथि ढल्दा च्यापिएर एक महिलाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक खड्क खत्रीले घरमा रुख ढलेर वेदकोट नगरपालिका–३ पेलितालका ५० वर्षीया शारदादेवी महताको मृत्यु भएको जानकारी दिए। घटनापछि आज बिहान जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक वासु अवस्थी नेतृत्वको टोली खटिएको छ। त्यसैगरी सोही घरमा रहेकी ४० वर्षीया सीता महता घाइते भएको प्रहरीले जनाएको छ। उनको महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ।
Read More

विगतका काम सम्झिँदै मतदाता : बकैयामा फेरि एमाले आवश्यक

मकवानपुर/ नेकपा एमाले मकवानपुर क्षेत्र नम्बर-१ का उम्मेदवार रामेश्वर रानाले बकैया गाउँपालिकामा मतदाता भेटघाट तथा घरदैलो अभियान सञ्चालन गरेका छन्। घरदैलोका क्रममा स्थानीय मतदाताहरूले उत्साहपूर्वक एमाले र सूर्य चिन्हमा मतदान गरी रानालाई विजयी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्। मंगलबार र बुधबार रानाले बकैयाको सबै वडाहरुमा पुगी मतदातासङ्ग प्रत्यक्ष भेट गरि आफ्नो प्रतिवद्दता सहित मत मागेका छन् । घरदैलो अभियानकै क्रममा बाराको निजगढ हुँदै बकैया–६ गवरस्थान पुगेका उम्मेदवार रानालाई स्थानीयवासीहरूले भव्य स्वागत गरेका छन्। स्थानीयको व्यापक सहभागितासहित गरिएको स्वागत कार्यक्रमले बकैयामा एमालेप्रतिको जनसमर्थन झनै बलियो बन्दै गएको छ । स्थानीय विकासमा रानाको ऐतिहासिक योगदानलाई स्मरण गर्दै मतदाताहरूले उहाँप्रति दृढ विश्वास व्यक्त…
Read More
आइसिसी टी-२० विश्वकप : न्युजिल्याण्ड र श्रीलंका भिड्दै

आइसिसी टी-२० विश्वकप : न्युजिल्याण्ड र श्रीलंका भिड्दै

मकवानपुर । आइसिसी टी-२० विश्वकप २०२६ को सुपर-८ मा बुधबार न्युजिल्याण्ड र श्रीलंका भिड्दैछन्। श्रीलंकाको कोलम्बोस्थित आर प्रेमदासा स्टेडियममा बेलुकी सवा ७ बजे न्युजिल्याण्डले घरेलु टोलीसँग खेल्दैछ। सुपर-८ मा श्रीलंका र न्युजिल्याण्ड समूह बी मा छ। दुवै टोलीलाई आजको खेल जित्ने पर्ने दबाब छ। सुपर-८ को पहिलो खेल वर्षाका कारण रद्द भएपछि न्युजिल्याण्डले पाकिस्तानसँग अंक बाँढेको थियो। पहिलो खेलमा श्रीलंका इंग्ल्याण्डसँग पराजित भएको थियो। आजको खेल जित्न सके दुवै देशको सेमिफाइनल पुग्ने सम्भावना कायम रहन्छ। यो समूहबाट इंग्ल्याण्डले सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित गरिसकेको छ। अब आज खेल हुने दुई टोली र पाकिस्तानमध्ये एउटा टिम सेमिफाइनल पुग्ने छ। एक खेल रद्द…
Read More
०८३ सालमा हुने सार्वजनिक बिदा निर्धारण गर्ने सरकारको निर्णय

०८३ सालमा हुने सार्वजनिक बिदा निर्धारण गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले विसं २०८३ सालमा दिइने सार्वजनिक बिदा निर्धारण गर्ने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले ०८३ साल वैशाख १ गतेदेखि चैत मसान्तसम्म दिइने सार्वजनिक बिदा निर्धारण गर्ने निर्णय गरेको सरकारका प्रवक्ता समेत रहेका गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए । वैशाख १ गतेदेखि चैत मसान्तसम्म दिइने सार्वजनिक बिदा निर्धारण गर्ने,’ उनले भने । यद्यपि सार्वजनिक बिदाका दिनहरू निर्धारण भने भइसकेको छैन ।
Read More
यातायात कार्यालयमा अख्तियारको छापा : घुससहित अधिकृत र बिचौलिया पक्राउ

यातायात कार्यालयमा अख्तियारको छापा : घुससहित अधिकृत र बिचौलिया पक्राउ

मकवानपुर । हेटौँडास्थित यातायात व्यवस्था कार्यालयका एक जना अधिकृत र बिचौलियालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले घुस रकमसहित नियन्त्रणमा लिएको छ। सवारी सरुवा सहमतिको कामका लागि सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने विशेष सूचनाका आधारमा खटिएको अख्तियारको टोलीले उनीहरूलाई रङ्गेहात समातेको हो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौँडाबाट खटिएको टोलीले यातायात कार्यालयमा कार्यरत छैटौँ तहका अधिकृत अमृत भेटुवाल र बिचौलियाका रूपमा कार्यरत लेखापढी व्यवसायी खगेन्द्र पौडेललाई नियन्त्रणमा लिएको छ । पौडेलले सेवाग्राहीबाट ११ हजार ५ सय रुपैयाँ घुस लिइसकेको अवस्थामा हेटौँडा उपमहानगरपालिका वडा नं. ११ स्थित कार्यालय परिसरबाटै दुवै जनालाई समातिएको अख्तियारले जनाएको छ । पक्राउ परेकाहरूको साथबाट तीन थान मोबाइल…
Read More
रास्वपा बागमती प्रदेश उपसभापति कांग्रेस प्रवेश

रास्वपा बागमती प्रदेश उपसभापति कांग्रेस प्रवेश

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी बागमती प्रदेशका उपसभापति दिनेश हुमागाईं नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । उनलाई कांग्रेस सभापति गगनकुमार थापाले पार्टीमा स्वागत गरेका हुन् । हुमागाईंले केही दिनअघि रास्वपा छोडेको घोषणा गरेका थिए। उनले सात बुँदामा असन्तुष्टि पेश गर्दै पार्टीबाट राजीनामा दिएका थिए ।
Read More
चुनावी प्रचारप्रसारमा फरक दल वा उम्मेदवारलाई अवरोध गरे २ लाख बराबरको जरिवाना

चुनावी प्रचारप्रसारमा फरक दल वा उम्मेदवारलाई अवरोध गरे २ लाख बराबरको जरिवाना

मकवानपुर । फरक राजनीतिक दल वा उम्मेदवारलाई चुनावी प्रचारप्रसारमा कुनै अवरोध गरेको पाइएमा दुई लाख रुपैयाँ बराबरको जरिवाना हुने भएको छ । सङ्घीय कानुन बमोजिम चुनावको प्रचारप्रसार गर्न वा मतदानको अधिकार प्रयोग गर्नबाट बञ्चित गर्ने उद्देश्यले वाधा अवरोध पुर्याउने वा पुर्याउन लगाउने वा थुनछेक गर्ने वा गराउने कार्य गरेमा दुई लाख जरिवाना वा तीन वर्षसम्म कैद वा दुवै सजाय हुने कानुनी व्यवस्था रहेको निर्वाचन आयोगले जनाएको छ । प्रतिनिधिसभा सदस्य चुनावमा सहभागी राजनीतिक दल वा उम्मेदवारको चुनावी प्रचारप्रसारलाई आयोगले विभिन्न माध्यमबाट अनुगमन गरिरहेको उल्लेख छ । कुनै राजनीतिक दल वा उम्मेदवारको चुनावी प्रचारप्रसारको कार्यलाई अन्य कुनै राजनीतिक दल वा उम्मेदवार…
Read More
हेटौंडाका विभिन्न वर्कसप तथा ग्यारेजबाट ७ जना बालश्रमिकको उद्दार

हेटौंडाका विभिन्न वर्कसप तथा ग्यारेजबाट ७ जना बालश्रमिकको उद्दार

मकवानपुर । श्रम तथा रोजगार कार्यालय मकवानपुर, हेटौंडा उपमहानगरपालिका, वडा प्रहरी कार्यालय र बाल हेल्पलाइन नेपालको संयुक्त टोलीले अनुगमन गर्ने क्रममा हेटौँडा–४ का विभिन्न वर्कसप तथा ग्यारेजबाट ७ जना बालश्रमिकको उद्दार गरेको छ । अनुगमन टोलीले शाह मोटरसाइकल डेन्टपेन्ट ग्यारेजबाट १५ वर्षका एक जना बालकलाई उद्दार गरेको छ । यस्तै, न्यू हेटौँडा बाइक सर्भिस ग्यारेजबाट १७ वर्षका २ जना बालकलाई टोलीले उद्दार गरेको जनाएको छ । त्यस्तै जेके टायर मर्मतबाट १७ वर्षका एक जना बालक र अण्डा बोक्ने बोलेरो गाडीबाट १४ र १५ वर्षका २ जना बालकलाई उद्दार गरिएको छ । न्यू आशिया मेकानिकल वर्कसपबाट १७ वर्षका एक जना बालकसहित…
Read More

रास्वपा मकवानपुरमा पहिरो, सभापती भरत पराजुली काङ्ग्रेसमा प्रवेश 

हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुर सभापति भरत पराजुलीले पार्टी छाडेका छन् । उनी नेपाली कांग्रेस फर्किएका हुन् । पराजुलीलाई कांग्रेस सभापति गगनकुमार थापाले आफ्नो निर्वाचन क्षेत्र सर्लाही–४ मा सोमबार बिहान पार्टीमा स्वागत गरेका छन्  । कांग्रेस प्रवेश गरेसङ्गै पराजुलिले फेसबुकमा स्ट्याटस लेखेका छन् । पराजुली आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा रास्वापाबाट टिकट नपाएपछि असन्तुष्ट थिए । पराजुलीले यसअघि २०७९ मा भएको निर्वाचनमा मकवानपुर–२ बाट १२ हजारभन्दा बढी मत प्राप्त गरेका थिए । पराजुलीसँगै रास्वपाका मकवानपुर क्षेत्र नम्बर–२ का चुनावी संयोजक निराजन बर्तौला पनि कांग्रेसमा फर्किएको बताइएको छ ।
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.