Alag Dhar

समाचार


Warning: Trying to access array offset on value of type bool in /home/alagdhar/public_html/wp-content/themes/viral-mag/inc/breadcrumbs.php on line 1010
आजदेखि तेस्रो बागमती प्रदेश खेलकुद

आजदेखि तेस्रो बागमती प्रदेश खेलकुद

हेटौंडा । तेस्रो बागमती प्रदेश खेलकुद प्रतियोगिता-२०८३ आजदेखि सुरु हुँदैछ । हेटौंडा उपमहानगरपालिका-६ स्थित केन्द्रीय खेलकुद प्रतिष्ठान गौरीटारमा प्रदेश खेलकुद विकास परिषद्को आयोजनामा हुने प्रतियोगिताको उद्घाटन हुन लागेको हो । यसअघि २४ जेठबाट सुरु गर्ने भनिएको प्रतियोगिता आन्तरिक तयारीका कारण असार पहिलो हप्तालाई स्थानान्तरण गरिएको परिषद्ले जनाएको छ । प्रतियोगिताअन्तर्गत् एथलेटिक्स विद्याका खेलहरु भने १ असारबाटै हेटौंडाको पिप्ले–क्याम्पा रङ्गशालामा सुरु भइसकेको परिषद्का सदस्य सचिव दीपक लामाले जानकारी दिए । लामाका अनुसार प्रतियोगितामा बागमती प्रदेशका १३ वटै जिल्लाबाट खेलाडी, प्रशिक्षक, निर्णायक र अफिसियलको सहभागिता रहनेछ । प्रतियोगितामा करिब तीन हजार अर्थात २ हजार ९ सय ५५ खेलाडी र १ हजार २…
Read More
आज सुनको मुल्य  घट्यो

आज सुनको मुल्य घट्यो

काठमाण्डौं । आज सुनचाँदीको भाउ घटेको छ । सुनको भाउ आज तोलामा एक हजार २०० रुपैयाँ र चाँदी १० रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोला सुनको २ लाख ९७ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो सुनको भाउ सामान्य बढेर तोलाको २ लाख ९८ हजार ५०० रुपैयाँ पुगेको थियो । त्यस्तै सोमबार सुनको भाउ एकैदिन तोलामा ५ हजार रुपैयाँले बढेर तोलाको २ लाख ९८ हजार २०० रुपैयाँका कारोबार भएको थियो । त्यस्तै आज चाँदीको भाउ घटेर तोलाको ४ हजार ९८० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ । चाँदी हिजो तोलाको ४ हजार ९९०…
Read More
मेसीको ह्याट्रिक गोलमा अर्जेन्टिना विजयी :  विश्वकपमा सर्वाधिक गोलको कीर्तिमान बराबर

मेसीको ह्याट्रिक गोलमा अर्जेन्टिना विजयी : विश्वकपमा सर्वाधिक गोलको कीर्तिमान बराबर

काठमाण्डौं । विश्वकप फुटबलमा साबिक विजेता अर्जेन्टिनाले मेसीको ह्याट्रिक गोलमा अल्जेरियालाई हराएको छ । यो खेलमा अर्जेन्टिनाका कप्तान लियोनल मेसीले तीन गोल गरे । अमेरिकाको कान्सास सिटी स्टेडियममा उनले खेलको १७औँ, ६०औँ र ७६औँ मिनेटमा गोल गरेका हुन् । विश्वकप फुटबलमा मेसीको यो १६औँ गोल पनि हो । मेसीले विश्वकपमा सर्वाधिक गोल गर्ने जर्मनीका पूर्वस्ट्राइकर मिरोस्लाभ क्लोजसँग बराबरी गरेका छन् । क्लोजले १६ गोल गरेका थिए । मेसी र क्लोजपछि फ्रान्सका एम्बाप्पेले १४ गोल गर्दै पछ्याइरहेका छन् । आजको खेलको शुरुआतमै अर्जेन्टिनाका मेसी र अल्जेरियाका फारेस चाइबीको प्रहारले पोस्टको दिशा लिए पनि त्यसले मान्यता पाएन । साबिक विजेता अर्जेन्टिनाले यो…
Read More
तेस्रो बागमती खेलकुद : पुरुष क्रिकेटमा मकवानपुर सेमिफाइनल प्रवेश

तेस्रो बागमती खेलकुद : पुरुष क्रिकेटमा मकवानपुर सेमिफाइनल प्रवेश

हेटौँडा । बागमती खेलकुद विकास परिषद्को आयोजनामा जारी तेस्रो बागमती खेलकुद प्रतियोगिता अन्तर्गत मकवानपुर पुरुष क्रिकेट टोलीले सेमिफाइनलमा प्रवेश गरेको छ । मंगलबार भएको खेलमा धादिङलाई पराजित गर्दै मकवानपुर प्रतियोगिताको अघिल्लो चरणमा प्रवेश गरेको हो । हेटौँडास्थित गौरीटार रंगशालाको क्रिकेट मैदानमा मंगलबार बिहान भएको खेलमा टस हारेर पहिले व्याटिङको निम्तो पाएको मकवानपुरले २० ओभरमा ३ विकेट गुमाएर २२१ रन बनाएको थियो । मकवानपुरका गोकुल अधिकारी २९ रन र कप्तान शुभ कंसाकार २३ रन बनाएर आउट भए । गौरभ खड्का ७८ रनमा र सुमन सुनार ६५ रनमा अविजित रहे । धादिङका रुपेश भुजेलले २ विकेट र श्याम त्रिपाठीले १ विकेट लिए…
Read More
आज सुनको भाउ सामान्य बढ्यो : चाँदीको घट्यो

आज सुनको भाउ सामान्य बढ्यो : चाँदीको घट्यो

काठमाण्डौं । आज सुनको भाउ सामान्य बढेको छ । चाँदीको भाउ घटेको छ । सुन आज तोलामा ३०० रुपैयाँले बढेर तोलाको २ लाख ९८ हजार ५०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सोमबार सुनको भाउ एकैदिन तोलामा ५ हजार रुपैयाँले बढेर तोलाको २ लाख ९८ हजार २०० रुपैयाँ पुगेको थियो । हप्ताको पहिलो कारोबार दिन अस्ति आइतबार पनि सुनको भाउ बढेको थियो । त्यस्तै आज चाँदीको भाउ घटेको छ । चाँदी आज तोलामा २५ रुपैयाँले घटेको हो । भाउ घटेर चाँदी आज तोलाको ४ हजार ९९० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । यसअघि हिजो चाँदी…
Read More
विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

काठमाण्डौं । फिफा विश्वकप फुटबलमा उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेल्दै अङ्क बाँडेका छन् । साउदी अरबले खेलको पहिलो हाफको ४१ औँ मिनेटमा अद्दुलेलाह अल अमिरीको गोलबाट अग्रता बनाएको थियो तर जोगाउन सकेन । मियामी रङ्गशालामा उरुग्वेले दोस्रो हाफमा गोल फर्कायो । उसले खेलको ८० औँ मिनेटमा गोल गरेपछि खेल १–१ को बराबरीमा सकिएको छ । उरुग्वेका लागि म्याक्सिमिलिनो अरुजोले गोल गरेका हुन् । दुवै टोलीले एक/एक अङ्क बाँडेका छन् । यस्तै स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेल्दै अङ्क बाँडेका छन् । समूह ‘एच’ अन्तर्गत अमेरिकाको एटलान्टामा गए…
Read More
विश्वकप फुटबलमा इरान र न्युजिल्यान्डले २–२ गोलको बराबरी खेले

विश्वकप फुटबलमा इरान र न्युजिल्यान्डले २–२ गोलको बराबरी खेले

काठमाडौं । दुईपटकको अग्रता जोगाउन नसक्दा न्यूजिल्यान्ड फिफा विश्वकप–२०२६ मा आफ्नो पहिलो खेलमा इराकसँग बराबरीमा रोकिएको छ । अमेरिकाको क्यार्लिफोर्नियास्थित लस एन्जलस स्टेडियममा मंगलबार बिहान भएको खेलमा न्यूजिल्यान्ड र इरान २–२ को बराबरीमा रोकिएका हुन् ।
Read More
बागमतीको बजेट ६६ अर्ब ९३ करोड, भौतिक मन्त्रालयलाई साढे २५ अर्ब

बागमतीको बजेट ६६ अर्ब ९३ करोड, भौतिक मन्त्रालयलाई साढे २५ अर्ब

हेटौंडा । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ६६ अर्ब ९३ करोड ३३ लाख ३३ हजार बजेट विनियोजन गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङले सोमबार प्रदेश सभामा बजेट प्रस्तुत गर्दै पूर्वाधार विकासलाई प्राथमिकता राख्दै ६६ अर्ब ९३ करोड ३३ लाख ३३ हजार बजेट विनियोजन गरिएको जानकारी दिए । सरकारले चालु आव २०८२/८३ का लागि ६७ अर्ब ४७ करोडको बजेट ल्याएको थियो । वर्तमान सरकारले तलब, भत्तामा खर्च हुने चालुभन्दा विकास खर्चको पूँजीगततर्फ ठूलो आकारमा बजेट विनियोजन गरेको छ । मन्त्री तामाङले पूँजीगततर्फ ४३ अर्ब ९७ करोड १४ लाख ३ हजार अर्थात ६५ दशमलव…
Read More
बागमती सरकारले एक हजार विपन्नको घर बनाइदिने, २० करोड बजेट

बागमती सरकारले एक हजार विपन्नको घर बनाइदिने, २० करोड बजेट

हेटौंडा । बागमती प्रदेश सरकारले मुख्यमन्त्री विपन्न आवास कार्यक्रममार्फत प्रदेशभित्र बसोबास गर्ने अतिविपन्न परिवारलाई घर बनाइदिने भएको छ । आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै आर्थिक मामिला तथा योजनामन्त्री प्रभात तामाङले यस्तो घोषणा गरेका हुन् । जसका लागि २० करोड बजेट बिनियोजन गरिको उनले जानकारी दिए ।
Read More
बागमतीको कानुन मन्त्रालयलाई ७२ करोड बजेट विनियोजन

बागमतीको कानुन मन्त्रालयलाई ७२ करोड बजेट विनियोजन

मकवानपुर । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्रालयका लागि ७२ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री प्रभात तामाङले संसदमा बजेट वक्तव्य प्रस्तुत गर्दै आगामी आर्थिक वर्षका उक्त बजेटबाट प्रदेशमा शान्ति सुरक्षाका लागि सीसीटीभी जडान गर्ने लगायतका कार्यक्रम अघि बढाउने बताए । मन्त्री तामाङका अनुसार उक्त बजेटबाट प्रदेशको सहकारीको प्रवर्धन, समस्याग्रस्त सहकारीको व्यवस्थापन गरिने छ । प्रदेश सरकारले आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्रालय अन्तर्गत पत्रकारहरुको बीमा तथा सामाजिक सुरक्षाकोषमा आवद्ध गर्न १ करोड रुपैयाँ बजेट विनियोजन गरिएको मन्त्री तामाङले बताए ।
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.