Alag Dhar

समाचार


Warning: Trying to access array offset on value of type bool in /home/alagdhar/public_html/wp-content/themes/viral-mag/inc/breadcrumbs.php on line 1010
मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

दाङ ।  घोराही उपमहानगरपालिका–१६ स्थित सेवार खोलामा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार मृतकको पहिचान खुलेको छैन । लु प्र ०२००१ प ११०२ नं को ‘पल्सर’ मोटसाइकल घोराही तुलसीपुर सडकखण्डको सेवार खोलामा गएराति दुर्घटना भएको हुनसक्ने जनाइएको छ । आज बिहान उद्धार गरी राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पु¥याइएको र घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Read More
केही नयाँ जोखिमहरू उठाउनुपर्ने छ : गगन थापा

केही नयाँ जोखिमहरू उठाउनुपर्ने छ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सडक, सिँचाइजस्ता जनजीवनसँग प्रत्यक्ष जोडिएका आयोजना समयमै गुणस्तरीय र पारदर्शी रूपमा सम्पन्न गर्नु आफ्नो पार्टीको प्रतिबद्धता भएको बताएका छन् । उनले सोमबार सामाजिक सञ्जाल फेसबुकमा सवा सात मिनेट लामो भिडियो सन्देश जारी गर्दै सो जानकारी दिएका हुन् । ‘हाम्रोमा पूर्वाधार समयमै नबन्ने ठूलो समस्या छ । यसले विकासको लागत त बढाएको छ नै सँगै अर्थतन्त्रको इकोनोमिक प्रोडक्टिभिटीमा पनि ठूलो असर पारेको छ, जसको अपरचुनिटी कस्ट अत्यन्तै उच्च छ,’ भिडियोसँगै थापाले लेखेका छन्, ‘सडक, सिँचाइजस्ता जनजीवनसँग प्रत्यक्ष जोडिएका आयोजना समयमै गुणस्तरीय र पारदर्शी रूपमा सम्पन्न गर्नु हाम्रो प्रतिबद्धता हो ।’ जादु गरेको जस्तो, चमत्कार…
Read More
तोलाको ३ लाख नाघ्यो सुन

तोलाको ३ लाख नाघ्यो सुन

काठमाडौं । नेपाली बजारमा सोमबार पनि सुनको भाउ बढेको छ । हिजो आइतबार तोलामा ९ हजार ५ सय रुपैयाँले बढेको सुन आज ४ हजार १ सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सोमबार सुनको भाउ तोलामा ३ लाख ४ हजार ६ सय रुपैयाँ कायम भएको छ । हिजो आइतबार सुनको भाउ तोलामा ३ लाख ५ सय रुपैयाँ थियो । शुक्रबार सुन तोलामा २ लाख ९१ हजार रुपैयाँमा कारोबार भएको थियो । यस्तै बिहीबार भने २ लाख ९५ हजार २ सय रुपैयाँ थियो । चाँदीको भाउ पनि बढ्यो त्यसैगरी आज चाँदीको भाउ पनि बढेको छ । आज…
Read More
चेपाङ समुदायको नाटकीय भिडियो बनाएर ठगी धन्दा

चेपाङ समुदायको नाटकीय भिडियो बनाएर ठगी धन्दा

मकवानपुर । मकवानपुरको दुर्गम राक्सिराङ गाउँपालिकाको चेपाङ समु्दायको गरिबीलाई सामाजिक सञ्जालमा नाटकीय रूपमा प्रस्तुत गरी दातासँग सहयोग माग्ने गरेको पाइएको छ । चेपाङ समुदायको गरिबी देखाएर विदेशी तथा स्वदेशी दातृसंस्था तथा व्यक्तिसँग रकम वा जिन्सी सामग्री माग्ने र वितरण गर्ने गरेकोबारे राक्सिराङ गाउँपालिकाले चासो देखाएको हो । केही दिनअघि राक्सिराङ गाउँपालिका–८, कुनाले भन्ने स्थानमा एउटा जीर्ण घरमा धोती(लगौँटी) लगाएका नाङ्गा अवस्थाका चेपाङ बालबालिकाको फोटो र भिडियो सामाजिक सञ्जालमा प्रकाशन भएको थियो । सो सम्बन्धमा गाउँपालिकाको कार्यपालिका बैठकले ८ नं. वडा अध्यक्ष युसाई प्रजा (चेपाङ) को संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको थियो । समितिले गाउँपालिकामा पेस गरेको प्रतिवेदनमा रेखा…
Read More
आज कुन विदेशी मुद्राको विनिमयदर कति ?

आज कुन विदेशी मुद्राको विनिमयदर कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज(सोमबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ ७६ पैसा र बिक्रीदर १४५ रुपैयाँ ३६ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७१ रुपैयाँ ०६ पैसा र बिक्रीदर १७१ रुपैयाँ ७७ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९७ रुपैयाँ ०७ पैसा र बिक्रीदर १९७ रुपैयाँ ८९ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८६ रुपैयाँ ६१ पैसा र बिक्रीदर १८७ रुपैयाँ ३८ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर १०१ रुपैयाँ ५७ पैसा र बिक्रीदर १०१ रुपैयाँ ९९ पैसा, क्यानेडियन डलर एकको…
Read More
मकवानपुरमा १५ हतियार बुझाइयो

मकवानपुरमा १५ हतियार बुझाइयो

मकवानपुर । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई मध्यनजर गर्दै मकवानपुरमा सुरक्षा तयारी तीव्र पारिएको छ। निर्वाचनलाई शान्तिपूर्ण बनाउन जिल्ला प्रशासन कार्यालयले गरेको आह्वानपछि हालसम्म १५ जनाले आफ्ना इजाजत प्राप्त निजी हातहतियार प्रहरीलाई बुझाएका छन्। जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार जिल्लाभर कुल ६० जनाले हतियार राख्ने अनुमति लिएकोमा बाँकीलाई पनि चाँडै बुझाउन ताकेता गरिएको छ। निर्वाचन सकिएपछि चैत २० गते ती हतियार सम्बन्धित धनीलाई नै फिर्ता गरिनेछ। तोकिएको समयमा हतियार नबुझाउनेलाई कानुन बमोजिम कारबाही गरिने प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले चेतावनी दिएका छन्।
Read More
अण्डाको भाउ घट्यो

अण्डाको भाउ घट्यो

मकवानपुर । आजदेखि अण्डाको भाउ घटेको छ । नेपाल लेयर्स कुखुरापालक सङ्घले आजदेखि लागू हुने गरी नयाँ मूल्य घटाएको हो । नेपालमा उत्पादन बढेको र यही समयमा भारतबाट पनि अण्डा नेपाल भित्रिएपछि मूल्य घटेको सङ्घका अध्यक्ष विनोद पोखरेलले जानकारी दिनुभयो । अब मार्फको समर्थन मूल्य ठूलो अण्डा प्रतिक्रेट अर्थात ३० वटाको ३ सय ७५ रुपैयाँ र मझौलाको ३ सय ३५ रुपैयाँ कायम भएको छ । यसअघि माघ २२ गते ठूलो अण्डा प्रतिक्रेट ४ सय ३५ रुपैयाँ र मझौलाको ४ सय ५ रुपैयाँ तोकिएको थियो । माघ ११ गते ठूलो अण्डाको ४ सय ९५ रुपैयाँ र मझौलाको ४ सय ७५ रुपैयाँ…
Read More
आज टी–२० विश्वकपमा ३ वटा खेल

आज टी–२० विश्वकपमा ३ वटा खेल

काठमाण्डौ । आईसीसी टी–२० विश्वकपमा आज तीनवटा खेल हुँदैछन् । पहिलो खेल समूह ‘सी’ अन्तर्गत स्कटल्याण्ड र इटलीबीच कोलकाताको ईडेन गार्डेन मैदानमा विहान सवा ११ बजे शुरू हुनेछ । दुवै टोलीका लागि आजको खेल अंक तालिकामा मजबुत स्थान बनाउने अवसरका रूपमा हेरिएको छ । दोस्रो खेल आजै समूह ‘बी’ अन्तर्गत श्रीलंकाको कोलम्बोमा रहेको सिन्हालिज स्पोट्स् क्लब मैदानमा जिम्बाब्वे र ओमानबीच दिउँसो सवा ३ बजे हुँदैछ । दुवै टोलीले समूह चरणबाट अगाडि बढ्ने लक्ष्यसहित मैदानमा उत्रिनेछन् । जिम्बाब्वेको तीव्र बलिङ र ओमानको आक्रामक ब्याटिङ यस खेलको मुख्य आकर्षण हुने अपेक्षा गरिएको छ, । त्यसैगरी, आजको तेस्रो तथा अन्तिम खेल समूह ‘डी’…
Read More
जापानमा आम निर्वाचनको बेला भारी हिमपात, ४२ जनाको मृत्यु

जापानमा आम निर्वाचनको बेला भारी हिमपात, ४२ जनाको मृत्यु

मकवानपुर । जापानको मौसम विज्ञान एजेन्सीले आईतवारको आम निर्वाचन अघि देशका उत्तरी र पश्चिमी क्षेत्रहरूमा भारी हिमपात हुने पूर्वानुमान गरेको छ। जापानको मौसम विज्ञान एजेन्सीले शुक्रवार जनाएअनुसार समुन्द्री किनारका उत्तरी र पश्चिमी क्षेत्रहरूमा सप्ताहन्तभरि भारी हिमपात हुने सम्भावना छ। यो मौसमको अवस्था देशमा आइतवार हुन लागेको आम निर्वाचनको समयसँगै परेको छ। एजेन्सीकाअनुसार आइतवार बिहान ६ बजेसम्म होकुरिकु क्षेत्रमा ७० सेन्टीमिटर, होक्काइडो, तोहोकु र चुगोकुमा ५० सेन्टीमिटर र किन्की क्षेत्रमा ४० सेन्टीमिटर सम्म हिउँ पर्न सक्नेछ। अग्नि तथा विपद् व्यवस्थापन एजेन्सीका अनुसार जनवरी २० देखि हालसम्म हिउँका कारण देशैभर ४२ जनाको मृत्यु भएको छ भने ४८६ जना घाइते भएका छन्।
Read More
मकवानपुरमा करिब ४ हजार २ सय  सुरक्षाकर्मी परिचालन गरिने

मकवानपुरमा करिब ४ हजार २ सय सुरक्षाकर्मी परिचालन गरिने

मकवानपुर । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै मकवानपुर जिल्लामा करिब ४ हजार २ सय सुरक्षाकर्मी परिचालन गरिने भएको छ। मकवानपुरका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीका अनुसार निर्वाचन सुरक्षाका लागि नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी तथा करिब २ हजार २ सय जना निर्वाचन प्रहरी खटाइने तयारी गरिएको छ। यस्तै, प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि दुई वटा निर्वाचन क्षेत्र रहेको मकवानपुरमा तीन हजारभन्दा बढी कर्मचारी खटिने भएका छन् । ३७४ मतदान केन्द्रमा स्वयं सेवकसहित तीन हजार ३६६ कर्मचारी निर्वाचन अवधिमा खटिने भएका हुन् ।बागमती प्रदेश निर्वाचन कार्यालय हेटौंडाका प्रदेश निर्वाचन अधिकारी हरिप्रसाद ढकालले एउटा मतदान केन्द्रमा आयोगबाट छ…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.