Alag Dhar

समाचार


Warning: Trying to access array offset on value of type bool in /home/alagdhar/public_html/wp-content/themes/viral-mag/inc/breadcrumbs.php on line 1010
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर

आज यस्तो छ विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार )का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकन डलर एकको खरिददर १४६ रूपैयाँ ३२ पैसा र बिक्रीदर १४६ रूपैयाँ ९२ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७१ रूपैयाँ १७ पैसा र बिक्रीदर १७१ रूपैयाँ ८७ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९६ रूपैयाँ ३२ पैसा र बिक्रीदर १९७ रूपैयाँ १२ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८४ रूपैयाँ ४६ पैसा र बिक्रीदर १८५ रूपैयाँ २१ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ९९ रूपैयाँ ५३ पैसा र बिक्रीदर ९९ रूपैयाँ ९४ पैसा, क्यानेडियन डलर…
Read More
आज श्रीपञ्चमी पर्व मनाइँदै

आज श्रीपञ्चमी पर्व मनाइँदै

मकवानपुर । प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी विद्याकी अधिष्ठात्री देवी सरस्वतीको विधिपूर्वक पूजा आराधना गरी आज देशभर मनाइँदैछ । वसन्त पञ्चमीका दिन सरस्वतीको पूजा गरे विद्या बुद्धि बढ्ने विश्वास रहेको छ । आज देशभरका सरस्वती मन्दिरमा पूजा आराधना गर्न श्रद्धालुको भीड लाग्छ । विद्यालय नपठाइएका साना बालबालिकालाई आजकै दिनदेखि अक्षरारम्भ गराउने चलन छ । आजका दिन लेखपढ गर्न सिकाए राम्रो विद्या आउने धार्मिक विश्वास छ । चन्द्रमाजस्तो गोरो वर्ण भएकी तथा हातमा वीणा र पुस्तक लिएकी विद्याकी देवी सरस्वतीलाई भक्तजनहरूले भारती, शारदा, हंशवाहिनी, जगन्माता, वागीश्वरी, कौमारी, वरदायिनी, बुद्धिदात्री, ब्रह्मचारिणी, चन्द्रघण्टा र भुवनेश्वरीजस्ता नामले पुकार्छन् । विद्या र…
Read More

बालेनले गरे पाथीभरा दर्शन

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन साहले ताप्लेजुङस्थित पाथीभरा मन्दिरको दर्शन गरेका छन् । आज बिहान मुक्कुमलुङ पुगेर साहले पाथीभराको दर्शन गरेका हुन् । उनी चुनावी अभियानका क्रममा झापाबाट इलाम हुँदै बिहीबार राति ताप्लेजुङ पुगेका थिए । बालेन चुनाव प्रचारको सिलसिलामा पूर्वी पहाडी जिल्लाको यात्रामा छन् । त्यसैक्रममा श्रीपञ्चमीको दिन पाथीभरा माताको दर्शन गर्न पुगेका हुन् ।
Read More
फागुन पहिलो हप्ताभित्रै मतपत्र निर्वाचन क्षेत्रमा पुर्‍याइने

फागुन पहिलो हप्ताभित्रै मतपत्र निर्वाचन क्षेत्रमा पुर्‍याइने

काठमाडौं । निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुराइसक्ने जनाएको छ । माघ ९ गते उम्मेदवारहरूलाई निर्वाचन चिन्ह प्रदान गरिने र त्यसपछि प्रत्यक्षतर्फको मतपत्र छपाइ सुरु हुने आयोगले जनाएको छ । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले माघभित्र प्रत्यक्षतर्फको मतपत्र छपाइ सम्पन्न गरेर फागुनको पहिलो हप्ताभित्र सवै स्थानमा मतपत्र पुराइसक्ने बताए । त्यस्तै समानुपातिकतर्फ डेड करोड मतपत्र छपाइ भइसकेको र बाँकी ५० लाख मतपत्र छपाइ कार्य अन्तिम चरणमा पुगेको उहाले जानकारी दिए । उहाले निर्वाचनका लागि ५१ मध्ये ३७ वटा सामाग्री सम्बन्धीत जिल्लामा नै खरिद गर्ने व्यवस्था गरिएको बताए । बाँकी रहेका १४…
Read More
मन्त्रिपरिषद् बैठक बस्दै

मन्त्रिपरिषद् बैठक बस्दै

मकवानपुर । मन्त्रिपरिषद् बैठक आज बस्न लागेको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा दिउँसो ३ बजे बैठक बस्न लागेको हो । बैठकमा सरकारका दैनिक प्रशासनिक कामकारबाही र निर्वाचन तयारीबारे छलफल हुनुका साथै आवश्यक निर्णय हुने एक मन्त्रीले बताए ।
Read More
इजाजत प्राप्त हातहतियार बुझाउन मकवानपुर प्रशासनको आग्रह

इजाजत प्राप्त हातहतियार बुझाउन मकवानपुर प्रशासनको आग्रह

मकवानपुर । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षालाई मध्यनजर गर्दै सर्वसाधारणसँग रहेका इजाजत प्राप्त हातहतियार बुझाउन जिल्ला प्रशासन कार्यालय मकवानपुरले अनुरोध गरेको छ । कार्यालयले बुधबार एक सूचना जारी गर्दै इजाजत प्राप्त गरी व्यक्तिगत रूपमा राखिएका हातहतियार सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र नजिकको प्रहरी इकाइ वा जिल्ला प्रहरी कार्यालयमा अनिवार्य रूपमा बुझाउन आह्वान गरेको हो । निर्वाचनलाई निष्पक्ष, भयरहित र सुरक्षित वातावरणमा सम्पन्न गर्नका लागि इजाजत प्राप्त हतियारहरू संकलन गर्न लागिएको प्रशासनले जनाएको छ । यसरी बुझाइएका हातहतियारहरू निर्वाचन कार्य सम्पन्न भएको एक महिनापश्चात सम्बन्धित धनीलाई नै फिर्ता गरिने सूचनामा उल्लेख छ । जिल्ला प्रशासन कार्यालयले…
Read More
आज सुनचाँदीको भाउ आज घट्यो

आज सुनचाँदीको भाउ आज घट्यो

मकवानपुर । हिजो कीर्तिमान बनाएको सुनचाँदीको भाउ आज घटेको छ । आज सुन तोलामा २ हजार ९ सय रुपैयाँले घटेर तोलाको २ लाख ९२ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ अहिलेसम्मकै उच्च तोलाको २ लाख ९५ हजार १ सय रुपैयाँ थियो । यस्तै आज चाँदीको भाउ पनि तोलामा ५० रुपैयाँले घटेको छ । चाँदी आज तोलामा ५० रुपैयाँले घटेर तोलाको ५ हजार ८ सय ७० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ अहिलेसम्मकै उच्च ५ हजार ९ सय २० रुपैयाँ थियो ।
Read More
आज यस्तो छ देशभरको मौसम

आज यस्तो छ देशभरको मौसम

मकवानपुर । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले कोशी प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बादल लागेको छ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ। तराई भूभागका थोरै स्थानहरूमा तुवाँलो लागेको छ। आज दिउसो तराई भूभागका केही स्थानहरूमा हुस्सु तथा कुहिरो रहनेछ। कोशी प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बादल लाग्ने तथा बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ। आज राति तराई भूभागका केही स्थानहरूमा हुस्सु रहनेछ । कोशी प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक…
Read More
शुक्रबारदेखि पोखरा रंगशालामा भलिबलको महाकुम्भ

शुक्रबारदेखि पोखरा रंगशालामा भलिबलको महाकुम्भ

कास्की । पोखरामा शुक्रबारदेखि राष्ट्रिय खेल भलिबलको महाकुम्भ सुरु हुने भएको छ । टाइगर गु्रप अफ पोखराले विगत पाँच वर्षदेखि निरन्तर रुपमा सञ्चालन गर्दै आएको ‘एनसेल टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लब च्याम्पियनसिप भलिबल प्रतियोगिता २०८२’ अन्तर्गतको छैठौं संस्करण माघ ९ देखि १७ गतेसम्म हुने भएको हो । पोखरा रंगशालाको भलिबल ट्रेनिङ सेन्टरमा सञ्चालन हुने उक्त प्रतियोगितामा महिला तर्फ पाँच र पुरुष तर्फ छ टोली सहभागी हुनेछन् । यसपटक विदेशी टोलीको पनि रोमान्चक भिडन्त देख्न पाइनेछ । संस्थाले सार्वजानिक गरेको खेल तालिका अनुसार महिला तर्फ थाइल्याण्डको थाइल्याण्ड क्विन्ससहित पाँच टोलीले प्रतिस्पर्धा गर्नेछन् भने पुरुषतर्फ माल्दिभ्सको राष्ट्रिय भलिबल टोलीसहित छ…
Read More
प्रतिनिधि सभा निर्वाचन : आज उम्मेदवारको नामावली प्रकाशन गरिंदै

प्रतिनिधि सभा निर्वाचन : आज उम्मेदवारको नामावली प्रकाशन गरिंदै

काठमाडौं । निर्वाचन आयोगले आज प्रतिनिधि सभा सदस्यका उम्मेदवारहरुको नामावाली प्रकाशन गर्दैछ । मंगलबार मनोनयन दर्ता गरेका उम्मेदवारको नामावली आज प्रकाशन गर्न लागिएको आयोगले जनाएको छ । मंगलबार साँझसम्म मनोनय दर्ता भएपछि आयोगले बुधबार उम्मेदवारविरुद्ध उजुरी लिएको थियो । बुधबार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको योग्यतासम्बन्धी उजुरी लिएको हो । बुधबार साँझ नै दर्ता भएका उजुरीबारे जाँचबुझ गर्ने काम भइसकेकोले आज नामावली प्रकाशन गर्ने आयोगको तयारी छ । आयोगको कार्यतालिका अनुसार आज बेलुकी ५ बजेदेखि ७ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन गरिनेछ । यस्तै, माघ ९ गते शुक्रबार बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिने समय…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.