Alag Dhar

राजनीति


Warning: Trying to access array offset on value of type bool in /home/alagdhar/public_html/wp-content/themes/viral-mag/inc/breadcrumbs.php on line 1010
चितवन क्षेत्र नम्बर–१ मा एमालेका उम्मेदवारले अग्रता कायमै

चितवन क्षेत्र नम्बर–१ मा एमालेका उम्मेदवारले अग्रता कायमै

चितवन । प्रतिनिधिसभा निर्वाचन अन्तर्गत चितवन क्षेत्र नम्बर–१ मा एमालेका उम्मेदवारले अग्रता कायम राखेका छन् । हालसम्म सो क्षेत्रमा २ हजार ८३० मत गणना हुँदा एमालेका उम्मेदवार दावादोर्जे लामाले ९६३ मत पाएका छन् । उनलाई कांग्रेस उम्मेदवार राजेन्द्र बुर्लाकोटीले पछ्याइरहेका छन् । बुर्लाकोटीले ७३९ मत पाउँदा रास्वपाका हरि ढकाल तेस्रो स्थानमा छन् । ढकालले ४८३ मत पाएका छन् भने नेकपा उम्मेदवार कृष्णराज पन्तले ३१० मत पाएका छन् ।
Read More
चितवन-३ मा रास्वपाकी सोबिता गौतमले बनाइन् हजार बढी मतान्तर

चितवन-३ मा रास्वपाकी सोबिता गौतमले बनाइन् हजार बढी मतान्तर

मकवानपुर । चितवन-३ मा रास्वपाकी उम्मेदवार सोबिता गौतमले मतान्तर एक हजार कटाएकी छन्। ७ हजार ७०८ मतगणना हुँदा रास्वपाकी गौतमले ३ हजार ६९३ मत पाएकी छन्। यहाँ नेपाली कम्युनिस्ट पार्टी (नेकपा)की रेनु दाहालले २ हजार २६३ मत पाएकी छन्। एमालेका शंकर थपलियाले ७४१ मत ल्याएका छन्। कांग्रेसका टेकप्रसाद गुरूङले ४०४ मत ल्याएका छन् भने राप्रपाका दीपक थापाले १२७ मत ल्याएका छन्।  
Read More
झापा–५ : बालेन ओलीलाई ६ हजार मतान्तरले पछि पार्दै अग्र स्थानमा

झापा–५ : बालेन ओलीलाई ६ हजार मतान्तरले पछि पार्दै अग्र स्थानमा

झापा । झापा निर्वाचन क्षेत्र नं ५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार बालेन्द्र शाहले १०,१९० मत प्राप्त गर्दै अग्रस्थानमा छन्। उनका प्रमुख प्रतिस्पर्धी, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ४,०८७ मत पाएका छन् र दोस्रो स्थानमा छन्। यसैगरी, नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार रञ्जित तामाङले ९० मत ल्याएका छन्। मतगणना जारी छ र अन्तिम परिणाम प्रतीक्षित छ।
Read More
निर्वाचित भएपछि मतदातालाई रन्जुको धन्यवाद

निर्वाचित भएपछि मतदातालाई रन्जुको धन्यवाद

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार रञ्जु दर्शना काठमाडौं(१ बाट निर्वाचित भएकी छन् । निर्वाचित भएको बारे जानकारी गराउँदै उनले आफ्ना मतदातालाई फेसबुकमार्फत धन्यवाद दिएकी छन् । ‘यो विजय देशको, परिवर्तन पक्षको । काठमाडौं क्षेत्र नं १ मा हामीलाई घन्टी चुनाव चिन्हमा मत दिनुहुने सम्पूर्ण मतदाताप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछौं,’ उनले भनेकी छन्, ‘हामीलाई शुभकामना दिनुहुने सम्पूर्ण शुभेच्छुक, साथी तथा मतदाताहरू प्रति हार्दिक नमन ।’ उनले आज आफ्नो छोराको न्वारन कार्यक्रम रहेको बताउँदै उक्त कार्यक्रम सकेर साढे ११ बजे बानेश्वरस्थित सहभागी विभागमा उपस्थित हुने बताएकी छन् । उनले चुनाव प्रचारकै क्रममा अस्पताल भर्ना भएर छोरालाई जन्म दिएकी थिइन् । ‘हाल…
Read More
रास्वपाले खाता खोल्यो, काठमाडौं–१ बाट रञ्जु विजयी

रास्वपाले खाता खोल्यो, काठमाडौं–१ बाट रञ्जु विजयी

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले काठमाडौँ क्षेत्र नम्बर १ बाट खाता खोलेको छ । सो क्षेत्रबाट रास्वपाकी उम्मेदवार रञ्जु दर्शना (न्यौपाने) विजयी भएकी हुन् । उनले १५ हजार ४५५ मत पाएकी छन् । यस्तै कांग्रेसका उम्मेदवार प्रबल थापा क्षेत्रीले ६ हजार ३६४ मत पाएका छन् भने राप्रपाका उम्मेदवार रवीन्द्र मिश्रले ३ हजार ९७२ मत पाएका छन् । दर्शना निर्वाचित भएको निर्वाचन अधिकृतको कार्यालयले औपचारिक घोषणा गर्न बाँकी छ ।
Read More
मकवानपुरका दुई निर्वाचन क्षेत्रको मतगणना बिहान ११ बजेदेखि

मकवानपुरका दुई निर्वाचन क्षेत्रको मतगणना बिहान ११ बजेदेखि

मकवानपुर  । मकवानपुरमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना आज बिहान ११ बजेदेखि सुरु हुने भएको छ। आज बिहान बसेको सर्वदलीय बैठकले जिल्लाका दुवै निर्वाचन क्षेत्रको मतगणना वडानै पिच्छे गरिने भएको हो । बैठकको निर्णयअनुसार प्रत्येक वडाभित्र रहेका सबै मतदान केन्द्रका मतपेटिकाहरू एउटै स्थानमा जम्मा गरेर वडावार मतगणना गरिनेछ। यसरी गणना गर्दा एउटै वडाका सबै बुथका मत एकै पटक गणना गरिने व्यवस्था मिलाइएको छ। मकवानपुर जिल्लामा कुल १०२ वटा वडा रहेका छन्। ती सबै वडाका मतहरू क्रमशः वडागत रूपमा गणना गरिने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। मतगणनालाई व्यवस्थित, पारदर्शी र सुरक्षित बनाउन मतगणना स्थलमा तारजालीको घेरा, सिसिटिभी क्यामेरा लगायतका सुरक्षा प्रबन्ध…
Read More
चितवन- २ : अग्रता बढाउँदै रवि लामिछाने

चितवन- २ : अग्रता बढाउँदै रवि लामिछाने

चितवन । चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले फराकिलो मतान्तरले अग्रता कायमै राखेका छन् । यहाँ लामिछानेले ३२६५ मत ल्याउँदा नेकपा एमालेका अस्मिन घिमिरे १५१९ मतका साथ दोस्रो स्थानमा छन् । त्यस्तै नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रताप गुरुङ १२६० मतका साथ एमालेका उम्मेदवारलाई पछ्याइरहेका छन् । त्यस्तै नेपाली कांग्रेसकी मीना खरेल १०९४ को मतसहित चौथो स्थानमा छिन् ।
Read More

काठमाडौं उपत्यकाका १५ निर्वाचन क्षेत्रमध्ये १४ क्षेत्रमा रास्वपा अगाडि

हेटौंडा । प्रतिनिधि सभा निर्वाचनको प्रारम्भिक मत गणनामा काठमाडौं उपत्यकाका १५ निर्वाचन क्षेत्रमध्ये १४ वटा क्षेत्रमा राष्ट्रिय स्तवन्त्र पार्टी (रास्वपा)ले अग्रता लिएको छ । काठमाडौंका १० तथा ललितपुर र भक्तपुरका २/२ वटै क्षेत्रमा रास्वपा उम्मेदवारले अग्रता लिएका हुन् । काठमाडौं १ मा रञ्जु दर्शना, काठमाडौं २ मा सुनिल केसी, काठमाडौं ३ मा राजुनाथ पाण्डे, काठमाडौं ४ मा पुकार बम, काठमाडौं ५ मा सस्मित पोखरेल, काठमाडौं ६ मा शिशिर खनाल, काठमाडौं ७ मा गणेश पराजुली, काठमाडौं ८ विराजभक्त महर्जन, काठमाडौं ९ मा डीपी अर्याल र काठमाडौं १० मा प्रदीप विष्टले अग्रता कायम गरेका छन् । यसैगरी ललितपुर २ मा जगदिश खरेल…
Read More

मकवानपुरमा ५९ प्रतिशत मतदान

हेटौंडा/ प्रतिनिधिसभा निर्वाचन अन्तरगत मकवानपुरमा ५९ प्रतिशत मत खसेको छ । मकवानपुरमा रहेका ३ लाख १५ हजार ३ सय ३४ मतदातामध्ये १ लाख ८६ हजार ५ सय ५१ मत खसेको छ । मकवानपुर क्षेत्र नम्बर १ मा ९५ हजार ३ सय १० मत खसेको छ । त्यस्तै क्षेत्र नम्बर २ मा ९१ हजार २ सय ४१ मत खसेको प्रदेश निर्वाचन कार्यालय हेटौंडाले जनाएको छ ।
Read More

मकवानपुरमा मतदान शुरू, मतदातामा उत्साह

हेटौंडा । प्रतिनिधिसभा निर्वाचन अन्तरगत मकवानपुरमा मतदान शुरू भएको छ । मकवानपुरको १० वटै पालिकाका मतदान केन्द्रमा विहान ७ बजेबाट मतदान शुरू भएको हो । सबै मतदान केन्द्रमा मतदाताहरू मतदान गर्न लाइनमा रहेका छन् । साँझ ५ बजेसम्म मतदान हुनेछन् । मतदान पश्चात हेटौंडा-४ स्थित भुटनदेवी माविको भवनमा मतगणना हुनेछ । प्रतिनिधिसभा क्षेत्र नम्बर १ को मतगणना प्रसाशनिक तथा पुरानो भवनमा र क्षेत्र नम्बर २ को मतगणना प्राविधिक भवन हुने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । मतगणनाको मिति र समय भने मत पेटिका प्राप्त भएपछि प्रकाशन गरिने जनाइएको छ । मतदान सकिएपछि ल्याइएका मतपेटिका राख्नका लागि कोठाको व्यवस्थापन, तारजाली राख्ने…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.