Alag Dhar

समाचार


Warning: Trying to access array offset on value of type bool in /home/alagdhar/public_html/wp-content/themes/viral-mag/inc/breadcrumbs.php on line 1010
२ सय रुपैयाँले घट्यो भाउ

२ सय रुपैयाँले घट्यो भाउ

काठमाण्डौं । हिजो ह्वात्तै बढेको सुनको भाउ आज सामान्य घटेको छ । आज सुन तोलामा २ सय रुपैयाँ घटेर तोलाको ३ लाख १० हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो कारोबार हुने हप्ताको पहिलो दिन सुनको भाउ तोलामा २० हजार ५ सय रुपैयाँले बढेको थियो । यस्तै आज चाँदीको भाउ भने तोलामा १० रुपैयाँले बढेर ५ हजार ३ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ । हिजो चाँदीको भाउ तोलामा ३ सय ५ रुपैयाँ बढेर ५ हजार ३ सय ४५ रुपैयाँ थियो ।
Read More
संसदमा नाराबाजी र धकेलाधकेलबीच प्रतिनिधिसभा नियमावली पारित

संसदमा नाराबाजी र धकेलाधकेलबीच प्रतिनिधिसभा नियमावली पारित

काठमाण्डौं । विपक्षीहरूको नाराबाजी र धकेलाधकेलबीच प्रतिनिधिसभा नियमावली पारित भएको छ । प्रतिनिधिसभाको हिजोको बैठकमा नियमावली मस्यौदा समितिका सभापति गणेश पराजुलीले प्रतिवेदन पेस गर्नुभएको थियो । प्रतिवेदन सभामुख डीपी अर्यालले निर्णायार्थ पेश गर्ने तयारी गरेलगत्तै प्रतिपक्षी दलका सांसदहरूले अवरोध गरेका थिए । नियमावली संविधान र प्रचलित कानुनसँग बाझिने भन्दै कतिपय प्रावधान सच्याएर नियमावली पारित गर्नुपर्ने विपक्षी दलका सांसदहरुको अडान थियो । सभामुख अर्यालले विपक्षीको माग बेवास्ता गर्दै निर्णायार्थ पेश गरेपछि विपक्षी सांसदहरूले वेल घेराउ गरेका थिए । एमाले सांसद ऐन महरसहितले उफ्रिँदै वेल घेराउ गर्न पुग्दा मर्यादापालकले रोकेका थिए । विपक्षी सांसदहरुले नाराबाजी गर्दै विरोध गरे पनि सभामुख अर्यालले प्रतिवेदन…
Read More
दमककी युवती रमा तिवारी मृत फेला

दमककी युवती रमा तिवारी मृत फेला

विराटनगर । झापाको दमक नगरपालिका-१० स्थित सेतुमाडीमा शनिबार बिहान बोरामा पोको पारिएको अवस्थामा फेला परेको शवको पहिचान खुलेको छ । शव दमक नगरपालिका-८ बसन्त टोल बस्ने नारायण तिवारीकी २१ वर्षीया छोरी रोमा भनिने रमा तिवारीको रहेको खुलेको हो । उनको शव रतुवा खोलाको किनारमा फेला परेको थियो । प्रहरीका अनुसार रमा बुधबार राति घरबाट हराएकी थिइन् । शनिबार बिहान करिब ११ बजे रतुवा खोलाको पुलमुनि सेतो प्लास्टिकको बोरामा पोको पारिएको अवस्थामा भेटिएको थियो । प्रहरीका अनुसार अन्यत्र कतै हत्या गरी शव पुलमाथिबाट खोलामा फालिएको जस्तो देखिन्छ । झापा जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी खगेन्द्र खड्काले घटनाको अनुसन्धान भइरहेको बताए ।…
Read More
प्रतिनिधिसभाको बैठकमा आजदेखि बजेटमाथिको छलफल शुरू हुँदै

प्रतिनिधिसभाको बैठकमा आजदेखि बजेटमाथिको छलफल शुरू हुँदै

काठमाण्डौं । प्रतिनिधिसभाको बैठकमा आजदेखि बजेटमाथिको छलफल शुरू हुँदैछ । सरकारले आर्थिक वर्ष २०८३/०८४ को लागि प्रस्तुत गरेको बजेटमाथि आजदेखि दफाबार छलफल शुरू हुने संघीय संसद् सचिवालयले जनाएको छ । यसैबीच प्रतिनिधिसभा नियमावली, २०८३ पारित भएको छ । प्रतिनिधिसभाको हिजोको बैठकबाट नियमावली पारित भएको हो । बैठकमा प्रतिनिधिसभा नियमावली मस्यौदा समितिका सभापति गणेश पराजुलीले ‘प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको प्रतिवेदन, २०८३ लाई पारित गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । प्रस्तावलाई सभाको बहुमतले पारित गरेको हो । सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको प्रतिवेदन, २०८३ को नियम २ देखि २६३ सम्म र अनुसूची १ देखि ७ सम्म नियमावलीको अङ्ग बनेको…
Read More
सभामुखकै बोली संसदीय रेकर्डबाट हटाइयोस् : एमाले

सभामुखकै बोली संसदीय रेकर्डबाट हटाइयोस् : एमाले

काठमाडौं । नेकपा एमालेले सभामुख डोलप्रसाद अर्यालले बोलेका केही शब्द संसदीय रेकर्डबाट हटाउन माग गरेको छ । प्रतिनिधिसभा निमामावलीको नियम ५६ मा रहेका व्यवस्थाबारे सभामुखबाट गलत व्याख्या भएको भन्दै एमालेका प्रमुख सचेतक ऐनबहादुर महरले यस्तो माग राखेका हुन् । ‘प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि तीन दिन अगाडि प्रश्न लिने व्यवस्था कहीँ पनि गरिएको छैन भनेर रोष्ट्रमबाट भन्नुभयो । त्यो प्रतिनिधिसभा नियमावली विपरीत छ । म यसमा निमापत्ति गर्न चाहन्छु र स्वयम सभामुखको त्यो शब्द संसदीय रेकर्डबाट हटाइयोस् भनेर माग गर्न चाहन्छु ।’ आइतबार प्रतिनिधिसभामा प्रधानमन्त्री बालेन्द्र शाहले आकस्मिक रुपमा सांसदहरूका प्रश्नको जवाफ दिए । प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रममा प्रश्न सोध्नका लागि तीन…
Read More
बुबाले गरे छोराको हत्या

बुबाले गरे छोराको हत्या

चितवन । पूर्वी नवलपरासी (नवलपुर)को गैंडाकोट नगरपालिका वडा नम्बर १५ चिन्तामणी टोलमा एक बाबुले छोराको हत्या गरेका छन् । प्रहरीका अनुसार ६३ वर्षीय डम्मर गिरीले गएराति अन्दाजी १० बजे ४३ वर्षीय छोरा शंकर गिरीको हत्या गरेका हुन् । घरायसी विवादमा उनले छोरामाथि धारिलो हतियार (खुर्पा) प्रहार गरेका थिए । खुर्पा प्रहारबाट टाउकोमा गम्भीर चोट लागेका शंकरको चितवनको भरतपुरस्थित नयाँ मेडिकल कलेजमा उपचारको क्रममा राति १०:४५ बजे मृत्यु भएको हो । घटनाको जानकारी पाउनसाथ प्रहरी टोली तत्काल घटनास्थलमा खटिएको थियो । प्रहरीले घटनास्थलबाटै खुर्पा बरामद गर्नुका साथै छोराको हत्यामा संलग्न बुबा डम्मर गिरीलाई नियन्त्रणमा लिएको छ । पक्राउ परेका गिरीमाथि हिरासतमा राखी…
Read More
चीनलाई २२१ रनले हराउँदै नेपालको विजयी शुरुआत

चीनलाई २२१ रनले हराउँदै नेपालको विजयी शुरुआत

काठमाण्डौं । चीनलाई हराउँदै नेपाली क्रिकेट टाेलीले एशियाली खेलकुद छनाेटमा विजयी शुरुआत गरेकाे छ । सिङ्गापुरमा आज भएकाे उद्घाटन नेपालले चीनलाई २२१ रनले हरायाे । नेपालले दिएकाे ३१४ रनकाे लक्ष्य पछ्याएकाे चीनले १९ ओभर २ बलमा ९२ रन बनाउँदा सबै विकेट गुमायाे । चीनकाशेन्जियान झेङले ३१ रन बनाए । नेपालका कुशल मल्लले ३ तथा साेमपाल कामी र सन्दीप लामिछानेले २/२ विकेट लिए । यसअघि टस हारेर ब्याटिङ गरेकाे नेपालले २० ओभरमा २ विकेट गुमाएर ३१३ रन बनायाे । नेपालका कुशल भुर्तेलले शतक बनाए । भुर्तेल ४३ बलमा १६ छक्का र ५ चाैकाकाे मद्दतमा १२९ रन बनाएर आउट भए । यस्तै कुशल…
Read More
सन्दीप र ब्रिज इन्टरनेशनलबीच ५ वर्षको सम्झौता

सन्दीप र ब्रिज इन्टरनेशनलबीच ५ वर्षको सम्झौता

काठमाण्डौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी सन्दीप लामिछाने र ब्रिज इन्टरनेशनल कन्सलटेन्सीबीच पाँच वर्षको सम्झौता भएको छ । पोखरामा आयोजित कार्यक्रमकाबीच शैक्षिक परामर्शदाता कम्पनी ब्रिजले सन्दीपसँग पाँच वर्षको लागि सम्झौता नविकरण गरेको हो । यसअघि २०८१ सालको भदौमा ब्रिज इन्टरनेशनलले सन्दीपसँग दुई वर्षको लागि सम्झौता गरेको थियो । त्यो सम्झौताको केही समय बाँकी नै रहँदा नै ब्रिजले सन्दीपसँग सम्झौता नविकरण गर्दै थप पाँच वर्षको लागि सम्झौता गरेको हो । ब्रिज इन्टरनेशनलका सीईओ भुवन गिरी र सन्दीप लामिछानेले सम्झौता पत्रमा हस्ताक्षर गरे । ब्रिज इन्टरनेशनलका सिइओ भुवन गिरीले सम्झौता पाँच वर्षको भएको र नेपालको खेलकुद इतिहासमै एकै पटक यति लामो…
Read More
बढ्यो सुनको भाउ, तोलामै २० हजार ५०० रुपैयाँले

बढ्यो सुनको भाउ, तोलामै २० हजार ५०० रुपैयाँले

काठमाण्डौं । कारोबार हुने हप्ताको पहिलो दिन आज आइतबार सुनको भाउ तोलामा २० हजार ५०० सय रुपैयाँले बढेको छ । भाउ बढेर सुन आज तोलाको ३ लाख ११ हजार १०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । अस्ति शुक्रबार सुनको भाउ तोलाको २ लाख ९० हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । सरकारले सुनको भन्सार दर १० प्रतिशत वृद्धि गरेसँगै त्यसको असर बजारमा देखिएको महासङ्घले जनाएको छ । यस्तै आज चाँदीको भाउ पनि तोलामा ३०५ रुपैयाँ बढेको छ । शुक्रबार तोलाको ५ हजार ४० रुपैयाँमा कारोबार भएको चाँदी आज तोलाको ५ हजार ३४५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले…
Read More
बागमती पुलबाट खसेको गाडीका चालक मृत, स्टेरिङमै भेटिए

बागमती पुलबाट खसेको गाडीका चालक मृत, स्टेरिङमै भेटिए

हेटौंडा । मकवानपुरको भिमफेदी गाउँपालिका–८ बगुवास्थित कान्ति लोकपथमा पर्ने बागमती खोला पुलबाट शनिबार साँझ खसेको गाडीका चालक स्टेरिङमै मृत भेटिएका छन् । मकवानपुर र ललितपुर जोड्ने बागमती पुलबाट ना ६ ख ४०४२ नम्बरको टेलर गाडी शनिबार बेलुका खसेको थियो । सो गाडीका चालक हेटौंडा उपहानगरपालिका–३ बस्ने ३० वर्षीय दलबहादुर बर्तौला स्टेरिङमै मृत फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । सो गाडीलाई क्रेनको सहायताबाट खोला बाहिर निकालिएको छ । मकवानपुरका प्रहरी नायव उपरीक्षक माधवप्रसाद काफ्लेका अनुसार बागमती हाइड्रोपावरको फलामे पाइप लोड गरेर मकवानपुरबाट काठमाडौं जाँदै गर्दा पाइप बाँधिएको टुचिन (बन्धन) चुडिएर गाडी अनियन्त्रित भई पुलबाट तल खोलामा खसेको थियो ।…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.