Alag Dhar

समाचार


Warning: Trying to access array offset on value of type bool in /home/alagdhar/public_html/wp-content/themes/viral-mag/inc/breadcrumbs.php on line 1010
रुसले युक्रेनमा  गरेको  हवाई आक्रमणमा २२ जनाको ज्यान गया,१३८ जना घाइते

रुसले युक्रेनमा गरेको हवाई आक्रमणमा २२ जनाको ज्यान गया,१३८ जना घाइते

काठमाण्डौं । रुसले युक्रेनका विभिन्न शहरमा गरेको व्यापक हवाई आक्रमणमा कम्तीमा २२ जनाको ज्यान गएको छ । १३८ जना घाइते भएका छन् । सयौँ ड्रोन र दर्जनौँ क्षेप्यास्त्र प्रयोग गरी गरिएको आक्रमणले राजधानी किएभसहित मध्य र पूर्वी युक्रेनका धेरै शहरमा ठूलो जनधनको क्षति भएको समाचार संस्था एपीले जनाएको छ । युक्रेनी अधिकारीकारअनुसार डिनिप्रोमा १६ जना तथा राजधानी किएभमा ६ जनाले ज्यान गुमाएका छन् । विस्फोटका कारण अपार्टमेन्ट क्षतिग्रस्त भएका छन् र धेरै क्षेत्रमा खोज तथा उद्धार कार्य भइरहेको छ । युक्रेनी वायु सेनाका अनुसार रुसले कुल ७३ वटा क्षेप्यास्त्र र ६५६ वटा ड्रोन प्रहार गरेको थियो । तीमध्ये ४० वटा…
Read More
आजदेखि राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता

आजदेखि राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता

काठमाण्डौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा १६औँ केन्द्रीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता आजदेखि काठमाण्डौमा शुरु हुँदैछ । प्रतियोगितामा सातै प्रदेशका ६८६ खेलाडी सहभागी हुँदैछन् । एथलेटिक्स, भलिबल, कबड्डी, कराते, तेक्वान्दो र उसु गरी ६ खेल विधामा प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा कुल ६६ स्वर्ण पदकका लागि खेलाडीबीच प्रतिस्पर्धा हुनेछ । एथलेटिक्समा २६ तथा कराते, तेक्वान्दो र उसुमा समान १२–१२ स्वर्ण पदकका लागि खेल हुनेछन् । भलिबल र कबड्डीमा समान २–२ स्वर्ण पदक समावेश छन् । एथलेटिक्सका खेल त्रिपुरेश्वरको दशरथ रङ्गशालामा हुनेछन् । भलिबलका खेल राखेपको कभर्डहलमा, कबड्डी लैनचौरस्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा, कराते कीर्तिपुरस्थित कभर्डहलमा, तेक्वान्दो सातदोबाटोस्थित…
Read More
ब्लु ओरिजिनको प्रक्षेपणस्थल विस्फोटपछि नासाको चन्द्र अभियान प्रभावित हुने चिन्ता

ब्लु ओरिजिनको प्रक्षेपणस्थल विस्फोटपछि नासाको चन्द्र अभियान प्रभावित हुने चिन्ता

काठमाण्डौं ।अमेरिकी अन्तरिक्ष संस्था नासाले ब्लु ओरिजिनको विस्फोटबाट क्षतिग्रस्त प्रक्षेपणस्थल फेरि सञ्चालनमा आउन सन् २०२८ सम्म लाग्न सक्ने जनाएको छ । यसले कम्पनीका आगामी अन्तरिक्ष अभियानसँगै नासाको चन्द्रमा अन्वेषण कार्यक्रमको समय तालिकामा समेत असर पर्न सक्ने चिन्ता बढेको छ । न्यु ग्लेन ब्लु ओरिजिनको महत्त्वाकाङ्क्षी ठूलो क्षमताको रकेट परियोजना हो । यसलाई व्यावसायिक उपग्रह प्रक्षेपण, चन्द्रमा अभियान तथा गहिरो अन्तरिक्ष अनुसन्धानका लागि प्रयोग गर्ने लक्ष्य राखिएको छ । त्यसैले प्रक्षेपणस्थल लामो समय बन्द हुँदा कम्पनीका व्यावसायिक योजना र प्रतिस्पर्धात्मक क्षमतामा असर पर्ने अनुमान गरिएको छ । गएको बिहीबार अमेरिकाको फ्लोरिडामा रहेको केप क्यानाभेरल अन्तरिक्ष केन्द्रमा ब्लु ओरिजिनको ‘न्यु ग्लेन’ रकेटको…
Read More
तातो हावा र उच्च तापक्रमले तराई प्रभावित

तातो हावा र उच्च तापक्रमले तराई प्रभावित

काठमाण्डौं । आज पनि मधेश र कोशी प्रदेशका तराई क्षेत्रमा तातो दिनको प्रभाव कायमै रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । केही ठाउँमा अधिकतम तापक्रम ४० डिग्री सेल्सियस पुग्ने अनुमान छ । दिउँसोको समयमा विशेष गरी तराई क्षेत्रमा आकाश खुला रहने, घाम चर्किने र हावाको आर्द्रता बढ्नाले अत्यधिक गर्मी हुने अनुमान छ । मधेशका सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा तथा कोशी प्रदेशका झापा, मोरङ र सुनसरी आसपासका क्षेत्रमा गर्मी अत्यधिक बढ्ने अनुमान छ । पहाडी तथा हिमाली भूभागमा हल्कादेखि मध्यम वर्षा तथा हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना छ । अत्यधिक गर्मीको बेला लामो समय घाममा बस्दा पानीको…
Read More
सुनको मूल्य यथावत :चाँदीको भाउ घट्यो

सुनको मूल्य यथावत :चाँदीको भाउ घट्यो

काठमाण्डौं । आज सुनको भाउ यथावत् रहेको छ । चाँदीको भाउ घटेको छ । हिजो सुनको भाउ तोलामा ४ सय रुपैयाँले बढेर तोलाको ३ लाख ११ हजार ३ सय रुपैयाँमा कारोबार भएकोमा आज यथावत् नै रहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यस्तै आज चाँदीको भाउ तोलामा ३५ रुपैयाँले घटेको छ । हिजो तोलाको ५ हजार ४ सय ५ रुपैयाँमा कारोबार भइरहेको चाँदी आज घटेर तोलाको ५ हजार ३ सय ७० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।
Read More
प्रधानमन्त्रीले नेपालले भारतकाे भूमि मिचेकाे भन्नुभएको होइन : सरकारका प्रवक्ता

प्रधानमन्त्रीले नेपालले भारतकाे भूमि मिचेकाे भन्नुभएको होइन : सरकारका प्रवक्ता

काठमाण्डौं । सरकारले प्रधानमन्त्री बालेन्द्र साहले संसदमा नेपालले पनि भारतको भूमि मिचेको छ भन्ने अभिव्यक्ति नदिनुभएको स्पष्ट पारेको छ । संसद् बैठकमा प्रधानमन्त्री शाहले नेपालले पनि थुप्रै ठाउँमा भारतको भूमि मिचेको कुरा आफूले प्रधानमन्त्री भएपछि थाहा पाएको बताउनुभएको थियो । आज सिंहदरबारमा सञ्चारकर्मीसँग बोल्दै सरकारका प्रवक्ता एवम् युवा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले नेपालको सीमा मिचिएको कुरा राख्दा भारत–नेपाल संयन्त्रले नेपालले पनि भारतको भूमि मिचेको बताएको र त्यसबारे प्रधानमन्त्रीले आफू आश्चर्य भएको बारेमा कुरा राख्नुभएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘प्रधानमन्त्रीज्यूले सीमा विवादसम्बन्धी काम अगाडि बढाउँदा अर्को पक्षबाट नेपालले पनि सीमा मिचेको छ भन्ने कुरा आउँदा आफू अचम्मित परेको बताउनुभएको हो ।…
Read More
पाल्पामा सडक खाना महोत्सवः स्थानीय खाना र संस्कृतिमा झुम्मिए पर्यटक

पाल्पामा सडक खाना महोत्सवः स्थानीय खाना र संस्कृतिमा झुम्मिए पर्यटक

तानसेन । मखमलको चोली, गलामा पहेँलो पोते र परम्परागत झोला भिरेका मगर समुदायका महिलाहरु डालामा स्थानीय परिकारका बटुक, चकाउनी, बारा, सेलरोटी र अचार बिक्रीमा व्यस्त छन् । तानसेन नगरपालिका–६, बर्तुङमा आयोजना गरिएको सडक खाना महोत्सवमा उनीहरुले तयार पारेका पाकवानको स्वाद लिन आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो देखिन्छ । पर्यटकहरु सांस्कृतिक कार्यक्रममा रमाउँदै स्थानीय परिकारको स्वाद लिइरहेका थिए । महोत्सवको आकर्षणमा रैथाने खाना बटुक, चुकाउनी, हाँसको छोइला, पकौडा, चटामरी, मासको बारा, सेलरोटी, यःमरी, मेवाको अचारलगायत छन् । पछिल्लो समय ‘फास्ट फुड’मा रमाउने युवाहरु पनि मौलिक खानाको स्वाद लिन व्यस्त देखिन्थे । बटुक, चुकाउनीलगायतका परिकार बनाउन व्यापारीलाई भ्याइ–नभ्याइ देखिन्थ्यो । महोत्सवमा विशेष…
Read More
बाघको आहारा प्रजातिको सर्वेक्षण सुरु

बाघको आहारा प्रजातिको सर्वेक्षण सुरु

चितवन। चितवन र पर्सा राष्ट्रिय निकुञ्जमा बाघको आहारा प्रजातिको सर्वेक्षण जेठ १ बाट सुरु गरिएको छ । नवलपरासीको त्रिवेणीदेखि रौतहटसम्म बाघ गणना भएका क्षेत्रमा ४०० ट्रान्जीट बनाएर आहरा प्रजातिको सर्वेक्षण गरिन चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अविनास थापामगरले बताउनुभयो । बाघको आहार प्रजातीमा जरायो, चितल, लगुना र रतुवा । गौरीगाई बँदेल, निलगाई र बाँदर पर्छन् । शुक्लाफाँटा, बाँके र बर्दीयामा चौका र बाह्रसिंगे समेत बाघको आहारा प्रजातिको रुपमा छन् । सर्वेक्षण सकेपछि दुरी छनोट विधिबाट आहारा प्रजातीको सङ्ख्या निकालिने उहाँले जानकारी दिनुभयो । निकुञ्जमा सर्वेक्षण सकिएसंगै अध्ययनको काम सुरु गरिने छ । यससंगै बाघकालागि आवश्यक आहारा प्रजाति जोगाउन के गर्न…
Read More
सामान्य बढ्यो आज सुनचाँदीको भाउ

सामान्य बढ्यो आज सुनचाँदीको भाउ

काठमाण्डौं । आज सुनचाँदीको भाउ सामान्य बढेको छ । आज सुन तोलामा ४०० रुपैयाँले बढेको हो । हिजो तोलाको ३ लाख १० हजार ९०० रुपैयाँमा कारोबार भएको सुन आज तोलाको ३ लाख ११ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अस्ति कारोबार हुने हप्ताको पहिलो दिन सुनको भाउ तोलामा २० हजार ५ सय रुपैयाँले बढेको थियो । यस्तै आज चाँदीको भाउ तोलामा ५५ रुपैयाँले बढेर तोलाको ५ हजार ४०५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
Read More
रास्वपा सभापति लामिछाने भारत प्रस्थान

रास्वपा सभापति लामिछाने भारत प्रस्थान

काठमाण्डौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने भारत भ्रमणका लागि आज नयाँ दिल्ली प्रस्थान गर्नुभएको छ । भारतको सत्तारूढ भारतीय जनता पार्टी (भाजपा) का अध्यक्ष नितिन नवीनको निमन्त्रणामा सभापति लामिछाने केहीबेरअघि नयाँ दिल्ली प्रस्थान गर्नुभएको हो । रास्वपाको नेतृत्वमा सरकार गठन भएपछि सभापति लामिछानेको यो पहिलो औपचारिक भारत भ्रमण हो । सभापति लामिछानेसँग श्रीमती निकिता पौडेल पनि भारत भ्रमणमा हुनुहुन्छ । सत्तारूढ दलका प्रमुखको यस भ्रमणलाई राजनीतिक वृत्तमा विशेष चासो र महत्त्वका साथ हेरिएको छ । रास्वपा प्रवक्ता मनिष झाका अनुसार ५ दिने भ्रमणका क्रममा लामिछानेले नयाँ दिल्लीमा उच्चस्तरीय राजनीतिक तथा कूटनीतिक भेटवार्ता गर्ने कार्यक्रम छ ।…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.