Alag Dhar

समाचार


Warning: Trying to access array offset on value of type bool in /home/alagdhar/public_html/wp-content/themes/viral-mag/inc/breadcrumbs.php on line 1010
दुहबीका किसानलाई ५० प्रतिशत अनुदानमा कृषि सामग्री वितरण

दुहबीका किसानलाई ५० प्रतिशत अनुदानमा कृषि सामग्री वितरण

इनरुवा ।सुनसरीको दुहबी नगरपालिकामा कृषकलाई ५० प्रतिशत अनुदानमा कृषि सामग्री तथा कम्बाइन मिल वितरण गरेको छ । नगरपालिका क्षेत्रका किसानलाई कृषिमा यान्त्रिकीकरण र प्राङ्गारिक खेती प्रवद्र्धन गर्ने उद्देश्यले दुई वटा कम्बाइन मिल, तीन वटा २० एचपी क्षमताका पावर टेलर सहितका कृषि उपकरण वितरण गरेको हो । कम्बाइन मिलले धान, गहुँ, मकै तथा मसला लगायतका बालीको कुटानीपिसानी कार्यमा सहयोग पुग्ने बताइएको छ ।दुहबी नगरपालिकाका प्रमुख बेदनारायण गच्छदारले कृषकहरूलाई उन्नत कृषि सहकारी संस्था दुहबी–१० को आयोजनामा सम्पन्न कार्यक्रमका बीच ५० प्रतिशत अनुदानमा करिब दुई वटा कम्बाइन मिल वितरण गर्नुभएको हो । गच्छदारका अनुसार कार्यक्रम अन्तर्गत तीन वटा २० एचपी क्षमताका पावर टेलर,…
Read More
वातावरण जोगाउन राष्ट्रपतिको आग्रह

वातावरण जोगाउन राष्ट्रपतिको आग्रह

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रकृतिमुखी जीवनशैली अवलम्बन गरी वातावरण सुधारका गतिविधि प्रवर्द्धन गर्न सम्बन्धित सबैलाई आह्वान गर्नुभएको छ । राष्ट्रपति पौडेलले भन्नुभएको छ, “विकास र वातावरण एकापसका परिपूरक हुन् भन्ने अवधारणाबमोजिम हामी सबैले प्रकृतिमुखी जीवनशैली अवलम्बन गरी वातावरण सुधारका गतिविधि प्रवर्द्धन गर्न सम्बन्धित सबैलाई हार्दिक आह्वान गर्दछु ।” विश्व वातावरण दिवस ९जुन ५० २०२६ का अवसरमा शुक्रबार शुभकामना व्यक्त गर्दै राष्ट्रपति पौडेलले भन्नुभएको छ, “स्वच्छ ऊर्जाको प्रयोग, वृक्षरोपण, जलवायु परिवर्तनसँग अनुकूलन गर्न सक्ने क्षमताको विकास, प्राकृतिक सम्पदाको संरक्षणमार्फत हामी भावी पुस्ताका लागि सुरक्षित र हरित भविष्य निर्माण गर्न सक्छौँ ।” उहाँले जलवायु परिवर्तन, प्रदूषण र प्राकृतिक स्रोतहरूको अत्यधिक दोहनले…
Read More
सुन तोलामा  २ हजार १ सय रुपैयाँले घट्यो

सुन तोलामा २ हजार १ सय रुपैयाँले घट्यो

काठमाण्डौं । सुनचाँदीको भाउ आज पनि घटेको छ । आज सुन तोलामा २ हजार १ सय रुपैयाँले घटेर ३ लाख ९ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो सुनको भाउ २ सय रुपैयाँ मात्रै घटेर ३ लाख ११ हजार १ सय रुपैयाँमा कारोबार भएकोे थियोे । आज चाँदीको भाउ पनि तोलामा ५५ रुपैयाँले घटेको छ । हिजो तोलाको ५ हजार २ सय ८५ रुपैयाँमा कारोबार भएको चाँदीको भाउ आज ५ हजार २ सय ३० रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।
Read More
हेटौँडामा बृहत् नि:शुल्क स्वास्थ्य शिविर, मुटु, क्षयरोग र स्त्रीरोगको विशेषज्ञ सेवा उपलब्ध

हेटौँडामा बृहत् नि:शुल्क स्वास्थ्य शिविर, मुटु, क्षयरोग र स्त्रीरोगको विशेषज्ञ सेवा उपलब्ध

हेटौँडा । हेटाैँडामा बृहत् नि:शुल्क स्वास्थ्य शिविर हुने भएकाे छ । जेठ ३० गते विहान ८:०० बजेदेखि वेलुका ४:०० बजेसम्म हेटाैँडा-४ स्थित क्वीक ट्वान्टी पार्टी प्यालेसमा शिविर हुन लागेकाे हाे । ४ नं. वडा कार्यालय, हेटाैँडाकाे आयाेजना, नेपाल हृदयराेग निवारण प्रतिष्ठान, मकवानपुर शाखाकाे सहआयाेजना,मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, हेटाैँडाकाे विशेष सहयाेगमा टाेल विकास संस्था नगर समन्वय समिति, हेटाैँडाकाे व्यवस्थापनमा हुने हेटाैँडा-४ नं. वडा अध्यक्ष नवीन सिग्देलले बताउनुभयाे । यस्ताे बृहत् शिविर तेस्राे पटक ४ नं. वडा कार्यालय र नेपाल हृदय राेग निवारण प्रतिष्ठान, मकवानपुर शाखाकाे सहकार्यमा हुँदै आएकाे अध्यक्ष सिग्देलले जानकारी दिनुभयाे । बृहत् नि:शुल्क शिविरमा मुटु राेग, स्त्री राेग…
Read More
अत्यधिक गर्मीसँगै तातो लहरको जोखिम

अत्यधिक गर्मीसँगै तातो लहरको जोखिम

काठमाण्डौं । जल तथा मौसम विज्ञान विभाग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अबको तीन दिन देशका तराई भेगमा तातो हावाको लहर (हीट वेभ) तथा अत्यधिक गर्मी हुने भएकाले सावधानी अपनाउन आग्रह गरेका छन् । विभागका अनुसार कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही ठाउँमा अधिकतम तापक्रम ३८ डिग्री सेल्सियस वा योभन्दा बढी रहने सम्भावना छ । हिजो भैरहवाको तापक्रम ४१ डिग्री तापक्रम र नेपालगञ्जको ४० डिग्री सेल्सियस थियो । मधेस र लुम्बिनी प्रदेशका तराई भूभागका थोरै ठाउँमा तीन दिनसम्म मध्यम तातो लहर हुने विभागले जनाएको छ । विभागले बर्दिया, बाँके, दाङ, कपिलवस्तु, रुपन्देही, नवलपरासी…
Read More
ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ७६ हजार राजस्व सङ्कलन

ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ७६ हजार राजस्व सङ्कलन

काठमाण्डौं । काठमाण्डौ उपत्यकामा ट्राफिक प्रहरीको कारबाहीबाट एकैदिन २२ लाख ७६ हजार भन्दा बढी राजश्व सङ्कलन भएको छ । हिजो एकैदिन दुई हजार ४४५ गाडी चालक नियम उल्लङ्घनको कारबाहीमा परेपछि २२ लाख ७६ हजार भन्दा बढी राजश्व सङ्कलन भएको हो । काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार जाँडरक्सी खाएर गाडी चलाउने १२८, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १६०, सङ्केत बत्ती उल्लङ्घनकर्ता १४१ र तीव्र गतिमा गाडी हुइँक्याएका १८३ जनालाई कारबाही गरिएको हो । यसैगरी, ‘लेन’ अनुशासन पालना नगर्ने ४३, निषेधित क्षेत्रमा हर्न बजाउने १२३, सडक पेटीमा गाडी ‘पार्किङ’ गर्ने १४, एकतर्फी सडकमा गाडी चलाउने १६६ र अरू नियम पालना नगरेका एक…
Read More
सुनको भाउ घट्यो

सुनको भाउ घट्यो

काठमाण्डौं । हिजो र अस्ति समान भाउमा कारोबार भएको सुनको भाउ आज तोलामा २ सय रुपैयाँले घटेको छ । आज सुन तोलामा ३ लाख ११ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसअघि सोमबार ३ लाख १० हजार ९ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ अस्ति मंगलबार ४ सय रुपैयाँले बढेको थियो । हिजो सुनको भाउ अस्ति मंगलबारजस्तै तोलाको ३ लाख ११ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको भाउ पनि तोलामा ८५ रुपैयाँले घटेको छ । हिजो तोलाको ५ हजार ३ सय ७० रुपैयाँमा कारोबार भएको चाँदीको भाउ आज ८५…
Read More
इजरायल र लेबनानबीच युद्धविराम लागू गर्ने सहमति

इजरायल र लेबनानबीच युद्धविराम लागू गर्ने सहमति

काठमाण्डौं । इजरायल र लेबनानबीच अमेरिकाको मध्यस्थतामा भएको युद्धविराम लागू गर्ने सहमति भएको छ । अमेरिकी विदेश मन्त्रालयले सार्वजनिक गरेको दुवै पक्षको संयुक्त विज्ञप्तिमा इजरायल र लेबनानले हिजबुल्लाहले दक्षिणी लेबनानबाट आफ्ना लडाकुहरू फिर्ता गर्ने र इजरायलमाथिका आक्रमण बन्द गर्ने शर्तमा शत्रुतापूर्ण गतिविधिहरू रोक्न सहमत भएको उल्लेख छ । यो सम्झौताले लेबनानमा भैरहेको युद्ध रोक्छ कि रोक्दैन भन्ने अझै प्रष्ट हुन सकेको छैन । दक्षिणी लेबनानमा इरानबाट सञ्चालित हिजबुल्लाह समूह र इजरायली सेनाबीच भइरहेको युद्ध अमेरिकाले रोक्न खोजिरहेको बेला यस्तो सहमति भएको हो । अमेरिकासँग सम्झौताका लागि इजरायल र लेबननबीचको युद्ध अन्त्य हुनुपर्ने इरानले शर्त राख्दै आएको छ । यो सहमतिले…
Read More
आज जातीय भेदभाव तथा छुवाछूत उन्मूलन दिवस मनाइँदै

आज जातीय भेदभाव तथा छुवाछूत उन्मूलन दिवस मनाइँदै

काठमाण्डौं ।आज जातीय भेदभाव तथा छुवाछुत उन्मूलन दिवस विभिन्न कार्यक्रम गरेर मनाइँदैछ । सरकारले २०६३ साल जेठ २१ गते नेपाललाई ‘जातीय छुवाछूत मुक्त राष्ट्र’ घोषणा गरेको दिनको सम्झनामा हरेक वर्ष आजको दिनलाई राष्ट्रिय दिवसका रूपमा मनाउन थालिएको हो । नेपालको संविधानले सबै जातजाति, भाषाभाषी, वर्ग र समुदायको हक अधिकार सुनिश्चित गर्दै समानुपातिक समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा समतामूलक समाजको निर्माण गर्ने संकल्प गरेको छ । तर नेपाललाई छुवाछुत मुक्त राष्ट्र घोषणा गरेको दुई दशक हुँदा पनि व्यवहारमा कार्यान्वयन नभएको भन्दै सरोकारवालाले चिन्ता व्यक्त गर्दै आएका छन् । संविधानको धारा २४ मा ‘छुवाछूत तथा भेदभावविरुद्धको हक’ अन्तर्गत कुनै पनि व्यक्तिलाई निजको…
Read More
भैरहवाको तापक्रम ४१ डिग्री पुग्यो, गर्मी अझै बढ्ने

भैरहवाको तापक्रम ४१ डिग्री पुग्यो, गर्मी अझै बढ्ने

काठमाण्डौं । पानी पर्ने क्रम कम भएसँगै गर्मी ह्वात्तै बढेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार अस्तिसम्म ३७ डिग्रीभन्दा तलै रहेको तापक्रम हिजो बढेर ४१ डिग्री सेल्सियससम्म पुगेको छ । हिजो सबैभन्दा बढी भैरहवामा अधिकतम तापक्रम ४१ डिग्री सेल्सियस पुगेको छ । यस्तै नेपालगञ्जमा ३९.५, जनकपुरमा ३८.२, सिमरामा पनि ३८.२, धनगढीमा ३८.१, चन्द्रगढीमा ३६.९, धरानमा ३६.५ र विराटनगरमा ३६.१ डिग्री सेल्सियस तापक्रम मापन भएको छ । यस्तै काठमाण्डौमा पनि केही दिन अघि २५ डिग्रीमा झरेको तापक्रम हिजो बढेर ३९.६ डिग्री सेल्सियस मापन भएको छ । मधेस प्रदेश तथा कोशी, बागमती र गण्डकी प्रदेशको तराईमा अझै तातो दिन हुने सम्भावना रहेको…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.