Alag Dhar

समाचार


Warning: Trying to access array offset on value of type bool in /home/alagdhar/public_html/wp-content/themes/viral-mag/inc/breadcrumbs.php on line 1010
पहाडी र हिमाली क्षेत्रमा अझै केही दिन वर्षा : तराईमा गर्मी बढ्ने

पहाडी र हिमाली क्षेत्रमा अझै केही दिन वर्षा : तराईमा गर्मी बढ्ने

काठमाण्डौं । देशका पहाडी र हिमाली क्षेत्रमा अझै केही दिन वर्षाको सम्भावना छ । पहाडी र हिमाली क्षेत्रमा मौसम बदली भई केही दिन पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । तर देशको तराई क्षेत्रमा भने तातो हावा चल्नेछ । तातो हावाले अत्यधिक गर्मी बढ्ने महाशाखाले जनाएको छ । अहिले लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित देशका धेरैजसो हिमाली तथा पहाडी भागमा बदली छ भने तराईमा आंशिक बदली छ । आज कोशी प्रदेशका केही ठाउँ, मधेश, बागमती र गण्डकी प्रदेशको थोरै ठाउँमा मेघगर्जनरचट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । बागमती र गण्डकी प्रदेशमा अबका केही दिन मध्यम वर्षा हुने अनुमान…
Read More
पोखरा बसपार्क निर्माणका लागि स्थानीयले आफैँ संरचना हटाउन शुरू गरे

पोखरा बसपार्क निर्माणका लागि स्थानीयले आफैँ संरचना हटाउन शुरू गरे

काठमाण्डौं । पोखरा महानगरपालिकाको बसपार्क क्षेत्रमा अतिक्रमण गरी बनाइएका घर तथा अन्य भौतिक संरचनाहरू स्थानीयबासीले स्वतःस्फूर्त रूपमा हटाउन थालेका छन् । महानगरपालिकाले त्यस क्षेत्रका संरचना हटाउन दिएको १५ दिने सूचनाको समयसीमा यही २४ गते सकिँदै गर्दा स्थानीयले आफ्ना संरचनाहरू आफैं हटाउन शुरू गरेका हुन् । व्यवस्थित बसपार्क निर्माणको योजनालाई सहयोग पुर्‍याउने उद्देश्यले स्थानीय जग्गाधनीहरूले घर टहरा भत्काउने र आफ्ना सामानहरू सुरक्षित स्थानमा सार्ने कार्य गरिरहेका छन् । विगतमा १ लाख ५० हजार रुपैयाँमा लालपुर्जा प्राप्त गरेका स्थानीय बासिन्दाले विकासका लागि महानगरलाई सहयोग गर्नुपर्ने र बसपार्क निर्माणका लागि सहज वातावरण तयार गर्नु आफूहरूको समेत जिम्मेवारी रहेको बताएका छन् । महानगरको सूचनाअनुसार…
Read More
आज पनि पश्चिम तराईमा चर्को गर्मी

आज पनि पश्चिम तराईमा चर्को गर्मी

काठमाण्डौं । आज पनि पश्चिम तराईमा चर्को गर्मी भएको छ । केही दिनदिने लागातार गर्मी भइरहेको पश्चिम तराईमा पछिल्लो २४ घण्टामा पानी परेको छैन । पछिल्लो २४ घण्टामा सामान्यदेखि मध्ययमसम्म वर्षा भएको पुर्वी तराईमा भने तुलनात्मक रूपमा केही शितल महसुस भएको छ । मौसम पूर्वानुमान् महाशाखाले आज सुदुरपश्चिम र लुम्बिनीका तराई क्षेत्रमा गर्मीको चेतावनी दिएको थियो । यस्तै महाशाखाले भोलि र पर्सि मधेश, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागका केही ठाउँहरुमा तातो दिन हुने सम्भावना रहेको जनाएको छ । महाशाखाका अनुसार ती क्षेत्रको अधिकतम तापक्रम ३८ डिग्री सेल्सिअस वा त्यस भन्दा बढी रहने सम्भावना छ । विश्व स्वास्थ्य…
Read More
बाढीले अवरुद्ध खोटाङको दिक्तेल–चखेवाभञ्ज्याङ सडक सञ्चालन

बाढीले अवरुद्ध खोटाङको दिक्तेल–चखेवाभञ्ज्याङ सडक सञ्चालन

काठमाण्डौं । बाढीका कारण अवरुद्ध भएको खोटाङको दिक्तेल–चखेवाभञ्ज्याङ सडक सञ्चालनमा आएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ बुवालुङ पङ्खुखोलामा आएको बाढीले सडक अवरुद्ध थियो । मध्य पहाडी लोकमार्गमा पर्ने दिक्तेल–चखेवाभञ्ज्याङ सडकमा अस्ति शुक्रबार वर्षापछि बाढी आएको थियो । पङ्ख खोलाभन्दा माथिबाट आएको लेदोसहितको बाढीले झण्डै २५ मिटर सडक बिग्रेको थियो । अवरुद्ध सडक दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, नेपाली सेनाको रणभीम गण मुडे ब्यारेक, जिल्ला प्रहरी कार्यालय खोटाङ र स्थानीयवासीको पहलमा खुलेको हो । सडक खुलेपछि भोजपुरबाट दिक्तेल हुँदै काठमाण्डौ र काठमाण्डौबाट दिक्तेल हुँदै भोजपुरतर्फ जाने गाडी चल्न थालेका जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी एवं प्रहरी निरीक्षक निराजन बस्नेतले जानकारी…
Read More
नेपाल एशियाली खेलकुद छनोट क्रिकेट प्रतियोगिताको फाइनलमा

नेपाल एशियाली खेलकुद छनोट क्रिकेट प्रतियोगिताको फाइनलमा

काठमाण्डौं । पाल एशियाली खेलकुद छनोट क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ । आज भएको पहिलो सेमिफाइनलमा ओमानलाई ८ विकेटले हराउँदै नेपाल फाइनलमा पुगेको हो । बिहान सिंगापुरको नेश्नल क्रिकेट मैदानमा भएको खेलमा ओमानले दिएको ९५ रनको सामान्य लक्ष्य नेपालले ९ ओभर २ बलमा दुई विकेट गुमाएर भेट्टायो । नेपालको जितमा लोकेश बमले अविजित ४४ र कप्तान रोहित पौडेलले २१ रन बनाए । त्यस्तै कुशल भुर्तेल २० रन बनाएर आउट भए । ओमानका समीर ओटमनले नेपालका दुवै विकेट लिए । त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको ओमान १९ ओभर ४ बलमा सबै विकेट गुमाउँदै ९४ रनमा अलआउट भयो । ओमानका कप्तान…
Read More
अण्डाको मूल्य फेरि उकालो लाग्यो

अण्डाको मूल्य फेरि उकालो लाग्यो

काठमाण्डौं । नेपाल लेयर्स कुखुरापालक सङ्घले अण्डाको भाउ फेरि बढाएको छ । सङ्घको काठमाण्डौमा हिजो भएको भौतिक एवं भर्चुअल बैठकले आज शनिबारदेखि लागू हुने गरी नयाँ मूल्य निर्धारण गरेको हो । सङ्घका अध्यक्ष विनोद पोखरेलका अनुसार देशभरका अण्डा उत्पादक किसान तथा व्यवसायीको छलफल तथा सिफारिसका आधारमा चितवनलाई मुख्य आधार क्षेत्र मानी नयाँ दररेट तय गरिएको हो । नयाँ मूल्यसूचीअनुसार एक्स एल अण्डाको मूल्य प्रतिक्रेट ३० वटाको ५६०, ठूलो अण्डाको ५४५, मध्यम अण्डाको ५१५ तथा सानो अण्डा प्रतिपेटी अर्थात ७ क्रेटको तीन हजार रुपैयाँ कायम गरिएको छ । अब खुद्रा बजारमा एउटा अण्डाको मूल्य झण्डै २५ रुपैयाँ भएको छ । अध्यक्ष…
Read More
मौसममा बदली: मध्य र पूर्वी नेपालमा वर्षा

मौसममा बदली: मध्य र पूर्वी नेपालमा वर्षा

काठमाण्डौं । देशका पूर्वी र मध्य भेगका धेरै ठाउँमा गएराति र बिहान पानी परेको छ । पानी परेका ठाउँमा शितल भएको छ । तर पश्चिम तराईका धेरै ठाउँमा भने पानी नपरेका कारण गर्मी बढेको छ । केही ठाउँमा तातो लहर समेत चलेको छ । आज र भोलि पनि मधेश, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका गर्मी बढ्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज कोशी, लुम्बिनी, कर्णाली प्रदेश लगायत हिमाली र पहाडी भूभागका केही ठाउँहरुमा तथा तराई भूभागका एक, दुई ठाउँमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ । यसैबीच नेपालमा मनसुन भित्रिन अझै एक हप्ता…
Read More
श्रीमतीको हत्या गरेको आरोपमा कुमार थापा पक्राउ

श्रीमतीको हत्या गरेको आरोपमा कुमार थापा पक्राउ

काठमाण्डौं । काठमाण्डौमा श्रीमतीको हत्या गरेको आरोपमा कुमार थापालाई प्रहरीले पक्राउ गरेको छ । काठमाण्डौको तारकेश्वर नगरपालिका–६, लोलाङ पैँयुटारमा बस्ने ईश्वरी भुजेल र श्रीमान् ४२ वर्षीय थापाबीच घरायसी विवादका क्रममा झगडा भएको र थापाले रड प्रहार गर्दा गम्भीर घाइते भएकी भुजेलको उपचारका क्रममा गएराति त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा ज्यान गएको प्रहरीले जनाएको छ । घटनामा संलग्न थापा पक्राउ परेका जिल्ला प्रहरी परिसर काठमाण्डौका प्रवक्ता एसपी पवनकुमार भट्टराईले जानकारी दिनुभयो । उनलाई प्रहरी वृत्त बालाजुमा राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । थापा बडीबिल्डर एवं सामाजिक सञ्जालमा ‘नेपाली ब्रो’का नामले परिचित छन् ।
Read More
एसीसी महिला प्रिमियर कपको समूह विजेताका लागि आज नेपाल र हङकङ खेल्दै

एसीसी महिला प्रिमियर कपको समूह विजेताका लागि आज नेपाल र हङकङ खेल्दै

काठमाडौं । मलेसियामा चलिरहेको एसीसी महिला प्रिमियर कप क्रिकेटको समूह चरणको अन्तिम खेलमा नेपालले आज हङकङसँग खेल्दैछ । खेल बिहान पौने १२ बजे शुरु हुनेछ । समूह ‘डी’ मा रहेका नेपाल र हङकङ दुवै क्वाटरफाइनलमा पुगिसकेका छन् । आजको खेलको नतिजाले समूह विजेता र उपविजेताको टुंगो लाग्नेछ । यसअघि पहिलो खेलमा नेपालले कतारलाई ८ विकेटले र दोस्रो खेलमा भुटानलाई ५१ रनले हराएको थियो । हङकङले पनि कतारलाई ८३ रनले र भुटानलाई १४ रनले हराएको थियो । कतार र भुटान समूह चरणबाट बाहिरिसकेका छन् । प्रतियोगितामा १८ देश सहभागि छन् । एसीसी प्रिमियर कपको शीर्ष चार टोली महिला टी–२० एसिया कपका…
Read More
प्रधानमन्त्री बन्न लागेको हो भन्ने प्रश्नमा रविको जवाफ : म केही भन्न चाहन्नँ, अस्थिरताको पक्षमा छैनौँ

प्रधानमन्त्री बन्न लागेको हो भन्ने प्रश्नमा रविको जवाफ : म केही भन्न चाहन्नँ, अस्थिरताको पक्षमा छैनौँ

काठमाण्डौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले प्रधानमन्त्री बन्न लागेको भन्ने प्रश्नमा केही नबोल्ने भन्दै आफूहरु अस्थिरताको पक्षमा नरहेको बताउनुभएको छ । हिजो भारत भ्रमणबाट फर्केका सभापति लामिछानेले त्रिभुवन विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै यस्तो बताउनुभएको हो । भारत भ्रमणबाट फर्केपछि छिट्टै प्रधानमन्त्री बन्ने विषयमा विपक्षी दलले आशंका गरिरहेको र त्यसमा के भन्नुहुन्छ भन्ने प्रश्नमा उहाँले भन्नुभयो, ‘म केही भन्न चाहन्नँ ।’ त्यसपछि उहाँले चुनावअघि आफूहरुले लेखेको कागज एक पटक पढ्न अनुरोध गर्दै आफूहरु अस्थिरताको पक्षमा नभएको बताउनुभएको हो । नागरिकले स्थिर सरकारको पक्षमा मतदान गरेको उहाँको भनाइ थियो । उहाँले आफ्नो भ्रमणलाई ‘पारदर्शी र परिणाममुखी’ भएको दाबी पनि…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.