Alag Dhar

समाचार


Warning: Trying to access array offset on value of type bool in /home/alagdhar/public_html/wp-content/themes/viral-mag/inc/breadcrumbs.php on line 1010
सुनको भाउ आज तोलामा २ हजारले बढ्यो

सुनको भाउ आज तोलामा २ हजारले बढ्यो

काठमाण्डौं । बिहीबारदेखि लगातार घटिरहेको सुनको भाउ आज बढेको छ । आज सुन तोलामा २ हजार रुपैयाँले बढेर ३ लाख १ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको २ लाख ९९ हजार ९०० रुपैयाँ थियो । आज चाँदीको भाउ पनि तोलामा २० रुपैयाँले बढेको छ । हिजो तोलाको चार हजार ९ सय ५ रुपैयाँ रहेको चाँदीको भाउ आज तोलाको चार हजार ९२५ रुपैयाँ कायम रहेको सङ्घले जनाएको छ ।
Read More
रास्वपाको प्रदेश अधिवेशन आजदेखि

रास्वपाको प्रदेश अधिवेशन आजदेखि

काठमाण्डौं। सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रदेश अधिवेशन आजदेखि शुरु हुँदैछ । पार्टीको पहिलो राष्ट्रिय महाधिवेशनको तयारी स्वरूप वडा, पालिका, जिल्ला हुँदै प्रदेश अधिवेशन शुरु हुन लागेको हो । अहिलेसम्म ५६ जिल्लामा जिल्ला अधिवेशन सकिएको रास्वपाले जनाएको छ । पार्टीका अनुसार बाँकी १२ जिल्लामा विविध कारणवश रोकिएको निर्वाचन प्रक्रिया अगाडि बढाउने तयारी भइरहेको छ । अधिवेशनको क्रममा केही जिल्लामा नेतृत्वको विषयमा विवाद भएको छ । रास्वपाले पहिलो महाधिवेशनलाई संस्थागत विकास र वैकल्पिक राजनीतिक शक्तिका रूपमा आफूलाई थप सुदृढ बनाउने अवसरका रूपमा लिएको जनाएको छ । रास्वपाको पहिलो महाधिवेशन आउँदो असार ६ र ७ गते चितवनमा गर्ने तालिका सार्वजनिक भइसकेको…
Read More
घट्याे शेयर बजार

घट्याे शेयर बजार

काठमाण्डौं । हप्ताको पहिलो कारोबार दिन शेयर बजार दोहोरो अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज २० दशमलव २७ अङ्कले घटेर २ हजार ७३५ दशमलव १४ विन्दुमा झरेको छ । आज फाइनान्स बाहेक सबै समूहका सूचक घटेकामा व्यापार समूहको सूचक १ दशमलव ७७ प्रतिशतले ओरालो लागेको छ । आज २२२ वटा कम्पनीको शेयर घटेकामा ४२ वटाका बढेका छन् । यस्तै ६ वटा कम्पनीका शेयर भने घटबढ भएका छैनन् । आज उपकार लघुवित्तको शेयर ७ प्रतिशतभन्दा धेरैले घटेको छ । समग्रमा बजार घटेको दिन कालिञ्चोक हाइड्रोपावरको शेयर १५ प्रतिशतले बढेको छ । आज नेप्सेसँगै कारोबार रकम पनि घटेको छ…
Read More
बागमती गोल्डकपको उद्घाटन खेलमा आयोजक र बागमती युथ आमनेसामने

बागमती गोल्डकपको उद्घाटन खेलमा आयोजक र बागमती युथ आमनेसामने

हेटौंडा । पूर्वी मकवानपुरको बागमती गाउँपालिकामा यही बिहीबारबाट सुरु हुन लागेको आठौं संस्करणको बागमती गोल्डकप फुटबल प्रतियोगिताको खेलतालिका सार्वजानिक गरिएको छ । मंगलबार बागमती वडा नम्बर–४,स्थित झुरझुरेको खेल मैदानमा आयोजित पत्रकार सम्मेलनमार्फत आयोजकले प्रतियोगिताको खेलतालिका सार्वजानिक गरिएको हो । प्रतियोगिताको उद्धाटन खेलमा सर्लाही जिल्लाको बागमती नगरपालिकाको बागमती युथ क्लब र आयोजक बागमती गाउँपालिकाले एक अर्काको सामना गर्नेछन् । खेल दिउँसो ३ बजेबाट सुरु हुने अयोजकले जनाएको छ । प्रतियोगितामा १० वटा टिमहरु त्रिभुवन आर्मी क्लब काठमाडौं, बाराको नव जनजागृती क्लब, विभागीय सशस्त्र प्रहरी बलको एपीएफ, चित्लाङ एफसी, ललितपुरको चर्च ब्वाइजल, ललितपुरको फ्रेन्ड्स क्लब र प्लानिङ ब्वाइज युनाइटेडको सहभागिता रहेको छ…
Read More
सुनको भाउ आज तोलामा ९०० रुपैयाँले घट्यो

सुनको भाउ आज तोलामा ९०० रुपैयाँले घट्यो

काठमाण्डौं । आज पनि सुनको भाउ घटेको छ । आज तोलामा ९०० रुपैयाँले घटेर सुन २ लाख ९९ हजार ९०० रुपैयाँमा कारोबार भइरहेका नेपाल सुनचाँदी व्यवसायी महासँघले जनाएको छ । हिजो पनि सुन तोलामा आठ हजार २०० रुपैयाँले घटेको थियो । गएको २१ गतेदेखि सुनको भाउ निरन्तर घटिरहेको छ । आज चाँदीको भाउ भने तोलामा १० रुपैयाँले बढेको छ । हिजो तोलामा ३३५ रुपैयाँले घटेको चाँदी आज भने १० रुपैयाँले बढेको हो । आज तोलाको चार हजार ९०५ रुपैयाँमा कारोबार भइरहेको छ । हिजो भने चाँदी तोलाको चार हजार ८९५ रुपैयाँमा कारोबार भएको थियो ।
Read More
अन्तर्राष्ट्रिय आइटी प्रतियोगितमा नेपाली विद्यार्थी पुरस्कृत

अन्तर्राष्ट्रिय आइटी प्रतियोगितमा नेपाली विद्यार्थी पुरस्कृत

काठमाण्डौं । विश्वका ७० भन्दा बढी देशका विद्यार्थी सम्मिलित एआई, रोबाष्टिक र कोडिङसम्बन्धी अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाली विद्यार्थी पुरस्कृत भएका छन् । इन्डोनेसियाको राजधानी जाकार्तामा यही जेठ २ र ३ गते भएको प्रतियोगितामा नेपालका तर्फबाट भाग लिने ६ विद्यार्थी टोली पुरस्कार जित्न र तीन टोली ३० उत्कृष्टभित्र पर्न सफल भएका हुन् । संयुक्त राष्ट्रसङ्घले लिएको दिगो विकास अवधारणासँग सम्बन्धित भई वायु प्रदूषण, दूषित पानी, आधुनिक कृषि प्रणाली, औषधि व्यवस्थापनजस्ता विषयमा नवीननम् अवधारणा पेस गरी नेपाली विद्यार्थीले अन्तर्राष्ट्रिय पुरस्कार जितेका हुन् । सूचना प्रविधिको क्षेत्रमा क्रियाशील नीमा एजुकेसन फाउन्डेसनले यस वर्ष पनि विभिन्न विद्यालयहरूसँग समन्वय गरी आठ वर्षदेखि १८ वर्षसम्मका ९८ विद्यार्थीलाई…
Read More
रास्वपा मकवानपुरको सभापतिमा सञ्जीव पाठक

रास्वपा मकवानपुरको सभापतिमा सञ्जीव पाठक

हेटौँडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरको प्रथम अधिवेशनले मनहरीका सञ्जीव पाठकलाई सभापति चयन गरेको छ । शनिबार हेटौंडामा भएको प्रथम अधिवेशनले ५ वर्षे कार्यकालका लागि पाठकको नेतृत्वमा सर्वसम्मत ११ सदस्यीय जिल्ला समिति चयन गरेको हो । अधिवेशनले उपसभापतिमा टाकाराज थापा (सुरेश) सचिवमा विशभ अधिकारी, सहसचिवमा शान्ति थापा विडारी चयन हुनुभएको छ । अधिवेशनबाट सदस्यमा सम्झना पुडासैनी, पदम थिङ, सफल दुतराज, हलिया शेख, हरिहर खतिवडा र देवकुमार अर्याल सदस्य चयन हुनुभएको छ । हरिहर खतिवडा प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ को सभापति तथा देवकुमार अर्याल क्षेत्र नमबर २ को सभापतिको रुपमा पनि निर्वाचित हुनुभएको नवनिर्वाचित सचिव विशभ अधिकारीले जानकारी…
Read More
यी २८ जिल्लामा रास्वपाकोअधिवेशन आज हुँदै

यी २८ जिल्लामा रास्वपाकोअधिवेशन आज हुँदै

काठमाडौं । सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज २८ जिल्लामा पहिलो अधिवेशन गर्दैछ । कोशी प्रदेशका चार, मधेसका चार, बागतमीका दुई, गण्डकीका चार, लुम्बिनीका चीन, कर्णालीका छ र सुदूरपश्चिमका पाँच जिल्लामा अधिवशेन हुन गइरहेका केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीले  जानकारी दिए । आयोगका अनुसार उदयपुर, सोलुखुम्बू, खोटाङ, इलाम, सिराहा, धनुषा, पर्सा, सर्लाही, चितवन, दोलखा, तनहुँ, नवलपरासी (बर्दघाट सुस्ता पूर्व), गोरखा, लमजुङ, अर्घाखाँची, रुपन्देही, प्युठान, सुर्खेत, जाजरकोट, दैलेख, रुकुम (पश्चिम), मुगु, जुम्ला, अछाम, डोटी, कैलाली, कञ्चनपुर र बाजुरामा अधिवेशन हुनेछ । आयोगका प्रमुख केसीका अनुसार जिल्ला अधिवेशनको निर्वाचन प्रक्रिया निष्पक्ष रूपमा सम्पन्न गर्न प्रत्येक जिल्लामा तीन सदस्यीय निर्वाचन समिति…
Read More
हेटौंडा घोषणापत्र जारी गर्दै सकियो पत्रकार महासंघ बागती प्रदेशको मिडिया सम्मेलन तथा साधारण सभा

हेटौंडा घोषणापत्र जारी गर्दै सकियो पत्रकार महासंघ बागती प्रदेशको मिडिया सम्मेलन तथा साधारण सभा

हेटौँडा । नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिको मिडिया सम्मेलन तथा पाँचौँ साधारणसभा ‘हेटौँडा घोषणापत्र–२०८३’ जारी गर्दै सम्पन्न भएको छ। सम्मेलन तथा साधारणसभाले पत्रकारिता क्षेत्रका समसामयिक चुनौती, प्रेस स्वतन्त्रता, सञ्चारमाध्यमको प्रवर्द्धन तथा सञ्चारकर्मीको पेशागत सुरक्षासम्बन्धी १२ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो। सम्मेलनबाट पारित घोषणापत्र नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिका अध्यक्ष कृष्ण सारु मगरले बागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री शिवराज अधिकारीलाई हस्तान्तरण गरेका छन्। सो अवसरमा मिडिया सम्मेलनका क्रममा उठेका विभिन्न विषय, सञ्चार क्षेत्रका समस्या तथा पत्रकारका सरोकारका मुद्दाबारे मन्त्री अधिकारीलाई जानकारी गराइएको थियो। घोषणापत्रमा संविधानले सुनिश्चित गरेको पूर्ण प्रेस स्वतन्त्रताको रक्षा, लोकतन्त्र, मानव अधिकार, पत्रकारको पेशागत हित…
Read More
सुनको भाउ आज तोलामा ८ हजार २०० रुपैयाँले घट्यो

सुनको भाउ आज तोलामा ८ हजार २०० रुपैयाँले घट्यो

काठमाण्डौं । कारोबार हुने हप्ताको पहिलो दिन आज आइतबार सुनचाँदीको भाउ घटेको छ । सुन आज तोलामा आठ हजार २०० र चाँदी ३३५ रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज भाउ घटेर सुन तोलाको ३ लाख ८०० रुपैयाँमा कारोबार भइरहेको छ । अस्ति शुक्रबार सुनको भाउ तोलाको ३ लाख ९ हजार रुपैयाँ थियो । आज चाँदी तोलाको चार हजार ८९५ रुपैयाँमा कारोबार भइरहेको छ । अस्ति शुक्रबार चाँदी तोलाको पाँच हजार २३० रुपैयाँमा कारोबार भएको थियो ।
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.