Alag Dhar

समाचार


Warning: Trying to access array offset on value of type bool in /home/alagdhar/public_html/wp-content/themes/viral-mag/inc/breadcrumbs.php on line 1010
रास्वपा बागमती प्रदेश अधिवेशन स्थगित

रास्वपा बागमती प्रदेश अधिवेशन स्थगित

काठमाण्डौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागमती प्रदेश अधिवेशनको चुनावी प्रक्रिया स्थगित भएको छ । केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीका अनुसार मतपत्रमा देखिएका केही त्रुटि सच्याउन र मतदाता नामावलीको अन्तिम प्राविधिक प्रमाणीकरण गर्न प्रक्रिया स्थगित गर्नुपरेको हो । यस्तै झन्डै ४०० जनाको समायोजन सूचीमा देखिएका उजुरी र विवादहरूको उचित सम्बोधन गर्नुपर्ने छ भने प्रदेश निर्वाचन समितिमा आवश्यक जनशक्ति थप गर्न र चुनावी प्रक्रियालाई सहज बनाउन प्रक्रिया रोकिएको हो । केन्द्रीय निर्वाचन आयोगले निकालेको विज्ञप्तिमा मतदान प्रक्रियाको नयाँ मिति र त्यससम्बन्धी थप विवरण मतदान शुरू हुनुभन्दा कम्तीमा २४ घण्टा अगाडि आधिकारिक सूचनामार्फत सबैलाई जानकारी गराउने उल्लेख छ । बागमती प्रदेशको…
Read More
आज देशका विभिन्न ठाउँमा वर्षाको सम्भावना

आज देशका विभिन्न ठाउँमा वर्षाको सम्भावना

काठमाण्डौं । आज पनि देशका विभिन्न ठाउँमा मौसम बदलीसहित वर्षाको सम्भावना छ । आज दिउँसो बागमती, कोशी, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा पानी पर्ने मौसम पूर्वानुमान महाशाखाको अनुमान छ । त्यस्तै मधेससहित कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै ठाउँमा पनि मेघ गर्जन र चट्याङसहित पानी पर्ने सम्भावना छ । आज लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भागका थोरै ठाउँमा मात्रै तातो दिन हुनेछ । यसअघि गए राति काठमाण्डौ उपत्यकासहित देशका धेरैजसो ठाउँमा पानी परेको थियो । झापासहित दाङ, तनहुँ, काठमाण्डौमा मध्यमसम्मको वर्षा भएको छ । पानी परेका क्षेत्रमा केही शीतल महसुस भएको छ । पर्सी शुक्रबार र शनिबार केही ठाउँमा ठूलो पानी…
Read More
सुनको भाउ आज तोलामै १० हजार १०० रुपैयाँले घट्यो

सुनको भाउ आज तोलामै १० हजार १०० रुपैयाँले घट्यो

काठमाण्डौं । आज सुनको भाउ तोलामै १० हजार १०० रुपैयाँले घटेको छ । भाउ घटेर सुन आज तोलाको २ लाख ९१ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यसअघि हिजो सुन तोलाको ३ लाख १ हजार ९०० रुपैयाँ रहेको थियो । त्यस्तै आज चाँदीको भाउ तोलामा १८५ रुपैयाँले घटेको छ । हिजो तोलाको ४ हजार ९२५ रुपैयाँमा कारोबार भएको चाँदी आज भाउ घटेर तोलाको ४ हजार ७४० रुपैयाँमा झरेको महासङ्घले जनाएको छ ।
Read More
रास्वपा बागमती प्रदेशको सभापतिमा ४ जनाको उम्मेदवारी कायम

रास्वपा बागमती प्रदेशको सभापतिमा ४ जनाको उम्मेदवारी कायम

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागमती प्रदेशको सभापतिमा ४ जनाको उम्मेदवार कायम रहेको छ । २ जना सांसदसहित ५ जनाले उम्मेदवारी दिएकोमा ४ जनाको उम्मेदवारी कायम रहेको हो । मंगलबार राती अबेर पनि निर्वाचन कार्यक्रम अन्तर्गत उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गरिएको थियो । जस अनुसार काभ्रेबाट निर्वाचित सांसद बदन भण्डारीले उम्मेदवारी फिर्ता गरेका छन् । सार्वजनिक गरिएको उम्मेदवारहरूको अन्तिम नामावली सभापतिमा रामेछापका हरि बहादुर खत्री, नुवाकोटका डा। अच्युतम लामिछाने, धादिङका कृष्णमान श्रेष्ठ र मकवानपुरका उत्सव अर्याल रहेका छन् । बुधबार बिहान पनि निर्वाचन कार्यतालिका अनुसार मतदान हुन नसकेपाछि बिहान ८ बजेसम्म निर्वाचन कार्यक्रम स्थगित गरिएको थियो । त्यस्तै रास्वपा…
Read More
रास्वपा बागमती प्रदेश अधिवशेन : प्रतिनिधिको विषयमा विवाद, निर्वाचन तालिका अन्योलमा

रास्वपा बागमती प्रदेश अधिवशेन : प्रतिनिधिको विषयमा विवाद, निर्वाचन तालिका अन्योलमा

हेटौँडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागमती प्रदेशको अधिवेशन अन्तर्गत निर्वाचन कार्यतालिका प्रभावित हुने भएको छ । अधिवेशन अन्तर्गत प्रतिनिधि निर्धारणमा समस्या हुँदा निर्वाचन कार्यतालिका प्रभावित भएको हो । अधिवेशन अन्तर्गत निर्वाचन समितिले मंगलबार दिउँसो १ः१५ देखि २ः४५ बजेसम्म मनोनयन दर्ताको कार्यतालिका निर्धारण गरिएको थियो भने ४ः३० देखि ४ः४५ सम्म उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गर्ने कार्यसुची रहेपनि प्रतिनिधि तय हुन नसक्दा कार्यतालिका प्रभावित भएको हो । पालिका र जिल्लाबाट प्राप्त प्रतिनिधिहरुको नामावली रुजु गरी केही त्रुटीहरु हटाउन समय लागेको निर्वाचन समितिले जनाएको छ । समितिका संयोजक मधु चौलागाईंका अनुसार प्रतिनिधि निर्धारण अन्तिम चरणमा रहेको र छिट्टै मनोनयन दर्ताको कार्यक्रम संचालन…
Read More
सुधन र महावीरले लिए शपथ

सुधन र महावीरले लिए शपथ

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आज मन्त्रिपरिषद् विस्तार गरेका छन् । आज राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष गृहमा सुधन गुरुङ र विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रीमा महावीर पुनले शपथ लिएका हुन् । शपथ ग्रहण समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रिय सभा अध्यक्ष, मन्त्रीहरू र सांसदहरू पनि उपस्थित छन् । गुरुङ यसअघि पनि गृहमन्त्री नै थिए । उनको सम्पत्ति विवरणको विषयमा विवाद भएपछि उनले राजीनामा दिएका थिए । सरकारले गठन गरेको छानबिन समितिले उनलाई क्लिनचिट दिएपछि उनी फेरि गृहमै दोहोरिएका हुन् । त्यस्तै महावीर पुन पनि जेनजी आनदोलनपछि गठन भएको सुशीला कार्की नेतृत्वको सरकारमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्री थिए । फागुन…
Read More
गृहमन्त्रीमा फेरि सुधन गुरुङ फर्कँदै : महावीर पुन विज्ञान, प्रविधि मन्त्री बन्दै

गृहमन्त्रीमा फेरि सुधन गुरुङ फर्कँदै : महावीर पुन विज्ञान, प्रविधि मन्त्री बन्दै

काठमाण्डौं । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले सांसद सुधन गुरुङलाई गृहमन्त्रीमा नियुक्त गर्नका लागि राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिश गर्नुभएको छ । गुरुङले आजै दिउँसो ३ बजे राष्ट्रपति पौडेलबाट पद तथा गोपनीयताको शपथ लिने तयारी छ । यसअघि गुरुङ गएको चैत १३ गते गृहमन्त्री नियुक्त हुनुभएको थियो । तर सम्पत्ति विवरणको विषयमा प्रश्न उठेपछि उहाँले राजीनामा दिनुभएको थियो । आज बसेको मन्त्रिपरिषद्को बैठकले पूर्वगृहमन्त्री गुरुङको सम्बन्धमा अध्ययन तथा छानबिन गर्न गठित समितिले पेश गरेको प्रतिवेदन ग्रहण गरेसँगै गृहमा उहाँ फर्कनु लाग्नुभएको हो । यस्तै विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रीमा महावीर पुनलाई सरकारले सिफारिश गरेको छ । उहाँले पनि आजै राष्ट्रपतिसमक्ष पद तथा…
Read More
एभरेष्ट महिला भलिबल लिगको तेस्रो संस्करण असोजमा हुने

एभरेष्ट महिला भलिबल लिगको तेस्रो संस्करण असोजमा हुने

काठमाण्डौं । एभरेष्ट महिला भलिबल लिगको तेस्रो संस्करण आउँदो असोजमा आयोजना हुने भएको छ । आयोजक इन्फिनिटी ड्रिम्सका अनुसार प्रतियोगिता असोज ८ गतेदेखि १७ गतेसम्म काठमाण्डौको त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा सञ्चालन हुनेछ । सहभागी फ्रेन्चाइज टोली तथा सरोकारवालासँगको छलफलपछि प्रतियोगिताको मिति तय गरिएको आयोजकले जनाएको छ ।दुवै संस्करणको उपाधि कर्णाली यशविसले जितेको थियो। यस पटकको प्रतियोगितामा पहिलो र दोश्रो संस्करणको विजेता कर्णाली यशविससहित ललितपुर क्विन्स, काठमाण्डौ स्पाइकर्स, मधेश युनाइटेड, लुम्बिनी लाभाज र पोखरा निन्जाज गरी ६ टोलीको सहभागिता रहने आयोजकले जनाएको छ । लिगको पहिलो संस्करण काठमाण्डौमा र दोस्रो संस्करण पोखरामा आयोजना गरिएको थियो । एशियाकै पहिलो महिला…
Read More
पूर्वी तथा मध्य भेगमा वर्षा : नेपालगञ्ज, दिपायल र धनगढीमा धेरै गर्मी

पूर्वी तथा मध्य भेगमा वर्षा : नेपालगञ्ज, दिपायल र धनगढीमा धेरै गर्मी

काठमाण्डौं।आज मधेशबाहेक मध्य र पश्चिम तराईमा गर्मी धेरै हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भेगका केही ठाउँमा तातो दिन हुने सम्भावना छ । हिजोसम्म मधेशमा पनि तातो दिन भए पनि आज भने मधेशमा सामान्य गर्मी मात्रै हुने महाशाखाले जनाएको छ । यस्तै भोलि लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भेगका केही ठाउँमा मात्रै तातो दिन हुने सम्भावना रहेको महाशाखाको भनाइ छ । पानी पर्न थालेपछि गर्मी क्रमशः केही घट्न थालेको हो । आज कोशी, मधेश, बागमती र गण्डकी प्रदेश लगायत लुम्बिनी प्रदेशको हिमाली र पहाडी भेगका थोरै ठाउँहरूमा तथा लुम्बिनी प्रदेशको…
Read More
नागढुङ्गा–नौबिसे सुरुङ मार्ग साउनको तेस्रो हप्तासम्म सञ्चालनमा ल्याउने तयारी

नागढुङ्गा–नौबिसे सुरुङ मार्ग साउनको तेस्रो हप्तासम्म सञ्चालनमा ल्याउने तयारी

काठमाण्डौं । नेपालको पहिलो व्यावसायिक सुरुङ मार्ग ‘नागढुङ्गा–सिस्नेखोला सुरुङ मार्ग’ आउँदो साउनदेखि सञ्चालन गर्ने तयारी भइरहेको छ । नागढुङ्गा–सिस्नेखोला सुरुङ मार्ग आयोजनाका प्रमुख सौजन्य नेपालका अनुसार साउनको तेस्रो हप्तासम्म सुरुङ मार्ग सञ्चालनमा ल्याउने तयारी गरिएको छ । अहिले सुरुङ मार्ग भएर आवतजावत गर्ने गाडीसँग शुल्क उठाउनका लागि कम्पनीसँग सम्झौता भई तालिमको काम भइरहेको उहाँले जानकारी दिनुभयो । सुरुङ मार्गभित्र उद्धारका लागि के कस्ता काम गर्ने, आपतकालीन अवस्थामा के गर्ने तथा ‘लाइट’ एवं ‘भेन्टिलेसन’ को अवस्था के कस्तो छ भनेर टोल शुल्क उठाउने कम्पनीले आवश्यक तयारी गरिरहेको उहाँले बताउनुभयो । चौबिसै घण्टा सुरुङ सञ्चालनका लागि १५० जना कर्मचारी भर्ना गरिएको छ…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.