Alag Dhar

समाचार


Warning: Trying to access array offset on value of type bool in /home/alagdhar/public_html/wp-content/themes/viral-mag/inc/breadcrumbs.php on line 1010
परराष्ट्रमन्त्री खनालको चीन भ्रमण आइतवारदेखि

परराष्ट्रमन्त्री खनालको चीन भ्रमण आइतवारदेखि

काठमाण्डौं । परराष्ट्रमन्त्री शिशिर खनालको चीन भ्रमण पर्सि आइतवार जेठ ३१ गतेदेखि हुने भएको छ । भर्खरै भारतको ३ दिने भ्रमण सकेर फर्किएका मन्त्री खनाल चीन जान लाग्नुभएको हो । परराष्ट्रमन्त्री खनालको चीन भ्रमणबारे मन्त्रालयले आज औपचारिक जानकारी दिएको हो । मन्त्रालयले विज्ञप्तिमार्फत चीनका विदेशमन्त्री वाङ यीको निमन्त्रणामा मन्त्री खनाल जेठ ३१ देखि असार ३ गतेसम्म चीन भ्रमणमा जान लागेको जानकारी दिएको छ । मन्त्रालयका अनुसार मन्त्री खनालले बेइजिङमा आफ्ना चिनियाँ समकक्षी वाङ यीसँग द्विपक्षीय वार्ता गर्नुहुनेछ । साथै नेपाल–चीन सम्बन्धलाई अझ सुदृढ पार्न र आपसी सहयोगलाई अगाडि बढाउने पारस्परिक हितका विषयमा छलफल केन्द्रित हुनेछ । मन्त्री खनालले चीनका उच्चस्तरीय…
Read More
देशभर वर्षा, तापक्रम घट्यो

देशभर वर्षा, तापक्रम घट्यो

काठमाण्डौं । देशका विभिन्न ठाउँमा वर्षा भइरहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले सुदूरपश्चिम, कर्णाली, गण्डकी र बागमती प्रदेशका विभिन्न भूभागमा हल्का देखि मध्यम वर्षा भइरहेको छ । पछिल्लो ३ घण्टामा सबैभन्दा डडेलधुरामा ४४ मिलिमिटर पानी परेको छ । पानी परेसँगै देशका विभिन्न भूभागमा तापक्रम घटेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हिजो सबैभन्दा उच्च तापक्रम भैरहवामा ३२.६ र धनगढीमा ३२।३ डिग्री सेल्सियस रहेको छ । तापक्रम घट्दा देशभर शीतल महसुस भएको छ । अरू ठाउँमा त्यो भन्दा कम नै तापक्रम रहेको छ । तीन दिनअघि तराईका केही ठाउँमा तापक्रम ४१ डिग्री सेल्सियससम्म पुगेकोमा अहिले घटेको हो…
Read More
सुनचाँदीको भाउ बढ्यो

सुनचाँदीको भाउ बढ्यो

काठमाण्डौं । हप्ताको अन्तिम कारोबार दिन आज सुनको भाउ तोलमा ५ हजार ३०० रुपैयाँले बढेको छ । हिजो ५ हजार १०० रुपैयाँले घटेको सुनको भाउ आज ५ हजार ३०० रुपैयाँले बढेर तोलाको २ लाख ९२ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो सुनको भाउ तोलाको २ लाख ८६ हजार ७०० रुपैयाँ थियो । यस्तै आज चाँदीको भाउँ पनि तोलामा १९० रुपैयाँले बढेको छ । हिजो ९० रुपैयाँले घटेको चाँदी आज तोलामा १९० रुपैयाँले बढेर तोलाको ४ हजार ८४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । हिजो चाँदीको भाउ तोलामा ४ हजार ६५० रुपैयाँ थियो ।
Read More
विश्वकप फुटबलमा दक्षिण कोरियाले चेकियालाई २–१ गोल अन्तरले हरायो

विश्वकप फुटबलमा दक्षिण कोरियाले चेकियालाई २–१ गोल अन्तरले हरायो

काठमाण्डौं । फिफा विश्वकप फुटबल २०२६ अन्तर्गत समूह ‘ए’ को दोस्रो खेलमा दक्षिण कोरियाले चेक रिपब्लिकलाई २–१ गोल अन्तरले पराजित गरेको छ । मेक्सिकोको ग्वादालाहारा रङ्गशालामा सम्पन्न खेलमा दक्षिण कोरियाले उत्कृष्ट प्रदर्शन गर्दै महत्त्वपूर्ण तीन अङ्क हात पारेको हो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । खेलको ५६औँ मिनेटमा चेकियाका कप्तान लेडिस्क्लाभ क्रेज्कीले हेडर मार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । दक्षिण कोरियाका ह्वाङ इबोनले ६७औँ मिनेटमा गोल गर्दै खेललाई बराबरीमा ल्याए । ८०औँ मिनेटमा ओ हेन्युले गोल गर्दै दक्षिण कोरियाको जीत सुनिश्चित गरे । खेलभर चेक रिपब्लिकले केही राम्रो अवसर सिर्जना गरे पनि त्यसलाई गोलमा परिणत गर्न नसक्दा…
Read More
विश्वकप फुटबलमा मेक्सिकोको विजयी सुरुआत, उद्घाटन खेलमै ३ खेलाडीले पाए रातो कार्ड

विश्वकप फुटबलमा मेक्सिकोको विजयी सुरुआत, उद्घाटन खेलमै ३ खेलाडीले पाए रातो कार्ड

काठमाण्डौं । फिफा विश्वकप २०२६ को उद्घाटन खेलमा आयोजक मेक्सिकोले दक्षिण अफ्रिकालाई २–० गोलले पराजित गरेको छ । मेक्सिको सिटी रङ्गशालामा आज बिहान सम्पन्न समूह ‘ए’ को खेलमा जुलियन क्विन्योनेस र राउल हिमेनेजले गोल गरे । खेलको नवौँ मिनेटमा जुलियन क्विन्योनेसले पहिलो गोल गरेका थिए । खेलको ६० औँ मिनेटमा राउल हिमेनेजलाई फल गरेपछि दक्षिण अफ्रिकाका याया सिथोले सिधै रातो कार्ड पाउँदै मैदानबाट बाहिरिए । त्यसपछि १० खेलाडीमा सीमित बनेको दक्षिण अफ्रिकाविरुद्ध खेलको ६७ औँ मिनेटमा मेक्सिकोका राउल हिमेनेजले हेडमार्फत गोल गर्दै अग्रता दोब्बर बनाए । खेलको अन्त्यतिर तनावपूर्ण अवस्था देखिएको थियो । खेलको ८४औ मिनेटमा दक्षिण अफ्रिकाका थेम्बा ज्वानेले…
Read More
आज गण्डकी, कोशी, मधेश, बागमती र लुम्बिनी प्रदेशका एक–दुई ठाउँमा ठूलो पानी पर्ने

आज गण्डकी, कोशी, मधेश, बागमती र लुम्बिनी प्रदेशका एक–दुई ठाउँमा ठूलो पानी पर्ने

काठमाण्डौं । आज दिउँसो गण्डकी प्रदेशको एक–दुई ठाउँमा ठूलो पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार दिउँसो गण्डकी प्रदेशका एक दुई ठाउँमा र राति कोशी, मधेश, बागमती र लुम्बिनी प्रदेशका एक दुई ठाउँमा ठूलो पानी पर्नेछ । कोशी, बागमती गण्डकी र लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भू–भाग तथा मधेश, कोशी, बागमती र गण्डकी प्रदेशका तराई भू–भागको एक–दुई ठाउँमा मेघ गर्जन र चट्याङ्ग सहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । भोलि र पर्सि पनि देशका केही ठाउँमा ठूलो पानी पर्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ । देशका धेरैजसो…
Read More
भीमफेदीमा जीप दुर्घटना हुँदा इन्जिनियरसहित चालकको मृत्यु

भीमफेदीमा जीप दुर्घटना हुँदा इन्जिनियरसहित चालकको मृत्यु

मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिका–८ बैदमारस्थित भित्री सडकमा गए राति पिकअप जीप दुर्घटना हुँदा एक इन्जिनियरसहित सवारी चालकको मृत्यु भएको छ । काठमाडौँ दक्षिणकालीबाट करिब ३५ किलामिटर दक्षिण मकवानपुरको माणडु हाइड्रोपावरबाट इपातर्फ जाँदै गरेको सवारी दुर्घटना हुँदा निजगढ–काठमाडौँ द्रुतमार्गमा कार्यरत इन्जिनियर सूर्य यादव र सवारी चालक बोधराज बुढाथोकीको निधन भएको हो । जीप अनियन्त्रित भई सडकबाट करिब १०० फिट तल खस्दा त्यसमा सवार बारा जिल्ला पचरौता नपा–७ का इन्जिनियर यादव र सिन्धुली जिल्ला कमलामाई नपा–९ का चालक बुढाथोकीको निधन भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए ।
Read More
फिफा विश्वकप आज मध्यरातिदेखि शुरु हुँदै

फिफा विश्वकप आज मध्यरातिदेखि शुरु हुँदै

काठमाण्डौं । फुटबलको इतिहासमै पहिलो पटक तीन देश अमेरिका, मेक्सिको र क्यानडा आयोजक रहेको फिफा विश्वकप २०२६ आज मध्यरातिदेखि शुरु हुँदैछ । विश्व फुटबलको महाकुम्भको पहिलो दिन दुई खेल हुँदैछन् । उद्घाटन खेलमा आयोजक मेक्सिकोले दक्षिण अफ्रिकासँग प्रतिस्पर्धा गर्नेछ । पहिलो दिनको दोस्रो खेल दक्षिण कोरिया र चेक गणतन्त्रबीच हुनेछ । यससँगै ४८ देश सहभागी विश्वकपको प्रतिस्पर्धा शुरु हुनेछ । यस पटकको विश्वकप इतिहासमै सबैभन्दा ठूलो संस्करण हो । तीनवटा देशको १६ शहरमा खेलाइने प्रतियोगिता ३९ दिनसम्म चल्नेछ । कुल १०४ खेल हुनेछन् । फिफाका अनुसार प्रतियोगिताका लागि १ हजार २४८ खेलाडी छनोट भएका छन् । तीमध्ये ८९१ खेलाडी पहिलो…
Read More
इरानद्वारा स्ट्रेट अफ हर्मुज पूर्णरूपमा बन्दको घोषणा:तेल आपूर्तिमा विश्वव्यापी संकट

इरानद्वारा स्ट्रेट अफ हर्मुज पूर्णरूपमा बन्दको घोषणा:तेल आपूर्तिमा विश्वव्यापी संकट

तेहरान । इरानले आज स्ट्रेट अफ हर्मुज पूर्णरूपमा बन्द गरेको घोषणा गरेको छ । अमेरिकी हमलाको जवाफमा यो कदम चालिएको इरानी अधिकारीहरूले बताएका छन् । तेहरानले कुनै पनि जहाजले यो जलमार्ग पार गर्न खोजेमा लक्षित गरिने चेतावनी दिएको छ । इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोर्प्स (आइआरजीसी) र संयुक्त सैन्य कमान्डले जारी गरेको वक्तव्यमा भनिएको यस्तो चेतावनी दिइएको हो । वक्तव्यमा अमेरिकाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी जारी राखेकाले र हालैका हमलाका कारण स्ट्रेट अफ हर्मुजलाई पूर्ण नियन्त्रणमा लिइएको जनाइएको छ । यो जलमार्ग फारसको खाडीबाट विश्व बजारमा तेल र ग्यास निर्यात गर्ने मुख्य मार्ग हो । यो साँघुरो जलमार्गबाट विश्वको करिब २०…
Read More
प्रशासन कार्यालयमा पत्रकारको धर्ना

प्रशासन कार्यालयमा पत्रकारको धर्ना

हेटौँडा । निजी सञ्चार माध्यमलाई सरकारी विज्ञापन कटौति गर्ने संघीय सरकारको निर्णय विरुद्ध देशभर पत्रकारले विरोध प्रदर्शन गरिरहेका छन् । विरोधको कार्यक्रमअन्तर्गत बुधबार बिहान ११ बजेदेखि १२ बजेसम्म जिल्ला प्रशासन कार्यालयमा पत्रकारहरुले धर्ना दिएका छन् । नेपाल पत्रकार महासंघ मकवानपुर जिल्ला शाखाको अगुवाईमा मकवानपुरमा पनि जिल्ला प्रशासन कार्यालयमा पत्रकारले धर्ना दिएका छन् । धर्नामा नेपाल पत्रकार महासंघका पूर्वकेन्द्रीय सदस्य एवम् बागमती प्रदेश पत्रकार महासंघका संस्थापक अध्यक्ष प्रताप विष्ट, नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिका अध्यक्ष कृष्ण सारु मगर, नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्वअध्यक्ष राममणि दाहाल, हरि हुमागाई लगायतको उपस्थिति रहेको थियो । धर्नापछि नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारीले…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.