Alag Dhar

समाचार


Warning: Trying to access array offset on value of type bool in /home/alagdhar/public_html/wp-content/themes/viral-mag/inc/breadcrumbs.php on line 1010
मातृकालाई विजयी घोषणा नगरिएकोमा नेकपाको आपत्ति

मातृकालाई विजयी घोषणा नगरिएकोमा नेकपाको आपत्ति

मकवानपुर ।नेपाली कम्युनिस्ट पार्टीले धनुषा–१ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेका मातृका यादवलाई विजयी भएका प्रमाण पत्र नदिएकोमा आपत्ति जनाएको छ । सोमबार केन्द्रीय कार्यालयका सचिव गोविन्द आचार्यले विज्ञप्ति मार्फत निर्वाचन आयोगले निर्वाचन ऐन, २०७४ बमोजिम राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार किशोरी साह कमलको उम्मेदवारी खारेज गरिसकेकोमा विजयी उम्मेदवार यादवलाई प्रमाणपत्र नदिनु गम्भीर विषय भएको बताएको छ । ‘धनुषा जिल्ला निर्वाचन क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा सदस्यका लागि हाम्रो पार्टीका उम्मेदवार श्री मातृकाप्रसाद यादव विजयी भएको मत परिणाम सार्वजनिक भइसक्दा पनि उहाँलाई आयोगले निर्वाचित भएको प्रमाणपत्र हस्तान्तरण नगरेकोमा पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ’, विज्ञप्तिमा भनिएको छ । निर्वाचन आयोग स्वयंले फागुन २२…
Read More
बागमतीमा रास्वपाको वर्चस्व ,३१ सिट आफ्नो पक्षमा

बागमतीमा रास्वपाको वर्चस्व ,३१ सिट आफ्नो पक्षमा

मकवानपुर । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत बागमती प्रदेशका ३३ वटा निर्वाचन क्षेत्रमा आएको अन्तिम परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अभूतपूर्व जित हासिल गरेको छ। प्रदेशका ३३ मध्ये ३१ निर्वाचन क्षेत्रमा विजय हासिल गर्दै रास्वपाले बागमती प्रदेशमा स्पष्ट वर्चस्व कायम गरेको हो। निर्वाचन परिणामअनुसार नेपाली कांग्रेस र नेकपाले भने एक–एक सिट मात्रै जितेका छन्। यता नेकपा एमाले भने बागमती प्रदेशमा पूर्ण रूपमा शून्यमा झरेको छ। अघिल्लो निर्वाचनमा उल्लेख्य उपस्थिति रहेको एमाले यस पटक भने बागमती प्रदेशका कुनै पनि निर्वाचन क्षेत्रमा विजय हासिल गर्न नसक्दा ठूलो धक्का लागेको विश्लेषण गरिएको छ। निर्वाचन आयोगले सार्वजनिक गरेको परिणामअनुसार बागमती प्रदेशका अधिकांश जिल्लामा रास्वपाका उम्मेदवारहरूले फराकिलो…
Read More
समानुपातिकतर्फ धनकुटामा  एमाले पहिलो दल

समानुपातिकतर्फ धनकुटामा एमाले पहिलो दल

धनकुटा । प्रतिनिधिसभाको एक मात्रै निर्वाचन क्षेत्र रहेको धनकुटामा प्रत्यक्ष तर्फ जितेको एमालेले समानुपातिक प्रणालीमा पनि पहिलो भएको छ । धनकुटामा समानुपातिकको मतगणना सम्पन्न हुँदा एमालेले १६ हजार ५६७ ल्याएर पहिलो भएको हो । धनकुटामा प्रत्यक्षतर्फ एमालेका राजेन्द्रकुमार राई १८ हजार १३२ मत ल्याएर विजयी भएका थिए । समानुपातिक तर्फ धनकुटामा दोस्रो स्थानमा रास्वपा, तेस्रोमा श्रम संस्कृति पार्टी, चौथोमा नेपाली कांग्रेस र नेपाली कम्युनिष्ट पार्टी पाँचौ भएका छन् । धनकुटामा दोस्रो स्थानमा रहेको राष्टिय स्वतन्त्र पार्टीले १४ हजार ६७९, तेस्रोमा रहेको श्रम संस्कृति पार्टीले १३ हजार ९ सय ६०, चौथोमा रहेको नेपाली कांग्रेसले ८ हजार ६५१ मत ल्याएका छन् ।…
Read More
अध्यक्षबाट राजीनामा दिएका पोखरेललाई पार्टीले गर्‍यो पदमुक्त, कार्यवाहक अध्यक्षको जिम्मा हिदम लामालाई

अध्यक्षबाट राजीनामा दिएका पोखरेललाई पार्टीले गर्‍यो पदमुक्त, कार्यवाहक अध्यक्षको जिम्मा हिदम लामालाई

मकवानपुर । प्रतिनिधिसभा सदस्य निर्वाचनवमा जिल्लाका दुबै क्षेत्रमा पराजित भएपछि नेकपा एमाले मकवानपुरको अध्यक्ष पदबाट राजीनामा घोषणा गरेका श्रीधर पोखरेललाई नेकपा एमाले जिल्ला सचिवालयले पदमुक्त गर्ने निर्णय गरेको छ । आइतबार बिहान राजीनामा दिएका पोखरेललाई आइतबार दिउँसो बसेको सचिवालय बैठकले पदमुक्त गर्ने निर्णय गरेको सचिव सीता विष्टले जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ । राजीनामा दिएका अध्यक्ष पोखरेललाई पदमुक्त गरेर एमाले मकवानपुरले उपाध्यक्ष हिदम लामालाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिने निर्णय गरेको सचिव विष्टले जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ । जारी विज्ञप्तिमा पार्टी अध्यक्ष पोखरेल विगत ५ महिनादेखि पार्टीको नियमित काम र सम्पर्कमा समेत नरहेको उल्लेख गरिएको छ । पार्टीको नियमित काम…
Read More
ललितपुर-२ मा रास्वपाका जगदिश खरेल विजयी

ललितपुर-२ मा रास्वपाका जगदिश खरेल विजयी

ललितपुर । २ मा रास्वपाका जगदिश खरेल निर्वाचित भएका छन् । अन्तरिम सरकारका सञ्चारमन्त्रीसमेत रहेका खरेलले ३९ हजार ४९१ मत ल्याएर विजयी भएका हुन् । खरेलका प्रतिस्पर्धी कांग्रेसका प्रेमकृष्ण महजर्जनले ७४२०, राजाराम तण्डुकारले ५५४७ एमालेका प्रेमबहादुर महर्जनले ४५३६, राप्रपाका रघुवर राज थापाले १७६०, नेकपाका राजेन्द्र अमात्यले १२१७ र श्रम संस्कृतिका सरोज राईले ६०८ मत पाएका छन् ।
Read More
सुनसरी–१ मा हर्क साम्पाङ विजयी

सुनसरी–१ मा हर्क साम्पाङ विजयी

काठमाण्डौ ।प्रतिनिधिसभा सदस्य चुनावमा सुनसरी क्षेत्र नम्बर १ मा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ विजयी हुनुभएको छ । साम्पाङ ८ हजार ४९२ मतान्तरसहित विजयी हुनुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । साम्पाङले ३५ हजार ७४१ मत ल्याउँदा उहाँका प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० की गोमा तामाङले २७ हजार २४९ मत प्राप्त गर्नुभएको छ । यसैगरी नेकपा एमालेका टीकाराम लिम्बुले ६ हजार ४६३ र नेपाली कम्युनिस्ट पार्टी ९नेकपा० का सूर्यबहादुर भट्टराईले ६ हजार १८५ मत प्राप्त गर्नुभएको छ ।
Read More
मकवानपुर–१ मा रास्वपाका प्रकाश गौतमको जित, निकटतम प्रतिस्पर्धीभन्दा दोब्बर बढी मत

मकवानपुर–१ मा रास्वपाका प्रकाश गौतमको जित, निकटतम प्रतिस्पर्धीभन्दा दोब्बर बढी मत

मकवानपुर। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत मकवानपुर निर्वाचन क्षेत्र नम्बर–१ बाट राष्ट्रिय स्वतन्त्र पार्टी का उम्मेदवार प्रकाश गौतम विजयी हुनुभएको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार उहाँले ३६ हजार ०३३ मतसहित निर्वाचित हुनुभएको हो । अन्तिम मतपरिणाम अनुसार नेकपा एमालेका उम्मेदवार रामेश्वर रानाले १२ हजार ७८३ मत, नेपाली कांग्रेसका उम्मेदवार महालक्ष्मी उपाध्याय (डिना)ले १४ हजार ०३८ मत, नेपाली कम्युनिष्ट पार्टीका विजय गौतम १० हजार ७८८ मत मात्र प्राप्त गर्नुभएको छ । यसैबीच, प्रतिनिधिसभा सदस्यमा विजयी भएपछि उहाँले जनताले दिएको विश्वासलाई सम्मान गर्दै इमान्दारीपूर्वक काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। हामीले जनतासँग गरेको वाचापत्र अनुसार अगाडि बढ्ने साथै, “जनताले विश्वास गरेर जिताएका छन्, अब…
Read More
नेकपा एमाले मकवानपुरका अध्यक्ष पोखरेलद्वारा राजीनामा घोषणा

नेकपा एमाले मकवानपुरका अध्यक्ष पोखरेलद्वारा राजीनामा घोषणा

मकवानपुर । प्रतिनिधिसभा सदस्य निर्वाचन–२०८२ मा जिल्लाको दुबै क्षेत्रमा पराजित हुने भएपछि नेकपा एमाले मकवानपुरका अध्यक्ष श्रीधर पोखरेलले राजीनामा घोषणा गर्नुभएको छ । आइतबार बिहान मकवानपुर–२ को नतीजा सार्वजनिक हुँदा रास्वपाका उम्मेदवार प्रशान्त उप्रेती विजयी भइसकेका छन् भने क्षेत्र नम्बर १ मा पनि रास्वपा जीत नजिक छ । ‘आजकै दिनदेखि लागू हुने गरी म आफ्नो अध्यक्ष पदबाट राजीनामा दिने घोषणा गर्दछु’, पोखरेलले सामाजिक सञ्जाल फेसबुकमा लेख्नुभएको छ । प्रतिनिधिसभा सदस्य निर्वाचनमा देशव्यापीरुपमा पार्टीले व्यहोर्नु परेको परिणामको गम्भीर समीक्षा हुनुपर्ने उल्लेख गर्नुहुँदै जिल्ला अध्यक्ष पोखरेलले आफूले जिल्ला अध्यक्ष पदबाट राजीनामा घोषणा गर्नुभएको हो । पार्टीको तल्लो तहदेखि नेतृत्वसम्म सबैले आत्मसमीक्षा गरी आफ्नो–आफ्नो…
Read More
मकवानपुर–२ मा रास्वपाका प्रशान्त उप्रेती विजयी

मकवानपुर–२ मा रास्वपाका प्रशान्त उप्रेती विजयी

 मकवानपुर ।  मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्बर–२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार प्रशान्त उप्रेती विजयी भएका छन्। उनले नेकपा एमालेका उम्मेदवार तथा निवर्तमान सांसद महेशकुमार बर्तौलालाई १२ हजार १०१ मतान्तरले पराजित गरेका हुन्। निर्वाचन अधिकृत देवेन्द्रराज आचार्यका अनुसार उप्रेतीले ३१ हजार ७२५ मत प्राप्त गरे भने बर्तौलाले १९ हजार ६२४ मत पाए। नेपाली कांग्रेसका बुद्ध लामा १५ हजार ४३६ मतसहित तेस्रो भए। यस क्षेत्रमा कुल ९१ हजार २४१ मत खसेको थियो। उप्रेतीको जितसँगै मकवानपुर–२ मा करिब ३६ वर्षदेखि कायम रहेको कम्युनिस्ट वर्चस्व पनि अन्त्य भएको छ। २०४६ पछि भएका अधिकांश निर्वाचनमा यस क्षेत्रबाट एमाले वा कम्युनिस्ट दलका उम्मेदवार विजयी…
Read More
झापा-५ मा ओलीसँग करिब ५० हजार मतान्तरले बालेन निर्वाचित

झापा-५ मा ओलीसँग करिब ५० हजार मतान्तरले बालेन निर्वाचित

मकवानपुर  । मकवानपुर प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर–१ मा जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी का उम्मेदवार प्रकाश गौतम फराकिलो मतान्तरसहित अग्रस्थानमा रहेका छन्। पछिल्लो मतपरिणामअनुसार उनले २२ हजार ४१४ मत प्राप्त गरेका छन्। त्यसैगरी एमालेका उम्मेदवार रामेश्वर रानाले ४ हजार ७२७ मत प्राप्त गरी दोस्रो स्थानमा रहेका छन् ।  तेस्रो स्थानमा रहेका नेपाली कांग्रेसका उम्मेदवार महाँलक्ष्मी उपाध्यायले (डिना)  ४ हजार  ३२० मत र चौथो स्थानमा रहेका उज्यालो नेपलाल पार्टी का सुरेन्द्र लामाले ३ हजार ३८६ मत प्राप्त गरेका छन् भने राप्रपाका उम्मेदवार दिपक बहादुर सिंहले २६१३ मत प्राप्त गरेका छन्। मतगणना अझै जारी रहेकाले अन्तिम परिणाम आउन बाँकी रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.