Alag Dhar

समाचार


Warning: Trying to access array offset on value of type bool in /home/alagdhar/public_html/wp-content/themes/viral-mag/inc/breadcrumbs.php on line 1010
मकवानपुरमा चुनावी सरगर्मी तीव्र, आजवाट औपचारिक प्रचार सुरु

मकवानपुरमा चुनावी सरगर्मी तीव्र, आजवाट औपचारिक प्रचार सुरु

मकवानपुर । आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै जाँदा मकवानपुरमा चुनावी माहोल दिनप्रतिदिन तातिँदै गएको छ। आजदेखि औपचारिक रूपमा चुनाव प्रचार–प्रसार गर्न पाइने व्यवस्था लागू भएसँगै जिल्लामा राजनीतिक गतिविधि थप सक्रिय बनेको छ । निर्वाचन आयोगको नियमअनुसार मतदान मितिभन्दा १५ दिन अघिदेखि मात्र जुलुस, आमसभा, कोणसभा तथा सञ्चारमाध्यममार्फत प्रचार–प्रसार गर्न पाइने प्रावधान छ। सोही व्यवस्थाअनुसार आजदेखि फागुन १८ गते राति १२ बजेसम्म राजनीतिक दल र उम्मेदवारहरूले प्रचार अभियान सञ्चालन गर्न सक्नेछन्। आयोगले प्रचारका क्रममा हिंसा, धम्की, लोभलालच तथा सामाजिक सञ्जालमार्फत मिथ्या सूचना र दुष्प्रचार नगर्न कडा निर्देशन दिएको छ। मकवानपुरका निर्वाचन क्षेत्र नम्बर–१ र नम्बर–२ मा ४४…
Read More
निर्वाचन प्रचार–प्रसार आजदेखि सुरु

निर्वाचन प्रचार–प्रसार आजदेखि सुरु

मकवानपुर । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आजदेखि औपचारिक रुपमा प्रचार–प्रसार गर्न पाइने भएको छ। मतदान हुने दिनभन्दा १५ दिन अघिदेखि मात्र निर्वाचन प्रचारप्रसारअन्तर्गत जुलुस, आमसभा, कोणसभा गर्न र सञ्चारमाध्यममा आफ्नो निर्वाचनसम्बन्धी सामग्री प्रकाशन वा प्रसारण गर्न सकिने व्यवस्था छ। सोही व्यवस्थाअनुसार, आजदेखि यही फागुन १८ गते राति १२ बजेसम्म राजनीतिक दल तथा उम्मेदवारहरूले निर्वाचन प्रचार–प्रसार गर्न सक्ने छन्। निर्वाचनको निष्ठालाई उच्च प्राथमिकतामा राखेर दल तथा उम्मेदवार एवं अन्य सरोकारवाला सबैले निर्वाचन आचारसंहिताको पूर्ण पालना गरी निर्वाचन प्रचार–प्रसार गर्न सक्ने जनाइएको छ। सोही व्यवस्थाभित्र रहेर राजनीतिक दलका उम्मेदवारले औपचारिक रुपमा मतदातासमक्ष मत माग्न पाउनेछन्। आयोगले आचारसंहिता कार्यान्वयन तथा अनुगमनमा विभिन्न संयन्त्र…
Read More
ललितपुरमा २३ जना उम्मेदवारले बैंक खाता खोल्न लिए सिफारिस

ललितपुरमा २३ जना उम्मेदवारले बैंक खाता खोल्न लिए सिफारिस

ललितपुर । आगामी प्रतिनिधिसभा निर्वाचनका लागि यहाँका तीनवटा निर्वाचन क्षेत्रबाट उम्मेदवारी दर्ता गराएका ७१ मध्ये २३ जना उम्मेदवारले बैंक खाता खोल्न सिफारिस लिएका छन् । जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी समिता बस्नेतका अनुसार विभिन्न राजनीतिक दल तथा स्वतन्त्र गरी हालसम्म २३ उम्मेदवारले सिफारिस लिएका हुन् । निर्वाचन आयोगले आगामी निर्वाचनलाई लक्षित गर्दै ‘प्रतिनिधिसभा सदस्य निर्वाचन प्रचारप्रसार बैंक खाता सञ्चालन तथा व्यवस्थापन कार्यविधि, २०८२’ जारी गरेको छ । उक्त कार्यविधिअनुसार प्रत्येक राजनीतिक दल र उम्मेदवारले निर्वाचन प्रचार खर्चका लागि छुट्टाछुट्टै बैंक खाता खोल्नुपर्ने व्यवस्था गरिएको छ । ललितपुर क्षेत्र नं १ मा २८ जनाले उम्मेदवारी दर्ता गराएका छन् । तीमध्ये १२…
Read More
युद्धविराम उल्लंघनका बिच गाजामा इजरायली आक्रमण, ११ जनाको मृत्यु

युद्धविराम उल्लंघनका बिच गाजामा इजरायली आक्रमण, ११ जनाको मृत्यु

गाजा । गाजामा आइतबार बिहान भएको इजरायली हवाई आक्रमणमा ११ जना प्यालेस्टिनीको मृत्यु भएको छ। प्यालेस्टिनी रेड क्रेसेन्टका अनुसार उत्तरी गाजाको एउटा शिविरमा भएको आक्रमणमा ६ जना र दक्षिणी क्षेत्रमा भएको अर्को आक्रमणमा ५ जनाले ज्यान गुमाएका छन्। इजरायली सेनाले हमासद्वारा युद्धविराम उल्लंघन भएपछि त्यसको जवाफमा ‘आतंककारी लक्ष्य’ हरूमाथि आक्रमण गरिएको दाबी गरेको छ। गत अक्टोबर १० देखि युद्धविराम सम्झौता लागू भए पनि इजरायल र हमास दुवैले एकअर्कामाथि निरन्तर सम्झौता उल्लंघनको आरोप लगाउँदै आएका छन्। हमासद्वारा सञ्चालित गाजा स्वास्थ्य मन्त्रालयका अनुसार युद्धविराम सुरु भएयता मात्रै कम्तीमा ६ सय जनाको मृत्यु भइसकेको छ। पछिल्लो समय अमेरिकाको मध्यस्थतामा भएको युद्धविराम सम्झौताको दोस्रो…
Read More
ट्रक–मोटरसाइकल ठोक्किँदा एकको मृत्यु

ट्रक–मोटरसाइकल ठोक्किँदा एकको मृत्यु

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–५ पिप्ले स्थित कान्तिलोकपथ सडक खण्डमा शनिबार राति भएको सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । विहिवार राति करिब ९:५० बजेको समयमा सडक छेउमा पार्किङ गरी राखिएको ना ५ ख १८६१ नम्बरको रड लोड भएको ट्रकमा सानोपोखराबाट पिप्लेतर्फ जाँदै गरेको ना २९ प ७०७२ नम्बरको मोटरसाइकल ठोक्किएको थियो । दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालकलाई स्थानीयले तत्काल उपचारका लागि हेटौंडा अस्पताल पुर्‍याएका थिए । अस्पताल पुर्‍याएलगत्तै राति १०:०० बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन् । सुरुमा पहिचान नखुलेका मृतक हेटौंडा उपमहानगरपालिका–५ पिप्ले ढुङ्गेधारा बस्ने वर्ष ३५र३६ का सुवास थिङ रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट…
Read More
आजदेखि १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम सञ्चालन हुँदै

आजदेखि १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम सञ्चालन हुँदै

मकवानपुर । प्रतिनिधिसभा निर्वाचनका लागि आजदेखि देशभरि मतदाता शिक्षा कार्यक्रम सुरुहुँदै छ । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन शिक्षा तथा मतदाता शिक्षा निर्देशिका, २०७८ बमोजिम आजदेखि मतदाता शिक्षा विशेष कार्यक्रम स्वीकृत भएको छ । सोही कार्यक्रमअनुसार सो कार्यक्रम अगाडि बढाउन लागिएको हो । आमनागरिकलाई मताधिकारको महत्व र मतदानको प्रक्रियाका विषयमा जानकारी दिने उद्देश्यले आयोगबाट स्वीकृत विशेष कार्यक्रमअनुसार मतदाता शिक्षा कार्यक्रम अगाडि बढ्न लागेको आयोगले जनाएको छ । आजदेखि सुरु भएको सो कार्यक्रम यही फागुन १७ गतेसम्म देशभरका ७५३ स्थानीय तहका छ हजार ७४३ वडामा सञ्चालन हुनेछ । त्यसका लागि एक–एक जना मतदाता शिक्षा स्वयंसेवक परिचालन हुनेछन् । आयोगका अनुसार त्यसरी…
Read More
वेस्ट इन्डिजविरुद्ध टस हारेर ब्याटिङ गर्दै नेपाल, सोमपालले खेल्दै

वेस्ट इन्डिजविरुद्ध टस हारेर ब्याटिङ गर्दै नेपाल, सोमपालले खेल्दै

मुम्बई । आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत समूह चरणको तेस्रो खेलमा नेपालले वेस्ट इन्डिजविरुद्ध टस हारेको छ । मुम्बईस्थित वानखेडे स्टेडियममा वेस्ट इन्डिजका कप्तान शाइ होपले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेका हुन् । नेपाली टोलीले आजको खेलका लागि एक परिवर्तन गरेको छ । ललित राजवंशीको स्थानमा सोमपाल कामी नेपालको प्लेइङ ११ मा आएका छन् । समूह चरणमा सुरुवाती दुई खेलमा पराजित भएको नेपालका लागि योसहित बाँकी खेल पनि महत्वपूर्ण छ र जित्नैपर्ने दबाब छ । वेस्ट इन्डिज भने लगातार दुई जितसहित सुपर ८ मा पुग्ने संघारमा छ । नेपालविरुद्धको खेल जितेमा वेस्ट इन्डिज सुपर ८ मा पुग्नेछ भने…
Read More
सुनको भाउ बढ्यो

सुनको भाउ बढ्यो

मकवानपुर । नेपाली बजारमा आइतबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुन तोलामा २३ सय रुपैयाँले बढेको हो । महासंघका अनुसार आजको मूल्य तीन लाख पाँच हजार ८०० रुपैयाँ निर्धारण गरिएको छ । गत साताको अन्तिम दिन शुक्रबार प्रतितोला तीन लाख तीन हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । त्यसैगरी, चाँदीको मूल्य तोलामा चार हजार ९८५ रुपैयाँ तोकिएको छ । शुक्रबार प्रतितोला पाँच हजार रुपैयाँमा कारोबार भएको थियो ।
Read More
बाख्रा चराउन जङ्गल जाँदा ढुङ्गाले लागेर मृत्यु

बाख्रा चराउन जङ्गल जाँदा ढुङ्गाले लागेर मृत्यु

सुर्खेत । जाजरकोटको चुनिचाँदे गाउँपालिका–१० लमाराका नरबहादुर रोकायको ढुङ्गाले लागेर मृत्यु भएको छ । बाख्रा चराउन जङ्गल गएका रोकायको भिरमाथिबाट खसेको ढुङ्गा टाउकामा लाग्दा घाइते भएकामा उपचारका क्रममा आज नेपालगन्ज मेडिकल कलेजमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी नायब उपरीक्षक वसन्तकुमार शर्माले जानकारी दिए । स्थानीयवासी बेगवान बस्नेतले घाइते रोकायलाई तत्काल अस्पताल पु¥याइए पनि ज्यान बचाउन नसकिएको बताए ।
Read More
महाशिवरात्रि पर्व आज: शिवालयहरूमा भक्तजनको भीड

महाशिवरात्रि पर्व आज: शिवालयहरूमा भक्तजनको भीड

मकवानपुर । आज भगवान् शिवको आराधना गर्ने महान् पर्व महाशिवरात्रि देशभर श्रद्धा र भक्तिभावका साथ मनाइँदै छ। विशेषगरी पशुपतिनाथ मन्दिर परिसरमा बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ। धार्मिक ग्रन्थहरूमा उल्लेख भएअनुसार महाशिवरात्रि मनाइनुका विभिन्न आधार छन्। एक मान्यताअनुसार आजकै रात भगवान् शिवले ताण्डव नृत्य गरेको विश्वास गरिन्छ। अर्को विश्वासअनुसार शिव र पार्वतीको विवाह सम्पन्न भएको दिनका रूपमा पनि शिवरात्रिलाई स्मरण गरिन्छ। यस दिन भक्तजनहरूले उपवास बस्ने, शिवलिङ्गमा जल, दूध तथा बेलपत्र अर्पण गर्ने, रात्रिभर जाग्राम बसी भजन–कीर्तन गर्ने परम्परा निर्वाह गर्छन्। महाशिवरात्रिलाई अन्धकारमाथि प्रकाश, अज्ञानमाथि ज्ञानको विजयको प्रतीकका रूपमा पनि व्याख्या गरिन्छ। रातभर जाग्राम बसी भजन–कीर्तन गर्ने चलन पनि रहेको छ।…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.