२०८२ फाल्गुन २६, मंगलवार ०६:५४
२०८२ फाल्गुन २६, मंगलवार ०६:५४
काठमाण्डौ । प्रतिनिधिसभा सदस्य चुनावमा अपेक्षित नतिजा ल्याउन नसकेपछि नेपाली कांग्रेसभित्र नेतृत्व र अबको रणनीतिबारे बहस शुरू भएको छ । चुनावी नतिजाको समीक्षा, पार्टीले थोरै क्षेत्र मात्र जित्नु र समग्र हारको नैतिक जिम्मेवारी लिँदै सभापति गगन थापाले पदबाट राजीनामा दिने मनस्थिति बनाउनुभएको छ । हिजो बेलुका सभापति थापा र उपसभापति विश्वप्रकाश शर्माबीच नयाँ बानेश्वरमा भएको छलफलमा थापाले पार्टीको पराजयको जिम्मेवारी आफूले लिनुपर्ने धारणा व्यक्त गर्दै पद छोड्ने तयारीबारे जानकारी गराउनुभएको थियो । तर उपसभापति शर्माले तत्काल राजीनामा दिनु समस्याको समाधान नहुने भन्दै थापालाई नेतृत्वमै रहेर पार्टीलाई पुनर्गठनतर्फ अघि बढाउन सुझाव दिनुभएको छ । शर्माका अनुसार चुनावी मतपरिणामलाई केवल एक व्यक्तिको कमजोरीका…