Alag Dhar

समाचार


Warning: Trying to access array offset on value of type bool in /home/alagdhar/public_html/wp-content/themes/viral-mag/inc/breadcrumbs.php on line 1010
जन्ती बोकेको ट्याक्टर दुर्घटना : १ जनाको ज्यान गयो, ११ घाइते”

जन्ती बोकेको ट्याक्टर दुर्घटना : १ जनाको ज्यान गयो, ११ घाइते”

दमक । सोमबार बेलुका झापाको गौरादहमा बेहुली लिएर फर्कँदै गरेको जन्ती बोकेको ट्याक्टर अनियन्त्रित भई पुलबाट खसेर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ११ जना जन्ती घाइते भएका छन् । घाइतेहरूको दमकमा उपचार भइरहेको छ । गौरादह–४ भित्री सडकखण्डमा पर्ने रामचन्द्रे खोलाको पुलबाट ट्याक्टर खसेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । गौरादहबाट स्कुलचौनतर्फ जाँदै गरेको प्रदेश १–०१–००१ त ९७२० नम्बरको ट्याक्टर आफैँ अनियन्त्रित भई पुलबाट खोलामा खसेको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्रबहादुर खड्काले जानकारी दिनुभयो । दुर्घटनामा मोरङ रतुवामाई–८ बस्ने ३८ वर्षीया स्वस्तिका मर्डीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । स्थानीयले उद्धार…
Read More
भावी पुस्ताका लागि मार्गदर्शक बन्नुहोस् : प्रधानमन्त्री कार्की

भावी पुस्ताका लागि मार्गदर्शक बन्नुहोस् : प्रधानमन्त्री कार्की

मकवानपुर । प्रधानमन्त्री सुशीला कार्कीले युवाहरूलाई आफ्नो अनुभव र सिकाइ नयाँ पुस्तामा बाँड्दै भावी पुस्ताका लागि मार्गदर्शक बन्न आग्रह गर्नुभएको छ । राष्ट्रिय सेवा दल (एनसीसी) सिनियर डिभिजन तालिमको दीक्षान्त कवाज समारोहलाई मंगलबार नवलपुरको हात्तीखोरमा सम्बोधन गर्दै उहाँले सो कुरा बताउनु भएको हो । प्रधानमन्त्री कार्कीले दीक्षित क्याडेटहरूलाई सम्बोधन गर्दै भन्नुभयो, “तपाईँहरूले यहाँ सिकेको अनुशासन, नेतृत्वकला र राष्ट्रप्रेमलाई केवल भावनामा मात्र सीमित नराखी व्यवहारमा उतार्नुहोस् । तपाईँहरूको आचरण र व्यवहारले नै उन्नत समाज र समृद्ध राष्ट्र निर्माणको आधार तय गर्नेछ ।” अनुशासित युवा राष्ट्रको मेरुदण्ड “अनुशासन नै राष्ट्र सेवाको मूल जग हो” भन्ने आदर्शलाई आत्मसात् गर्दै दीक्षित भएका युवाहरू नै…
Read More
मकवानपुरमा माघ २५ बाट किशोरीहरूका लागि एचपीभी खोप अभियान

मकवानपुरमा माघ २५ बाट किशोरीहरूका लागि एचपीभी खोप अभियान

मकवानपुर । पाठेघरको मुखको क्यान्सर रोकथामका लागि मकवानपुर जिल्लामा यही माघ २५ गतेदेखि एचपीभी खोप अभियान सुरु हुने भएको छ। नेपाल सरकारको राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत सञ्चालन हुने उक्त अभियानमा जिल्लाभरका किशोरीलाई लक्षित गरेर खोप लगाइने जनस्वास्थ्य कार्यालय मकवानपुरका निमित्त प्रमुख लक्ष्मण घिमिरेले जानकारी दिनुभएको छ। सोमबार हेटौँडामा सम्पन्न नियमित खोप तथा विद्यालय केन्द्रित एचपीभी खोप सम्बन्धी सञ्चारकर्मी र सरोकारवालाहरूसँगको बहस तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै निमित्त प्रमुख घिमिरेले मकवानपुरका १० वटै स्थानीय तहमा कक्षा ६ मा अध्ययनरत १० वर्ष उमेर समूहका ४ हजार ४ सय ३ जना किशोरीलाई खोप लगाइने बताउनुभयो । उनका अनुसार, खोप अभियान फागुन १ गतेसम्म विद्यालय…
Read More
हिमाली क्षेत्रमा हिमपात, पहाडी भूभागमा वर्षा हुन सक्ने

हिमाली क्षेत्रमा हिमपात, पहाडी भूभागमा वर्षा हुन सक्ने

मकवानपुर । मौसम आंशिक बदली भएको छ । नेपालमा अहिले पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशको पहाडी तथा हिमाली क्षेत्रमा आज मध्यम हिमपात र छिटपुट पानी पर्न सक्ने सम्भावना रहेको मौसमविद् बिनु महर्जनले जानकारी दिनुभएको छ । लुम्बिनी, बागमती र कोशी प्रदेशका पनि पहाडी तथा हिमाली क्षेत्रका थोरै ठाउँमा हल्का हिमपात र वर्षाको सम्भावना छ । सुदूरपश्चिमदेखि कोशी प्रदेशसम्मका हिमाली र उच्च पहाडी क्षेत्रमा हिमपात र वर्षाको सम्भावना भएकाले सावधानी अपनाउन उहाँको आग्रह छ । साथै बिहान तराईका केही ठाउँमा हुस्सु लागेको छ । आज दिउँसो पनि उच्च पहाडी तथा हिमाली क्षेत्रका केही…
Read More
आज सुनचाँदीको मूल्य बढ्यो

आज सुनचाँदीको मूल्य बढ्यो

मकवानपुर ।  नेपाली बजारमा आज (मंगलबार) सुनचाँदीको मूल्य बढेको छ। गत शुक्रबारदेखि घट्ने क्रममा रहेको सुनको मूल्य यसदिन भने बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९० हजार तीन सय रूपैयाँ पुगेको छ। सोमबार सुन प्रतितोला दुई लाख ८६ हजार ६ सय रूपैयाँमा कारोबार भएको थियो। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला तीन हजार सात सय रूपैयाँ बढेको हो। यस्तै, मंगलबार चाँदीको मूल्य पनि बढेको छ। सोमबार तोलामा पाँच हजार दुई रूपैयाँमा कारोबार भएको चाँदी मंगलबार पाँच हजार तीन सय ३५ रूपैयाँमा कारोबार भइरहेको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला एक सय पाँच ३५…
Read More
ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु

ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु

घनगढी । कैलालीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् । टीकापुर नगरपालिका-७ को प्रतिपुरस्थित हुलाकी सडकखण्डमा मंगलबार बिहान टीकापुरबाटै भजनीतर्फ जाँदै गरेको भे१त ४५५६ नम्बरको सरिया लोड गरेको ट्याक्टर अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा ट्रलीमा सवार भजनी नगरपालिका-७ चर्रा बस्ने २५ वर्षीय कबिर कठरिया गम्भीर घाइते भएका थिए । उनलाई उपचारका लागि टीकापुर अस्पताल लगिएकोमा उपचारकै क्रममा राति चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । दुर्घटनामा सोही ठाउँका ३४ वर्षीय पंकज कठरिया घाइते भएका छन् । उनलाई थप उपचारका लागि नेपालगञ्जस्थित नर्सिङ होममा रिफर गरिएको छ…
Read More
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर

आज यस्तो छ विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४६ रुपैयाँ १३ पैसा र बिक्रीदर १४६ रुपैयाँ ७३ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७३ रुपैयाँ ४१ पैसा र बिक्रीदर १७४ रुपैयाँ १२ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०० रुपैयाँ ३३ पैसा र बिक्रीदर २०१ रुपैयाँ १५ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८८ रुपैयाँ ४५ पैसा र बिक्रीदर १८९ रुपैयाँ २२ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर १०१ रुपैयाँ ७३ पैसा र बिक्रीदर १०२ रुपैयाँ १५ पैसा, क्यानेडियन डलर एकको खरिददर…
Read More
थाहा क्षेत्रमा दुर्लभ वन्यजन्तु पोथी चितुवा मृत फेला

थाहा क्षेत्रमा दुर्लभ वन्यजन्तु पोथी चितुवा मृत फेला

मकवानपुर । मकवानपुरमा एक पोथी चितुवा मृत फेला परेको छ । थाहा नगरपालिका–९ चित्लाङको महालक्ष्मी खोला किनारमा मृत फेला परेको हो । एक सय ७० सेन्टिमिटर लामो सो चितुवा करिब ४ वर्षको भएको अनुमान गरिएको छ । मृत चितुवा ३९ केजी तौलको छ । इलाका प्रहरी कार्यालय चित्लाङका अनुसार मुखबाट रगत बगेको अवस्थामा भेटिएको चितुवाको मृत्युको कारण खुलेको छैन । सो चितुवालाई मार्गिन सामुदायिक वन उपभोक्ता समूह, स्थानीय जनप्रतिनिधि लगायतको रोहवरमा चित्लाङस्थित गोदाम चौरमा व्यवस्थापन गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
Read More
मकवानपुरमा घरको माथिल्लो तलाबाट खसेर वृद्धको मृत्यु

मकवानपुरमा घरको माथिल्लो तलाबाट खसेर वृद्धको मृत्यु

मकवानपुर । माघ १४ गते आफ्नै घरको एक तला माथिबाट लडेका मकवानपुरको बागमती गाउँपालिका–५, लिलावनका ६४ वर्षीय दिलबहादुर घलानको मृत्यु भएको छ । आफ्नै घरको एक तल्लाबाट लडेर घाइते भएका दिलबहादुरलाई उपचारका लागि काठमाडौंस्थित नेपाल मेडिकल कलेज लगिएको थियो । माघ १५ गते दिलबहादुरलाई काठमाडौं मेडिकल कलेज सिनामंगल लगिएको थियो । सोमबार बिहान ५ बजेको समयमा दिलबहादुरको उपचारको क्रममा मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।
Read More
सेयर बजारमा सामान्य सुधार

सेयर बजारमा सामान्य सुधार

काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्से) परिसूचकमा सोमबार सामान्य बढेर बन्द भएको छ । सुरुमा बढेर २७०६ अंकसम्म पुगेको नेप्से त्यसपछि उतारचढाव सहित अन्त्यमा १.५३ अंकले बढेर २६९५.७३ अंकमा पुगेर बन्द भएको हो । आइतबारको तुलनामा नेप्सेमा कारोबार रकम अझै घटेको छ । आइतबार ९ अर्बभन्दा बढी रहेको कारोबार रकम सोमबार घटेर ८ अर्ब २२ करोडमा सीमित भयो । सोमबार नेप्सेमा कारोबार भएका १ सय १४ कम्पनीको सेयर मूल्य बढ्यो भने १ सय ३४ कम्पनीको घटेको छ । १३ कम्पनीको सेयर मूल्यमा भने कुनै हेरफेर भएन । समूहगत परिसूचकमध्ये होटल र पर्यटन १.७७ प्रतिशत बढेको छ भने विकास बैंक ०.७७…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.