Alag Dhar

खेलकुद


Warning: Trying to access array offset on value of type bool in /home/alagdhar/public_html/wp-content/themes/viral-mag/inc/breadcrumbs.php on line 1010
पिएसजीलाई लगातार दोस्रोपटक सुपर कपको उपाधि

पिएसजीलाई लगातार दोस्रोपटक सुपर कपको उपाधि

काठमाण्डौ । पेरिस सेन्ट जर्मेन (पिएसजी) ले एस्टन भिल्लालाई २–१ ले पराजित गर्दै लगातार दोस्रोपटक युइएफए सुपर कपको उपाधि जितेको छ । रेड बुल एरिनामा गएराति भएको फाइनलमा पिएसजीले २० औँ मिनेटमा अग्रता लियो । तर, पहिलो हाफको अन्तिम मिनेटमा एस्टन भिल्लाका १७ वर्षीय ब्रायन माड्जोले गोल गर्दै खेल बराबरीमा ल्याए । पिएसजीका डिजिरे डुएले ६२ औँ मिनेटमा निर्णायक गोल गरे । योसँगै च्याम्पियन्स लिग विजेता पिएसजीले गएको वर्ष जितेको उपाधि रक्षा गरेको छ । उसले गएको वर्ष टोटनहम हटस्परलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै पहिलोपटक सुपर कप जितेको थियो । यो हारसँगै भिल्लाका प्रशिक्षक उनाइ एमरीको सुपर कपको फाइनलमा उपाधि…
Read More
सन्दीप फेरि राष्ट्रिय क्रिकेट टोलीको कप्तानमा नियुक्त

सन्दीप फेरि राष्ट्रिय क्रिकेट टोलीको कप्तानमा नियुक्त

काठमाण्डौ । राष्ट्रिय एकदिवसीय क्रिकेट टोलीको कप्तानमा लेग स्पिनर सन्दीप लामिछाने नियुक्त भएका छन् । नेपाल क्रिकेट संघ (क्यान) ले हिजो रोहित पौडेललाई हटाउँदै सन्दीपलाई ओडीआईको कप्तानमा नियुक्त गरेको हो । क्यानको यो निर्णयले सन्दीप ४ वर्षपछि कप्तानको जिम्मेवारीमा फर्किएका छन् । यसअघि २०७९ मा कप्तान बनेका सन्दीपलाई बलात्कार मुद्दा लागेपछि जिम्मेवारीबाट हटाइएको थियो । सन्दीपले मलेसियामा हुने एसीसी प्रिमियर कपबाट नेपालको कप्तानी सम्हाल्नेछन् । सन्दीप कप्तान रहेको टोलीमा आसिफ शेख, अर्जुन कुमाल, रोहित पौडेल, देव खनाल, दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, बसिर अहमद, इशान पाण्डे, गुल्सन झा, शेर मल्ल, ललित राजवंशी, करण केसी र हेमन्त थामी छन् । यस्तै  “नियमित…
Read More
पुरुष एकदिवसीय क्रिकेट : ५५ वर्षमा ५ हजार खेल पूरा

पुरुष एकदिवसीय क्रिकेट : ५५ वर्षमा ५ हजार खेल पूरा

पुरुष एकदिवसीय क्रिकेटले ५५ वर्षको अवधिमा ५ हजार खेलको कोशेढुङ्गा पार गरेको छ । गएको शुक्रवार डुन्डीमा भएको घरेलु टोली स्कटल्यान्ड र क्यानडाबीचको खेलले ५ हजार खेलको कोशेढुङ्गा पार गरेको हो । सन् १९७१ को जनवरीमा शुरू भएको यो फर्म्याट ५५ वर्षसम्म आइपुग्दा निरन्तर परिमार्जित भइरहेको छ । पुरुष एकदिवसीय क्रिकेटको पहिलो खेल सन् १९७१ को जनवरी महिनामा मेलबर्नमा घरेलु टोली अस्ट्रेलिया र इङ्ग्ल्यान्डबीच भएको थियो । यस्तै १०००औँ खेल १९९५ को मे महिनामा नटिङ्घमा घरेलु टोली इङ्ग्ल्यान्ड र वेस्ट इन्डिजबीच भएको थियो । यसैगरी २०००औँ खेल २००३ को अप्रिल महिनामा यूएईको शारजाहमा पाकिस्तान र जिम्बावे, ३०००औँ खेल २०१० को जुन…
Read More
भिनिसियसले थपे रियाल मड्रिडसँगको यात्रा, सम्झौता नवीकरण

भिनिसियसले थपे रियाल मड्रिडसँगको यात्रा, सम्झौता नवीकरण

काठमाडौं । ब्राजिलियन विंगर भिनिसियस जुनियरले स्पेनिस क्लब रियाल मड्रिडसँगको सम्झौता नवीकरण गरेका छन् । रियालले विज्ञप्तिमार्फत भिनिसियसँग थप ६ वर्षको सम्झौता भएको जानकारी दिएको हो । नयाँ सम्झौताअनुसार जुनियर सन् २०३२ को जुनसम्म रियालमै रहनेछन् । उनी सोमबार प्रि–सिजन प्रशिक्षण र स्वास्थ्य परीक्षणका लागि क्लबमा फर्किएका थिए । भिनिसियस सन् २०१८ मा ब्राजिलियन क्लब फ्लेमिन्गोबाट रियालमा अनुबन्ध भएका थिए । रियालबाट उनले आठ सिजनमा ३७५ खेल खेल्दा १२८ गोल गरेका छन् । उनले क्लबबाट १४ ट्रफी पनि जितेका छन् ।
Read More
विश्वकप क्रिकेट लिग–२ मा नेपालको लगातार तेस्रो हार : नामिवियासँग ३ रनले पराजित

विश्वकप क्रिकेट लिग–२ मा नेपालको लगातार तेस्रो हार : नामिवियासँग ३ रनले पराजित

काठमाण्डौ । आईसीसी विश्वकप क्रिकेट लिग–२ मा नेपालले लगातार तेस्रो खेल हारेको छ । नेदरल्यान्ड्समा चलिरहेको शृङ्खलाअन्तर्गत गएराति सम्पन्न खेलमा नेपाल नामिवियासँग ३ रनले पराजित भएको हो । २१२ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै २०८ रनमात्र बनाउन सक्यो । नेपालका लागि आसिफ शेखले ४५ रन, कप्तान रोहित पौडेलले ४१, आरिफ शेखले ३८, कुशल भुर्तेलले ३४ तथा गुल्शन झाले अविजित १९ रन बनाए । नामिवियाका लागि ज्याक ब्रासेलले ३ विकेट लिए भने रुबेन ट्रम्पलमनले २ विकेट लिए । त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको नामिवियाले ५० ओभरमा ७ विकेट गुमाउँदै २११ रन बनाएको थियो ।  जान…
Read More
२० औँ एसियाली खेलकुदको पुरुष क्रिकेटतर्फ नेपालले अफगानिस्तान र जापानसँग खेल्ने

२० औँ एसियाली खेलकुदको पुरुष क्रिकेटतर्फ नेपालले अफगानिस्तान र जापानसँग खेल्ने

काठमाण्डौं । आउँदो असोजमा जापानमा हुने २० औँ एसियाली खेलकुदको पुरुष क्रिकेटको समूह चरणमा नेपालले अफगानिस्तान र जापानको सामना गर्ने भएको छ । हिजो सार्वजनिक समूह विभाजनअनुसार नेपाल समूह ‘ए’मा परेको हो । समूह ‘बी’मा हङकङ, मलेसिया र ओमान छन् । हरेक समूहका शीर्ष दुई टोलीले क्वार्टरफाइनलमा स्थान पक्का गर्नेछन् । भारत, पाकिस्तान, श्रीलंका र बंगालदेशले सिधै क्वार्टरफाइनलमा प्रतिस्पर्धा गर्नेछन् । नेपाल छनोटका च्याम्पियनका हैसियतले एसियाली खेलकुदमा सहभागिता जनाउँदै छ । गएको महिना सिंगापुरमा सम्पन्न छनोटको फाइनलमा नेपालले हङकङलाई पराजित गरेको थियो । नेपालले पहिलोपटक एसिया खेलकुदको क्रिकेटमा सहभागिता जनाउँदै छ । छनोट चरण पार गर्न नसक्दा नेपाली महिला क्रिकेट…
Read More
विश्वकप फाइनलपछिको घटनाबारे अर्जेन्टिनामाथि अनुसन्धान शुरू

विश्वकप फाइनलपछिको घटनाबारे अर्जेन्टिनामाथि अनुसन्धान शुरू

काठमाण्डौं । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले विश्वकप फाइनलपछिको घटनाबारे अर्जेन्टिनामाथि अनुसन्धान शुरू गरेको छ । फिफाको अनुशासन समितिले अमेरिकाको मेटलाइफ रङ्गशालामा फाइनल खेल सकिएपछि के भएको थियो भन्नेबारे छानबिन गर्न अनुशासन तथा आचारसंहितासम्बन्धी अभियोजक नियुक्त गरेको छ । झडपमा संलग्न कुनै पनि खेलाडी वा प्रशिक्षक निलम्बनमा पर्न सक्छन्, साथै अर्जेन्टिनी फुटबल सङ्घ ९एएफए० लाई पनि जरिवाना हुन सक्छ । अस्ति आइतवार बिहान १–० ले हार बेहोरेपछि अर्जेन्टिनाको टोलीका सदस्य तथा सहायक कर्मचारीहरू र स्पेनका खेलाडीहरूबीच भनाभन भएको थियो । त्यस बेला स्पेनका खेलाडीहरू आफ्नो विश्वकप सफलताको खुशी मनाउँदै थिए । फिफाले जनाएअनुसार शुरूमा स्पेनका एरिक गार्सियालाई घाँटीमा समाएर धकेलेपछि…
Read More
आज विश्वकप फाइनल: उपाधिका लागि अर्जेन्टिना र स्पेन आमनेसामने

आज विश्वकप फाइनल: उपाधिका लागि अर्जेन्टिना र स्पेन आमनेसामने

काठमाडौं । फिफा विश्वकप फुटबल सन् २०२६ को उपाधिका लागि आज राति युरोपियन च्याम्पियन स्पेन र साबिक उपाधि विजेता अर्जेन्टिनाबीच खेल हुँदैछ । अमेरिकाको मेटलाइफ स्टेडियममा खेल नेपाली समयअनुसार राति पौने १ बजे शुरु हुनेछ । प्रतियोगिताभर अर्जेन्टिनाले सर्वाधिक १९ गोल गरेको छ भने स्पेनले जम्मा एक गोल मात्र बेहोरेको छ । ३९ दिनसम्म चलेको विश्वकपको अन्तिम खेलमा अर्जेन्टिनाको आक्रामक शैली र स्पेनको उत्कृष्ट रक्षापङ्क्तिबीच कडा प्रतिस्पर्धा हुने अपेक्षा गरिएको छ । यो विश्वकपको फाइनलमा १९ वर्षीय युवा स्टार लामिन यामाल र ३९ वर्षीय स्टार लियोनेल मेस्सीबीचको प्रतिस्पर्धाले पनि खेललाई थप विशेष बनाएको छ । अर्जेन्टिनाका कप्तान मेसी आठ गोल…
Read More
इंग्ल्यान्ड विश्वकपमा तेस्रो, एमबाप्पे गोल्डेन बुटको दौडमा शीर्षस्थानमा

इंग्ल्यान्ड विश्वकपमा तेस्रो, एमबाप्पे गोल्डेन बुटको दौडमा शीर्षस्थानमा

काठमाण्डौं । फिफा विश्वकप फुटबल २०२६ मा फ्रान्सलाई हराउँदै इंग्ल्यान्ड तेस्रो बनेको छ । अमेरिकाको मियामी रङ्गशालामा आज बिहान भएको खेलमा इंग्ल्यान्डले फ्रान्सलाई ६–४ गोलले हराउँदै तेस्रो स्थान हासिल गरेको हो । इंग्ल्यान्डले खेलको शुरुआतदेखि नै आक्रामक प्रदर्शन गर्दै पहिलो हाफमै ४–० को अग्रता बनाएको थियो । खेलको तेस्रो मिनेटमा डेक्लान राइसले गोल गर्दै इंग्ल्यान्डलाई अग्रता दिलाए । त्यसपछि १८औँ मिनेटमा एज्री कोन्शाले गोल थपे । बुकायो शाकाले ३७औँ मिनेट, पहिलो हाफको इन्जुरी समय र ८७औँ मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे । अन्तिम इन्जुरी समयमा जुड बेलिङ्घमले अर्को गोल थप्दै इंग्ल्यान्डको जीत सुनिश्चित गरे । शाकाको यो ह्याट्रिकसँगै उनी विश्वकपको…
Read More
इंग्ल्यान्डलाई हराउँदै अर्जेन्टिना विश्वकप फुटबलको फाइनलमा, उपाधिका लागि स्पेनसँग खेल्ने

इंग्ल्यान्डलाई हराउँदै अर्जेन्टिना विश्वकप फुटबलको फाइनलमा, उपाधिका लागि स्पेनसँग खेल्ने

काठमाण्डौं । विश्वकप फुटबलको दोस्रो सेमिफाइनलमा साबिक विजेता अर्जेन्टिनाले अन्तिम क्षणमा उत्कृष्ट पुनरागमन गर्दै इंग्ल्यान्डलाई २–१ गोलले हराएको छ । अमेरिकाको एटलान्टा रङ्गशालामा भएको खेलमा एक गोलले पछि परेको अवस्था उल्ट्याउँदै अर्जेन्टिना लगातार दोस्रो पटक विश्वकपको फाइनलमा पुगेको हो । खेलको पहिलो हाफ निकै तनावपूर्ण रह्यो । दुवै टोलीले कडा ट्याकल र आक्रामक खेल्दा रेफ्रीले खेल नियन्त्रण गर्न निकै मेहनत गर्नु परेको थियो । दोस्रो हाफ शुरु भएपछि खेलको गति फेरियो । ५५औँ मिनेटमा मोर्गन रोजर्सको आकर्षक क्रसमा एन्थोनी गोर्डनले गोल गर्दै इंग्ल्यान्डलाई अग्रता दिलाए । त्यसपछि इंग्ल्यान्डले रक्षात्मक रणनीति अपनाउँदै अग्रता जोगाउने प्रयास ग¥यो । तर अर्जेन्टिनाले लगातार दबाब…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.