Alag Dhar

खेलकुद


Warning: Trying to access array offset on value of type bool in /home/alagdhar/public_html/wp-content/themes/viral-mag/inc/breadcrumbs.php on line 1010
पोर्चुगल र डीआर कंगोबीच १–१ को बराबरी

पोर्चुगल र डीआर कंगोबीच १–१ को बराबरी

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत आफ्नो पहिलो खेलमा पोर्चुगल डिआर कंगो सँग १-१ को बराबरीमा रोकिएको छ । अमेरिकाको ह्युस्टन स्टेडियममा भएकव समुह के को खेलमा पोर्चुगलले सुरुवातमै अग्रता लिएपनि जोगाउन नसक्दा कंगोसँग अंक बाँड्न बाध्य भयो । पोर्चुगलका जोआओ नेभेसले लागि छैटौं मिनेटमै गोल गर्दै अग्रता दिलाएका थिए । उनले पेड्रो नेटोको क्रस हेड मार्फत गोल गरेका हुन् । तर ५२ वर्षपछि विश्वकपमा पुनरागमन गरेको डिआर कंगोलेपहिलो हाफमै बराबरी गोल फर्कायो । कंगोका योहान विसाले पहिलो हाफको इन्जुरी टाइमको चौथो मिनेटमा बराबरी गोल गरेका थिए । फिफा विश्वकप इतिहासमा कंगोको यो पहिलो गोल र पहिलो अंक समेत हो ।…
Read More
आजदेखि तेस्रो बागमती प्रदेश खेलकुद

आजदेखि तेस्रो बागमती प्रदेश खेलकुद

हेटौंडा । तेस्रो बागमती प्रदेश खेलकुद प्रतियोगिता-२०८३ आजदेखि सुरु हुँदैछ । हेटौंडा उपमहानगरपालिका-६ स्थित केन्द्रीय खेलकुद प्रतिष्ठान गौरीटारमा प्रदेश खेलकुद विकास परिषद्को आयोजनामा हुने प्रतियोगिताको उद्घाटन हुन लागेको हो । यसअघि २४ जेठबाट सुरु गर्ने भनिएको प्रतियोगिता आन्तरिक तयारीका कारण असार पहिलो हप्तालाई स्थानान्तरण गरिएको परिषद्ले जनाएको छ । प्रतियोगिताअन्तर्गत् एथलेटिक्स विद्याका खेलहरु भने १ असारबाटै हेटौंडाको पिप्ले–क्याम्पा रङ्गशालामा सुरु भइसकेको परिषद्का सदस्य सचिव दीपक लामाले जानकारी दिए । लामाका अनुसार प्रतियोगितामा बागमती प्रदेशका १३ वटै जिल्लाबाट खेलाडी, प्रशिक्षक, निर्णायक र अफिसियलको सहभागिता रहनेछ । प्रतियोगितामा करिब तीन हजार अर्थात २ हजार ९ सय ५५ खेलाडी र १ हजार २…
Read More
मेसीको ह्याट्रिक गोलमा अर्जेन्टिना विजयी :  विश्वकपमा सर्वाधिक गोलको कीर्तिमान बराबर

मेसीको ह्याट्रिक गोलमा अर्जेन्टिना विजयी : विश्वकपमा सर्वाधिक गोलको कीर्तिमान बराबर

काठमाण्डौं । विश्वकप फुटबलमा साबिक विजेता अर्जेन्टिनाले मेसीको ह्याट्रिक गोलमा अल्जेरियालाई हराएको छ । यो खेलमा अर्जेन्टिनाका कप्तान लियोनल मेसीले तीन गोल गरे । अमेरिकाको कान्सास सिटी स्टेडियममा उनले खेलको १७औँ, ६०औँ र ७६औँ मिनेटमा गोल गरेका हुन् । विश्वकप फुटबलमा मेसीको यो १६औँ गोल पनि हो । मेसीले विश्वकपमा सर्वाधिक गोल गर्ने जर्मनीका पूर्वस्ट्राइकर मिरोस्लाभ क्लोजसँग बराबरी गरेका छन् । क्लोजले १६ गोल गरेका थिए । मेसी र क्लोजपछि फ्रान्सका एम्बाप्पेले १४ गोल गर्दै पछ्याइरहेका छन् । आजको खेलको शुरुआतमै अर्जेन्टिनाका मेसी र अल्जेरियाका फारेस चाइबीको प्रहारले पोस्टको दिशा लिए पनि त्यसले मान्यता पाएन । साबिक विजेता अर्जेन्टिनाले यो…
Read More
तेस्रो बागमती खेलकुद : पुरुष क्रिकेटमा मकवानपुर सेमिफाइनल प्रवेश

तेस्रो बागमती खेलकुद : पुरुष क्रिकेटमा मकवानपुर सेमिफाइनल प्रवेश

हेटौँडा । बागमती खेलकुद विकास परिषद्को आयोजनामा जारी तेस्रो बागमती खेलकुद प्रतियोगिता अन्तर्गत मकवानपुर पुरुष क्रिकेट टोलीले सेमिफाइनलमा प्रवेश गरेको छ । मंगलबार भएको खेलमा धादिङलाई पराजित गर्दै मकवानपुर प्रतियोगिताको अघिल्लो चरणमा प्रवेश गरेको हो । हेटौँडास्थित गौरीटार रंगशालाको क्रिकेट मैदानमा मंगलबार बिहान भएको खेलमा टस हारेर पहिले व्याटिङको निम्तो पाएको मकवानपुरले २० ओभरमा ३ विकेट गुमाएर २२१ रन बनाएको थियो । मकवानपुरका गोकुल अधिकारी २९ रन र कप्तान शुभ कंसाकार २३ रन बनाएर आउट भए । गौरभ खड्का ७८ रनमा र सुमन सुनार ६५ रनमा अविजित रहे । धादिङका रुपेश भुजेलले २ विकेट र श्याम त्रिपाठीले १ विकेट लिए…
Read More
विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

काठमाण्डौं । फिफा विश्वकप फुटबलमा उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेल्दै अङ्क बाँडेका छन् । साउदी अरबले खेलको पहिलो हाफको ४१ औँ मिनेटमा अद्दुलेलाह अल अमिरीको गोलबाट अग्रता बनाएको थियो तर जोगाउन सकेन । मियामी रङ्गशालामा उरुग्वेले दोस्रो हाफमा गोल फर्कायो । उसले खेलको ८० औँ मिनेटमा गोल गरेपछि खेल १–१ को बराबरीमा सकिएको छ । उरुग्वेका लागि म्याक्सिमिलिनो अरुजोले गोल गरेका हुन् । दुवै टोलीले एक/एक अङ्क बाँडेका छन् । यस्तै स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेल्दै अङ्क बाँडेका छन् । समूह ‘एच’ अन्तर्गत अमेरिकाको एटलान्टामा गए…
Read More
विश्वकप फुटबलमा इरान र न्युजिल्यान्डले २–२ गोलको बराबरी खेले

विश्वकप फुटबलमा इरान र न्युजिल्यान्डले २–२ गोलको बराबरी खेले

काठमाडौं । दुईपटकको अग्रता जोगाउन नसक्दा न्यूजिल्यान्ड फिफा विश्वकप–२०२६ मा आफ्नो पहिलो खेलमा इराकसँग बराबरीमा रोकिएको छ । अमेरिकाको क्यार्लिफोर्नियास्थित लस एन्जलस स्टेडियममा मंगलबार बिहान भएको खेलमा न्यूजिल्यान्ड र इरान २–२ को बराबरीमा रोकिएका हुन् ।
Read More
विश्वकप फुटबलमा स्वीडेनले ट्युनिसियालाई ५–१ गोलले हरायो

विश्वकप फुटबलमा स्वीडेनले ट्युनिसियालाई ५–१ गोलले हरायो

काठमाडौं । फिफा विश्वकप फुटबल अन्तर्गत समूह एफको खेलमा स्वीडेनले ट्युनिसियालाई ५–१ गोलले हराउँदै विजयी शुरुवात गरेको छ । मेक्सिकोमा केहीबेरअघि सम्पन्न खेलमा स्वीडेनका यासिन अयारीले २ तथा अलेज्यान्डर इसाक, भिक्टर ग्योकेरेस र माथिएस स्भानवर्गले १–१ गोल गरे । ट्युनिसियाका ओमार रेकिकले १ गोल गरे । जितपछि स्वीडेनले ३ अंक जोडेको छ । यसै समूहको पहिलो खेलमा नेदरल्यान्ड्स र जापानले २–२ को बराबरी खेल्दै अंक बाँडेका थिए । नेदरल्यान्ड्सले र जापानले समान १ अंक जोडेको छ भने ट्युनिसिया अंकविहीन छ ।
Read More
विश्वकप फुटबलमा दक्षिण कोरियाले चेकियालाई २–१ गोल अन्तरले हरायो

विश्वकप फुटबलमा दक्षिण कोरियाले चेकियालाई २–१ गोल अन्तरले हरायो

काठमाण्डौं । फिफा विश्वकप फुटबल २०२६ अन्तर्गत समूह ‘ए’ को दोस्रो खेलमा दक्षिण कोरियाले चेक रिपब्लिकलाई २–१ गोल अन्तरले पराजित गरेको छ । मेक्सिकोको ग्वादालाहारा रङ्गशालामा सम्पन्न खेलमा दक्षिण कोरियाले उत्कृष्ट प्रदर्शन गर्दै महत्त्वपूर्ण तीन अङ्क हात पारेको हो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । खेलको ५६औँ मिनेटमा चेकियाका कप्तान लेडिस्क्लाभ क्रेज्कीले हेडर मार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । दक्षिण कोरियाका ह्वाङ इबोनले ६७औँ मिनेटमा गोल गर्दै खेललाई बराबरीमा ल्याए । ८०औँ मिनेटमा ओ हेन्युले गोल गर्दै दक्षिण कोरियाको जीत सुनिश्चित गरे । खेलभर चेक रिपब्लिकले केही राम्रो अवसर सिर्जना गरे पनि त्यसलाई गोलमा परिणत गर्न नसक्दा…
Read More
विश्वकप फुटबलमा मेक्सिकोको विजयी सुरुआत, उद्घाटन खेलमै ३ खेलाडीले पाए रातो कार्ड

विश्वकप फुटबलमा मेक्सिकोको विजयी सुरुआत, उद्घाटन खेलमै ३ खेलाडीले पाए रातो कार्ड

काठमाण्डौं । फिफा विश्वकप २०२६ को उद्घाटन खेलमा आयोजक मेक्सिकोले दक्षिण अफ्रिकालाई २–० गोलले पराजित गरेको छ । मेक्सिको सिटी रङ्गशालामा आज बिहान सम्पन्न समूह ‘ए’ को खेलमा जुलियन क्विन्योनेस र राउल हिमेनेजले गोल गरे । खेलको नवौँ मिनेटमा जुलियन क्विन्योनेसले पहिलो गोल गरेका थिए । खेलको ६० औँ मिनेटमा राउल हिमेनेजलाई फल गरेपछि दक्षिण अफ्रिकाका याया सिथोले सिधै रातो कार्ड पाउँदै मैदानबाट बाहिरिए । त्यसपछि १० खेलाडीमा सीमित बनेको दक्षिण अफ्रिकाविरुद्ध खेलको ६७ औँ मिनेटमा मेक्सिकोका राउल हिमेनेजले हेडमार्फत गोल गर्दै अग्रता दोब्बर बनाए । खेलको अन्त्यतिर तनावपूर्ण अवस्था देखिएको थियो । खेलको ८४औ मिनेटमा दक्षिण अफ्रिकाका थेम्बा ज्वानेले…
Read More
फिफा विश्वकप आज मध्यरातिदेखि शुरु हुँदै

फिफा विश्वकप आज मध्यरातिदेखि शुरु हुँदै

काठमाण्डौं । फुटबलको इतिहासमै पहिलो पटक तीन देश अमेरिका, मेक्सिको र क्यानडा आयोजक रहेको फिफा विश्वकप २०२६ आज मध्यरातिदेखि शुरु हुँदैछ । विश्व फुटबलको महाकुम्भको पहिलो दिन दुई खेल हुँदैछन् । उद्घाटन खेलमा आयोजक मेक्सिकोले दक्षिण अफ्रिकासँग प्रतिस्पर्धा गर्नेछ । पहिलो दिनको दोस्रो खेल दक्षिण कोरिया र चेक गणतन्त्रबीच हुनेछ । यससँगै ४८ देश सहभागी विश्वकपको प्रतिस्पर्धा शुरु हुनेछ । यस पटकको विश्वकप इतिहासमै सबैभन्दा ठूलो संस्करण हो । तीनवटा देशको १६ शहरमा खेलाइने प्रतियोगिता ३९ दिनसम्म चल्नेछ । कुल १०४ खेल हुनेछन् । फिफाका अनुसार प्रतियोगिताका लागि १ हजार २४८ खेलाडी छनोट भएका छन् । तीमध्ये ८९१ खेलाडी पहिलो…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.