Alag Dhar

समाचार


Warning: Trying to access array offset on value of type bool in /home/alagdhar/public_html/wp-content/themes/viral-mag/inc/breadcrumbs.php on line 1010
चिनियाँ कम्पनी बाइटडान्सले अमेरिकी टिकटक व्यवसायको ठूलो हिस्सा बेच्ने

चिनियाँ कम्पनी बाइटडान्सले अमेरिकी टिकटक व्यवसायको ठूलो हिस्सा बेच्ने

मकवानपुर । चिनियाँ कम्पनी बाइटडान्सले अमेरिकी टिकटक व्यवसायको ठूलो हिस्सा बेच्ने तयारी गरेको छ । टिकटकका प्रमुख शू जि चियूका अनुसार, आधा हिस्सा ओरेकल, सिल्वर लेक र एमजीएक्स लगायतका लगानीकर्ताले राख्नेछन् । सम्झौता अबको एक महिना अर्थात आउँदो जनवरी २२ मा सम्पन्न हुने बीबीसीले जनाएको छ । बाइटडान्सले अमेरिकी व्यवसायमा १९ दशमलव ९ प्रतिशत हिस्सा कायम राख्नेछ भने ओरेकल, सिल्वर लेक र एमजीएक्सले प्रत्येक १५ प्रतिशत हिस्सा राख्नेछन् । बाँकी ३० दशमलव १ प्रतिशत हिस्सा बाइटडान्सका अन्य लगानीकर्ताले राख्नेछन् । यस सम्झौताअन्तर्गत, ओरेकलले टिकटकको सिफारिस प्रणालीको लाइसेन्स पनि पाउनेछ । यो कदमले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले १ वर्ष अघि सन्…
Read More
इक्वेडरका फुटबलर मारियो पिनेइडाको गोली हानी हत्या

इक्वेडरका फुटबलर मारियो पिनेइडाको गोली हानी हत्या

मकवानपुर । इक्वेडरका फुटबलर मारियो पिनेइडाको गोली हानी हत्या भएको छ । मोटरसाइकलमा आएर दुई व्यक्तिले ३३ वर्षीय फुटबलर पिनेइटा, उनकी आमा र ग्वायाकिल शहरको उत्तरमा रहेको एक महिलामाथि गोली प्रहार गरेका स्थानीय सञ्चारमाध्यमलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । इक्वेडरको आन्तरिक मन्त्रालयले घटनाको अनुसन्धान गर्न विशेष प्रहरी एकाइ पठाएको बताएको छ । पिनेडाले आफ्नो व्यावसायिक करियर इन्डिपेन्डेन्टे डेल भ्यालेबाट शुरू गरेका थिए, त्यहाँ उनले सन् २०१० देखि २०१५ सम्म खेलेका थिए । त्यसपछि उनी सन् २०१६ मा तटीय शहर ग्वायाकिलको क्लबमा सरे र त्यहाँ दुई लिग उपाधि जितेका थिए । पिनेडाले सन् २०२२ मा ब्राजिलको फ्लुमिनेन्सबाट पनि खेलेका थिए…
Read More
एमालेको नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै

एमालेको नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै

मकवानपुर । नेकपा एमालेको ११औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक शुक्रबार बस्दैछ। बैठक दिउँसो १ बजे काठमाडौंको बबरमहलस्थित कार्की ब्याङ्केटमाबस्ने तय भएको छ। बैठकले पार्टीको आगामी कार्ययोजना, पोलिटब्यूरो तथा स्थायी कमिटी गठन लगायतका सांगठनिक विषयमा छलफल गर्ने पार्टीका एक नेताले जानकारी दिए। बिहीबार सम्पन्न महाधिवेशनले केपी शर्मा ओलीको अध्यक्षतामा ३०१ सदस्यीय नयाँ केन्द्रीय कमिटी चयन गरेको छ। नवनिर्वाचित पदाधिकारी र सदस्यहरूले बिहीबार नै शपथ लिईसकेका छन्।
Read More
आज रवि लामिछाने  थुनामुक्त हुने

आज रवि लामिछाने थुनामुक्त हुने

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई आज थुनामुक्त गर्ने तयारी छ । तुलसीपुर उच्च अदालत बुटवलले हिजो थुनामुक्त गर्न आदेश दिए पनि लामिछाने रूपन्देही जिल्ला अदालतमा स्वयं उपस्थित भएर कागज गर्नुपर्ने भएकाले आज मात्रै थुनामुक्त गर्न लागिएको हो । लामिछानेलाई तुलसीपुर उच्च अदालत बुटवल इजलासका न्यायाधीश वासुदेव आचार्य र तेजनारायण पौडेलको इजलासले जिल्ला अदालतको साउन २६ को आदेश बदर गर्दै बिगोबराबरको बैंक जमानत लिएर सर्तसहित थुनामुक्त गर्न आदेश दिएको छ । उच्च अदालतको आदेशको सक्कल मिसिल आज रूपन्देही जिल्ला अदालत भैरहवा पुगेपछि थुनामुक्त गर्ने प्रक्रिया शुरू हुनेछ । अदालतले उच्चको आदेशबमोजिमको बिगोको ग्यारेन्टी र पछि अदालतबाट फैसला हुँदा…
Read More
एमालेको केन्द्रिय कमिटीमा एकालाल श्रेष्ठको इन्ट्री’

एमालेको केन्द्रिय कमिटीमा एकालाल श्रेष्ठको इन्ट्री’

हेटौंडा । नेकपा एमालेको काठमाडौंमा पुस ३ मा सम्पन्न ११औं महाधिवेशनमा केन्द्रीय कमिटीमा मकवानपुरबाट एकालाल श्रेष्ठको इन्ट्री भएको छ । एमालेका अध्यक्ष केपी शर्मा ओलीको तेस्रो कार्यकालमा मकवानपुरका एकालालको पहिलो इन्ट्री भएको हो । समावेशी आदिवासी जनजाती क्लस्टरबाट केन्द्रीय सदस्यमा एकालाल श्रेष्ठ(१५०९ मत) निर्वाचित भए । नेकपा एमाले बागमती प्रदेश कमिटी सदस्य, बागमती प्रदेशको एमाले संसदीय दलको प्रमुख सचेतक समेत रहेका छन् । मकवानपुर निर्वाचन क्षेत्र १(२) बाट निर्वाचित श्रेष्ठ श्रम रोजगार तथा यातायात मन्त्रालय र उर्जा,खानेपानी तथा सिंचाइ मन्त्रालयको जिम्मेवारी समेत कुशल रुपमा निर्वाह गरिसकेका छन् । को हुन् एकालाल श्रेष्ठ ? २०४४ सालदेखि विधिवत रुपमा कम्युनिस्ट राजनीतिमा प्रवेश…
Read More
रवि लामिछानेलाई धरौटीमा रिहा गर्न  आदेश

रवि लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश

काठमाडौँ । रास्वपाका सभापति रवि लामिछानेलाई उच्च अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको छ । सहकारी ठगी र सङ्गठित अपराध अभियोगमा थुनामा रहेका उनलाई उच्च अदालत तुलसीपुरको बुटवल इजलासका न्यायाधीश बाबुदेव आचार्य र तेज नारायण पौडेलको संयुक्त इजलासले बिहीबार धरौटीमा रिहा गर्न आदेश दिएको हो । बुटवलको सुप्रिम सहकारी ठगीको मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेले सहकारीमा अपचलन गरेको आफ्नो भागको बिगो रकम दाखिल गर्दा पनि जिल्ला अदालतका रुपन्देहीका न्यायाधीश नारायण सापकोटाको इजलासले साउन २६ रुपन्देहीले रिहा गर्न अस्वीकार गरेको थियो । जिल्लाको आदेशविरुद्ध लामिछानेले गत भदौ ९ गते उच्च अदालतमा निवेदन दर्ता गराएका थिए ।
Read More
सेयर बजार बढ्यो

सेयर बजार बढ्यो

मकवानपुर । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार १०.६६ अंक घटेको छ । सो कमीसँगै नेप्से परिसूचक २६१५ अंकमा झरेको छ । अघिल्लो दिन २६२५ अंकमा थियो । आज दिनभर बजार रातो रह्यो । कारोबार रकम बढेको छ । अघिल्लो दिन ४ अर्ब ५ करोडको कारोबार भएकोमा आज ४ अर्ब ५७ करोडको भयो । ६३ कम्पनीको मूल्य बढ्दा १९४ को घट्यो भने २ को स्थिर रह्यो । फाइनान्स समूह सबैभन्दा धेरै १.५५ प्रतिशत घट्यो । होटल तथा पर्यटन समूह स्थिर रह्यो । निर्जीवन बीमा ०.२२ तथा व्यापार ०.४८ प्रतिशत बढे । त्यस्तै बैंकिङ ०.२२, विकास बैंक ०.१२, हाइड्रोपावर ०.५५,…
Read More
एमाले महाधिवेशन: मकवानपुरका पाँचै नेता निर्वाचित

एमाले महाधिवेशन: मकवानपुरका पाँचै नेता निर्वाचित

मकवानपुर । नेकपा (एमाले) को एघारौँ महाधिवेशनमा उम्मेदवार बनेका मकवानपुरका पाँचै नेता निर्वाचित भएका छन्। केपी शर्मा आली प्यानलबाट उम्मेदवार बनेका ४ जना केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन्। एमाले केन्द्रीय निर्वाचन आयोगका अनुसार, महेशकुमार बर्तौला, रामेश्वर राना, भारती पाठक र एकालाल श्रेष्ठ विजयी भएका छन्। बर्तौलाले १ हजार ५३९, रानाले १ हजार ४९८, पाठकले १ हजार ९१५ र श्रेष्ठले १ हजार ५०९ मत प्राप्त गरेका छन्। बर्तौला, राना र पाठक केन्द्रीय सदस्यमा दोहोरिएका हुन् भने श्रेष्ठ प्रदेश कमिटीबाट केन्द्रमा फड्को मारेका हुन्। यस्तै, लेखा आयोग सदस्यमा नवीन सिग्देल निर्वाचित भएका छन । उनले १ हजार ६१४ मत प्राप्त गरेका छन्।…
Read More
हेटौंडामा सवारी दुर्घटना हुँदा ७ जना घाइते

हेटौंडामा सवारी दुर्घटना हुँदा ७ जना घाइते

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–९ प्रगति चोकस्थित पूर्व–पश्चिम सडकखण्डमा सवारी दुर्घटना हुँदा सातजना घाइते भएका छन्। हेटौंडा बजारबाट रातोमाटेतर्फ जाँदै गरेको मधेश प्रदेश ०१–००१ ज ०१११ नम्बरको ईभी गाडीले विपरीत दिशाबाट आउँदै गरेको बा.प्र.०३–००६ प ९७५ नम्बरको स्कुटरलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ। सोही क्रममा ईभी गाडीले फेरि विपरीत दिशाबाट हेटौंडातर्फ आउँदै गरेको बा १७ च ४२७२ नम्बरको स्कार्पियो पिकअपलाई समेत ठक्कर दिएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार दुर्घटनामा ईभी गाडी, स्कुटर र स्कार्पियो पिकअप गरी तीनवटै सवारी साधनमा क्षति पुगेको छ। घाइते सबैको अवस्था सामान्य रहेको छ। हेटौंडा अस्पतालमा उपचार गराइरहेकामा ईभी गाडीमा सवार हेटौंडा–४ कर्राकी…
Read More
एमाले महाधिवेशन : सर्वाधिक मत ल्याउने तीन पदाधिकारी

एमाले महाधिवेशन : सर्वाधिक मत ल्याउने तीन पदाधिकारी

मकवानपुर ।  नेकपा (एमाले) को ११ औं महाधिवेशनमा सर्वाधिक मत ल्याएर तीन जना पदाधिकारी निर्वाचित हुनुभएको छ । पहिलो सर्वाधिक मत ल्याएर पृथ्वीसुब्बा गुरुङ निर्वाचित हुनुभएको छ । उहाँले १७३७ मत प्राप्त गर्नुभएको छ । प्रतिशतमा यो ७८ प्रतिशत मत हो । सोहीअनुसार सर्वाधिक दोस्रो बढी मत अध्यक्ष केपी शर्मा ओली १६६३ मत प्राप्त गरी अध्यक्षमा निर्वाचित हुनुभएको छ । उहाँलाई ७५ प्रतिशत मत प्राप्त भएको छ । सचिवमा तेस्रो बढी मत ल्याएर महेश बस्नेत सचिव पदमा निर्वाचित हुनुभएको छ । उहाँलाई १५४४ मत प्राप्त भएको छ । प्रतिशतमा यो ६९.३३ प्रतिशत मत हो ।
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.