Alag Dhar

समाचार


Warning: Trying to access array offset on value of type bool in /home/alagdhar/public_html/wp-content/themes/viral-mag/inc/breadcrumbs.php on line 1010

बाँकेको दुई वटा क्षेत्रमा रास्वपा र एक वटामा एमालेका उम्मेदवार विजयी

हेटौंडा/ बाँकेको तीन वटा निर्वाचन क्षेत्रमध्ये दुई क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी र एउटा क्षेत्रमा नेकपा एमाले विजयी भएको छ । क्षेत्र नम्बर १ र क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी उम्मेदवार विजयी भएका छन् भने क्षेत्र नम्बर २ मा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । क्षेत्र नम्बर १ मा रास्वपाका सुरेश कुमार चौधरी ३२ हजार ७ सय ९२ मतका साथ विजयी हुँदा उहाँका निकटतम् प्रतिद्वन्दी नेपाली कांग्रेसका नारायण प्रसाद गौडेलले १५ हजार ३ सय १ मत प्राप्त गर्नुभयो । तेस्रो स्थानमा रहेका एमालेका सूर्य प्रसाद ढकालले ११ हजार ९५ मत प्राप्त गरेको निर्वाचन अधिकृत सरोजनिधि वाग्लेलेजानकारी दिनुभयो ।…
Read More

मकवानपुरको दुवै क्षेत्रमा रास्वपा अगाडि

हेटौंडा/ प्रतिनिधिसभा निर्वाचन २०८२ अन्तर्गत मकवानपुरका दुवै निर्वाचन क्षेत्रमा मतगणना जारी रहेको छ। हालसम्मको मतगणना परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार दुवै क्षेत्रमा अग्रस्थानमा देखिएका छन्। प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर–१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार प्रकाश गौतमले १९ हजार २३५ मत प्राप्त गर्दै अग्रता लिएका छन्। नेकपा (एमाले) का उम्मेदवार रामेश्वर राना मगरले ३ हजार ९९९ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसकी उम्मेदवार महालक्ष्मी उपाध्याय (डिना) ले ३ हजार ४९५ मत प्राप्त गरेकी छन्। यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार दीपक बहादुर सिंहले २ हजार ३७६ मत प्राप्त गरेका छन् भने नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार विजय गौतमले १ हजार…
Read More

चितवन- २ बाट रवि लामिछाने विजयी

हेटौंडा/ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने चितवन- २ बाट शानदार मतसहित विजयी भएका छन् । लामिछानेले ५४ हजार ४०२ मत प्राप्त गरेर विजयी भएका हुन् । लामिछाने ३९ हजार ८३८ मतान्तरले विजयी बएका छन् । त्यस्तै नेपाली काँग्रेसकी मिना खरेलले १४ हजार ५६४ मत प्राप्त गरेकी छन् भने एमालेका अस्मिन घिमिर ले ६ हजार ९९२ मत प्राप्त गरेका छन् । योसँगै रास्वपाले अहिलेसम्म २० सिटमा जित हासिल गरेको छ भने रास्वपा अझै ९७ स्थानमा अगाडी रहेको छ ।
Read More
काठमाण्डाै–८ मा रास्वपाका विराजभक्त श्रेष्ठ २१ हजारभन्दा धेरै मतान्तरले विजयी

काठमाण्डाै–८ मा रास्वपाका विराजभक्त श्रेष्ठ २१ हजारभन्दा धेरै मतान्तरले विजयी

काठमाण्डौ । प्रतिनिधिसभा सदस्य चुनावमा काठमाण्डौ निर्वाचन क्षेत्र नम्बर ६ बाट राष्ट्रिय प्रजातन्त्र पार्टी (रास्वपा) का विराजभक्त श्रेष्ठ विजयी हुनु भएको छ । निर्वाचन आयोगका अनुसार श्रेष्ठ २१ हजार ३७५ मतान्तरले विजयी हुनुभएको छ । श्रेष्ठले २४ हजार ५९२ मत प्राप्त गर्नुभएको छ । उहाँका प्रतिस्पर्धी नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सुमन सायमीले ३ हजार २१७ मत प्राप्त गर्नुभएको छ । यस्तै नेपाली कांग्रेसकी सपना राजभण्डारीले २ हजार ८३५, नेकपा एमालेका राजेश शाक्यले १ हजार ९०९ मत प्राप्त गर्नुभएको छ ।
Read More
काठमाडौँ–६ मा रास्वपाका उम्मेदवार शिशिर खनाल विजयी

काठमाडौँ–६ मा रास्वपाका उम्मेदवार शिशिर खनाल विजयी

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ६ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार शिशिर खनाल विजयी भएका छन्। शुक्रबारको अन्तिम मतपरिणाम अनुसार ४३ हजार ८६३ मत गणना हुँदा खनालले २७ हजार ७१९ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार सबुज बनियाले ६ हजार ६४७ मत प्राप्त गरेका छन् भने नेकपा (एमाले) का उम्मेदवार अमन मास्केले ४ हजार ३७३ मत पाएका छन्।
Read More
तीन हजार २८३ मत गणना हुन बाँकी रहँदा प्रचण्डले कति मत पाए ?

तीन हजार २८३ मत गणना हुन बाँकी रहँदा प्रचण्डले कति मत पाए ?

काठमाडौँ । रुकुम पूर्वमा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डको विजय निश्चित भएको छ । १९ हजार १०६ मत खसेकोमा प्रचण्डले ८ हजार ७४७ मत सहित अग्रता कायमै रहेका छन् । दोस्रो स्थानमा एमालेका लिलामणि गौतमले तीन हजार १७ मत प्राप्त गरेका छन् । तेस्रोमा कांग्रेसका कुसुमदेवी थापाले दुई हजार ४७७ मत प्राप्त गरेका छन् । निर्वाचन अधिकृतले दिएको जानकारी अनुसार तीन हजार २८३ मत गन्न बाँकी छ । प्रचण्ड र गौतमबिच ५ हजार ७३० रहेको छ ।  
Read More
मकवानपुर–१ मा रास्वपाको सुरुवाती अग्रता

मकवानपुर–१ मा रास्वपाको सुरुवाती अग्रता

हेटौंडा ।प्रतिनिधिसभा निर्वाचन अन्तर्गत मकवानपुर क्षेत्र नम्बर–१ मा रास्वपाका उम्मेदवार प्रकाश गौतमले अग्रता दिनुभएको छ । हाल हेटौंडा–२ स्थित सिद्धार्थ माध्यमिक विद्यालय मतदान केन्द्रको ३ हजार ४४८ मत गणना गर्दा रास्वपाका गौतमले १ हजार ८४७ मत पाएका छन् भने कांग्रेस उम्मेदवार महालक्ष्मी उपाध्याय (डिना)ले ६५४ मत पाउनुभएको छ । एमाले उम्मेदवार रामेश्वर रानाले २८५ मत प्राप्त गर्नुभएको छ । नेकपा उम्मेदवार विजय गौतमले ९५ मत प्राप्त गर्नुभएको छ ।
Read More
मकवानपुर–२ को सुरुवाती मतगणनामा रास्वपा अग्रस्थानमा

मकवानपुर–२ को सुरुवाती मतगणनामा रास्वपा अग्रस्थानमा

हेटौंडा । मकवानपुर प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर–२ को सुरुवाती मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का उम्मेदवार अग्रस्थानमा देखिएका छन्। सुरुवाती मतपरिणाम अनुसार रास्वपाले ११४३ मत प्राप्त गर्दै पहिलो स्थानमा रहेको छ। त्यसैगरी नेकपा एमालेका उम्मेदवार महेश कुमार बतौला ३०० मतसहित दोस्रो स्थानमा रहेका छन्। नेपाली कांग्रेसका उम्मेदवार बुद्ध लामा २७६ मतसहित तेस्रो स्थानमा छन् भने नेकपाका उम्मेदवार लवशेर विष्ट १८४ मतसहित चौथो स्थानमा रहेका छन्।
Read More
इलाम २ मा एमालेका सुहाङको अग्रता

इलाम २ मा एमालेका सुहाङको अग्रता

इलाम । इलाम क्षेत्र नम्बर २ को प्रारम्भिक मतगणना अनुसार नेकपा एमाले र श्रम संस्कृति पार्टीका उम्मेदवारबीच कडा प्रतिस्पर्धा देखिएको छ । एमाले उम्मेदवार सुहाङ नेम्वाङले अग्रता लिएका छन् । सुहाङले ४९१ मत पाउँदा श्रम संस्कृति पार्टीका उम्मेदवार सुदिप राईले ४४३ मत पाएका छन् । नेपाली कांग्रेसका उम्मेदवार भेषराज आचार्यले २१० र रास्वपा उम्मेदवार गोकुल राईले १७१ मत पाएका छन् । नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार ओम गुरुङले ५१ मत पाएका छन् ।
Read More
धादिङ–१ मा रास्वपाकी आशिका तामाङको अग्रता कायम

धादिङ–१ मा रास्वपाकी आशिका तामाङको अग्रता कायम

धादिङ ।  प्रतिनिधिसभा निर्वाचन अन्तर्गत धादिङ क्षेत्र नम्बर–१ मा रास्वपाकी उम्मेदवार आशिका तामाङले अग्रता कायम राखेकी छिन् । तामाङले हालसम्म गणना भएको मतमध्ये ५ हजार ३०९ मत पाएकी छिन् । एमालेका उम्मेदवार भूमि त्रिपाठीले २ हजार ६२४ मत पाएका छन् भने कांग्रेसका उम्मेदवार कृष्ण आचार्यले १ हजार ४५३ मत पाएका छन् । नेकपाका उम्मेदवार राजेन्द्र पाण्डे १ हजार २६५ मत सहित चौथो स्थानमा रहेका छन् ।
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.