२०८३ जेष्ठ २४, आईतवार ०६:२९
२०८३ जेष्ठ २४, आईतवार ०६:२९
काठमाण्डौं । देशका पहाडी र हिमाली क्षेत्रमा अझै केही दिन वर्षाको सम्भावना छ । पहाडी र हिमाली क्षेत्रमा मौसम बदली भई केही दिन पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । तर देशको तराई क्षेत्रमा भने तातो हावा चल्नेछ । तातो हावाले अत्यधिक गर्मी बढ्ने महाशाखाले जनाएको छ । अहिले लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित देशका धेरैजसो हिमाली तथा पहाडी भागमा बदली छ भने तराईमा आंशिक बदली छ । आज कोशी प्रदेशका केही ठाउँ, मधेश, बागमती र गण्डकी प्रदेशको थोरै ठाउँमा मेघगर्जनरचट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । बागमती र गण्डकी प्रदेशमा अबका केही दिन मध्यम वर्षा हुने अनुमान…