Alag Dhar

समाचार


Warning: Trying to access array offset on value of type bool in /home/alagdhar/public_html/wp-content/themes/viral-mag/inc/breadcrumbs.php on line 1010
आज आठौँ राष्ट्रिय महिला अधिकार दिवस मनाइँदै

आज आठौँ राष्ट्रिय महिला अधिकार दिवस मनाइँदै

काठमाण्डौं । आज आठौँ राष्ट्रिय महिला अधिकार दिवस मनाईंदैछ । २०६३ साल जेठ १६ गते तत्कालीन पुनर्स्थापित प्रतिनिधिसभाले महिला अधिकार सम्बन्धी ऐतिहासिक चार वटा विशेष प्रस्ताव पारित गरेको दिनको स्मरणमा यो दिवस मनाउने गरिन्छ । यस वर्ष ‘महिला अधिकारको सम्मान, आत्मनिर्भरता र समृद्धिको अभियान’ नाराका साथ दिवस मनाउन लागिएको हो । दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले महिलाको क्षमता, सृजनशीलता र नेतृत्वलाई देश निर्माणको मुख्य आधारका रूपमा स्थापित गरी समृद्धि तथा दिगो विकास हासिल गर्नु आजको आवश्यकता रहेको उल्लेख गर्नुभएको छ । लैङ्गिक समानता कायम गर्न विगतमा भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रयासलाई यो दिवसले अझ सम्मान र पहिचानका…
Read More
महिला अधिकारको प्रभावकारी कार्यान्वयनमा सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री शाह

महिला अधिकारको प्रभावकारी कार्यान्वयनमा सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री शाह

काठमाण्डौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले महिला अधिकार, लैङ्गिक समानता र महिला सशक्तीकरणलाई व्यावहारिक रूपमा कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । आठौँ राष्ट्रिय महिला अधिकार दिवसको अवसरमा दिनुभएको शुभकामना सन्देशमा उहाँले नेपालको संविधानले महिलाको हकलाई मौलिक हकका रूपमा सुनिश्चित गर्दै राज्यका सबै निकायमा समानुपातिक तथा समावेशी प्रतिनिधित्व र अर्थपूर्ण सहभागिताको प्रत्याभूति गरेको उल्लेख गर्नुभएको छ । प्रधानमन्त्री शाहले बालविवाह, छाउपडी, दाइजो तथा तिलकलगायतका कुप्रथा तथा लैङ्गिक, घरेलु र डिजिटल हिंसाको अन्त्यका लागि कानुनी व्यवस्थासँगै सामाजिक चेतना अभिवृद्धि आवश्यक रहेको बताउनुभएको छ । महिला अधिकारको संरक्षण र प्रवर्द्धनका लागि राज्य, समुदाय तथा सरोकारवाला सबै पक्षको सक्रिय सहकार्य आवश्यक…
Read More
अछाममा जीप दुर्घटना हुँदा दुई जनाको ज्यान गयो

अछाममा जीप दुर्घटना हुँदा दुई जनाको ज्यान गयो

काठमाण्डौं । अछामको पञ्चदेवल विनायक नगरपालिका–४ थापामोड मध्य पहाडी राजमार्गमा गएराति भएको जीप दुर्घटनामा दुई जनाको ज्यान गएको छ । तीन जना घाइते भएका छन् । दुर्घटनामा घाइते भएका मकवानपुरको हेटौँडा उपमहानगर बस्ने ४१ वर्षीय नवीन तुलाधर र बर्दिया बाँसघारी नगरपालिका–५ बस्ने ४५ वर्षीय रामप्रकाश थारुको उपचारका क्रममा प्रादेशिक अस्पताल सुर्खेतमा ज्यान गएको अछाम प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिनुभयो । उहाँका अनुसार घाइते सिराहा कल्याणपुर नगरपालिका–१० का सन्तकुमार साह, स्याङ्जा फेदीखोला गाउँपालिका–४ का अर्जुनकुमार पौडेल र जीपका चालक नेपालगञ्ज उपमहानगरपालिका–५ बस्ने राज राजेन्द्र भिमराज चट्टान गुप्ताको उपचार भइरहेको छ ।
Read More
इरानसँग सम्झौता गर्ने वा नगर्ने अन्तिम निर्णय अब हुने अमेरिकी राष्ट्रपति ट्रम्पको भनाइ

इरानसँग सम्झौता गर्ने वा नगर्ने अन्तिम निर्णय अब हुने अमेरिकी राष्ट्रपति ट्रम्पको भनाइ

काठमाण्डौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग शान्ति सम्झौता गर्ने वा नगर्ने भन्ने विषयमा अब आफूले ‘अन्तिम’ निर्णय गर्ने बताउनुभएको छ । ट्रम्पले सामाजिक सञ्जालमार्फत इरान कहिल्यै पनि आणविक हतियार नराख्न, इन्धन तथा अन्य सामान ढुवानीका लागि हर्मुज जलमार्ग खोल्न सहमत हुनुपर्ने शर्त उल्लेख गर्नुभएको छ । इरानका विदेशमन्त्री अब्बास अराघचीले युद्धविरामका लागि ‘अमेरिकी अत्यधिक’ माग के हुने भन्ने विषयले अन्त्यमा सम्झौता हुने वा नहुने भन्ने निर्भर रहने बताएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । इरानका उच्च कूटनीतिज्ञ अराघचीले आफ्ना ओमानी समकक्षीलाई मध्यपूर्व युद्ध अन्त्यका लागि अमेरिकासँग सम्झौताका लागि उसले आफ्नो ‘अत्यधिक माग’ त्यागेमा मात्र सम्भव रहेको बताउनुभएको छ ।…
Read More
ब्लू ओरिजिनको रकेट परीक्षणमै विस्फोट

ब्लू ओरिजिनको रकेट परीक्षणमै विस्फोट

केप क्यानाभेरल । अमेरिकी अर्बपति जेफ बेजोसको स्वामित्वमा रहेको अन्तरिक्ष कम्पनी ब्लू ओरिजिनलाई फेरि ठुलो धक्का लागेको छ । कम्पनीको महत्त्वाकांक्षी ‘न्यू ग्लेन’ रकेट फ्लोरिडास्थित केप क्यानाभेरलको लन्च प्याडमा बिहीबार परीक्षणका क्रममा विस्फोट भएको छ । घटनामा कुनै मानवीय क्षति नभएको बताइएको भए पनि यसले कम्पनीको अन्तरिक्ष कार्यक्रममाथि नयाँ प्रश्न खडा गरेको छ । कम्पनीका अनुसार ‘हटफायर’ परीक्षणका क्रममा अप्रत्याशित समस्या उत्पन्न भएको थियो । एक्समार्फत जारी संक्षिप्त वक्तव्यमा कम्पनीले सबै कर्मचारी सुरक्षित रहेको जनाएको छ । सामाजिक सञ्जालमा सार्वजनिक भएका भिडियोमा करिब ९८ मिटर अग्लो न्यू ग्लेन रकेटको तल्लो भागबाट बाक्लो धुवाँ निस्किएको र केही क्षणमै विशाल आगोको मुस्लोमा…
Read More
सरकारले आज आउँदो आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै

सरकारले आज आउँदो आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै

काठमाण्डौं । सरकारले आज आउँदो आर्थिक वर्ष २०८३–०८४ को बजेट सार्वजनिक गर्दैछ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संसद्को संयुक्त सदनमा दिउँसो ४ बजे बजेट प्रस्तुत गर्ने कार्यक्रम छ । सरकारले अनावश्यक खर्च कटौती, निजी क्षेत्रको प्रवर्धन, वित्तीय अनुशासनको परिपालनासहित सुशासन, आर्थिक पुनः संरचना तथा समृद्धि, एकीकृत पूर्वाधार, लगानी आकर्षण तथा प्रवर्द्धन, पूर्वाधार विकास, डिजिटल प्रविधि, रोजगारी र उत्पादनलाई प्राथमिकता दिँदै बजेट ल्याउन लागेको हो । बजेटमार्फत दिगो आर्थिक सुशासनका लागि रूपान्तरणका स्पष्ट कार्यक्रम ल्याउने तयारी भइरहेको अर्थमन्त्री डा। वाग्लेले बताउँदै आउनुभएको छ । आगामी वर्षको बजेटलाई रूपान्तरणको प्रस्थानविन्दु बनाएर आउने पाँच वर्षसम्म सुधारका कार्यक्रम व्यवस्थित गर्ने अर्थमन्त्रीको तयारी छ ।…
Read More
आज देशभर गणतन्त्र दिवस मनाइँदै

आज देशभर गणतन्त्र दिवस मनाइँदै

काठमाण्डौं । आज देशभर गणतन्त्र दिवस मनाइँदैछ । दिवसको अवसरमा काठमाण्डौको सैनिक मञ्च टुँडिखेलमा बिहान विशेष समारोह भएको छ । समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायक यादव, प्रधानमन्त्री वालेन्द्र शाहसहित उच्च पदस्थ व्यक्तिहरूको सहभागिता थियो । समारोहमा सम्बोधन गर्दै राष्ट्रपति पौडेलले गणतन्त्रका माध्यमबाट सम्पूर्ण राजनीतिक अधिकार सुनिश्चित र समुन्नत भविष्यका लागि एकताबद्ध भएर अगाडि जाने अवसर प्रदान गरेको बताउनुभयो । प्रधानमन्त्री शाहले समारोहमा सम्बोधन नगर्ने भएपछि सरकारले समारोहमा सम्बोधनका लागि राष्ट्रपतिलाई आग्रह गरेको थियो । यसअघि गणतन्त्र दिवसको कार्यक्रममा प्रधानमन्त्रीले सम्बोधन गर्ने परम्परा थियो । जननिर्वाचित पहिलो संविधानसभाबाट २०६५ साल जेठ १५ गते निरंकुश राजतन्त्रको विधिवत् अन्त्य गर्दै नेपालमा सङ्घीय…
Read More
आज सुनको भाउ बढ्यो

आज सुनको भाउ बढ्यो

काठमाण्डौं । आज सुनको भाउ बढेको छ । हिजो तोलामा ५ हजार ५०० रुपैयाँले घटेको सुनको भाउ आज ५ हजार ६०० रुपैयाँले बढेको हो । आज सुन तोलामा २ लाख ९० हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो सुनको भाउ तोलामा २ लाख ८५ हजार रुपैयाँ थियो । यस्तै चाँदीको भाउ पनि बढेको छ । हिजो तोलाको ४ हजार ८६५ रुपैयाँमा कारोबार भएको चाँदीको भाउ आज ५ हजार ४० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
Read More
आज सुदूरपश्चिम र गण्डकी प्रदेशका केही ठाउँमा ठूलो वर्षाको सम्भावना

आज सुदूरपश्चिम र गण्डकी प्रदेशका केही ठाउँमा ठूलो वर्षाको सम्भावना

काठमाण्डौं । आज सुदूरपश्चिम र गण्डकी प्रदेशको पहाडी भूभागमा ठूलो पानी पर्न सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । सुदूरपश्चिम, लुम्बिनी र कर्णाली प्रदेशको पहाडी भूभागसहित देशका अरू ठाउँमा हावाहुरीको समेत सम्भावना रहेकाले सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ । हिजो बेलुकीदेखि नै देशका धेरै ठाउँमा पानी परेको छ । केही ठाउँमा हावाहुरीसमेत चलेको छ । सुदूरपश्चिमदेखि बागमती प्रदेशसम्मका धेरैजसो ठाउँमा पानी परेको छ । पानी परेपछि लुम्बिनी र सुदूरपश्चिमसहित धेरै ठाउँका नागरिकले गर्मीबाट राहत पाएका छन् । पश्चिम तराईमा केही दिनयता तापक्रम ४० डिग्री सेल्सियस र त्योभन्दा माथि पुगेकोमा पानी परेपछि भने तापक्रम घट्न थालेको छ ।
Read More
दुई दिन वर्षा र हावाहुरीको सम्भावना, पश्चिममा तापक्रम घट्ने

दुई दिन वर्षा र हावाहुरीको सम्भावना, पश्चिममा तापक्रम घट्ने

काठमाण्डौं । आज र भोलि लुम्बिनी र सुदूरपश्चिमसहित देशका धेरै ठाउँमा हावाहुरीसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज लुम्बिनी र सुदूरपश्चिममा तातो दिन कायमै रहे पनि भोलि भने तापक्रम घट्नेछ । गएराति कोशी, गण्डकी र बागमती प्रदेशमा हल्कादेखि मध्यमसम्मको वर्षा भएको छ । गोरखा र धादिङको सिमानामा पर्ने आरुघाटमा सबैभन्दा बढी ५५ मिलिमिटर वर्षा मापन भएको छ । साथै हिजो तराईका सबैजसो भागमा तापक्रम केही घटेको छ । केही दिनयता पश्चिम तराईमा ४० डिग्री सेल्सियससम्म तापक्रम पुग्ने गरेकोमा हिजो सबैभन्दा बढी धनगढीमा ३९ र नेपालगञ्जमा ३८ डिग्री सेल्सियस तापक्रम पुगेको थियो । महाशाखाका अनुसार…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.