Alag Dhar

समाचार


Warning: Trying to access array offset on value of type bool in /home/alagdhar/public_html/wp-content/themes/viral-mag/inc/breadcrumbs.php on line 1010
दक्षिणी लेबनानको ठूलो भाग खाली गर्न इजरायली सेनाको आदेश

दक्षिणी लेबनानको ठूलो भाग खाली गर्न इजरायली सेनाको आदेश

काठमाण्डौं । इजरायली सेनाले दक्षिणी लेबनानको ठूलो भाग खाली गर्न आदेश दिएको छ । इजरायली रक्षा बल (आईडीएफ) ले त्यहाँका बासिन्दालाई जहरानी नदीको उत्तरतिर सर्न भनेको हो । हेजबुल्लाहलाई बारम्बार युद्धविराम उल्लङ्घन गरेको भन्दै आईडीएफले अत्यन्त कडाइका साथ कारबाही गर्ने चेतावनी दिएको छ । हिजबुल्लाहले भने इजरायलमाथि नै युद्धविराम तोडेको आरोप लगाएको छ । हिजो इजरायली सेनाले दक्षिणी सहर टायरमा हवाई आक्रमण गरेको थियो । त्यसअघि इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले दक्षिणी लेबनानमा जारी स्थल कारबाही थप विस्तार गरिने घोषणा गर्नुभएको थियो । उहाँले उत्तरी इजरायलका नागरिक तथा सीमावर्ती क्षेत्रमा रहेका इजरायली सैनिकमाथि हिजबुल्लाहले ड्रोन आक्रमण गरेपछि सैन्य अभियान तीव्र पारिएको…
Read More
विद्यालयमा आइतवारको बिदा फिर्ता लिन मेयर्स फोरमको आग्रह

विद्यालयमा आइतवारको बिदा फिर्ता लिन मेयर्स फोरमको आग्रह

काठमाण्डौं । उपत्यका मेयर्स फोरमले विद्यालयमा आइतवार पनि बिदा दिने निर्णय फिर्ता लिन आग्रह गरेको छ । ललितपुरको महालक्ष्मी नगकरपालिकामा बसेको फोरमको बैठकले सरकारले संविधान विपरीत विद्यालयमा बिदा दिने निर्णय गरेको निष्कर्ष निकाल्दै बिदा फिर्ता लिन माग गरेको हो । मेयर्स फोरमका अध्यक्ष एवम् ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले सरकारको निर्णयप्रति असन्तुष्टि जनाउँदै आवश्यक परे कानूनी प्रक्रियामा जाने चेतावनीसमेत दिनुभयो । शिक्षा ऐनअनुसार विद्यालय वर्षमा २२० दिन सञ्चालन हुनुपर्छ । तर सरकारले अप्रत्याशित रूपमा आइतवार बिदा दिने निर्णय गर्दा अध्ययन–अध्यापन प्रभावित हुने अवस्था सिर्जना भएको उहाँको भनाइ छ । सरकारको निर्णयले विद्यालयहरू १९० दिन पनि सञ्चालन गर्न कठिन हुने देखिन्छ…
Read More
आज बकर इद मनाइँदै, आजदेखि चार दिनसम्म सार्वजनिक बिदा

आज बकर इद मनाइँदै, आजदेखि चार दिनसम्म सार्वजनिक बिदा

काठमाण्डौं । मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद (इदुल जोहा) आज देशभरका मस्जिदमा मनाउँदै छ । इदुल फित्र अर्थात् रमजान पर्वको ७९औँ दिनमा बकर इद मनाउने धार्मिक विधि छ । मुस्लिम धर्मावलम्बीले आज बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढ्ने परम्परा छ । नमाज पढिसकेपछि एकापसमा शुभकामना आदानप्रदान गरिन्छ । यस अवसरमा दरबारमार्गमा रहेको नेपाली जामे मस्जिद, काश्मिरी मस्जिदलगायत देशभरका मस्जिद र इदगाहमा मुस्लिम धर्मावलम्बीको भीड लाग्छ । हिजरी संवतअनुसार १४३९ वर्ष पहिले अल्लाहको आदेशमा इब्राहिमले आफ्ना छोरा इस्माएल अलेह सलामलाई बलिदान गर्न तयार भएको सम्झनामा यो पर्व मनाउन थालिएको हो । यो पर्व पर्सि…
Read More
रोड टु युएफसी : फिलिपिन्सका किम्बर्टसँग खेल्दै नेपालका रविन्द्र

रोड टु युएफसी : फिलिपिन्सका किम्बर्टसँग खेल्दै नेपालका रविन्द्र

काठमाडौं । नेपालका चर्चित एमएमए फाइटर रविन्द्र ढाँटले युएफसीको छनोट प्रतियोगिता रोड टु युएफसी सिजन ५ मा प्रतिस्पर्धा गर्दैछन् । विश्वकै प्रतिष्ठित युएफसीको मुख्य स्टेजमा पुग्ने बाटोको रुपमा रहेको यस रोड टु युएफसीमा रविन्द्रले ब्यान्टमवेट मा प्रतिस्पर्धा गर्दैछन् । उनले रोड टु युएफसी सिजन ५ को क्वाटरफाइनलमा आज फिलिपिन्सका किम्बर्ट अलिन्टोजोनसँग प्रतिस्पर्धा गर्नेछन् । मकाउको ग्यालेक्सी एरेनामा आज उक्त खेल हुँदैछ । यस तौल समूहमा विजेता बने रविन्द्र युएफसीको मुख्य स्टेजमा छनोट हुनेछन् । प्रोफेसनल एमएमए करियरमा रविन्द्रले ९ जित हात पार्दा १ फाइट मात्र गुमाएका छन् । किम्बर्टले भने ७ फाइट जित्दा ३ मा पराजित भएका छन् । रविन्द्र…
Read More
हिजो घटेको शेयर बजार आज सामान्य बढ्यो

हिजो घटेको शेयर बजार आज सामान्य बढ्यो

काठमाण्डौं । हिजो घटेको शेयर बजार आज सामान्य बढेको छ । शेयर बजार परिसूचक नेप्से ४ दशमलव ९९ अङ्कले बढेर २ हजार ७८२ दशमलव १० विन्दुमा पुगेको छ । आज फाइनान्स, होटल तथा पर्यटन, उत्पादन तथा प्रशोधन र अन्य बाहेक सबै समूहका सूचक सामान्य बढेका छन् । आज १५१ वटा कम्पनीका शेयर बढेकामा १०५ वटाको घटेका छन् । यस्तै १४ वटा कम्पनीका शेयर घटबढ भएका छैनन् । आज कालिञ्चोक हाइड्रोपावरको शेयर १५ प्रतिशत, बुङ्गल हाइड्रोको शेयर १४ दशमलव ८८ प्रतिशतले बढेको छ । बजार सामान्य बढेको दिन सानिमा बैंकको डिबेन्चर साढे ६ प्रतिशतभन्दा धेरैले घटेको छ । आज नेप्सेसँगै कारोबार…
Read More
यस वर्ष मनसुन आउनै लाग्दालामो सुक्खाको जोखिम

यस वर्ष मनसुन आउनै लाग्दालामो सुक्खाको जोखिम

काठमाण्डौं । यस वर्ष मनसुन आउनै लाग्दा नेपालमा लामो सुक्खाको जोखिम बढेको छ । जल तथा मौसम विज्ञान विभागले मनसुन अवधिमा देशका धेरैजसो ठाउँमा सरदरभन्दा कम वर्षा हुने प्रक्षेपण गरेको छ । यसका साथै अधिकतम र न्यूनतम तापक्रम दुवै सरदरभन्दा धेरै हुने अनुमान छ । यो अवस्थाको मुख्य कारण प्रशान्त महासागरमा विकसित हुन लागेको ’एल निनो’ हो । ’एल निनो’ भनेको समुद्रको पानी असामान्य रूपमा तातिँदा विश्वभरिको मौसममा आउने ठूलो फेरबदल हो । यसको असरले दक्षिण एशियामा मनसुनी वर्षा कमजोर हुने, सुक्खा लम्बिने र कृषि उत्पादनमा ह्रास आउने खतरा हुन्छ । अमेरिकाको मौसम संस्था एनओएएका अनुसार जुनदेखि अगस्टभित्र ’एल निनो’…
Read More
निजी स्वास्थ्य संस्थाहरूबाट प्रदान गरिने स्वास्थ्य बीमाका सेवामा कटौती

निजी स्वास्थ्य संस्थाहरूबाट प्रदान गरिने स्वास्थ्य बीमाका सेवामा कटौती

काठमाडौं । सरकारले स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध निजी स्वास्थ्य संस्थाहरूबाट प्रदान गरिने स्वास्थ्य बीमाका सेवामा कटौती गरेको छ । स्वास्थ्य बीमा बोर्डले बढ्दो वित्तीय संकटलाई कारण देखाउँदै निजी अस्पतालहरूबाट उपलब्ध गराइने आकस्मिक  (Emergency) बाहेकका अन्य स्वास्थ्य बीमा सेवाहरू स्थगित गर्ने निर्णय गरेको हो । सेवा प्रदायक अस्पतालहरूलाई पत्र पठाएर बोर्डले उक्त जानकारी गराएको हो । यो निर्णय यही १६ गतेबाट लागू हुनेछ । बोर्डका निमित्त कार्यकारी निर्देशक शकुन्तला प्रजापतिद्वारा जारी सूचनामा अर्को निर्णय नभएसम्मका लागि निजी स्वास्थ्य संस्थाबाट प्रदान गरिने गैर-आकस्मिक बीमा सेवा स्थगित गरिएको उल्लेख छ । पछिल्लो समय स्वास्थ्य बीमा बोर्डले गम्भीर वित्तीय समस्या झेलिरहेका कारण भुक्तानी व्यवस्थापनको…
Read More
आर्थिक सर्वेक्षण सर्वजनिक हुँदै

आर्थिक सर्वेक्षण सर्वजनिक हुँदै

काठमाडौँ । आर्थिक वर्ष २०८२/८३ को आर्थिक सर्वेक्षण आज सार्वजनिक हुँदैछ । सङ्घीय संसद्को दुवै सदनको आजको अलग अलग बैठकमा अर्थमन्त्री डा वाग्लेले आर्थिक वर्ष २०८२/८३  को आर्थिक सर्वेक्षण प्रस्तुत गर्ने कार्यक्रम छ । आगामी आवको बजेट प्रस्तुत हुनुअघि आर्थिक सर्वेक्षण प्रस्तुत हुने गर्दछ । चालु आवका भएका प्रगति तथा सरकारका काम कारबाही समेटिएका विवरण सर्वेक्षणमा प्रस्तुत हुन्छ । यस्तै, सार्वजनिक संस्थानको विवरणसमेत आजै सार्वजनिक हुन्छ ।
Read More
समय सीमाभित्रै महाधिवेशन हुन्छ : महामन्त्री घिमिरे

समय सीमाभित्रै महाधिवेशन हुन्छ : महामन्त्री घिमिरे

विराटनगर । नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरेले नेपाली कांग्रेसको १५औँ महाधिवेशन समयसीमाभित्र नै हुने बताएका छन् । नेपाल प्रेस युनियन मोरङ शाखाद्वारा आज यहाँ आयोजित पत्रकार भेटघाटमा उनले पार्टी एकढिक्का भएर अघि बढ्नुको विकल्प नरहेकाले पार्टीलाई प्रतिस्पर्धी बनाउन सदस्यता अद्यावधिक गर्न लागेको जानकारी दिए । महामन्त्री घिमिरेले नेपाली कांग्रेसले पार्टीले सरकारको १००औँ दिनसम्मको कामको समीक्षा गरेर मात्र आफ्ना धारणा बनाउने बताए । उनले वर्तमान सरकार जनताको हितमा काम गर्दै सदन र जनताप्रति जवाफदेही एवं उत्तरदायी बत्रुपर्ने सुझाव दिए । कार्यक्रम युनियनका मोरङका अध्यक्ष वेदराज पौडेलको अध्यक्षतामा भएको थियो ।
Read More
म्याग्दीको सिरुवारीमा पहिरो खसेपछि बेनी–जोमसोम सडक अवरुद्ध

म्याग्दीको सिरुवारीमा पहिरो खसेपछि बेनी–जोमसोम सडक अवरुद्ध

काठमाण्डौं । मुस्ताङ हुँदै चीनको सिमाना कोरला नाका जोड्ने बेनी–जोमसोम–कोरला सडकअन्तर्गतको म्याग्दी खण्ड आज बिहानैदेखि अवरुद्ध छ । म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ माथिल्लो बैसरी (सिरुवारी)मा पहिरो खसेपछि ७६ किलोमिटर दूरीको बेनी–जोमसोम सडकमा गाडी चल्न सकेका छैनन् । सडक अवरुद्ध हुँदा बेनीदेखि मुस्ताङतर्फ र जोमसोमदेखि बेनीतर्फ चल्ने गाडी बीच बाटोमै रोकिएका हुन् । स्थानीयवासीको साथै मुस्ताङ भ्रमण तथा मुक्तिनाथ दर्शनका लागि जाने पर्यटक र तीर्थयात्रीहरू प्रभावित भएका छन् । जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक सागर तिमिल्सिनाका अनुसार सडक विभाग र बेनी–जोमसोम–कोरला सडक योजनासँग समन्वय गरेर अवरुद्ध सडक खुलाउन उपकरण परिचालन गरिएको छ । पानी पर्ने बित्तिकै सिरुवारी क्षेत्रमा पहिरो खस्ने समस्या…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.