Alag Dhar

समाचार


Warning: Trying to access array offset on value of type bool in /home/alagdhar/public_html/wp-content/themes/viral-mag/inc/breadcrumbs.php on line 1010
सुनको भाउ घट्यो

सुनको भाउ घट्यो

काठमाण्डौं । आज सुनको भाउ घटेको छ । हिजो तोलामा एक हजार ३ सय रुपैयाँले घटेको सुनको भाउ आज एक हजार रुपैयाँले घटेको हो । हिजो सुनको भाउ तोलामा २ लाख ९१ हजार ५सय रुपैयाँ रहेकोमा आज घटेर तोलाको २ लाख ९० हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज चाँदीको भाउ भने बढेको छ । हिजो तोलाको ५ हजार ६० रुपैयाँमा कारोबार भएको चाँदी आज २० रुपैयाँले बढेको हो । आज चाँदी तोलाको ५ हजार ८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
Read More
पार्टीको कार्यक्रममा हर्क साम्पाङको तस्वीर अनिवार्य प्रयोग गर्न उर्दी

पार्टीको कार्यक्रममा हर्क साम्पाङको तस्वीर अनिवार्य प्रयोग गर्न उर्दी

काठमाण्डौं । श्रम संस्कृति पार्टीले पार्टीका कार्यक्रमको ब्यानर तथा प्रचारप्रसार सामग्रीमा अध्यक्ष हर्क साम्पाङको तस्वीर अनिवार्य प्रयोग गर्न निर्देशन दिएको छ । पार्टीको कोशी प्रदेशका अध्यक्ष प्रताप राई र सचिव दीपक तिमल्सिनाले पत्र जारी गर्दै मातहतका कमिटीलाई साम्पाङको तस्वीर अनिवार्य प्रयोग गर्न निर्देशन दिनुभएको हो । पत्रमा भनिएको छ, ‘श्रम संस्कृति पार्टी १ नम्बर प्रदेश मातहतमा रहेका जिल्ला, महानगरपालिका, उपमहानगरपालिका, पालिका, वडा, टोलभित्र गरिने कार्यक्रमको ब्यानर तथा प्रचारप्रसार सामाग्रीहरूमा श्रद्धेय श्रम पिता अध्यक्ष हर्क साम्पाङज्यूको तस्वीर अनिवार्य रूपमा प्रयोग गर्नु, गराउनुपर्ने अनुरोध गर्दछौँ ।’
Read More
आज प्रदेशसभामा बागमतीको आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरिदै

आज प्रदेशसभामा बागमतीको आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरिदै

मकवानपुर । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रम आज ल्याइने भएको छ । मङ्गलबार बस्ने प्रदेशसभामा सरकारको नीति तथा कार्यक्रम पेस गर्ने गरी बैठक आह्वान गरिएको छ । मङ्गलबार साँझ ५ बजेट बस्ने बैठकमा प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन् । उक्त बैठकमा सबै सांसदहरूलाई औपचारिक पोसाकमा निर्धारित समयभन्दा १५ मिनेट अगाडी उपस्थित हुन निर्देशन गरिएको छ । संसद्‌मा पेस गर्ने गरी सरकारको नीति तथा कार्यक्रम मन्त्रिपरिषद् बैठकले पारित गरेको छ । प्रदेश सरकारको सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित गरेको…
Read More
सुनको भाउ तोलामा एक हजार ३०० रुपैयाँले घट्यो

सुनको भाउ तोलामा एक हजार ३०० रुपैयाँले घट्यो

काठमाण्डौं। आज सुनचाँदीको भाउ घटेको छ । सुनको भाउ तोलामा एक हजार ३०० रुपैयाँले घटेको हो । हिजो सुनको भाउ तोलामा २ लाख ९२ हजार ८०० रुपैयाँ रहेकोमा आज घटेर तोलाको २ लाख ९१ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी महासङ्घले जनाएको छ । यस्तै आज चाँदीको भाउ पनि घटेको छ । हिजो तोलाको ५ हजार १५० रुपैयाँमा कारोबार भइरहेको चाँदी आज ९० रुपैयाँ घटेको हो । यससँगै आज चाँदी ५ हजार ६० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।
Read More
कोशी, मधेश, बागमती र गण्डकीका केही क्षेत्रमा तीव्र हावा चल्ने सम्भावना

कोशी, मधेश, बागमती र गण्डकीका केही क्षेत्रमा तीव्र हावा चल्ने सम्भावना

काठमाण्डौं । आज कोशी, मधेश, बागमती र गण्डकीका थोरै ठाउँमा हावाहुरीको सम्भावना छ । आज दिउँसोपछि ती क्षेत्रमा हावाहुरी चल्ने सम्भावना भएकाले सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । विशेष गरी झापा, मोरङ, बारा, पर्सा, सर्लाही, धनुषा, मकवानपुर, चितवन, तनहुँ, नवलपुर, रुपन्देहीलगायतका जिल्लामा हावाहुरीको सम्भावना छ । हावाहुरी चल्दा घरको छाना उडाउने, कमजोर रुख र बिजुलीका पोल ढल्ने तथा यस्ता संरचनाले जोखिम निम्ताउन सक्ने भएकाले सतर्कता अपनाउन सूचनामार्फत आग्रह गरिएको छ । आज लुम्बिनी प्रदेशको तराई भागका एकरदुई ठाउँमा मेघ गर्जन, चट्याङ्गसहित हल्का वर्षाको पनि सम्भावना रहेको छ । सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा तातो दिन हुनेछ…
Read More
विभिन्न क्षेत्रमा वर्षा हुने, पश्चिम तराई भने गर्मी

विभिन्न क्षेत्रमा वर्षा हुने, पश्चिम तराई भने गर्मी

काठमाण्डौं । गए राति देशका विभिन्न ठाउँमा हल्कादेखि मध्यमसम्मको वर्षा भएको छ । गण्डकी, बागमती, मधेश र कोशी प्रदेशका धेरैजसो ठाउँमा पानी परेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कर्णाली, लुम्बिनी र सुदूरपश्चिममा केही ठाउँमा पनि हल्का वर्षा भएको छ । गएको १२ घण्टामा सबैभन्दा धेरै कास्कीमा ५७ मिलिमिटर वर्षा मापन भएको छ । पानी पर्नुअघि हिजो देशैभर गर्मी अत्यधिक बढेको थियो । हिजो सबैभन्दा धेरै नेपालगञ्ज, धनगढी र दिपायलमा तापक्रम ४० डिग्री सेल्सियस भन्दा पनि माथि पुग्यो । लगातार उकालो लागिरहेको तापक्रमका कारण जनजीवन प्रभावित बन्दै गएको छ । मौसम पूर्वानुमान महाशाखाले आज पनि सुदूरपश्चिम र लुम्बिनी…
Read More
क्रिकेट खेलाडीको वर्गीकरण

क्रिकेट खेलाडीको वर्गीकरण

काठमाण्डौं । नेपाल क्रिकेट सङ्घ (क्यान) ले क्रिकेट खेलाडीको नयाँ वर्गीकरण सार्वजनिक गरेको छ । क्यानले हिजो विज्ञप्ति निकालेर पुरुषतर्फ ३८ र महिलातर्फ २५ खेलाडीलाई प्रदर्शन र योगदानका आधारमा विभिन्न श्रेणी निर्धारण गरिएको जनाएको छ । पहिलो पटक क्यानले ‘ए प्लस’ श्रेणी थपेको छ । पुरुषतर्फ ‘ए प्लस’ श्रेणीमा एक दिवसीय कप्तान रोहितकुमार पौडेल, टी–२० कप्तान दीपेन्द्रसिंह ऐरी र सन्दीप लामिछाने रहेका छन् । ‘ए’ श्रेणीमा सोमपाल कामी, आसिफ शेख, कुशल भुर्तेल र करण केसी गरी ४ जना छन् । यस्तै ‘बी’ श्रेणीमा ललितनारायण राजवंशी, आरिफ शेख, भीम सार्की, नन्दन यादव र गुलशन झा रहेका छन् । ‘सी’ श्रेणीमा सन्दीप…
Read More
शेयर बजार २७ अङ्कले बढ्यो, झन्डै ६ अर्बको कारोबार

शेयर बजार २७ अङ्कले बढ्यो, झन्डै ६ अर्बको कारोबार

काठमाण्डौं । हप्ताको पहिलो कारोबार दिन शेयर बजार दोहोरो अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज २७ दशमलव ८५ अङ्कले बढेर २ हजार ७८६ दशमलव ३५ विन्दुमा पुगेको छ । । नेप्से झन्डै १ महिनायताकै उच्च विन्दुमा पुगेको हो । गएको वैशाख १४ गते नेप्से २ हजार ७९६ विन्दुमा पुगेको थियो । आज म्युचल फन्ड बाहेक सबै समूहका सूचक बढेकामा जलविद्युत् समूहको सूचक डेढ प्रतिशतले उकालो लागेको छ । आज २३५ वटा कम्पनीको शेयर बढेकामा २८ वटाका घटेका छन् । यस्तै ७ वटा कम्पनीको शेयर भने घटबढ भएका छैनन् । आज थ्री स्टार हाइड्रोपावरको शेयर ९ प्रतिशतले बढेको…
Read More
२० जना अति विपन्न विद्यार्थीलाई नि:शुल्क पढाइने, ४ नं. वडा कार्यालय र विद्यालयबीच सम्झौता

२० जना अति विपन्न विद्यार्थीलाई नि:शुल्क पढाइने, ४ नं. वडा कार्यालय र विद्यालयबीच सम्झौता

हेटौँडा । हेटौँडा-४ नं. वडा कार्यालयद्वारा विध्यालयहरूसंगको सहकार्यमा २० जना विपन्न विध्यार्थीलाई निस्शुल्क पढाउने भएको छ । ४ नं. वडा कार्यालय, भुटनदेवी मावि र आधुनिक राष्ट्रिय मावि, हेटौँडा-४ बीच शैक्षिब वर्ष २०८३ देखि निरन्तर लागूहुने गरि यस्तो सम्झौतारप्रतिबद्वता भएको हो । सम्झौतारप्रतिबद्वता पत्रमा ४ वडा अध्यक्ष नवीन सिग्देल, वडा सचिव रामप्रसाद गुरागाईँ, भुटनदेवी मावि, हेटौँडा-४ को तर्फबाट प्रअ सूर्यप्रसाद घिमीरे र आधुनिक राष्ट्रिय मावि, हेटौँडा-४ को तर्फबाट प्रअ रामसागर गुरागाईँले हस्ताक्षर गर्नुभएको छ । सम्झौता पत्रमा छात्रवृत्तिको मापदण्डमा अति विपन्न, दलित, सिमान्तकृत, द्वन्द पिडीत, भूमीहिन, अभिभावक विहिन, सडक बालबालिका, साथै विशेष प्राथमिकताका क्षेत्र जस्तै विद्यालयले सञ्चालन गर्ने खेलकूद, अतिरिक्त क्रियाकलापमा उत्कृष्ठता…
Read More
एमाले सचिवालय बैठक जारी

एमाले सचिवालय बैठक जारी

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय सचिवालय बैठक जारी रहेको छ । नेताहरूको कार्यविभाजनलाई अन्तिम रुप दिनेलगायत कार्यसूचीमा छलफल गर्न केन्द्रीय सचिवालय बैठक सुरु भएको हो । यसअघि जेठ ४ गतेको बैठकमा महासचिव शंकर पोखरेलले प्रस्ताव गरेको नेताहरूको कार्यविभाजनलाई आज अन्तिम रुप दिने तयारी छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको सचिवालय प्रमुख निरु पालले गुण्डु बैठक जारी रहेको जानकारी दिइन् । महासचिव पोखरेलको प्रस्तावमा नेताहरूको जिम्मेवारी हेरफेर गर्ने प्रस्ताव आएमा त्यसमा छलफल गरेर अन्तिम रुप दिइने र त्यसलाई अन्तरपार्टी निर्देशन (अपानि) मार्फत नेताहरूलाई पठाउने तयारी छ । गत मंसिर २७ देखि २९ मा भएको ११ औँ महाधिवेशनपछि…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.