Alag Dhar

समाचार


Warning: Trying to access array offset on value of type bool in /home/alagdhar/public_html/wp-content/themes/viral-mag/inc/breadcrumbs.php on line 1010
सुनमा सामान्य गिरावट

सुनमा सामान्य गिरावट

काठमाण्डौं । आज सुनको भाउ घटेको छ भने चाँदीको भाउ बढेको छ । आज सुनको भाउ तोलामा १०० रुपैयाँले घटेर २ लाख ९३ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको २ लाख ९३ हजार ८०० रुपैयाँ थियो । त्यस्तै चाँदीको भाउ आज तोलामा ६५ रुपैयाँले बढेर तोलाको ५ हजार ११५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको ५ हजार ५० रुपैयाँ थियो ।
Read More
संविधान संशोधनमा सीमान्तकृत र अपाङ्गताको अधिकारलाई प्राथमिकता दिन सांसदहरूको माग

संविधान संशोधनमा सीमान्तकृत र अपाङ्गताको अधिकारलाई प्राथमिकता दिन सांसदहरूको माग

काठमाण्डौं । संविधान संशोधनको बहस चलिरहेका बेला विभिन्न राजनीतिक दलका नेताहरूले सीमान्तकृत, दलित, महिला र विशेष गरी अपाङ्गता भएका व्यक्तिहरूको अधिकारलाई नयाँ प्रक्रियाको केन्द्रबिन्दुमा राख्नुपर्नेमा जोड दिएका छन् । राजनीतिक सहभागिता मात्र पर्याप्त नहुने भन्दै क्षमता अभिवृद्धि, पहुँचको सुनिश्चितता र विद्यमान कानुनहरूको प्रभावकारी कार्यान्वयन हुनुपर्ने उनीहरूको भनाइ छ । संविधानमा मौलिक हकसँग सम्बन्धित कतिपय प्रावधानहरू अझै कार्यान्वयनमा नआएको सन्दर्भमा जनप्रतिनिधिहरूले राज्यको उपस्थिति र कानुनी सक्रियताका लागि सामूहिक प्रतिबद्धता जनाएका छन् । यसैबीच संविधान संशोधनका लागि बहस पत्र तयार गर्न गठित कार्यदलका संयोजक एवं प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहले संविधान संशोधनलाई राष्ट्रिय बहस र सहमतिका आधारमा अघि बढाइने बताउनुभएको…
Read More
अर्थमन्त्री र पूर्वअर्थमन्त्रीबीच छलफल : बजेटमा आर्थिक सुधारदेखि खर्च कटौतीसम्मका सुझाव

अर्थमन्त्री र पूर्वअर्थमन्त्रीबीच छलफल : बजेटमा आर्थिक सुधारदेखि खर्च कटौतीसम्मका सुझाव

काठमाण्डौं । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आठ पूर्वअर्थमन्त्रीसँग भेट गरी आउँदो बजेटमा समावेश गर्नुपर्ने विषयवस्तुबारे सुझाव लिनुभएको छ । आगामी आर्थिक वर्षको बजेट निर्माण अन्तिम चरणमा रहेको उल्लेख गर्दै अर्थमन्त्री डा वाग्लेले पूर्वअर्थमन्त्री तथा अर्थविद्हरूसँग सुझाव माग्नुभएको हो । भेटका क्रममा मन्त्री डा वाग्लेले सुशासनको जगमा टेकेर आम नेपालीको जीवनस्तर बृहत्तर बनाउने बजेट ल्याउन तयारी भएको जानकारी दिनुभएको छ । बजेट निर्माणमा पूर्वअर्थमन्त्रीसँग सुझाव लिने क्रममा विगतका अनुभव र सकारात्मक अभ्यासलाई अनुशरण गर्दै नयाँ परिस्थितिमा बजेट निर्माण गरिने उहाँले बताउनुभयो । छलफलमा सहभागी पूर्वअर्थमन्त्रीहरुले बजेटका लागि आर्थिक सुधार, राजस्वको यथार्थ लक्ष्य, खर्च कटौती, निजी क्षेत्रको मनोबल वृद्धि तथा उत्पादनमुखी क्षेत्रमा…
Read More
मध्य र पूर्वी भेगमा वर्षा, पश्चिममा धेरै गर्मी

मध्य र पूर्वी भेगमा वर्षा, पश्चिममा धेरै गर्मी

काठमाण्डौं । काठमाण्डौ उपत्यकासहित मध्य र पूर्वी भेगका विभिन्न ठाउँमा रातिदेखि नै हल्का पानी परेको छ । सुदूरपश्चिम बाहेकका अरू ठाउँमा आज दिनभरजसो पानी पर्ने र रोकिने क्रम चलिरहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका हिमाली र पहाडी भू–भागको केही ठाउँहरूमा, मधेश, कोशी, बागमती, गण्डकी प्रदेशका तराई भू–भागका केही ठाउँमा मेघ गर्जनरचट्याङ्ग सहित मध्यम वर्षा र हिमपातको सम्भावना छ । पश्चिम तराईमा केही दिनदेखि गर्मी बढेको छ । दिपायल, धनगढी, नेपालगञ्जको तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुगेको छ । गण्डकी, बागमती, मधेश र कोशी प्रदेशमा वर्षा भइरहँदा सुदूरपश्चिम, लुम्बिनी र…
Read More
आइपीएलमा गुजरातले चेन्नईलाई हरायो

आइपीएलमा गुजरातले चेन्नईलाई हरायो

ठमाण्डौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा गुजरात टाइटन्सले चेन्नई सुपर किङ्गसलाई हराएको छ । हिजो बेलुका अहमदावादमा भएको खेलमा गुजरातले चेन्नईलाई ८९ रनले हराएको हो । टस हारेर पहिला ब्याटिङ गरेको गुजरातले ४ विकेट गुमाएर २२९ रन बनाएको थियो । गुजरातले दिएको २३० रनको लक्ष्य पछयाएको चेन्नई १३ ओभर ४ बलमा १४० रन बनाएर अलआउट भयो । गुजरातका साई सुदर्शनले ५३ बलमा ८४ रन बनाए । कप्तान शुभमन गिलले ३७ बलमा ६४ रन बनाए । त्यस्तै चेन्नइलाई सस्तैमा समेट्न मोहम्मद सिराज, राशिद खान र कागिसो रबाडाले उत्कृष्ट बलिङ गर्दै ३र३ विकेट लिए । यस हारसँगै चेन्नई प्लेअफ समीकरणबाट बाहिरिएको…
Read More
आजदेखि काभा महिला भलिबल च्याम्पियन

आजदेखि काभा महिला भलिबल च्याम्पियन

काठमाण्डौं । काठमाण्डौमा आजदेखि ‘काभा महिला भलिबल च्याम्पियनसिप २०२६’ शुरु हुँदैछ । प्रतियोगिताको उद्घाटन खेल त्रिपुरेश्वरमा रहेको कभर्ड हलमा बिहान ११ बजे इरान र बंगलादेशबीच हुनेछ । औपचारिक उद्घाटन दिउँसो २ बजे आयोजना गरिने आयोजक नेपाल भलिबल सङ्घले जनाएको छ । त्यसपछि दिउँसो साढे ३ बजे नेपालले भारतसँग प्रतिस्पर्धा गर्नेछ । प्रतियोगिताको समूह ‘ए’ मा नेपाल, भारत, किर्गिस्तान र मालदिभ्स छन् । समूह ‘बी’ मा इरान, काजकिस्तान, श्रीलङ्का र बङ्गलादेश रहेका छन् । एफआईबीबीको आधिकारिक वरीयतामा समावेश प्रतियोगिताले नेपाललाई अन्तर्राष्ट्रिय र्‍याङ्किङमा सुधार गर्ने अवसर दिनेछ । काभा च्याम्पियनसिपमा नेपाल निरुता ठगुन्नाको कप्तानीमा मैदान उत्रिनेछ । १४ सदस्यीय टोलीमा ६ युवा…
Read More
हेटाैँडामा जेठ १३ गते बृहत् शैक्षिक महाेत्सव,”२० वर्षपछिकाे हेटाैँडा” चित्रकला प्रतियाेगिता हुने

हेटाैँडामा जेठ १३ गते बृहत् शैक्षिक महाेत्सव,”२० वर्षपछिकाे हेटाैँडा” चित्रकला प्रतियाेगिता हुने

हेटौँडा । हेटौँडा-४ नं. वडा कार्यालयको आयोजनामा तथा शैक्षिक गुणस्तर सुधार समिति, हेटौँडा-४ को व्यवस्थापनमा हुने शैक्षिक महोत्सवको तयारी तिब्र बनाईएको छ । पूर्व निर्धारित जेठ १४ हुने भनिएको कार्यक्रम उक्त दिन सार्वजनिक विदा परेकोले जेठ १३ गते बुधबार हुने शैक्षिक गुणस्तर सुधार समितिका संयोजक श्रीराम दाहालले जानकारी दिनुभयो । चौधो पटक हुन लागेको महोत्सव यसपाली नगरस्तरीय हुने र नगरभित्रका विध्यालयमा पत्रचार गरिसकेको र विध्यालयहरूले महोत्सवमा सहभागी हुन विधागत तयारी गरिरहेको बताउनुभयो । महोत्सवमा विशेष कार्यक्रमको रूपमा राष्ट्रिय भाषा र सँस्कृति झल्कने नित्य प्रतियोगिता, विज्ञान विषयको प्रदर्शनी र चित्रकला प्रतियोगीता हुने ४ नं. वडा अध्यक्ष नवीन सिग्देलले बताउनु भयो ।…
Read More
राष्ट्रिय सहकारी बैंकमा पारदर्शिता मुख्य एजेण्डा बनाउँदै पौड्याल

राष्ट्रिय सहकारी बैंकमा पारदर्शिता मुख्य एजेण्डा बनाउँदै पौड्याल

काठमाडौं । राष्ट्रिय सहकारी बैंकको सञ्चालक पद (बागमती प्रदेश) का उम्मेदवार अभियन्ता डा. परितोष पौड्यालले सुशासन र पारदर्शितालाई आफ्नो मुख्य चुनावी प्रतिबद्धता र एजेण्डा बनाका छन् । सहकारी क्षेत्रमा सुशासन र पारदर्शिता स्खलित भएको संगीन आरोप लागिरहँदा डा. पौड्यालले यी दुई आधारलाई पुनर्जागृत गर्ने अठोट व्यक्त गरेका छन् । झण्डै तीन दशकदेखि सहकारी क्षेत्रमा योगदान पुर्याउँदै आएका डा. पौड्यालले भने, ‘केही ठूला सहकारीमा आएको विचलनका कारण समग्र क्षेत्रकै साखमा प्रश्न उठिरहेको समयमा मेरो मुख्य ध्यान सुशासन र पारदर्शितामै केन्द्रित छ । मुलुककै सहकारी अभियानको एक मात्र बैंकमा सुशासन र पारदर्शिता कायम गर्न सकियो भने त्यो अभ्यास सबै क्षेत्रमा प्रवाहित हुने निश्चित…
Read More
ट्रक–स्कारपियो ठक्करमा आठ जना घाइते

ट्रक–स्कारपियो ठक्करमा आठ जना घाइते

सर्लाही । महेन्द्र राजमार्गअन्तर्गत सर्लाहीको बागमती नगरपालिका–४, नगरपालिका चोकमा ट्रक र स्कारपियो ठोक्किँदा आठ जना घाइते भएका छन् । घाइतेहरुको अवस्था खतरामुक्त रहेको इलाका प्रहरी कार्यालय हरिवनले जनाएको छ । बुधबार अपरान्ह हरिवनबाट बागमतीतर्फ गइरहेको प्रदेश २–०३–००१ क १३७६ नम्बरको ट्रक र विपरीत दिशाबाट आउँदै गरेको डिएल ४ सि एनबी ६२०० नम्बरको भारतीय स्कारपियो ठोक्किँदा स्कारपियोमा सवार आठ जना घाइते भएका हुन् । दुर्घटनामा स्कारपियो चालक कविलासी नगरपालिका ८ का ५७ वर्षीय जयपाल राय, स्कारपियोमा सवार ब्रह्मपुरी गाउँपालिका–४, त्रिभुवननगर बस्ने ५८ वर्षीय शिवशङ्कर हलुवाइ, उहाँको श्रीमती ५७ वर्षीया पुनम देवी, छोरा ३४ वर्षीय सोनुप्रसाद, सोनुकी श्रीमती ३३ वर्षीया अञ्जली देवी,…
Read More
सुदूरपश्चिम प्रदेश सभा बैठक शुक्रबार बस्ने

सुदूरपश्चिम प्रदेश सभा बैठक शुक्रबार बस्ने

धनगढी । बजेट अधिवेशनको पहिलो बैठकपछि अनिश्चित समयका लागि स्थगित सुदूरपश्चिम प्रदेशसभाको बैठक शुक्रबार बस्ने भएको छ । प्रदेशसभा सचिवालयले जेठ ८ गते दिनको २ बजे प्रदेश सभाको बैठक बोलाएको हो ।  बैठकमा टीकापुर प्राविधिक विश्वविद्यालयसम्बन्धी विधेयक टेबुल गर्ने कार्यसूची रहेको प्रदेश सभा सचिवालयका सूचना अधिकारी युवराज जैसीले जानकारी दिनुभयो । यसअघि, वैशाख १७ गतेबाट आठौं अधिवेशन सुरु भएको थियो । अधिवेशनको पहिलो बैठकमा सभामुख भीमबहादुर भण्डारीले आठौं अधिवेशन आह्वानको लागि प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त पत्र पढेर सुनाउनुभएको थियो । यसैगरी, दलका नेताहरुलाई समसामयिक विषयका साथै चालु अधिवेशनको सफलताको कामनासहित शुभकामना आदानप्रदानका लागि विशेष समय उपलब्ध गराइएको थियो ।
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.