२०८३ बैशाख २१, सोमबार ०४:५४
२०८३ बैशाख २१, सोमबार ०४:५४
काठमाडौं । मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षा गराउने प्रणाली सुदूरपश्चिम प्रदेशबाट क्रमशस् पूर्वतिर सरिरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । त्यसबाट थप वर्षा हुन सक्ने र चट्याङ तथा हावाहुरीले क्षति पुर्याउन सक्ने भएकाले सतर्कता अपनाउन विभागले सुझाव समेत दिएको छ । विभागले आज बिहान सूचना जारी गर्दै भनेको छ, ‘हाल सुदूरपश्चिम प्रदेशका पहाड र तराई क्षेत्रहरूमा मेघगर्जन, चट्याङ् तथा हावाहुरी सहित वर्षा गराउने प्रणाली विकसित भई मध्यमसम्मको वर्षा भइरहेको छ । उक्त प्रणाली उत्तर पूर्व सरिरहेको हुनाले ती क्षेत्रहरू र आसपासको क्षेत्रहरूमा थप वर्षा हुने देखिएकाले आवश्यक सतर्कता अपनाउनुहुन अनुरोध छ ।’ विपद्विज्ञ डा. धर्मराज उप्रेतीका अनुसार भारतको पन्जाब,…