Alag Dhar

समाचार


Warning: Trying to access array offset on value of type bool in /home/alagdhar/public_html/wp-content/themes/viral-mag/inc/breadcrumbs.php on line 1010
अर्थमन्त्रीद्वारा निर्धक्क भएर निर्वाचनमा खटिन आग्रह

अर्थमन्त्रीद्वारा निर्धक्क भएर निर्वाचनमा खटिन आग्रह

बागलुङ । अर्थमन्त्री रामेश्वर खनालले निर्धक्क भएर निर्वाचनको तयारी गर्न सरोकार भएका सबैलाई आग्रह गरेका छन् । निर्वाचनको तयारीका विषयमा स्थलगत अनुगमन गर्न बागलुङ आएका उनले आमनागरिकले शान्तिपूर्ण वातावरणमा मतदान गर्ने व्यवस्था सरकारले बनाइरहेको जानकारी दिए । अर्थमन्त्री खनालले निर्धक्क भएर चुनावको तयारीमा जुट्न सबैलाई निर्देशन दिँदै नागरिकले भयरहित वातावरणमा मताधिकार प्रयोग गर्न पाउनेमा विश्वस्त रहन आग्रह गरे । उनले मुख्य निर्वाचन अधिकृतको कार्यालय बागलुङ, जिल्ला निर्वाचन कार्यालय र जिल्ला प्रशासन कार्यालयको अनुगमन गरेका थिए । अनुगमनपछि अर्थमन्त्री खनालले जिल्लास्थित सुरक्षा समितिको बैठकमा निर्वाचनको समयमा दिइने सुरक्षा व्यवस्था, प्रहरी परिचालनलगायत विषयमा जानकारी लिनुभएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्लले जानकारी दिए…
Read More
उम्मेदवारले नगद सहयोगमा पाउँदैनन् २५ हजारभन्दा बढी लिन नपाइने

उम्मेदवारले नगद सहयोगमा पाउँदैनन् २५ हजारभन्दा बढी लिन नपाइने

मकवानपुर । चुनाव प्रचार–प्रसारका लागि राजनीतिक दल र उम्मेदवारले अबदेखि अनिवार्य रूपमा छुट्टै बैङ्क खाता खोल्नुपर्ने भएको छ । चुनावको खर्चलाई पारदर्शी र मितव्ययी बनाउन निर्वाचन आयोगले ‘प्रतिनिधिसभा सदस्य निर्वाचन प्रचार–प्रसार बैङ्क खाता (सञ्चालन तथा व्यवस्थापन) कार्यविधि, २०८२’ स्वीकृत गरेसँगै यस्तो व्यवस्था लागू भएको हो । यसका लागि आयोग वा निर्वाचन कार्यालयले कागजात जाँच गरी सिफारिस गरेपछि मात्र बैङ्क तथा वित्तीय संस्थाले खाता खोल्नेछन् । त्यसका लागि राजनीतिक दलले आयोगको सचिवालयमा र उम्मेदवारले सम्बन्धित निर्वाचन कार्यालयमा तोकिएको ढाँचामा निवेदन दिनुपर्ने व्यवस्था गरिएको छ । निवेदनसँगै दलको आधिकारिक पत्र, उम्मेदवारको उम्मेदवारी निस्सा वा परिचयपत्र, सम्बन्धित बैङ्कको दस्तखत नमूना कार्ड तथा खाता…
Read More
सुनचाँदीको मूल्यमा सामान्य गिरावट

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

मकवानपुर । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा केही गिरावट आएको छ । बुधबारको तुलनामा दुवै धातुको मूल्य केही घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य रु दुई लाख ९५ हजार २०० र त्यति नै परिमाणको चाँदीको मूल्य रु चार हजार ९८० कायम भएको छ । बुधबार एक तोला छापावाल सुनको मूल्य रु तीन लाख चार हजार ७०० र त्यति नै परिमाणको चाँदीको मूल्य रु पाँच हजार ६०० कायम भएको थियो । गत मङ्गलबार एक तोला छापावाल सुनको मूल्य दुई लाख ९० हजार ३०० र त्यति नै परिमाणको चाँदीको मोल रु पाँच हजार ३३५…
Read More
पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई पितृशोक

पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई पितृशोक

काठमाडौं । पूर्व प्रधानमन्त्री एवं प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा)का संरक्षक डा. बाबुराम भट्टराईलाई पितृशोक परेको छ । भट्टराईका बुबा भोजप्रसाद भट्टराईको ९७ वर्षको उमेरमा बिहीबार बिहान निधन भएको छ । निकटस्रोतका अनुसार उनको स्वास्थ्य केही दिनयता जटिल बनेको थियो । त्यसपछि बाँसबारीस्थित न्युरो हस्पिटलमा उपचाररत रहँदा उनको निधन भएको हो । स्वर्गीय भट्टराईको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने प्रलोपा नेता जन्मदेव जैसीले जनाएका छन् । डा। भट्टराईको सचिवालयका अनुसार, उनको अन्त्यष्टि आज बिहान ११ बजे पशुपति विद्युत् शवदाह गृहमा हुनेछ ।
Read More
आज तराईका क्षेत्र हुस्सुले ढाकिने

आज तराईका क्षेत्र हुस्सुले ढाकिने

मकवानपुर । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हिमाली भूभागमा साधारणतया बादल लागेको छ भने बाँकी भागमा आंशिक बादल लागेको छ । तराईका केही स्थानमा तुवाँलो लागेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो तराईका केही स्थानमा कुहिरो लाग्ने छ । तराईका धेरै स्थानमा हुस्सु लाग्ने छ भने पहाडी तथा हिमाली भागमा मौसम सफा रहनेछ । त्यसैगरी, आज राति तराईका केही स्थानमा कुहिरो लाग्ने छ भने पहाडी तथा हिमाली भागमा मौसम सफा रहनेछ । महाशाखाले हिमपात, वर्षा र हुस्सुका कारण दैनिक जनजीवन, पर्यटन, पदयात्रा, स्वास्थ्यका साथै हवाई तथा सडक यातायातमा प्रभाव पर्ने भएकाले सतर्कता अपनाउन सम्बद्ध…
Read More
आइसीसी टी–२० विश्वकप: नेपाल आज क्यानडासँग प्रतिस्पर्धामा

आइसीसी टी–२० विश्वकप: नेपाल आज क्यानडासँग प्रतिस्पर्धामा

मकवानपुर । नेपाली राष्ट्रिय क्रिकेट टिमले आज आइसीसी टी–२० विश्वकप अन्तर्गत दोस्रो तथा अन्तिम अभ्यास खेल खेल्दैछ। नेपालले आज क्यानडाविरुद्ध भारतको चेन्नईस्थित एमए चिदम्बरम स्टेडियममा खेल्न लागेको हो। खेल दिउसो सवा ३ बजेदेखि शुरु हुने छ। दुई दिनअघि नेपालले पहिलो अभ्यास खेलमा युएईलाई ७ विकेटले पराजित गरेको थियो। यस खेलमा दीपेन्द्र सिंह ऐरी र आसिफ शेखले अर्थशतक बनाएका थिए। उनीहरु उच्च लयमा छन्। नेपाल रोहित पौडेलको कप्तानीमा १५ सदस्यीय टिम विश्वकपमा तेस्रो पटक सहभागी हुदै छ। आईसीसी विश्वकप आगामी फेब्रुअरी ७ देखि ८ मार्चसम्म भारत र श्रीलंकामा हुनेछ। नेपालको समूह स्कटल्याण्ड, इङल्यान्ड, इटाली र वेष्ट इण्डिज रहेका छन्। नेपालले पहिलो…
Read More
आयोगको निर्देशन: पुराना खाताको रकम नयाँ खातामा सार्नुपर्ने

आयोगको निर्देशन: पुराना खाताको रकम नयाँ खातामा सार्नुपर्ने

काठमाडौं । निर्वाचन आयोगले निर्वाचन खर्चलाई पारदर्शी र मितव्ययी बनाउन ‘प्रतिनिधिसभा सदस्य निर्वाचन प्रचार–प्रसार बैङ्क खाता (सञ्चालन तथा व्यवस्थापन) कार्यविधि, २०८२’ स्वीकृत गरेको छ । आयोगले मङ्गलबार स्वीकृत गरेको यो कार्यविधि प्रतिनिधिसभा सदस्य निर्वाचनमा राजनीतिक दल र उम्मेदवारबाट हुने प्रचारप्रसार खर्चलाई नियन्त्रण, निगरानी र अनुशासित बनाउने उद्देश्यले ल्याइएको जनाइएको छ । कार्यविधिअनुसार अब निर्वाचनको प्रचारप्रसारका लागि राजनीतिक दल र उम्मेदवारले अनिवार्य रूपमा छुट्टै बैङ्क खाता खोल्नुपर्ने छ । त्यसका लागि राजनीतिक दलले आयोगको सचिवालयमा र उम्मेदवारले सम्बन्धित निर्वाचन कार्यालयमा तोकिएको ढाँचामा निवेदन दिनुपर्ने व्यवस्था गरिएको छ । निवेदनसँगै दलको आधिकारिक पत्र, उम्मेदवारको उम्मेदवारी निस्सा वा परिचयपत्र, सम्बन्धित बैङ्कको दस्तखत नमुना…
Read More
मकवानपुरमा प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र हुँदै

मकवानपुरमा प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र हुँदै

मकवानपुर । प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति नजिकिएसँगै मकवानपुरका सहरी एवं ग्रामीण भेगमा क्रमशः चुनावी चहलपहल बढ्न थालेको छ । हेटौंडासहित बागमती, बकैया, मकवानपुरगढी, मनहरी, राक्सिराङ्ग, कैलाश गाउँपालिकाका वडाहरुमा चहलपहल बढेको हो । मकवानपुरका दुवै निर्वाचन क्षेत्रमा चुनावी रणनीति बनाउन पार्टीका आन्तरिक बैठक र भेला पनि जारी छन् । नेपाली कांग्रेस मकवानपुर सचिव भीमसेन महतका अनुसार जिल्लाका सबै वडामा पार्टी प्रतिनिधि परिचालन भएका छन् । नेपाल कम्युनिष्ट पार्टी एमाले, नेपाली कम्युनिष्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीलगायत दल स्थानीय तहमा निर्वाचन परिचालन एवं प्रचारप्रसार कमिटी गठन गरेर चुनावमा होमिएका छन् । क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसबाट महालक्ष्मी उपाध्याय…
Read More
बकैया–३ मा उज्यालो नेपाल पार्टीको वडा कमिटी गठन, अन्धकार राजनीतिलाई उज्यालो बनाउने प्रतिबद्धता

बकैया–३ मा उज्यालो नेपाल पार्टीको वडा कमिटी गठन, अन्धकार राजनीतिलाई उज्यालो बनाउने प्रतिबद्धता

मकवानपुर । बकैया गाउँपालिका–३ मा उज्यालो नेपाल पार्टीको वडा कमिटी गठन कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा मकवानपुर क्षेत्र नं. १ का प्रतिनिधिसभा उम्मेदवार इन्जिनियर सुरेन्द्र लामा (योन्जन) प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो। कार्यक्रमलाई सम्बोधन गर्दै उम्मेदवार इन्जिनियर सुरेन्द्र लामाले देशको सबैभन्दा अन्धकार पक्ष नै राजनीति भएको उल्लेख गर्दै अब त्यस प्रकारको कालो र अपारदर्शी राजनीतिबाट देशलाई मुक्त गरिनुपर्ने आवश्यकता औँल्याउनुभयो। “देशको अन्धकार र कालो राजनीतिबाट निकास दिन उज्यालो लक्ष्य बोकेको उम्मेदवार र पार्टीको आवश्यकता छ,” उहाँले भन्नुभयो, “त्यही जिम्मेवारीका साथ म जनताको बीचमा आएको छु र परिवर्तनका लागि प्रतिबद्ध छु।” कार्यक्रममा उपस्थित स्थानीय जनताले पनि उज्यालो नेपाल पार्टीका अगुवा कुलमान घिसिङजस्ता…
Read More
२२ वर्षको यात्रामा नेपाल टेलिकम

२२ वर्षको यात्रामा नेपाल टेलिकम

मकवानपुर । नेपाल दुरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) २२ वर्ष पूरा गरी २३औँ वर्षमा प्रवेश गरेको छ । यस अवसरमा टेलिकमले आज विभिन्न कार्यक्रमका साथ २२औँ वार्षिकोत्सव मनाउँदैछ । २०६० सालदेखि कम्पनीमा परिणत भएको टेलिकम शुरूमा नेपाल दुरसञ्चार संस्थानका रुपमा रहे पनि कम्पनीमा परिणत भएपछि २३औँ वर्षमा प्रवेश गरेको हो । वार्षिकोत्सवमा टेलिकमले ग्राहक, नेपाल सरकार, नियामकीय निकाय, सञ्चालक समिति, शेयरधनी, व्यावसायिक साझेदार, कर्मचारी, शुभेच्छुकहरुमा आभार तथा कृतज्ञता व्यक्त गर्दै शुभकामना दिएको छ । टेलिकमले आउँदो दिनमा अत्याधुनिक प्राविधिमा आधारित गुणस्तरीय, सुरक्षित तथा विश्वसनीय दुरसञ्चार सेवा प्रदान गर्दै डिजिटल नेपाल निर्माणमा थप शसक्त योगदान गर्ने प्रतिवद्धता समेत व्यक्त गरेको छ…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.