Alag Dhar

समाचार


Warning: Trying to access array offset on value of type bool in /home/alagdhar/public_html/wp-content/themes/viral-mag/inc/breadcrumbs.php on line 1010
इलामको देउमाईमा अटो दुर्घटना, एक जनाको मृत्यु

इलामको देउमाईमा अटो दुर्घटना, एक जनाको मृत्यु

इलाम । इलामको देउमाईमा अटो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जितपुरबाट मङ्गलबारेतर्फ गइरहेको अटो देउमाई नगरपालिका–३ पानीटार चियाबारी नजिक आज बिहान दुर्घटना भएको हो । देउमाई नगरपालिका ५ धुसेनीका १८ वर्षीय युनिश लुइँटेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी लक्ष्मी भण्डारीले जानकारी दिए । गम्भीर घाइते भएका निजको अस्पताल पुर्याउने क्रममा बाटोमा मृत्यु भएको हो ।
Read More
मकवानपुरको सिमखोलामा सवारी दुर्घटना, एक जनाको मृत्यु

मकवानपुरको सिमखोलामा सवारी दुर्घटना, एक जनाको मृत्यु

मकवानपुर । कुलेखानी–काठमाडौँ सडकखण्डअन्तर्गत मकवानपुरको इन्द्रसरोवर गाउँपालिका– २ सिमखोला पुल नजिक भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन् । मकवानपुर जिल्ला प्रहरी कार्यालयका प्रवक्ता पुष्कर बोगटीका अनुसार सर्लाहीबाट काठमाडौँतर्फ गइरहेको मधेस प्रदेश ०३–००१ च ६७२१ नम्बरको गाडी आज बिहान दुर्घटना हुँदा सर्लाहीको वरथवा नगरपालिका–१ का १७ वर्षीय रोहन मण्डलको मृत्यु भएको हो । दुर्घटनामा सर्लाहीको वरथवा नगरपालिका–१ का २५ वर्षीय रामवली साह र १६ वर्षीय छोटे पासवानको काठमाडौँ मेडिकल कलेजमा उपचार भइरहेको छ ।
Read More
पाँचथरमा ५५ कार्टुन मदिरासहित एक जना पक्राउ

पाँचथरमा ५५ कार्टुन मदिरासहित एक जना पक्राउ

मकवानपुर । पाँचथरमा ठूलो परिणामको मदिरासहित एक जना पक्राउ परेका छन् । भारतबाट ल्याएको ५५ कार्टुन मदिरासहित हिलिहाङ गाउँपालिका-२ का शंकर प्रसाईंलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीले सिक्कमे कञ्चन १८ कार्टुन, टाइगर -३३ कार्टुन, सिक्किमे गोल्ड ४ कार्टुन बरामद गरेको जनाएको छ । यो मदिरा अवैध भएको प्रहरीको भनाइ छ । जिल्ला प्रहरी कार्यालय पाँचथरका डीएसपी अनिश कर्णका अनुसार कार्टुनमा रहेको ६६० बोतल मदिरासहित शंकरलाई आवश्यक कारबाहीका लागि आन्तरिक राजश्व कार्यालय झापा बुझाइएको छ । काठमाडौंबाट ताप्लेजुङतर्फ गइरहेको बसमा लुकाएर लैजाँदै गरेको मदिरा विशेष सूचनाका आधारमा फिदिमको जोरसालमा पक्राउ गरिएको कर्णले बताए ।
Read More
अमेरिकी डलर, युरो र अष्ट्रेलियन डलरको मूल्य बढ्यो

अमेरिकी डलर, युरो र अष्ट्रेलियन डलरको मूल्य बढ्यो

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले निर्धारण गरेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर, युरो र अष्ट्रेलियन डलरको मूल्य आज पनि उकालो लागेको छ । राष्ट्र बैङ्कका अनुसार आज अमेरिकी डलर एकको खरिददर १४६ रुपैयाँ ४२ पैसा र बिक्रीदर १४७ रुपैयाँ २ पैसा निर्धारण गरिएको छ । हिजो अमेरिकन डलर एकको खरिददर १४५ रुपैयाँ २७ पैसा र बिक्रीदर १४५ रुपैयाँ ८७ पैसा तोकिएको थियोे । आज युरोको भाउ पनि बढेको छ । आज युरोपियन युरो एकको खरिददर १७१ रुपैयाँ ५१ पैसा र बिक्रीदर १७२ रुपैयाँ २१ पैसा छ । हिजो युरोपियन युरो एकको खरिददर १७० रुपैयाँ ३६ पैसा र बिक्रीदर १७१…
Read More
नेदरल्यान्ड्सविरुद्ध नेपालले बलिङ गर्दै

नेदरल्यान्ड्सविरुद्ध नेपालले बलिङ गर्दै

काठमाडौं । आईसीसी महिला टी-२० विश्वकप ग्लोबल छनोटको आफ्नो दोस्रो खेलमा नेपालले नेदरल्यान्ड्सविरुद्ध पहिले बलिङ गर्दैछ । त्रिवि क्रिकेट मैदानमा नेदरल्यान्ड्सकी कप्तान बाबेट डे लिडले टस जितेर नेपाललाई पहिले बलिङको निम्तो दिएकी हुन् । नेपाल पहिलो खेलमा थाइल्यान्डसँग पराजित भएको थियो भने नेदरल्यान्ड्सले जिम्बाबे र स्कटल्यान्डलाई हराइसकेको छ । आजको खेलमा नेपालले पहिलो खेलबाट कुनै परिवर्तन गरेको छैन । नेपालको प्लेइङ ११ मा इन्दु बर्मा, पूजा महतो, सम्झना खड्का, बिन्दु रावल, रुबिना क्षेत्री, कविता कुँवर, रिया शर्मा, सोमु विष्ट, सीता राना मगर, काजल श्रेष्ठ, कविता जोशी रहेका छन् ।
Read More
एसईईको परीक्षा तालिका सार्वजनिक

एसईईको परीक्षा तालिका सार्वजनिक

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को परीक्षा तालिका सार्वजनिक गरेको छ । बुधबार बोर्डले चैत १९ देखि २९ गतेसम्म परीक्षा हुने गरी तालिका सार्वजनिक गरेको हो ।  
Read More
अपडेट : ३४८६ जनाको उम्मेदवारी मनोनयन

अपडेट : ३४८६ जनाको उम्मेदवारी मनोनयन

काठमाडौं । निर्वाचन आयोगको पछिल्लो विवरणअनुसार आगामी फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) निर्वाचन प्रणालीतर्फ देशका १६५ निर्वाचन क्षेत्रमा तीन हजार ४८६ जनाको उम्मेदवारी दर्ता भएको छ । केही क्षेत्रमा एकै पार्टीबाट दुई उम्मेदवारीसमेत परेको स्थितिमा रुजु गर्दा प्रारम्भिक सूचीमा सामान्य परिवर्तन आएको हो । यही माघ ६ गते देशभर एकैपटक मनोनयनपत्र दर्ता सम्पन्न भएको थियो । कूल तीन हजार ४८६ उम्मेदवारीमध्ये पुरुष तीन हजार ८९, महिला ३९६ र तेस्रो लिङ्गी एक जना रहेका छन् । दर्ता भएका उम्मेदवारका बारेमा आज योग्यतासम्बन्धी प्रश्न भएमा उजुरी दिन सकिने आयोगले जनाएको छ ।    
Read More
उपत्यकाबाट हराएका ५० वटा मोटरसाइकल र स्कुटर धनीलाई हस्तान्तरण

उपत्यकाबाट हराएका ५० वटा मोटरसाइकल र स्कुटर धनीलाई हस्तान्तरण

काठमाडौं । काठमाडौँ उपत्यकाबाट चोरी भएका ५० वटा मोटरसाइकल र स्कुटर खोजी गरेर ट्राफिक प्रहरीले सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ । उपत्यका प्रहरी कार्यालयका एआईजी ईश्वर कार्की र काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसएसपी नवराज अधिकारीले बुधवार दुईपांग्रे सवारी हस्तान्तरण गरेका हुन् । रामशाहपथस्थित काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आयोजित कार्यक्रममा आफ्नो सवारी भेट्टाइदिएकोमा सवारी धनीले अनुसन्धानमा संलग्न प्रहरीलाई मिठाइ खुवाए । पछिल्लो २५ दिनको अवधिमा ५० वटा दुईपांग्रे सवारी फेला पारिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयमा एसपी नरेश सुवेदीले रातोपाटीलाई बताए । उनले भने, ‘मोटरसाइकल चोरीमा संलग्न ७ जनालाई पक्राउ गरेर मुद्दा चलाउन जिल्ला प्रहरी परिसर काठमाडौँ मातहतका युनिटमा पठाएका…
Read More
उज्यालो नेपाल पार्टीका १२० उम्मेदवार (सूची)

उज्यालो नेपाल पार्टीका १२० उम्मेदवार (सूची)

काठमाडौं । उज्यालो नेपाली पार्टी (उनेपा) ले १२० वटा निर्वाच क्षेत्रमा उम्मेदवारी दिएको छ । पार्टीका नेता जितराम लामाका अनुसार केही ठाउँको विवरण आउन बाँकी छ । अहिलेसम्म १२० वटा निर्वाचन क्षेत्रको विवरण आएको उनले बताए । पार्टीका अध्यक्ष कुलमान घिसिङले काठमाडौं क्षेत्र नम्बर ३ बाट उम्मेदवारी दिएका छन् । उपाध्यक्ष जितराम लामाले भक्तपुर २ बाट उम्मेदवारी दिएका छन् । रास्वपासँग एकतामा सहमति गरेको उज्यालेले पछि एक्लै चुनाव लड्ने निर्णय गरेको हो । समानुपातिकमा भने उज्यालोले राष्ट्रिय परिवर्तन पार्टीबाट उम्मेदवारी दिएको छ । यी हुन् उम्मेदवारहरू : १. काठमाडौं-१- मंगलाल श्रेष्ठ २. काठमाडौं-२ – पवन पोखरेल ३. काठमाडौं-३ – कुलमान…
Read More
आन सुनको मुल्य दश हजार चार सय ले वृद्धि

आन सुनको मुल्य दश हजार चार सय ले वृद्धि

मकवानपुर । स्थानीय बजारमा सुनको मूल्यमा भारी वृद्धि भएको छ । मङ्गलबारको तुलनामा आज एक तोला सुन रु. १० हजार ४०० ले वृद्धि भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार एक तोला छापावाल सुनको मूल्य रु। दुई लाख ९५ हजार १०० त्यति नै चाँदीको मोल रु। पाँच हजार ९२० कायम भएको छ । मङ्गलबार एक तोला छापावाल सुनको मूल्य रु। दुई लाख ८४ हजार ७०० त्यति नै चाँदीको मोल रु। पाँच हजार ८८० कायम भएको थियो । गत आइतबार एक तोला सुन रु। दुई लाख ७८ हजार ८०० र त्यति नै परिमाणको चाँदी रु। पाँच हजार ६२५ मा…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.