Alag Dhar

अलगधार

अलगधार

1598 Posts
राष्ट्रिय महिला भलिबलको फाइनलमा केशवलाल, उपाधिका लागि न्यु डायमण्डसँग सामना गर्ने

राष्ट्रिय महिला भलिबलको फाइनलमा केशवलाल, उपाधिका लागि न्यु डायमण्डसँग सामना गर्ने

हेटौंडा । राष्ट्रिय महिला भलिबल प्रतियोगिताको फाइनलमा बागमती प्रदेशको केशवलाल श्रेष्ठ स्मृति केन्द्रीय प्रतिष्ठान प्रवेश गरेको छ । मकवापुर जिल्ला खेलकुद विकास समितिलाई आयोजना गरेको दोस्रो बृहत् खेलको कृषि तथा पर्यटन महोत्सवमा आज आइतबार बिहान भएको राष्ट्रिय महिला भलिबल प्रतियोगिताको अन्तिम सेमीफाइनल खेलमा लुम्बिनी प्रदेशस्थित पाल्पा जिल्लाको स्टेप भलिबल क्लबलाई ३-० को सोझो सेटले पराजित गर्दै बाग्मती प्रदेशको केशवलाल श्रेष्ठ समिति केन्द्रीय प्रतिष्ठान फाइनलमा प्रवेश गरेको हो । अब आज आइतबार दिउँसो हुने फाइनल खेलमा केशव लाल स्मृति प्रतिष्ठानले काठमाडौँको न्यू डायमण्ड क्लबसँग सामना गर्नुपर्नेछ । दिउँसो १ बजेबाट सुरु हुने खेलमा दुबै टिम जितको लक्ष्य सहित मैदानमा उत्रिनेछन् ।…
Read More
चैत १३ गते बालेनले प्रधानमन्त्रीको शपथ लिने

चैत १३ गते बालेनले प्रधानमन्त्रीको शपथ लिने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का वरिष्ठ नेता बालेन शाहले यही चैत १३ गते प्रधानमन्त्रीको शपथ लिने भएका छन् । रास्वपाका सभापति रवि लामिछाने, वरिष्ठ नेता शाह तथा उपसभापतिद्वय डीपी अर्याल र स्वर्णिम वाग्लेबिच बिहीबारको छलफलले प्रधानमन्त्रीमा शाहले शपथ लिने मिति तय गरिएको हो । उपसभापित स्वर्णिम वाग्लेका अनुसार चैत १३ मा शाहले प्रधानमन्त्री पदको शपथ लिनेछन् । चैत १२ गते सांसदहरूको शपथ हुनेछ।
Read More
आयोगद्वारा समानुपातिकतर्फ निर्वाचित सांसदहरुलाई प्रमाणपत्र वितरण

आयोगद्वारा समानुपातिकतर्फ निर्वाचित सांसदहरुलाई प्रमाणपत्र वितरण

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनमा समानुपातिकतर्फबाट निर्वाचित सांसदहरुलाई प्रमाणपत्र वितरण गरेको छ । आयोगले बिहीवार एक कार्यक्रमकाबिच समानुपातिकतर्फका एक सय १० जना सांसदहरुलाई प्रमाणपत्र वितरण गरेको हो । सांसदहरुलाई आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारी, निर्वाचन आयुक्तद्वय डा. जानुकाकुमारी तुलाधार र सगुन शमशेर जबराले प्रमाणपत्र वितरण गर्नुभएको हो । फागुन २१ गते भएको प्रतिनिधि सभा निर्वाचनमा समानुपातिकतर्फ ६ वटा राजनितिक दलले सिट प्राप्त गरेका थिए । समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टीले ५७, नेपाली काँग्रेसले २०, नेकपा एमालेले १६, नेपाली कम्युनिष्ट पार्टीले ९, श्रमसंस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले ४-४ सिट जितेका थिए । प्रत्यक्षतर्फ निर्वाचित भएका १ सय…
Read More
सुनचाँदीको भाउ आज  घट्यो

सुनचाँदीको भाउ आज घट्यो

काठमाण्डौ । सुनचाँदीको भाउ आज पनि घटेको छ । आज सुन तोलाको ३ लाख २ हजार ३०० रुपैयाँ कायम रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो सुनको भाउ तोलाको ३ लाख ७ हजार ७ सय र अस्ति ३ लाख ९ हजार ९ सय रुपैयाँ थियो । यस्तै चाँदीको भाउ आज तोलाको ५ हजार १० रुपैयाँमा कारोबार भैरहेको छ । हिजो चाँदीको भाउ तोलाको ५ हजार १ सय ५० र अस्ति ५ हजार ३ सय ३५ रुपैयाँ थियो ।
Read More
भोलि लुम्बिनी र पर्सि कोशी प्रदेशमा तीव्र हावाहुरी चल्ने सम्भावना

भोलि लुम्बिनी र पर्सि कोशी प्रदेशमा तीव्र हावाहुरी चल्ने सम्भावना

काठमाण्डौ । जल तथा मौसम विज्ञान विभागले भोलि शुक्रवार लुम्बिनी र पर्सि शनिवार कोशी प्रदेशमा तीव्र हावाहुरीको सम्भावना रहेको जनाएको छ । विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले निकालेको सूचनामा भोलि दाङ र नेपालगञ्जसहित लुम्बिनी प्रदेशका तराई क्षेत्रका आसपासका जिल्लाहरूमा तीव्र हावा चल्ने उल्लेख छ । यस्तै पर्सि पूर्वी क्षेत्रका मोरङको विराटनगर, धनकुटा र सुनसरीको धरान आसपासका ठाउँहरूमा तीव्र हावाहुरी चल्ने सम्भावना छ । महाशाखाका अनुसार झन्डै ११९ किलोमिटर प्रतिघण्टाको गतिमा चल्ने हावाहुरीका कारण रुख ढल्ने, कमजोर संरचना र छाना उड्ने, विद्युत् तथा सञ्चार सेवा प्रभावित हुने जोखिम रहन सक्छ । महाशाखाले सतर्कता अपनाउन सबैसँग अनुरोध गरेको छ । यसैबीच आउँदो तीन दिन…
Read More
आजबाट चैते दसैं सुरू

आजबाट चैते दसैं सुरू

काठमाडौं । चैत्र शुक्ल प्रतिपदाका अवसरमा आजदेखि चैत्र दसैँको नवरात्र सुरु गरिँदै छ । चैत्र नवरात्रका अवसरमा आज हनुमानढोका दरबारमा घटस्थापना गरी विधिपूर्वक नवदुर्गा देवीको पूजाआराधना गरिँदै छ । चैत्र नवरात्रको घटस्थापनाका लागि आज बिहान ७ः५१ बजेको साइत उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका कार्यकारी निर्देशक लक्ष्मण पन्थीले जानकारी दिए । आज उत्तर फर्केर घटस्थापना गर्नुपर्ने साइत दिइएको पनि उनले बताए । यस अवसरमा देशभरका देवी मन्दिर एवं शक्तिपीठमा पनि पूजाआराधना एवं उपासनाका लागि भक्तजनको लाम लाग्ने गर्छ । शास्त्रीय नियमअनुसार वर्षमा चारवटा नवरात्र पर्ने गरेका छन् । आसार शुक्ल पक्ष, असोज शुक्ल पक्ष, पुस शुक्ल पक्ष र माघ शुक्ल…
Read More
कांग्रेस केन्द्रीय कार्यसमितिमा गगन थापाको राजीनामा अस्वीकृत गर्ने प्रस्ताव

कांग्रेस केन्द्रीय कार्यसमितिमा गगन थापाको राजीनामा अस्वीकृत गर्ने प्रस्ताव

काठमाडौं । नेपाली कांग्रेसको शुक्रबार बस्ने केन्द्रीय कार्यसमितिको बैठकमा गगन थापाले सभापति पदबाट दिएको राजीनामा अस्वीकृत गर्ने प्रस्ताव पेस हुने भएको छ । थापाले २१ फागुनको निर्वाचनमा भोगेको हारको नैतिक जिम्मेवारी लिँदै उपसभापति विश्वप्रकाश शर्मालाई बुधबार राजीनामा पत्र बुझाएका छन् । शुक्रबारको केन्द्रीय कार्यसमितिको बैठकको गगन थापा सहभागी नहुने एक नेताले बताए । त्यसैले बैठकको अध्यक्षता उपसभापति शर्माले गर्नेछन् । सो बैठकमा शर्माले थापाले सभापति पदबाट राजीनामा दिएको औपचारिक जानकारी गराउने र सो राजीनामा अस्वीकृत गर्ने प्रस्ताव पनि पेस गर्ने तयारी गरेको स्रोतले बतायो । ‘उपसभापति शर्माले चुनावमा पराजित हुनुको कारण एकल व्यक्ति नभएको र विशेष महाधिवेशनबाट चुनिएर आएको नेतृत्व छोटो…
Read More
आगामी हप्ता नयाँ सरकार बन्छ होला, मैले विश्राम लिने बेला भयो : अर्थमन्त्री खनाल

आगामी हप्ता नयाँ सरकार बन्छ होला, मैले विश्राम लिने बेला भयो : अर्थमन्त्री खनाल

काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले आउँदो हप्ता नयाँ सरकार बन्नसक्ने बताएका छन् । नेपाल नागरिक लगानी कोषको वार्षिक उत्सवका अवसरमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री खनालले सो कुरा बताएका हुन् । निर्वाचन आयोगले विहीबारसामानुपातिक सांसदहरुलाई प्रमाणपत्र वितरण गरेपछि संविधान अनुसार नयाँ सरकार तीव्र गतिमा अघि बढ्ने उनले जानकारी दिए । आफूले पनि अब विश्राम लिने बेला भएको उनले बताए । अर्थमन्त्री खनालले शक्तिशाली बहुमतसहित आएको सरकारले बाह्य क्षेत्रबाट उत्पन्न चुनौती सामना गर्दै समष्टिगत आर्थिक परिसूचकमा देखिन गएको संकेत अनुसार काम गर्न सकोस् भनेर सदभाव व्यक्त गरे ।
Read More
भारतको इन्दौरमा कार चार्जिङ गर्दा विस्फोट, ७ जनाको मृत्यु

भारतको इन्दौरमा कार चार्जिङ गर्दा विस्फोट, ७ जनाको मृत्यु

काठमाडौं । भारतको मध्य प्रदेश राज्यमा पर्ने इन्दौरमा विद्युत शर्ट हुँदा भएको आगलागीमा परी सात जनाको मृत्यु भएको छ । बुधवार बिहानै भएको घटनामा तीन जना गम्भीर घाइते भएका छन् । इन्दौरको बंगाली चौराहनजिकै रहेको कोलोनीमा बिहान ४ बजे घटना भएको हो । घटनाका बेला अधिकांश मानिसहरू आ–आफ्नो घरमा सुतिरहेका थिए । इन्दौरका पुलिस कमिशनर सन्तोषकुमार सिंहले घर बाहिर चार्जिङमा राखिएको इलेक्ट्रिक कारबाट आगो सल्किन सुरू भएको बताएका छन् । ‘प्रारम्भिक जाँचका क्रममा बिहान करिब ४ बजे चार्जिङ प्वाइन्टमा शर्ट सर्किट हुँदा कारमा आगो लाग्यो,’ उनले भने, ‘केही मिनेटमै आगो घर भित्र फैलियो । घरभित्र ठूलो संख्यामा ग्यास सिलिन्डर राखिएका…
Read More
गुल्मीमा ट्याक्टरको ठक्करबाट एक जनाको मृत्यु

गुल्मीमा ट्याक्टरको ठक्करबाट एक जनाको मृत्यु

मकवानपुर । ट्याक्टरको ठक्करबाट मदाने गाउँपालिकाका एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर सारुका अनुसार मदाने गाउँपालिका–१ अग्लुङ फेदीका ३५ वर्षीय सालिकराम चन्दको मृत्यु भएको हो । ट्याक्टरको ठक्करबाट गम्भीर घाइते भएकी उनको तम्घास अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । दुर्घटनामा संलग्न ट्याक्टर र त्यसका चालक प्रहरीले नियन्त्रणमा लिएको छ ।
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.