Alag Dhar

राजनीति


Warning: Trying to access array offset on value of type bool in /home/alagdhar/public_html/wp-content/themes/viral-mag/inc/breadcrumbs.php on line 1010
मकवानपुर क्षेत्र नम्बर–१  मतगणनामा रास्वपाकोका उम्मेदवार अग्रतामा

मकवानपुर क्षेत्र नम्बर–१ मतगणनामा रास्वपाकोका उम्मेदवार अग्रतामा

मकवानपुर  । मकवानपुर प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर–१ मा १२:०० सम्मको जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी का उम्मेदवार प्रकाश गौतम फराकिलो मतान्तरसहित अग्रस्थानमा रहेका छन्। पछिल्लो मतपरिणामअनुसार उनले २२ हजार ४१४ मत प्राप्त गरेका छन्। त्यसैगरी एमालेका उम्मेदवार रामेश्वर रानाले ४ हजार ७२७ मत प्राप्त गरी दोस्रो स्थानमा रहेका छन् ।  तेस्रो स्थानमा रहेका नेपाली कांग्रेसका उम्मेदवार महाँलक्ष्मी उपाध्यायले (डिना)  ४ हजार  ३२० मत र चौथो स्थानमा रहेका उज्यालो नेपलाल पार्टी का सुरेन्द्र लामाले ३ हजार ३८६ मत प्राप्त गरेका छन् भने राप्रपाका उम्मेदवार दिपक बहादुर सिंहले २६१३ मत प्राप्त गरेका छन्। मतगणना अझै जारी रहेकाले अन्तिम परिणाम आउन बाँकी रहेको निर्वाचन अधिकृतको…
Read More
मकवानपुर क्षेत्र नम्बर–२ रास्वपाकोका उम्मेदवार प्रशान्त उप्रेती झन्डै दोब्बरको अग्रतामा

मकवानपुर क्षेत्र नम्बर–२ रास्वपाकोका उम्मेदवार प्रशान्त उप्रेती झन्डै दोब्बरको अग्रतामा

मकवानपुर  । मकवानपुर प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर–२ मा १२:३५ सम्मको जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी का उम्मेदवार प्रशान्त उप्रेती   फराकिलो मतान्तरसहित अग्रस्थानमा रहेका छन्। पछिल्लो मतपरिणामअनुसार उनले १४ हजार ४९६ मत प्राप्त गरेका छन्। त्यसैगरी एमालेका  उम्मेदवार महेश कुमार बतौला ले ७ हजार ६९७ मत प्राप्त गरी दोस्रो स्थानमा रहेका छन्।  तेस्रो स्थानमा रहेका लवशेर विष्टको ६ हजार ९३९ मत र चौथो स्थानमा रहेका नेपाली कांग्रेसका बुद्ध लामाको ५ हजार ८३४ मत प्राप्त गरेका छन्। यसैगरी उज्यालो नेपलाल पार्टी का प्रविन कुमार स्याङ्तान ले २ हजार १७० मत प्राप्त गरेका छन्। मतगणना अझै जारी रहेकाले अन्तिम परिणाम आउन बाँकी रहेको निर्वाचन…
Read More
४० क्षेत्रको मतपरिणाम घोषणा

४० क्षेत्रको मतपरिणाम घोषणा

काठमाडौं । शनिबार बिहान १०:४५ बजेसम्म ४० क्षेत्रको मतपरिणाम घोषणा भएको छ । निर्वाचन आयोगका अनुसार रास्वपाले हालसम्म ३०  क्षेत्रमा विजय हासिल गरेको छ भने अझै ८७ क्षेत्रमा अग्रता बनाएको छ । यस्तै कांग्रेसले ५ स्थानमा विजय हासिल गर्दा १० स्थानमा अग्रता बनाएको छ । यस्तै एमालेले २ स्थानमा जित र १० स्थानमा अग्रता बनाएको छ । यस्तै नेकपा २ स्थानमा विजयी हुँदा ९ स्थानमा अगाडि छ । यसैगरी १ जना स्वतन्त्र उम्मेदवार विजयी हुँदा अन्य ६ उम्मेदवारले अग्रता बनाएका छन् । बिहीबार प्रतिनिधिसभाको निर्वाचन भएको थियो । निर्वाचनबाट प्रत्यक्षतर्फ १६५ र समानुपातिकतर्फ ११० जना निर्वाचित हुने व्यवस्था छ । निर्वाचनमा…
Read More
पूर्वपत्रकार सन्तोष राजवंशी भारी मतान्तरसहित विजयी

पूर्वपत्रकार सन्तोष राजवंशी भारी मतान्तरसहित विजयी

विराटनगर । मोरङ क्षेत्र नम्बर–४ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार सन्तोष राजवंशी भारी मतान्तरसहित विजयी भएका छन्। उनले नेपाली काँग्रेसका महामन्त्री तथा प्रखर वक्ता गुरुराज घिमिरे, नेपाली कम्युनिस्ट पार्टीका प्रभावशाली नेता एवं पूर्वमन्त्री अमनलाल मोदी तथा नेकपा (एमाले)का केन्द्रीय सदस्य तथा पूर्व प्रदेशमन्त्री जीवन घिमिरेलाई पछि पार्दै जीत हासिल गरेका हुन्। निर्वाचन अधिकृत घनेन्द्र अधिकारीका अनुसार ३४ वर्षीय राजवंशीले ४० हजार ८ सय ३३ मत प्राप्त गरी विजयी भएका हुन्। उनका निकटतम प्रतिस्पर्धी काँग्रेसका गुरुराज घिमिरेले १२ हजार ८ सय १२ मत प्राप्त गरेका छन्। दुवैबीचको मतान्तर २८ हजार २१ रहेको छ, जुन यस क्षेत्रको इतिहासमै निकै ठूलो मतान्तर…
Read More
चितवन २ मा रवि लामिछानेको ह्याट्रिक

चितवन २ मा रवि लामिछानेको ह्याट्रिक

भरतपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले चितवन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा सानदार जित हासिल गर्दै ह्याट्रिक पूरा गरेका छन्। शनिबार सार्वजनिक अन्तिम मतपरिणाम अनुसार लामिछानेले आफ्ना निकटतम प्रतिस्पर्धीलाई भारी मतान्तरले पराजित गर्दै पुन: संसदको यात्रा तय गरेका हुन्। निर्वाचन अधिकृतको कार्यालयका अनुसार लामिछानेले ५४ हजार ४०२ मत प्राप्त गरे। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी मिना खरेलले १४ हजार ५६४ मत मात्रै पाइन्। लामिछाने र खरेलबीचको मतान्तर ३९ हजार ८३८ रहेको छ, जुन यो क्षेत्रको निर्वाचन इतिहासमै निकै शक्तिशाली अन्तर हो। त्यस्तै, नेकपा एमालेका उम्मेदवार अस्मिन घिमिरेले ६ हजार ९९२ मत प्राप्त गर्दा नेकपाका प्रताप गुरुङले…
Read More
विमलेन्द्र र जुलीलाई हराउँदै धनुषा ३ मा रास्वपाका मनिष झा विजयी

विमलेन्द्र र जुलीलाई हराउँदै धनुषा ३ मा रास्वपाका मनिष झा विजयी

महोत्तरी । धनुषाको निर्वाचन क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीका मनिष झा विजयी भएका छन् । उनले नेपाली कांग्रेस र नेकपा एमालेका हेभिवेट उम्मेदवारहरुलाई पछि पार्दै विजयी भएका हुन् । झाले ४३ हजार १४२ मत ल्याउँदा कांग्रेसका विमलेन्द्र निधिले १५ हजार ९९२ मत मात्र ल्याउन सके । तेस्रो स्थानमा एमालेकी जुली कुमारी महतोले ९ हजार ५१० मत प्राप्त गरिन् ।
Read More
महोत्तरी १ मा गिरिराज पराजित, रास्वपाका प्रमोद विजयी

महोत्तरी १ मा गिरिराज पराजित, रास्वपाका प्रमोद विजयी

महोत्तरी । महोत्तरीको निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमोदकुमार महतो विजयी भएका छन् । उनले नेपाली कम्युनिस्ट पार्टीका गिरिराजमणि पोखरेललाई स्तब्ध बनाएका हुन् । महतोले ३४ हजार ६३६ मत ल्याउँदा पोखरेलले १२ हजार ६२४ मत मात्र ल्याउन सके । तेस्रो स्थानमा एमालेका लक्ष्मी महतो कोइरीले ६ हजार ५९१ मत ल्याए ।
Read More
बाँके-३ मा रास्वपा का खगेन्द्र सुनार विजयी

बाँके-३ मा रास्वपा का खगेन्द्र सुनार विजयी

बाँके । बाँके ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीका खगेन्द्र सुनार विजयी भएका छन् । उनले २९ हजार ५५१ मत प्राप्त गरे । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका सुमन मल्लले १९ हजार ६१५ मत पाए । नेपाली कांग्रेसका अमरसिंह पुन १३ हजार २१५ मतसहित तेस्रो स्थानमा रहे ।
Read More

बाँकेको दुई वटा क्षेत्रमा रास्वपा र एक वटामा एमालेका उम्मेदवार विजयी

हेटौंडा/ बाँकेको तीन वटा निर्वाचन क्षेत्रमध्ये दुई क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी र एउटा क्षेत्रमा नेकपा एमाले विजयी भएको छ । क्षेत्र नम्बर १ र क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी उम्मेदवार विजयी भएका छन् भने क्षेत्र नम्बर २ मा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । क्षेत्र नम्बर १ मा रास्वपाका सुरेश कुमार चौधरी ३२ हजार ७ सय ९२ मतका साथ विजयी हुँदा उहाँका निकटतम् प्रतिद्वन्दी नेपाली कांग्रेसका नारायण प्रसाद गौडेलले १५ हजार ३ सय १ मत प्राप्त गर्नुभयो । तेस्रो स्थानमा रहेका एमालेका सूर्य प्रसाद ढकालले ११ हजार ९५ मत प्राप्त गरेको निर्वाचन अधिकृत सरोजनिधि वाग्लेलेजानकारी दिनुभयो ।…
Read More

मकवानपुरको दुवै क्षेत्रमा रास्वपा अगाडि

हेटौंडा/ प्रतिनिधिसभा निर्वाचन २०८२ अन्तर्गत मकवानपुरका दुवै निर्वाचन क्षेत्रमा मतगणना जारी रहेको छ। हालसम्मको मतगणना परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार दुवै क्षेत्रमा अग्रस्थानमा देखिएका छन्। प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर–१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार प्रकाश गौतमले १९ हजार २३५ मत प्राप्त गर्दै अग्रता लिएका छन्। नेकपा (एमाले) का उम्मेदवार रामेश्वर राना मगरले ३ हजार ९९९ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसकी उम्मेदवार महालक्ष्मी उपाध्याय (डिना) ले ३ हजार ४९५ मत प्राप्त गरेकी छन्। यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार दीपक बहादुर सिंहले २ हजार ३७६ मत प्राप्त गरेका छन् भने नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार विजय गौतमले १ हजार…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.