२०८३ श्रावण १७, आईतवार ०५:५३
२०८३ श्रावण १७, आईतवार ०५:५३
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको कम्युनिस्ट आन्दोलन तथा किसान आन्दोलनका अग्रणी व्यक्तित्व तुलसीलाल अमात्य र अमर शहीद भीमदत्त पन्तले अघि बढाएको किसान आन्दोलनको विरासतलाई अघि बढाउन आग्रह गरेका छन् । अमात्य र पन्तको स्मृति दिवसका अवसरमा आज एक श्रद्धाञ्जली सन्देश जारी गर्दै ओलीले यस्तो आग्रह गरेका हुन् । अध्यक्ष ओलीले नेपाल कम्युनिस्ट पार्टीको तेस्रो महाधिवेशनबाट निर्वाचित महासचिव तुलसीलाल अमात्यले नेपालमा किसान आन्दोलनलाई वैचारिक तथा सङ्गठनात्मक रूपमा सुदृढ बनाउन महत्त्वपूर्ण योगदानको स्मरण गरेका छन् । सामन्तवादी भूस्वामित्वको समयमा अमात्यले जसको जोत, उसको पोत भन्ने नारासहित किसानहरूलाई आफ्नो हक र अधिकारका लागि सङ्गठित हुन प्रेरित…