Alag Dhar

समाचार


Warning: Trying to access array offset on value of type bool in /home/alagdhar/public_html/wp-content/themes/viral-mag/inc/breadcrumbs.php on line 1010
रास्वपा महाधिवेशनमा मतदान जारी

रास्वपा महाधिवेशनमा मतदान जारी

काठमाण्डौं । चितवनमा भैरहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन अन्तर्गत मध्यरातदेखि मतदान शुरु भएको छ । महाधिवेशन शुरु भएको पाँचौ दिनमा ९९ पदका लागि विद्युतीय मतदान शुरु भएको हो । मतदान आज बिहान १० बजेसम्म चल्नेछ । ९९ पदका लागि ३८४ जनाले उम्मेदवारी दर्ता गराएका थिए । उम्मेदवारविरुद्ध परेका दाबी–बिरोधको छानबिन, उम्मेदवारी खारेजी तथा फिर्ता लिने क्रमपछि अन्तिम सूचीमा २०४ जनाको मात्रै उम्मेदवारी कायम गरिएको छ । पहिलो चरणमा सभापति र ९९ केन्द्रीय सदस्यको चुनाव हुने रास्वपाको विधानमा व्यवस्था छ । सभापतिमा रवि लामिछाने निर्विरोध भैसक्नुभएको छ । ९९ केन्द्रीय सदस्यका लागि मतदान भइरहेको हो । यसैबीच महाधिवेशनमा…
Read More
हेटौंडामा निर्माण व्यवसायीमाथि खुकुरी प्रहार

हेटौंडामा निर्माण व्यवसायीमाथि खुकुरी प्रहार

हेटौंडा । मकवानपुरका निर्माण व्यवसायी समाज घिमिरेमाथि  हेटौंडा उपमहानगरपालिका–५ स्थित टि टाइम क्याफे अगाडि खुकुरी प्रहार भएको छ। प्रहरीका अनुसार राति करिब ११ बजेतिर अज्ञात व्यक्तिले घिमिरेमाथि खुकुरी प्रहार गरेका हुन्। आक्रमणबाट घिमिरेको टाउको र अनुहारमा गहिरो चोट लागेको छ। घाइते घिमिरेलाई तत्काल उपचारका लागि हेटौंडाको सहकारी अस्पताल लगिएकोमा हाल उनी उपचाररत रहेका छन्। चिकित्सकका अनुसार उनको स्वास्थ्य अवस्थाबारे निरन्तर निगरानी भइरहेको छ। घटनापछि खुकुरी प्रहारमा संलग्न व्यक्तिको खोजी कार्य तीव्र पारिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। घटनाको कारण खुल्न नसकेको र थप अनुसन्धान जारी रहेको प्रहरीले जानकारी दिएको छ। प्रहरीले घटनास्थल आसपासका व्यक्तिसँग सोधपुछ गर्नुका साथै उपलब्ध प्रमाण…
Read More
तेस्रो बागमती प्रदेश खेलकुदको उपाधि काठमाडौंलाई, फुटबलमा चितवन र काठमाडौं च्याम्पियन

तेस्रो बागमती प्रदेश खेलकुदको उपाधि काठमाडौंलाई, फुटबलमा चितवन र काठमाडौं च्याम्पियन

हेटौँडा । तेस्रो बागमती प्रदेश खेलकुद प्रतियोगिता–२०८३ को उपाधि काठमाडौंले जितेको छ । बागमती प्रदेश खेलकुद विकास परिषद्को आयोजनामा असार १ गतेदेखि सुरु भई असार ३ गते औपचारिक उद्घाटन गरिएको प्रतियोगितामा काठमाडौंले सर्वाधिक ५१ स्वर्ण, ३८ रजत र ४२ कास्य गरी कुल १३१ पदक जित्दै च्याम्पियन बनेको हो । प्रतियोगिताको अन्तिम दिन मंगलबार फुटबलका फाइनल खेल सम्पन्न भएसँगै गौरीटार फुटबल मैदानमा समापन तथा पुरस्कार वितरण समारोह गरिएको थियो । प्रतियोगितामा ललितपुरले पनि काठमाडौं बराबर कुल १३१ पदक जिते पनि स्वर्ण पदक कम हुँदा दोस्रो स्थानमा सीमित भयो । ललितपुरले ४६ स्वर्ण, ४१ रजत र ४४ कास्य पदक जितेको छ । चितवन…
Read More
हेटौंडामा नेपाल बैंकको बागमती प्रादेशिक कार्यालय तथा सिटी अफिस नयाँ भवन उद्घाटन

हेटौंडामा नेपाल बैंकको बागमती प्रादेशिक कार्यालय तथा सिटी अफिस नयाँ भवन उद्घाटन

हेटौंडा ।  नेपालकै पहिलो निजी बैंक नेपाल बैंक लिमिटेडको बागमती प्रादेशिक कार्यालय तथा सिटी अफिस हेटौंडाको नवनिर्मित भवन सञ्चालनमा आएको छ । हेटौंडा उपमहानगरपालिका–४ मा निर्माण गरिएको भवनको आइतबार अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले उद्घाटन गर्नुभएको हो । करिब ४ करोड ७२ लाख रुपैयाँ लागतमा निर्माण गरिएको साढे तीन तले भवनमा अन्डरग्राउन्ड पार्किङको व्यवस्था समेत रहेको छ । भवन एसएनपी–छुमा गणेश जेभी कन्स्ट्रक्सन प्रालिले निर्माण गरेको हो । २०८० मंसिर ८ गते निर्माण सम्झौता भएको उक्त परियोजना एक वर्ष छ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य रहे पनि एक पटक म्याद थप गरी निर्माण कार्य सम्पन्न गरिएको थियो । भवन उद्घाटन समारोहलाई सम्बोधन…
Read More
रास्वपाको पहिलो महाधिवेशन चितवनमा शुरू

रास्वपाको पहिलो महाधिवेशन चितवनमा शुरू

काठमाण्डौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशन चितवनमा शुरू भएको छ । रास्वपा सभापति रवि लामिछाने र प्रधानमन्त्री एवम् वरिष्ठ नेता बालेन्द्र शाहले घण्टी बजाएर संयुक्त रूपमा महाधिवेशनको उद्घाटन गर्नुभएको हो । उद्घाटन समारोहमा नेपाली कांग्रेसका सभापति गगन थापा, नेकपा एमालेबाट नेता प्रदीप ज्ञवाली, नेकपाबाट नेता वर्षमान पुन र राप्रपाबाट अध्यक्ष राजेन्द्र लिङ्देन सहभागी सहभागी हुनुभएको छ । यस्तै पूर्वप्रधानमन्त्री डा। बाबुराम भटराई पनि उद्घाटन समारोहमा सहभागी बन्नुभएको छ । स्थापनाको ४ वर्षमै झन्डै दुई तिहाइ बहुमतका साथ सत्ताको नेतृत्व गर्ने जनमत पाएको रास्वपाको नीति र नेतृत्व परिष्कृत गर्ने महाधिवेशन भएकोले यसलाई महत्त्वका साथ हेरिएको छ । पार्टीका…
Read More
स्वास्थ्य चौकी र मन्दिरलाई रानी सामुदायिक  वनको सहयोग

स्वास्थ्य चौकी र मन्दिरलाई रानी सामुदायिक वनको सहयोग

मकवानपुर । हेटौडा–६ चौघडामा रहेको रानी सामुदायिक वन उपभोक्ता समूहले समूहको सेवा क्षेत्रभित्र रहेको स्वास्थ्य चौकी र मन्दिरलाई सहयोग गरेको छ । समूहले हेटौडा स्वास्थ्य चौकी, हेटौडा–६ चौघडा, सहिद रुद्र पाख्रिन सामुदायिक स्वास्थ्य चौकी गढी–४ कालीखोला र मक्राञ्चुली सामुदायिक स्वास्थ्य ईकाई गढी–३ मक्राञञ्चुलीलाई २/२ थान थर्मामिटर, १/१ थान प्रेसर जाच्ने मेशिन र १/१ थान वेट मेशिन वितरण गरिएको थियो । यसैगरी हेटौडा–६ दिब्यनगरमा रहेको संसारीदेवी माई मन्दिरलाई पूजा सामाग्री वितरण गरिएको थियो । समूहको चालू आव ०८२/०८३ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार सहयोग गरिएको समूहले जनाएको छ । हेटौडा–६ का कावा अध्यक्ष विजय पौडेलको प्रमुख आतिथ्यता एवम समूहकी सचिव अमुना…
Read More
सुनको भाउ बढ्यो

सुनको भाउ बढ्यो

काठमाण्डौं । आज सुनचाँदीको भाउ बढेको छ । सुन आज तोलामा ६०० रुपैयाँले बढेको हो । यसअघि अस्ति शुक्रबार सुनको भाउ तोलामा साढे १० हजार रुपैयाँले घटेको थियो । शुक्रबार सुन तोलाको २ लाख ८६ हजार ७०० रुपैयाँमा कारोबार भएकोमा आज आइतबार बढेर तोलाको २ लाख ८७ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । त्यस्तै आज चाँदीको भाउ पनि तोलामा ५० रुपैयाँले बढेको छ । शुक्रबार चाँदीको भाउ तोलामा ३०५ रुपैयाँले घटेको थियो । शुक्रबार तोलाको ४ हजार ६४० रुपैयाँमा कारोबार भएको चाँदी आज तोलाको ४ हजार ६९० रुपैयाँ पुगेको महासङ्घले जनाएको छ ।
Read More

विश्वकप फुटबलमा कुराकाओ र इक्वेडरले बराबरी खेले

काठमाण्डौं । फिफा विश्वकप फुटबलको समूह चरण अन्तर्गत दोस्रो खेलमा कुराकाओ र इक्वेडरबीचको खेल गोलरहित बराबरी भएको छ । यसअघि समूह चरणको पहिलो खेलमा दुवै टोली पराजित भएका थिए । कुराकाओ जर्मनीसँग ७–१ गोलले पराजित भएको थियो भने इक्वेडर आइभरीकोस्टसँग १ गोलले पराजित भएको थियो । आजको खेलमा बराबरी भएसँगै दुवै टोलीले १–१ अङ्क जोडेका छन् । विश्वकप फुटबलमा गएराति भएको खेलमा आइभरी कोस्टलाई २–१ ले पराजित गर्दै जर्मनी नकआउट चरणमा पुगेको छ । यस्तै स्वीडेनमाथि ५–१ गोलको फराकिलो जित निकाल्दै नेदरल्यान्ड्स समूह ‘एफ’को शीर्ष स्थानमा उक्लिएको छ ।
Read More
रास्वपा महाविधेश तयारी तीव्र, रवि र बालेनले गर्नेछन् उद्घाटन समारोहमा सम्बोधन

रास्वपा महाविधेश तयारी तीव्र, रवि र बालेनले गर्नेछन् उद्घाटन समारोहमा सम्बोधन

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चितवनमा हुने प्रथम राष्ट्रिय महाधिवेशनको तयारी तीब्र पारिएको छ । भोलि ६ गते साँझ रास्वपा केन्द्रीय समितिको बैठक भरतपुरमा बस्ने तय भएको छ । उद्घाटन समारोहमा विभिन्न पार्टीका नेताहरुबाट शुभकामनासहित पार्टीका वरिष्ठ नेता तथा प्रधानमन्त्री बालेन्द्र साह र पार्टी सभापति रवि लामिछानेले सम्बोधन गर्ने जनाइएको छ । उद्घाटन सत्रलाई भव्य बनाउन चितवनको चिनारी झल्कने विभिन्न जातीय संस्कृति झल्कने नाँचहरू पनि प्रर्दशन गर्ने तयारी छ । ८ गते बिहानदेखि बन्दसत्रका कार्यक्रम सुरु गर्ने रास्वपाको तयारी छ । भरतपुरको गेस्ट हाउस चौरमा हुने उद्घाटन समारोहका लागि घामपानी छेक्ने छानोसहितको ‘जर्मन ह्याङ्गर’ तयार गरिएको छ ।…
Read More
ऊनको स्वीटर २०८२ को उत्कृष्ट चलचित्र घोषित

ऊनको स्वीटर २०८२ को उत्कृष्ट चलचित्र घोषित

काठमाडौं । ऊनको स्वीटर २०८२ को उत्कृष्ट चलचित्र घोषित भएको छ । यो चलचित्रले राष्ट्रिय चलचित्र पुरस्कार २०८२ मा उत्कृष्ट चलचित्रको उपाधि जित्न सफल भएको हो । शुक्रबार राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित राष्ट्रिय चलचित्र पुरस्कार तथा दीर्घ साधना सम्मान समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले पुरस्कार प्रदान गरेका हुन् । नवीन चौहानको निर्देशन रहेको यस चलचित्रमा विपिन कार्की र मिरुना मगरले मुख्य भूमिका निभाएका छन् ।
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.