Alag Dhar

समाचार


Warning: Trying to access array offset on value of type bool in /home/alagdhar/public_html/wp-content/themes/viral-mag/inc/breadcrumbs.php on line 1010
पुस २७ र २८ गते दोस्रो विशेष महाविधेशन गर्ने घोषणा

पुस २७ र २८ गते दोस्रो विशेष महाविधेशन गर्ने घोषणा

काठमाडौँ । नेपाली कांग्रेसका विशेष महाधिवशेन पक्षधरले पुस २७ र २८ गते काठमाडौँमा विशेष महाधिवेशन गर्ने घोषणा गरेका छन् । महाधिवेशन पक्षधरले गठन गरेको सूचना प्रसार प्रसार उपसमितिले बुधबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै पुस २७ र २८ गते भृकुटी मण्डपमा विशेष महाधिवेशन गर्ने घोषणा गरेको हो । महाधिवेशन पक्षधररूको तर्फबाट सुवास पोखरेलले पत्रकार सम्मेलन गरी घोषणा गरेका हुन् ।
Read More
आगामी निर्वाचनका लागि हर्क साम्पाङको उम्मेदवारी घोषणा

आगामी निर्वाचनका लागि हर्क साम्पाङको उम्मेदवारी घोषणा

काठमाडौं । सुनसरीको धरान उपमहानगरपालिकाका मेयर तथा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ) ले आगामी प्रतिनिधिसभा निर्वाचनमा सुनसरी क्षेत्र नं. १ बाट उम्मेदवारी दिने घोषणा गरेका छन् । बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत् उनले आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् । ‘म सुनसरी क्षेत्र नं. १ बाटै प्रतिनिधि सभाको चुनाव लड्नेछु, जय माटो ! जय देश,’ उनले फेसबुकमा लेखेका छन् । श्रमदानको संस्कृतिको विकास गरेको दाबी गर्ने उनले श्रमदानबाट आफ्नो पालिकाको क्षेत्रमा काम गरेको बताउँदै आएका छन् । सामाजिक सञ्जालमार्फत् काठमाडौंका मेयर बालेन शाह, रास्वपा सभापति रवि लामिछानेप्रति कडा प्रतिक्रिया जनाउँदै आएका उनले पार्टी दर्ता गरेर आगामी निर्वाचनमा संसदीय राजनीतिमा…
Read More
यी हुन् एमालेका ८ उम्मेदवार (सूचीसहित)

यी हुन् एमालेका ८ उम्मेदवार (सूचीसहित)

मकवानपुर । माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनमा नेकपा एमालेले ८ जना उम्मेदवारको टुंगो लगाएको छ । कांग्रेस र जसपा नेपालसँगको भागबण्डा सहमतिअनुसार कांग्रेसले ८ सिटमा उम्मेदवारी दिनेगरी एमालेले उम्मेदवारको टुंगो लगाएको हो । जसअनुसार एमालेले कोशी प्रदेशमा रोशनी मेचे र सोम पोर्तेललाई उम्मेदवार बनाएको छ । यस्तै मधेस प्रदेशबाट रेखा झा, बागमतीबाट प्रेम दंगाल र गण्डकी प्रदेशमा सम्झना देवकोटाले उम्मेदवारी दिने निर्णय एमालेले गरेको छ । यसैगरी एमालेले लुम्बिनीमा रामकुमारी झाँक्री, कर्णालीमा मीना रखाल र सुदूरपश्चिममा लिला भण्डारीलाई उम्मेदवार बनाउने निर्णय गरेको एक नेताले बताए । उम्मेदवारहरुले आजै उम्मेदवारी दर्ता गराउँदैछन् ।
Read More
राष्ट्रिय सभा निर्वाचन: बागमतीका दुई सिटमा एमालेका दंगाल र कांग्रेसकी देवकोटा उम्मेदवार

राष्ट्रिय सभा निर्वाचन: बागमतीका दुई सिटमा एमालेका दंगाल र कांग्रेसकी देवकोटा उम्मेदवार

मकवानपुर । आगामी माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि बागमती प्रदेशका दुई रिक्त सिटमा सत्ता गठबन्धनका तर्फबाट नेकपा (एमाले) का डा. प्रेमप्रसाद दंगाल र नेपाली कांग्रेसकी गीता देवकोटा उम्मेदवार बन्ने निश्चित भएको छ। नेकपा (एमाले), नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा) सम्मिलित सत्ता गठबन्धनबीच भएको सिट बाँडफाँड अनुसार बागमती प्रदेशका दुई सिटमध्ये एमाले र कांग्रेसले एक–एक सिटमा उम्मेदवार उठाएका हुन्। देशभर रिक्त हुने १८ राष्ट्रिय सभा सिटमध्ये सहमति अनुसार कांग्रेसले ९, एमालेले ८ र जसपाले १ सिट पाउने सहमति भएको छ। माओवादी केन्द्र (हाल नेकपा) सत्ता गठबन्धनबाट बाहिरिएपछि सत्तारुढ दलहरूले नयाँ समीकरणअनुसार सिट बाँडफाँड गरेका हुन्।…
Read More
नेकपाको केन्द्रीय कमिटी घोषणा पुस २९ गते

नेकपाको केन्द्रीय कमिटी घोषणा पुस २९ गते

मकवानपुर । नेपाली कम्युनिस्ट पार्टीको केन्द्रीय कमिटी घोषणा पुस २९ गते हुने भएको छ। पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा मंगलबार साँझ अबेर सकिएको नेताहरूबीचको परामर्श बैठकले पुस २९ गते केन्द्रीय कमिटी घोषणा गर्ने निर्णय गरेको हो। बैठकपछि पत्रकारहरूसँग कुराकानीमा नेता झलनाथ खनालले पुस २९ गते केन्द्रीय सदस्यहरूको घोषणा र शपथ हुने बताएका हुन्। पार्टीको बाँकी संगठनात्मक संरचना पनि पुस २९ गतेभित्र तयार गरिसक्ने निर्णय भएको अर्का नेता अग्नि सापकोटाले जानकारी दिए। 'आगामी २९ गते सबै केन्द्रिय सदस्यहरुको शपथग्रहण समारोह हुनेछ । आन्तरिक, संगठनात्मक कुराहरु तदारुकताकासाथ गर्ने र २९ गतेसम्म संगठनात्मक संरचनाहरु सबै तयार गरिसक्ने निर्णय भएको छ,' उनले भने। कात्तिक १९…
Read More
आज सुनको भाउ घट्यो

आज सुनको भाउ घट्यो

मकवानपुर । हिजो र अस्ति लगातार दुई दिन बढेको सुनको भाउ आज घटेको छ । सुन आज तोलामा ४ सय रुपैयाँले घटेको हो । भाउ घटेको दिन आज सुन तोलाको २ लाख ६७ हजार ७ सय रुपैयाँमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलामा ३ हजार १ सय रुपैयाँले बढेर तोलाको २ लाख ६८ हजार १ सय रुपैयाँ पुगेको थियो । त्यस्तै अस्ति तोलामा ४ हजार ६ सय रुपैयाँले बढेको थियो । आज चाँदीको भाउ अहिलेसम्मकै उच्च भएको छ । चाँदी तोलामा ५५ रुपैयाँले बढेर आज तोलाको ४ हजार ९ सय ३५ रुपैयाँमा कारोवार…
Read More

हेटौंडा सडक विस्तारः जोखिमयुक्त घरटहरामा व्यापार नगर्न प्रशासनको आग्रह

मकवानपुर । जिल्ला प्रशासन कार्यालय मकवानपुरले हेटौंडा उपमहानगरपालिका क्षेत्रमा सडक विस्तारका क्रममा जोखिममा परेका घरटहरामा कुनै पनि किसिमको व्यापार व्यवसाय सञ्चालन नगर्न आग्रह गरेको छ। हेटौंडा उपमहानगरपालिका अन्तर्गत रातोमाटेदेखि बुद्धचोक हुँदै राती पुलसम्म तथा बुद्धचोकदेखि सामरी पुलसम्म सडक विस्तारको कार्य भइरहेको छ। सो क्रममा सडक सीमाभित्र पर्ने घरटहराहरू भत्काइएका छन् भने केही संरचना जोखिमपूर्ण अवस्थामा रहेका छन्। जिल्ला प्रशासन कार्यालयले सडक विस्तार कार्य हाललाई स्थगित रहेको स्पष्ट गर्दै अधिकांश घरधनीहरूले आफ्नै संरचना व्यवस्थापन गरिसके पनि केही व्यक्तिहरूले डोजर तथा एक्साभेटर प्रयोगका क्रममा जोखिममा परेका घरटहरामा व्यापार सञ्चालन गरिरहेको भन्दै यसले जनधनको क्षति हुन सक्ने चेतावनी दिएको छ। प्रशासनले यस्ता भत्किएका…
Read More
लगातार बढिरहेको डलरको भाउ आज कति छ?

लगातार बढिरहेको डलरको भाउ आज कति छ?

मकवानपुर । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। निर्धारित विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४३ रुपैयाँ ९७ पैसा र बिक्रीदर १४४ रुपैयाँ ५७ पैसा तोकिएको छ। यस्तै, युरोपियन युरो एकको खरिददर १६८ रुपैयाँ ५७ पैसा र बिक्रीदर १६९ रुपैयाँ २८ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९४ रुपैयाँ ७० पैसा र बिक्रीदर १९५ रुपैयाँ ५१ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८१ रुपैयाँ ५४ पैसा र बिक्रीदर १८२ रुपैयाँ ३० पैसा कायम गरिएको छ। अष्ट्रेलियन डलर एकको खरिददर ९६ रुपैयाँ ६८ पैसा र बिक्रीदर ९७ रुपैयाँ ०८ पैसा, क्यानेडियन डलर एकको खरिददर १०४ रुपैयाँ ५५…
Read More
मकवानपुर र चितवनका चेपाङ समुदायका तीन जना समानुपातिक सूचीमा

मकवानपुर र चितवनका चेपाङ समुदायका तीन जना समानुपातिक सूचीमा

मकवानपुर । प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ अन्तर्गत समानुपातिक प्रणालीतर्फ सीमान्तकृत चेपाङ समुदायका तीन जना उम्मेदवार विभिन्न राजनीतिक दलको बन्दसूचीमा समेटिएका छन्। संविधान सभा सदस्य एवं नेपाल चेपाङ सङ्घका अध्यक्ष गोविन्दराम चेपाङका अनुसार मकवानपुरका एक र चितवनका दुई जना गरी तीन जना चेपाङ समुदायका व्यक्तिहरू प्रतिनिधि सभा सदस्यका लागि समानुपातिक सूचीमा परेका हुन्। नेकपा (एमाले), नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र नवगठित गतिशील लोकतान्त्रिक पार्टीले एक–एक जना चेपाङ समुदायका उम्मेदवारलाई बन्दसूचीमा राखेका छन्। नेकपाबाट मकवानपुरको साबिक हाँडीखोला गाविस, हाल मनहरी गाउँपालिका–३ सिद्धकालीका मङ्गलसिंह चेपाङ प्रतिनिधि सभा समानुपातिक सूचीमा समेटिनुभएको छ। त्यस्तै एमालेबाट चितवनको कालिका नगरपालिका– शक्तिखोरका सन्तबहादुर चेपाङ सूचीमा पर्नुभएको छ…
Read More
पोषण प्याकेजले मातृ स्वास्थ्यप्रति बढाउँदै सचेतना

पोषण प्याकेजले मातृ स्वास्थ्यप्रति बढाउँदै सचेतना

लहान । लहान नगरपालिकामा विगत वर्षदेखि नै प्रत्येक महिनाको २२ गते वितरण गर्ने सुत्केरी तथा गर्भवति महिलाको स्वास्थ्य अवस्थामा सुधार र स्वस्थ्य शिशु जन्माउने उद्देश्यले वितरण गरिरहेको पोषण प्याकेज प्रभावकारी हुँदै जान थालेको छ । लहान नगरपालिका स्वास्थ्य शाखा प्रमुख बिन्देश्वर चौधरीको अनुसार मातृ स्वास्थ्य अन्तर्गत लहान नगरपालिका स्वास्थ्य संयोजक समेत रहनुभएको नगरप्रमुख महेशप्रसाद चौधरी निर्वाचित भएर आएपछि वितरण गर्न थालिएको पोषण प्याकेज कार्यक्रम सुरुमा प्रचारात्मक मात्रै भएको बुझिएका घर परिवार समाज र सुत्केरी तथा भर्ववति महिलाले समेत चासो लिन थालेको सुनाउनुभयो । ‘‘सुरुमा अरुचि राख्नेहरु अब यस कार्यक्रममा जोडिएर सचेत हुन थालेका छन् । कार्यक्रमलाई प्रभावकारी बनाउन महिला स्वयमसेविकाहरुको…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.