Alag Dhar

स्थानीय तह विशेष


Warning: Trying to access array offset on value of type bool in /home/alagdhar/public_html/wp-content/themes/viral-mag/inc/breadcrumbs.php on line 1010
बागमतीमा १४ बाट घटाएर ८ मन्त्रालय कायम

बागमतीमा १४ बाट घटाएर ८ मन्त्रालय कायम

हेटौँडा । बागमती प्रदेश सरकारले मन्त्रालयको सङ्ख्या घटाएर आठमा सीमित गरेको छ। नयाँ आर्थिक वर्ष २०८३/८४ को सुरुवातसँगै मन्त्रालयको सङ्ख्या १४ बाट घटाएर आठ कायम गरिएको हो। वैशाख २२ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णय शुक्रबारदेखि कार्यान्वयनमा आएको हो। नयाँ संरचनाअनुसार अब मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित प्रदेशमा आठ मन्त्रालय रहनेछन्। नेपालको संविधानको धारा १६८ को उपधारा ९९० बमोजिम मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको सिफारिसमा प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले मन्त्रिपरिषद्को कार्यविभाजन गर्नुभएको हो। कार्यविभाजनअनुसार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको जिम्मेवारी मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले सम्हाल्नुभएको छ। कृषि, पशुपन्छी, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी मधुसूदन पौडेल, आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्रालयको जिम्मेवारी शिवराज अधिकारी तथा स्वास्थ्य…
Read More
आर्थिक वर्ष २०८३/०८४ मा हेटौँडा–४ का प्रमुख योजना सार्वजनिक

आर्थिक वर्ष २०८३/०८४ मा हेटौँडा–४ का प्रमुख योजना सार्वजनिक

हेटौँडा। हेटौँडा उपमहानगरपालिका–४ नम्बर वडा कार्यालयले आर्थिक वर्ष २०८३/०८४ मा सञ्चालन हुने प्रमुख विकास योजना तथा कार्यक्रम सार्वजनिक गरेको छ। नयाँ आर्थिक वर्षको सुरुवातसँगै वडाले पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, खेलकुद, कृषि, संस्कृति तथा सामाजिक सशक्तीकरणका क्षेत्रमा केन्द्रित २३ वटा मुख्य योजना अघि बढाउने जनाएको हो। वडा अध्यक्ष नविन सिग्देल ले आर्थिक वर्ष २०८२/०८३ लाई विदाइ गर्दै सार्वजनिक गरेको विवरणअनुसार वडाको दोस्रो कार्यकालको अन्तिम वर्षमा अधुरा रहेका विकास आयोजनालाई सम्पन्न गर्दै नयाँ योजनाको प्रभावकारी कार्यान्वयनलाई प्राथमिकता दिइने बताए। उनले विकास निर्माणका कामलाई समयमै सम्पन्न गर्दै वडावासीले प्रत्यक्ष अनुभूति गर्ने योजनालाई उच्च प्राथमिकतामा राखिएको सार्वजनिक गरे। वडा अध्यक्ष सिग्देल ले रजतजयन्ती सडक,…
Read More
वनस्खण्डी मन्दिरमाथिको जंगलमा सामूहिक बलात्कार गर्ने ८ जनालाई ३ देखि साढे ६ वर्षसम्म कैद गर्ने फैसला

वनस्खण्डी मन्दिरमाथिको जंगलमा सामूहिक बलात्कार गर्ने ८ जनालाई ३ देखि साढे ६ वर्षसम्म कैद गर्ने फैसला

हेटौँडा । हेटौँडाकी एक किशोरीलाई सामूहिक बलात्कार गरेको ठहर गर्दै जिल्ला अदालत मकवानपुरले ८ जनालाई ३ देखि साढे ६ वर्षसम्म कैद गर्ने फैसला सुनाएको छ । उनीहरूको अभिभावकबाट साढे ९ लाख रुपैयाँ क्षतिपूर्ति भराउने आदेशसमेत भएको छ । जिल्ला न्यायाधीश गीता श्रेष्ठको इजलाशले हेटौँडा उपमहानगरपालिका-१४ का १८ वर्षीय सुजितकुमार लामालाई बलात्कार घटनाको मुख्य मतियार ठहर गर्दै साढे ३ वर्ष कैद र २ लाख रुपैयाँ जरिवाना गर्ने फैसला गरेको छ । ५० हजार रुपैयाँ पीडितलाई क्षतिपूर्ति भराउने आदेश भएको छ । यसैगरी उक्त घटनाका ६ जनालाई १० वर्ष कैद तोकिएको भए पनि नाबालक भएकाले २ तिहाई मात्र कैद फैसला गरेको छ…
Read More
हेटौँडामा स्कुटरको ठक्करबाट घाइते पैदलयात्रीको उपचारका क्रममा मृत्यु

हेटौँडामा स्कुटरको ठक्करबाट घाइते पैदलयात्रीको उपचारका क्रममा मृत्यु

हेटौँडा । मकवानपुरको हेटौँडा उपमहानगरपालिका–४ ओम्याक्स हल नजिक स्कुटरको ठक्करबाट गम्भीर घाइते भएका एक पैदलयात्रीको उपचारका क्रममा मृत्यु भएको छ। मृत्यु हुनेमा हेटौँडा उपमहानगरपालिका–४ निवासी ४८ वर्षीय सन्तोष दास रहेका छन्। मकवानपुर प्रहरीका अनुसार कर्रा चोकबाट सिमाचोकतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–०४४ प २३९६ नम्बरको स्कुटरले सडक किनारमा उभिरहेका दासलाई ठक्कर दिएको थियो। स्कुटर मकवानपुरगढी गाउँपालिका–६ डुम्रेकुना स्थायी घर भई हाल हेटौँडा–४ नेपालचोकमा डेरा गरी बस्ने १८ वर्षीय मनिष गौतमले चलाएका थिए। दुर्घटनामा दासको टाउकोमा गम्भीर चोट लागेको थियो। स्थानीयले तत्काल उपचारका लागि हेटौँडा अस्पताल पुर्‍याएका थिए। त्यहाँ प्रारम्भिक उपचारपछि थप उपचारका लागि काठमाडौंस्थित अन्नपूर्ण न्यूरो अस्पताल रिफर गरिएको थियो। उपचारकै…
Read More
दार्चुलामा श्रमदानबाट झोलुङ्गे पुल निर्माण गरेर फर्केको टोलीलाई हेटौँडामा स्वागत

दार्चुलामा श्रमदानबाट झोलुङ्गे पुल निर्माण गरेर फर्केको टोलीलाई हेटौँडामा स्वागत

मकवानपुर । दार्चुलामा श्रमदानबाट झोलुङ्गे पुल निर्माण गरेर फर्केको टोलीलाई हेटौँडामा स्वागत गरिएको छ । श्रम संस्कृति पार्टी मकवानपुरले झोलुङ्गे पुल निर्माण सम्पन्न गरी धरानतर्फ फर्किएका श्रमदाताहरुलाई सोमबार हेटौँडामा स्वागत गरेको हो । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङको नेतृत्वमा सञ्चालित श्रमदान अभियानमार्फत दार्चुलाको व्यास गाउँपालिका–२ स्थित काठादुम्लिङमा झोलुङ्गे पुल निर्माण गरिएको छ । ७२ मिटर लामो पुल शुक्रबारदेखि सञ्चालनमा आएको हो । टोलीको अथक मिहिनेत र योगदानको कदर गर्दै स्वागत गरेको श्रम संस्कृति पार्टी मकवानपुरका अध्यक्ष युनेश लामाले जानकारी दिनुभयो ।
Read More
हेटौँडा कपडा उद्योग सञ्चालनको तयारी

हेटौँडा कपडा उद्योग सञ्चालनको तयारी

मकवानपुर ।  सरकारले हेटौँडा कपडा उद्योग पुनः सञ्चालनका लागि नेपाली सेनाबाट परीक्षण उत्पादनको काम भइरहेको जानकारी गराएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव कृष्णबहादुर राउतले हेटौँडा कपडा उद्योग सञ्चालनका लागि परीक्षण उत्पादनको काम भइरहेको बताउनुभयो । सरकारले २०८३ साल असार १८ गते हेटौँडा कपडा उद्योग पुनः सञ्चालन गर्ने निर्णय गरेको थियो । सरकारको पुनः सञ्चालन गर्ने निर्णय गरेसँगै अर्थ मन्त्रालयबाट बजेट निकास भइसकेको सचिव राउतले जानकारी दिनुभयो । पछिल्लो समयमा ७ वटा बन्द भएका अथवा रुग्ण उद्योगको सम्पत्ति तथा दायित्वको मूल्याङ्कन कार्य (डीडीए) रिपोर्ट बनाउने काम भइरहेको पनि उहाँले बताउनुभयो । कसरी सञ्चालन गर्ने भन्नेबारेमा भने डीडीए रिपोर्ट…
Read More
गौरव र पहिचान बन्दै हेटौँडाको सहिद स्मारक

गौरव र पहिचान बन्दै हेटौँडाको सहिद स्मारक

हेटौँडा । बागमती प्रदेशको राजधानी हेटौँडा उपमहानगरपालिका–११ स्थित सहिद स्मारक यतिखेर नेपालको गौरव र हेटौँडाको पहिचानका रूपमा चासो र चर्चा कमाएको छ । हेटौँडाको दर्शनीयस्थलका रूपमा स्थापित यो गन्तव्यले हेटौँडा आउने स्वदेशी एवं विदेशी पर्यटकलाई आकर्षित गरिरहेको छ । विभिन्न शैक्षिक संस्थाको अवलोकन भ्रमणसँगै व्यक्तिगत रूपमा हेटौँडामा घुम्न आउने पर्यटकका लागि पनि यो नछुटाउने गन्तव्यजस्तै बनिरहेको स्मारकका व्यवस्थापक रामचन्द्र न्यौपानेले जानकारी दिए । विशेषतः सार्वजनिक विदाका दिनमा ठूलो सङ्ख्यामा पर्यटकहरू आउने गरेको जानकारी दिँदै उनले नयाँ वर्षको दिनमा त यहाँ ३० हजारसम्म पर्यटक आउने गरेको बताए । “पछिल्ला समयमा यो स्मारक नेपालकै गौरव र हेटौँडाको पहिचान बनिरहेको छ”, उनले भने,…
Read More
चाैघडामा खुल्याे  सर्बाेतम सुन्दर संचिती सहकारीको  पसल

चाैघडामा खुल्याे सर्बाेतम सुन्दर संचिती सहकारीको पसल

हेटौडा । हेटौडा - ८ कमानेमा रहेको सर्बोतम सुन्दर संचिती सहकारीले चौघडामा सुपथ मूल्य सहकारी पसल बिहिवारदेखि सञ्चालनमा ल्याएको छ । स्थानीय उत्पादनलाई बजारीकरण गर्नुको साथै स्वच्छ र गुणस्तरीय सामान उपभोक्ताहरुको भान्सा सम्म पुर्याउन पसल सञ्चालन गरिएको हो । मिनि मार्टको एक समारोहका विच हेटौडा-६ का कार्यवाहक वडा अध्यक्ष विजय पौडेलले उदघाटन गर्नु भयो । स्थानीय उत्पादनलाई प्रोत्साहित गर्दै सहकारीले सर्वसुलभ र स्वस्थवर्धक सामान विक्री गर्दै सहकारी संस्थाले सहकारीको मर्म र भावना अनुसार काम गरेकोमा कार्यवाहक वडा अध्यक्ष पौडेलले खुशी ब्यक्त गर्नु भयो । सहकारी संस्थाका अध्यक्ष राम बहादुर बस्नेतको सभाधयक्षतामा भएको उदघाट्न कार्यक्रममा हेटौडा -६ का निवर्तमान वडा अध्यक्ष अर्जुनप्रसाद चौलागाई,…
Read More
हेटौंडामा घरफोडी चोरीमा संलग्न एक जना पक्राउ

हेटौंडामा घरफोडी चोरीमा संलग्न एक जना पक्राउ

मकवानपुर। मकवानपुर प्रहरीले हेटौंडा उपमहानगरपालिका–७ मा भएको घरफोडी चोरी प्रकरणमा संलग्न रहेको आरोपमा एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार असार १० गते दिउँसो हेटौंडा–७ क्याम्पडाँडा नजिक सनगुड कोलोनी निवासी कृष्णप्रसाद गौतमको घरमा कोही नभएको अवस्थामा पूर्वतर्फको ढोका फुटाई चोरी भएको थियो। चोरीमा करिब एक तोला सुन, २५.५ तोला चाँदी १५ वटा चाँदीका सिक्का तथा नगद चार लाख रुपैयाँ चोरी भएको प्रहरीले जनाएको छ। घटनापछि प्रहरीले अनुसन्धान अघि बढाउँदै जाँदा रामेछापको हिमागंगा गाउँपालिका–४ स्थायी घर भई हाल हेटौंडा उपमहानगरपालिका–१५ फारलाइन बस्दै आएका २५ वर्षीय मनोज पुलामी मगरको डेरा पत्ता लगाई नियन्त्रणमा लिएको हो। प्रहरीले उनको कोठामा खानतलासी…
Read More
भीमफेदीमा भिरबाट लडेर वृद्धको मृत्यु

भीमफेदीमा भिरबाट लडेर वृद्धको मृत्यु

मकवानपुर। मकवानपुरको भीमफेदी गाउँपालिका–६ स्थित विद्युत् प्रथम फेज नजिकको भिरबाट लडेर एक वृद्धको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार गएराति करिब १० बजे भीमफेदी गाउँपालिका–३ मराङचोक निवासी करिब ६० वर्षीय चन्द्रबहादुर मोक्तानको भिरबाट खसेर मृत्यु भएको हो। प्रहरीका अनुसार मानसिक सन्तुलन ठीक नरहेको र गाउँघरमा हिँडडुल गर्दै आएका मोक्तान आफ्नै घरदेखि करिब एक किलोमिटर उत्तरतर्फ रहेको भिरबाट करिब २०० फिट तल खसेका थिए। घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय भीमफेदीबाट प्रहरी निरीक्षकको कमाण्डमा टोली घटनास्थलमा पुगेको थियो। घटनास्थलको मुचुल्का लगायत आवश्यक कानुनी प्रक्रिया पूरा गरी घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.