Alag Dhar

स्थानीय तह विशेष


Warning: Trying to access array offset on value of type bool in /home/alagdhar/public_html/wp-content/themes/viral-mag/inc/breadcrumbs.php on line 1010
भोटेकोशी बाढी : हेटौंडाका दुईसहित ९ जनाको शव पहिचान

भोटेकोशी बाढी : हेटौंडाका दुईसहित ९ जनाको शव पहिचान

हेटौंडा । भोटेकोशीमा आएको भीषण बाढीमा परेका १६८ जनाको शव पूर्वी नवलपरासीमा फेला परेको छ। फेला परेका शवमध्ये हालसम्म ९ जनाको मात्रै पहिचान भएको गण्डकी प्रदेश प्रहरी कार्यालयका एसपी रमेश पण्डितले जानकारी दिएका छन्। पहिचान भएका मृतकमध्ये मकवानपुरको हेटौंडा उपमहानगरपालिका–५ का उद्धव खड्का र हेटौंडा–१५ का सुमन गोले रहेका छन्। हेटौंडाका दुई जनाको शव पहिचान भएसँगै परिवारलाई जिम्मा लगाउने प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ। त्यस्तै, नवलपरासी पश्चिमको सुस्ता गाउँपालिका–१ का यादव भण्डारी, धादिङको खनियाबासका संयोग घर्तीमगर, अर्घाखाँचीको पाणिनी गाउँपालिका–७ का नारायणबहादुर थापा, नुवाकोटको विदुर नगरपालिका–७ की शारदा ढकाल, गोरखाको पालुङटार नगरपालिका–५ की कमला देवकोटा, चितवनको माडी नगरपालिका–७ का विमल…
Read More
निजी सवारीका लागि पनि खुला भयो नागढुंगा सुरुङमार्ग

निजी सवारीका लागि पनि खुला भयो नागढुंगा सुरुङमार्ग

मकवानपुर । नागढुंगा–सिस्नेखोला सुरुङमार्ग निजी सवारीसाधनका लागि पनि खुला गरिएको छ । सडक विभागका अनुसार सोमबार बिहान ९ बजेदेखि ९ जनासम्म यात्रु क्षमता भएका निजी सवारीसाधनलाई सुरुङमार्ग प्रयोग गर्न खुला गरिएको हो । सुरुङमार्गबाट कार, जीप, भ्यानलगायत ९ सिटसम्मका निजी सवारीसाधनले काठमाडौँ–धादिङ आउजाउ गर्न सक्नेछन् । यसअघि इमर्जेन्सी सवारी, एम्बुलेन्स तथा सरकारी नम्बर प्लेटका सवारीसाधनलाई सुरुङमार्ग प्रयोग गर्न दिइँदै आएको थियो । सडक विभागका अनुसार सोमबारदेखि यी सवारीसाधनसँगै ९ सिटसम्मका निजी सवारीसाधनलाई पनि सुरुङमार्ग हुँदै आवागमन गर्न अनुमति दिइएको हो । नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सञ्चालनमा आएसँगै काठमाडौँबाट धादिङतर्फ तथा धादिङबाट काठमाडौँतर्फ जाने सवारीसाधनले नागढुंगाको उकालो सडकको विकल्पका रूपमा सुरुङमार्ग प्रयोग गर्न…
Read More
मनहरी खोलाको बाढीमा बेपत्ता भएका अशोक मृत फेला

मनहरी खोलाको बाढीमा बेपत्ता भएका अशोक मृत फेला

मकवानपुर । मकवानपुरको कैलाश गाउँपालिकामा मनहरी खोलाले बगाएर बेपत्ता भएका कैलाश गाउँपालिका–४, सिसैटाका ३२ वर्षीय अशोक प्रजा मृत भेटिएका छन् । बुधबार राती ११ बजेको समयमा मनहरी खोलाले बगाएका अशोक शुक्रबार बिहान मनहरी पुल नजिकै मृत भेटिएका हुन् । अशोक प्रजासँगै मनहरी खोलाले बगाएका २५ वर्षीय प्रकाश तामाङ भने खोलाबाट सकुशल निक्लन सफल भएका थिए । बुधबार राती कालिकाटारबाट घर फर्कँदै गरेका अशोक र प्रकाशलाई मनहरी खोला तर्ने क्रममा बगाएको थियो । मनसुनका कारण खोलानालामा पानीको बहाव बढेकाले नदी तथा खोलानाला तर्दा विशेष सावधानी अपनाउन सर्वसाधारणलाई अनुरोध गरेको छ। पानीको बहावको अवस्था राम्रोसँग मूल्याङ्कन गरेर मात्र खोला तर्न, अँध्यारो समयमा खोलानालाको…
Read More
घरबाट निस्किएका मकवानपुरगढीका पुरुष सामरी खोलामा मृत फेला

घरबाट निस्किएका मकवानपुरगढीका पुरुष सामरी खोलामा मृत फेला

मकवानपुर ।  मकवानपुरगढी गाउँपालिका–५ का ४० वर्षीय सुकलाल गोले मृत अवस्थामा फेला परेका छन्। जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार मानसिक अवस्था कमजोर रहेका गोले बुधबार राति करिब ८ बजे परिवारलाई कुनै जानकारी नदिई घरबाट निस्किएका थिए। लामो समयसम्म सम्पर्कमा नआएपछि परिवारले खोजी गरे पनि भेट्न नसकेपछि बिहीबार बिहान अस्थायी प्रहरी पोस्ट धादिङमा हुलियासहित निवेदन दिएका थिए। प्रहरीले तत्काल खोजी अभियान सञ्चालन गरेको थियो। सोही क्रममा बिहीबार बिहान करिब ११:०५ बजे घरबाट करिब एक किलोमिटर पश्चिम रहेको सामरी खोलामा गोले घोप्टो परेको अवस्थामा मृत फेला परेका हुन्। घटनाको जानकारीपछि जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट एसओसीओ टोली घटनास्थल पुगेर आवश्यक कानुनी प्रक्रिया पूरा…
Read More
नागढुङ्गा सुरुङमार्गको उदघाटन, शुरुमा अत्यावश्यक गाडीलाई मात्रै अनुमति

नागढुङ्गा सुरुङमार्गको उदघाटन, शुरुमा अत्यावश्यक गाडीलाई मात्रै अनुमति

काठमाण्डौं । सडक पूर्वाधार विकासमा ऐतिहासिक उपलब्धिका रूपमा हेरिएको नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको उदघाटन भएको छ ।  आज विहान पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले सुरुङमार्गको औपचारिक उदघाटन गर्नुभएको हो । काठमाण्डौलाई धादिङ हुँदै पश्चिम नेपालसँग जोड्ने यो सुरुङमार्ग देशकै पहिलो व्यवस्थित सडक यातायात सुरुङमार्ग हो, यसले काठमाण्डौ प्रवेश तथा बाहिरिने यात्रालाई सहज, सुरक्षित र छिटो बनाउने अपेक्षा गरिएको छ । अब केही दिन सुरुङमार्ग परीक्षण अवधिमा सञ्चालन हुनेछ । यस अवधिमा एम्बुलेन्स, सुरक्षा निकायका गाडी तथा अरु अत्यावश्यक सेवाका गाडीलाई मात्रै सुरुङ प्रयोग गर्न दिइनेछ । सुरक्षा प्रणाली, ट्राफिक व्यवस्थापन तथा सञ्चालन प्रक्रियाको परीक्षण पूरा भएपछि क्रमशः सबै योग्य गाडीहरुका लागि सुरुङमार्ग खुला…
Read More
बंशगोपाल क्याम्पसको सभा सम्पन्न ,अध्यक्षमा विश्वराज राई चयन

बंशगोपाल क्याम्पसको सभा सम्पन्न ,अध्यक्षमा विश्वराज राई चयन

हेटाैडा । हेटाैडा-६ चा‌ैघडामा रहेकाे बंशगाेपाल बहुमुखी क्याम्पसकाे छैठाै क्याम्पस  सभा एवम नव निर्मित भवनकाे उदघाटन बागमती  प्रदेश सभाका सांसद एकालाल श्रेष्ठले  उदघाटन गर्नु भएको  छ । कार्यक्रमलाई सम्बाेधन गर्दै सांसद श्रेष्ठले  शिक्षालाई राेजगार संग जाेड्न सके विदेशमा अध्ययन गर्न जाने विधार्थीलाई राेक्न सकिने बताए  । शिक्षा र स्वास्थ्यलाई राज्यले अधिकतम  बजेट विनियोजन  गर्नु पर्ने बताउदै सांसद  श्रेष्ठले  प्रदेश सरकारले स्थानीय क्षेत्रमा सबैभन्दा  बढी विकास गरेकाे दावी गरे । बंशगाेपाल बहुमुखी  क्याम्पसलाई मकवानपुरको  पूर्वी शैक्षिक  गहनाकाे हवकाे रुपमा विकास गर्न आफूले सदैव सहयाेग गर्ने बताए । सांसद श्रेष्ठले  भने जवसम्म पढ्दै कमाउदैकाे अवधारणा  पूरा हुदैन तवसम्म अध्ययन गर्न विदेश जाने…
Read More
हेटौँडामा पनि मनाइयो पुष्पलालको ४८औँ स्मृति दिवस

हेटौँडामा पनि मनाइयो पुष्पलालको ४८औँ स्मृति दिवस

मकवानपुर । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४८ औँ स्मृति दिवस बिहीबार हेटौँडामा पनि मनाइएको छ । नेकपा एमाले मकवानपुरले हेटौँडा–५ स्थित जिल्ला पार्टी कार्यालयमा स्मृति सभा आयोजना गरी श्रेष्ठको योगदानको चर्चा गर्दै स्मृति दिवस मनाएको हो । जिल्ला पार्टी कार्यालय अगाडि रहेको पुष्पलाल स्मृति पिस पार्कमा रहेको श्रेष्ठको शालिकमा पार्टी नेता तथा कार्यकर्ताहरूले माल्यार्पण गरेका थिए । कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य एवम् मकवानपुर जिल्ला विकास समितिका पूर्व अध्यक्ष रामेश्वर राना मगरको प्रमुख आतिथ्यता रहेको थियो । वि. सं. २००६ साल वैशाखमा भारतको कोलकातामा निरञ्जनगोविन्द वैद्य, नारायणविलास जोशी, नरबहादुर कर्माचार्य र मोतीदेवी शाक्यसँग मिलेर पुष्पलालले…
Read More
रविना गोले बने सिद्धार्थ माविको अध्यक्ष

रविना गोले बने सिद्धार्थ माविको अध्यक्ष

मकवानपुर । हेटौँडा–२ स्थित सिद्धार्थ माध्यमिक विद्यालयको व्यवस्थापन समिति अध्यक्षमा रविना गोले सर्वसम्मत निर्वाचित हुनुभएको छ । बुधबार बसेको व्यवस्थापन समितिको बैठकले कक्षा–४ मा अध्ययनरत रोशिका मुक्तान र कक्षा–१० मा अध्ययनरत सांसरिका मुक्तानकी अभिभावक (आमा) गोलेलाई सर्वसम्मत अध्यक्ष चयन गरेको हो । यसअघि साउन २ गते सम्पन्न निर्वाचनबाट व्यवस्थापन समिति सदस्यमा गोलेससहित सरिता दाहाल, अशोक पण्डित र शिवप्रसाद अगस्ती निर्वाचित हुनुभएको थियो । व्यवस्थापन समितिको बैठकबाट शिक्षक अभिभावक संघ पनि गठन गरिएको विद्यालयका प्रधानाध्यापक टिकाप्रसाद दाहालले जानकारी दिनुभयो । ध्रुब देवकोटाको संयोजकत्वमा ११ सदस्यीय शिक्षक अभिभावक संघ गठन गरिएको छ । संयोजक देवकोटासहित ७ जना अभिभावक र ४ जना शिक्षक…
Read More
नवजीवन ज्याेति क्लब भवनको  मुख्यमन्त्री  बानियाँद्वारा उदघाट्न

नवजीवन ज्याेति क्लब भवनको  मुख्यमन्त्री  बानियाँद्वारा उदघाट्न

हेटौंडा ।  हेटौडा–६ चौघडामा रहेको नवजीवन ज्योति क्लबको आफ्नो निजि जग्गामा वागमती प्रदेश सरकार र हेटौंडा उपमहानगरपालिकाको सहयोगमा निर्माण भएको नवनिर्मित भवनको वागमती प्रदेश सरकारका मुख्यमन्त्री माननीय ईन्द्र बहादुर बानियाँले उददघाटन  गर्नु भयाे । क्लबका अध्यक्ष राज कुमार बास्तोलाको सभाध्यक्षता तथा वागमती प्रदेश सरकारका मुख्यमन्त्री माननीय ईन्द्र बहादुर बानियाँज्युको प्रमुख आतिथ्यतनमा कार्यक्रम  भएकाे थियाे । मुख्यमन्त्री माननीय इन्द्रबहादुर बानियाँले क्लवले खेलकुद वातावरण र सामाजिक कार्यमा रचनात्मक  कार्य गरेकाे बताए ।  मुख्यमन्त्री  बानियाँले  सामाजिक संघसंस्थाले समाजमा रहेका विकृति, विसंगति अन्तयकाे लागि सक्रिय भूमिका खेल्नु पर्नेमा जाेड दिए ।कार्यक्रममा  क्लबका अध्यक्ष  राजकुमार बास्ताेलाले  संस्थागत प्रतिवेदन पेश गरेका थिए । कार्यक्रममा हेटाैडा उपमहानगरपालिका…
Read More
बागमतीमा १४ बाट घटाएर ८ मन्त्रालय कायम

बागमतीमा १४ बाट घटाएर ८ मन्त्रालय कायम

हेटौँडा । बागमती प्रदेश सरकारले मन्त्रालयको सङ्ख्या घटाएर आठमा सीमित गरेको छ। नयाँ आर्थिक वर्ष २०८३/८४ को सुरुवातसँगै मन्त्रालयको सङ्ख्या १४ बाट घटाएर आठ कायम गरिएको हो। वैशाख २२ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णय शुक्रबारदेखि कार्यान्वयनमा आएको हो। नयाँ संरचनाअनुसार अब मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित प्रदेशमा आठ मन्त्रालय रहनेछन्। नेपालको संविधानको धारा १६८ को उपधारा ९९० बमोजिम मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको सिफारिसमा प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले मन्त्रिपरिषद्को कार्यविभाजन गर्नुभएको हो। कार्यविभाजनअनुसार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको जिम्मेवारी मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले सम्हाल्नुभएको छ। कृषि, पशुपन्छी, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी मधुसूदन पौडेल, आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्रालयको जिम्मेवारी शिवराज अधिकारी तथा स्वास्थ्य…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.