Alag Dhar

स्थानीय तह विशेष


Warning: Trying to access array offset on value of type bool in /newhome/alagdhar/public_html/wp-content/themes/viral-mag/inc/breadcrumbs.php on line 1010
चौघडाको कालीपोखरीमा सप्ताह ज्ञान महायज्ञ  शुरु

चौघडाको कालीपोखरीमा सप्ताह ज्ञान महायज्ञ शुरु

हेटौडा । चौघडा ६ कालीपोखरीमा मंगलवार देखि श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञमा शुरु भएको छ । नगरवासीहरुको सुख, शान्ति , समृद्धिको कामनाका साथ सप्ताह ज्ञान महायज्ञको आयोजना गरिएको आयोजक समितिले जनाएको छ । सप्ताह ज्ञान महायज्ञको बागमती प्रदेश सभा सदस्य माननीय एकालाल श्रेष्ठले उदघाटन गर्नु भएको थियो । धर्म र संस्कृतिको माध्यमबाट समाज र देशको विकास गर्न सकिनेमा जोड दिदै वहाले सबैको सामुहिक प्रयासबाट मात्रै समाजको विकास गर्न सकिनेमा वहाको जोड थियोे । डोलेश्वर महादेव पाथीभरा महाकाली रक्तदन्तिका दिब्यशक्ती धाम समितिकी अध्यक्ष शोभा घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा हेटौडा- ६ का कावा अध्यक्ष विजय पौडेल, रानी सामुदायिक वनका अध्यक्ष केशव धिताल, नौलो…
Read More
बागमती प्रदेशको संरचना फेरबदल: १४ बाट ८ मन्त्रालय

बागमती प्रदेशको संरचना फेरबदल: १४ बाट ८ मन्त्रालय

मकवानपुर । बागमती प्रदेशमा मन्त्रालयको सङ्ख्या घट्ने भएको छ । प्रदेश सरकारको मङ्गलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेशमा कायम रहेको १४ मन्त्रालयलाई घटाएर ८ वटा कायम गर्न निर्णय गरेको हो । आगामी साउन १ गतेबाट लागु हुने गरी प्रदेशको ६ वटा मन्त्रालयहरूलाई मर्ज गरिएको प्रदेश सरकारका प्रवक्ता एवम् आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङले जानकारी दिए । उनका अनुसार प्रदेशमा अब मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्रालय, आर्थिक मामिला तथा योजना मन्त्रालय,  खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालय, भौतिक पूर्वाधार विकास मन्त्रालय, कृषि, पशुपन्छी, वन तथा वातावरण मन्त्रालय, स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालय र उद्योग, पर्यटन, श्रम तथा…
Read More
प्रेस स्वतन्त्रताको वर्तमान अवस्था, चुनौती र पत्रकारका अधिकारका विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

प्रेस स्वतन्त्रताको वर्तमान अवस्था, चुनौती र पत्रकारका अधिकारका विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

मकवानपुर । विश्व प्रेस स्वतन्त्रता दिवस ९मे ३० को अवसरमा मकवानपुरको हेटौँडामा प्रेस स्वतन्त्रताको वर्तमान अवस्था, चुनौती र पत्रकारका अधिकारका विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। नेपाल पत्रकार महासंघ मकवानपुर शाखाद्वारा आयोजित उक्त कार्यक्रममा सहभागी पत्रकार तथा सरोकारवालाहरूले पछिल्लो समय प्रेस स्वतन्त्रतामाथि विभिन्न प्रश्नहरू उठ्न थालेकोप्रति चिन्ता व्यक्त गरेका छन्। नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिका उपाध्यक्ष हरि हुमागाईले जुनसुकै सरकारले विभिन्न बहानामा प्रेसमाथि अंकुश लगाउने प्रयास गर्दै आएको बताए । उनले लोकतान्त्रिक व्यवस्थामा प्रेस स्वतन्त्रता आधारभूत आवश्यकता भए पनि व्यवहारमा यसको पूर्ण प्रत्याभूति हुन नसकेको उल्लेख गरे। साथै, सामाजिक सञ्जाल र स्थापित सञ्चार माध्यमलाई नागरिकले एउटै दृष्टिकोणबाट हेर्न थालेकाले…
Read More
सामाजिक सुरक्षा विस्तारमा भीमफेदी अगाडि, ११६ जना लाभान्वित

सामाजिक सुरक्षा विस्तारमा भीमफेदी अगाडि, ११६ जना लाभान्वित

हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिकाले अनौपचारिक क्षेत्रका श्रमिक तथा सामुदायिक महिला स्वास्थ्य स्वयंसेविकालाई सामाजिक सुरक्षा प्रणालीमा समेट्दै उदाहरणीय पहल गरेको छ। चालु आर्थिक वर्ष २०८२/०८३ मा विनियोजित ३० लाख रुपैयाँ बजेटमार्फत गाउँपालिकाले ४७ जना सामुदायिक महिला स्वास्थ्य स्वयंसेविका र ७९ जना अनौपचारिक क्षेत्रका श्रमिक गरी कुल ११६ जनालाई सामाजिक सुरक्षा कोषमा आवद्ध गराएको हो। बिहीबार आयोजित कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ र श्रम, रोजगार तथा यातायात मन्त्री जयराम थापाले कोषमा आवद्ध भएका श्रमिकहरूलाई परिचय पत्र वितरण गरेका थिए। यससँगै भीमफेदी गाउँपालिकाले हालसम्म ३११ जना असंगठित क्षेत्रका श्रमिकलाई योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा समेटिसकेको छ। सामाजिक सुरक्षा योजनाअन्तर्गत आवद्ध श्रमिकहरूले…
Read More
उद्योग–पर्यटन–वन मन्त्रालय एकै छातामुनि ल्याउने योजना

उद्योग–पर्यटन–वन मन्त्रालय एकै छातामुनि ल्याउने योजना

हेटौंडा । बागमती प्रदेशको उद्योग, पर्यटन तथा वातावरण समितिको बैठक हेटौंडामा सम्पन्न भएको छ। समितिका सभापति आनन्द कुमार श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले प्रदेशका विभिन्न नीतिगत तथा कार्यान्वयन सम्बन्धी विषयमा महत्वपूर्ण छलफल तथा निर्णय गरेको छ। बैठकमा प्रदेशको वन तथा वातावरण मन्त्रालयले हालसम्म गरेका काम तथा प्रगतिको विषयमा विस्तृत जानकारी लिइएको थियो। मन्त्रालयको कार्यसम्पादन, उपलब्धि र चुनौतीबारे समीक्षा गर्दै आगामी दिनमा कामलाई थप प्रभावकारी बनाउने विषयमा समेत छलफल गरिएको समितिले जनाएको छ। यसैगरी बैठकले अन्तरप्रदेश अनुभव आदान–प्रदान कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ। अन्य प्रदेशसँगको सहकार्य र सिकाइ आदान–प्रदानमार्फत प्रदेशस्तरीय कामलाई अझ व्यवस्थित बनाउने उद्देश्य राखिएको छ। प्रदेशस्तरमा हस्तकला ग्राम निर्माणको…
Read More
भुटनदेवी माविले हाेटल म्यानेजमेन्ट र शिक्षा विषय अध्यापन गराउने

भुटनदेवी माविले हाेटल म्यानेजमेन्ट र शिक्षा विषय अध्यापन गराउने

मकवानपुर । हेटौँडा उपमहानगरपालिकाको सबैभन्दा पुरानो र उत्कृष्ट नतिजा दिलाउदै आएको भुटनदेवी माविले कक्षा ११ र १२ मा होटल म्यानेजमेन्ट र शिक्षा विषय थप अध्यापन गराउने भएको छ । यस अघि साईन्स, सिभिल ईन्जिनियरिङ्ग र व्यावस्थान विषय अध्यापन गराउँदै आएको भुटनदेवी माविले व्यवस्थापनतर्फ होटल म्यानेजमेन्टका साथै शिक्षा विषय शैक्षिक वर्ष २०८३/२०८४ देखि थप गर्न लागेको हो । होटल म्यानेजमेन्टको लागि सुविधा सम्पन्न ल्यावको समेत व्यवस्थापन गरिने आईतबार भएको १२ कक्षाको बधाई र विदाई कार्यक्रममा जानकारी गराईएको हो । कार्यक्रममा हरेक कक्षालाई प्रविधि मैत्री, व्यवहारीक र प्रयोगात्मक माध्यमद्वारा कक्षाहरू सञ्चालन गरिने विध्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा वडा अध्यक्ष नवीन सिग्देलले बताउनु…
Read More
श्रम रोजगार तथा यातायातमा शून्य सहनशीलताको नीति अवलम्बन : मन्त्री थापा

श्रम रोजगार तथा यातायातमा शून्य सहनशीलताको नीति अवलम्बन : मन्त्री थापा

हेटौंडा । बागमती प्रदेशको श्रम,रोजगार तथा यातायात मन्त्री जयराम थापाले मन्त्रालयअन्तर्गतका महाशाखा प्रमुख तथा शाखा प्रमुखहरूलाई शून्य सहनशीलताको नीति अपनाउँदै जनताले प्रत्यक्ष अनुभूति गर्ने गरी सेवा प्रवाह गर्न कडा निर्देशन दिनुभएको छ। मन्त्रालयमा आयोजित समीक्षा बैठकमा महाशाखा प्रमुखहरूले प्रस्तुत गरेको पछिल्लो प्रगति प्रतिवेदन बुझ्दै मन्त्री थापाले मन्त्रालयको वार्षिक योजना अनुसारका कामहरू कुनै पनि कारणले रोकिन नहुने स्पष्ट पार्नुभयो। उहाँले विकास निर्माण, सेवा प्रवाह र नीतिगत कामहरूलाई समयमै सम्पन्न गर्न सबै कर्मचारीहरूलाई जिम्मेवार र उत्तरदायी बन्न आग्रह गर्नुभयो। मन्त्री थापाले जनताले सरकारको काम प्रत्यक्ष रूपमा महसुस गर्न सक्ने वातावरण सिर्जना गर्नु अहिलेको मुख्य आवश्यकता भएको उल्लेख गर्नुभयो। “सरकारको काम कागजमा मात्रै…
Read More
‘हुप्रचौर’ आकर्षक र सुविधा सम्पन्न नमुना खुला क्षेत्र बन्दै 

‘हुप्रचौर’ आकर्षक र सुविधा सम्पन्न नमुना खुला क्षेत्र बन्दै 

हेटौंडा । हेटौँडा उपमहानगरपालिका–४ मा रहेको लोकतान्त्रिक चौर(हुप्रचौर)लाई सुविधा सम्पन्न र आकर्षक खुला क्षेत्रका रूपमा विकास गरिने भएको छ। करिब ३ करोड रुपैयाँको बजेट व्यवस्थापन गर्दै चौरलाई बागमती प्रदेशकै नमुना खुला चौरका रूपमा विकास गर्ने लक्ष्य राखिएको हेटौँडाकी नगर प्रमुख मीनाकुमारी लामाले जानकारी दिनुभयो। उहाँका अनुसार ‘महिला मैत्री सहर निर्माण परियोजना’ अन्तर्गत चौरको मास्टर प्लान तयार गर्ने काम अन्तिम चरणमा पुगेको छ। मास्टर प्लान स्वीकृत भएसँगै निर्माण कार्यका लागि बोलपत्र आह्वान गरिनेछ। परियोजना तथा अन्य स्रोतबाट समेत बजेट व्यवस्थापन गरिने नगर प्रमुख लामाले बताउनुभयो। वडा नं. ४ का अध्यक्ष नवीन सिग्देलका अनुसार चौरमा फुटबल, भलिबल र क्रिकेट मैदानलाई थप व्यवस्थित…
Read More
ओली–लेखक पक्राउविरुद्ध एमालेले सिडियो कार्यालयमा विरोधपत्र  बुझाएको

ओली–लेखक पक्राउविरुद्ध एमालेले सिडियो कार्यालयमा विरोधपत्र बुझाएको

मकवानपुर । नेकपा एमाले अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेसका नेता एवम् पूर्व गृहमन्त्री रमेश लेखक पक्राउको विरोधमा नेकपा एमाले मकवानपुरले जिल्ला प्रशासन कार्यालय मकवानपुरमा विरोधपत्र बुझाएको छ । पार्टीको शनिवार बसेको सचिवालय बैठकको निर्णय बमोजिम जिल्ला कमिटी मकवानपुरले प्रशासन कार्यालयमा विरोध पत्र बुझाएको हो । एमाले मकवानपुरका कार्यबहाक अध्यक्ष हिदम लामाले प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीलाई विरोधपत्र बुझाउनुभएको हो । कार्यबहाक अध्यक्ष लामाले विरोधपत्रमा संविधान, मानवअधिकार र विधिको शासनविपरीत गरिएका कदम तत्काल सच्याउँदै ओली र लेखकलाई सम्मानजनक व्यवहार सुनिश्चित गर्न माग गरेको बताउनु भयो । गौरीबहादुर कार्की नेतृत्वको आयोग प्रति सुरु देखि एमालेको असहमति र विमती…
Read More
हेटौँडा सिमेन्ट उद्योगका अध्यक्ष भण्डारीले दिए राजीनामा

हेटौँडा सिमेन्ट उद्योगका अध्यक्ष भण्डारीले दिए राजीनामा

काठमाडौं । सरकारी स्वामित्वको हेटौँडा सिमेन्ट उद्योग लिमिटेडका सञ्चालक समिति अध्यक्ष नरेन्द्र भण्डारीले  पदबाट राजीनामा दिएका छन् । उनले आज उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा राजीनामा बुझाएका हुन् । गत २०८१ साल जेठ २४ गतेको मन्त्रिपरिषद्को निर्णयअनुसार तीन वर्षका लागि नियुक्त भएका भण्डारीले कार्यकाल बाँकी छँदै 'परिवर्तित राजनीतिक परिस्थिति'लाई मुख्य कारण देखाउँदै राजीनामा दिएका हुन् । राजीनामा पत्रमा भण्डारीले आफ्नो कार्यकालमा उद्योगलाई सुदृढ बनाउन निरन्तर प्रयास गरेको उल्लेख गरेका छन् । पुरानो मेसिनरी संयन्त्र, प्रविधिगत सीमितता र चरम आर्थिक अभावका बाबजुद पनि उद्योगलाई सञ्चालनमा राख्न सफल भएको र हाल उद्योगमा क्लिङ्कर उत्पादन तथा बिक्री प्रक्रिया नियमित भइरहेको उनले दाबी गरेका छन्…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.