Alag Dhar

राजनीति


Warning: Trying to access array offset on value of type bool in /home/alagdhar/public_html/wp-content/themes/viral-mag/inc/breadcrumbs.php on line 1010
निर्वाचनलाई भयरहित बनाउन प्रहरी महानिरीक्षकको निर्देशन

निर्वाचनलाई भयरहित बनाउन प्रहरी महानिरीक्षकको निर्देशन

काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले निर्वाचनलाई राष्ट्रिय संकल्पको रूपमा लिई भयरहित एवम् निष्पक्ष वातावरणमा सम्पन्न गराउन सबै जिम्मेवारीबोधका साथ कटिबद्ध हुनुपर्ने बताउनुभएको छ । नेपाल प्रहरी प्रधान कार्यालयबाट भर्चुअल माध्यमद्वारा आइतबार आयोजित निर्देशन सम्बोधनका क्रममा उहाँले निर्वाचन पूर्व, निर्वाचनको समय र निर्वाचन पश्चात् अपनाउनुपर्ने सुरक्षा सतर्कता तथा समसामयिक विषयवस्तुबारे चर्चा गर्नुभयो । प्रहरी महानिरीक्षक कार्कीले फागुन २१ गतेको निर्वाचनमा नेपाल प्रहरीले अग्रपङ्क्तिमा रहेर कार्य गर्ने उल्लेख गर्नुभयो । सो समयमा देखापर्न सक्ने सुरक्षा चुनौतीहरूको सामना गर्न आवश्यक सुरक्षा रणनीतिसहित प्रहरी कर्मचारीहरू सदैव तयार हुनुपर्नेमा उहाँले जोड दिनुभयो । सूचना सङ्कलनलाई विशेष प्राथमिकतामा राखी सुरक्षा संवेदनशीलताको विश्लेषण गर्दै प्रभावकारी प्रहरी…
Read More
बाजुरामा एक हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन

बाजुरामा एक हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन

बाजुरा। यही फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई सुरक्षित, व्यवस्थित र मर्यादित रूपमा सम्पन्न गर्नका लागि बाजुरामा एक हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ। जिल्लाका ७७ मतदान स्टल र ११९ मतदान केन्द्रको व्यवस्थापनका लागि सुरक्षा व्यवस्था कडा पारिएको हो। जिल्ला प्रशासन कार्यालयका अनुसार, परिचालन हुने सुरक्षाकर्मीमा सशस्त्रसहित प्रहरी २००, नेपाल प्रहरी ४७५, सेना ३२५ गरी कुल एक हजार सुरक्षाकर्मी रहेका छन्। साथै, एक हजार ६० निर्वाचन प्रहरी पनि खटाइएको छ। जिल्ला प्रशासन कार्यालय बाजुराका प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले भन्नुभयो, “आगामी फागुन २१ गतेको निर्वाचन सरल, सहज र व्यवस्थित बनाउन एक हजार सुरक्षाकर्मी र एक हजार निर्वाचन प्रहरी…
Read More

मकवानपुर–२ मा जित आफ्नो हुने महेश बर्तौलाको दाबी

हेटौंडा । देश अहिले निर्वाचनमय बनेको छ । राजनीतिक दलहरु आ–आफ्ना उमेदवारलाई जिताउन घरदैलो तथा कोणसभालाई तीव्रता दिएका छन । मतदाता फकाउन उमेदवारहरु आफ्ना प्रतिबद्धता, प्रतिज्ञापत्र, वाचापत्रसहित हरेक मतदाताको घर पुगिरहेका छन । यसैक्रममा मकवानपुरमा पनि निर्वाचनको सरगर्मी ह्वात्तै बढेको छ । मकवानपुरमा क्षेत्र नम्वर –२ मा पनि उमेदवार मतदाता फकाउन व्यस्त छन् । उनीहरुले आफूले जित्ने दाबी पनि गर्दै आएका छन । मकवानपुर क्षेत्र नम्वर–२ का एमालेका उमेदवार महेश बर्तौलाले पनि घरदैलो कार्यक्रमलाई तीव्रता दिइरहेका छन् । एमाले उम्मेदवार कैलाश गाउँपालिकाका बर्तौला आफ्नो सक्रियता, संगठन र विगतमा गरेको विकासका कामबाट उत्साहित देखिन्छन् । उनी आफू मकवानपुरको विकास र राजनीतिमा…
Read More
राति ९ बजेपछि सम्पूर्ण व्यवसाय बन्द गर्न निर्देशन

राति ९ बजेपछि सम्पूर्ण व्यवसाय बन्द गर्न निर्देशन

मकवानपुर । जिल्ला प्रशासन कार्यालय काठमाडौंले अर्को निर्णय नभएसम्मका लागि रात्रिकालीन व्यवसाय सञ्चालनमा समय सीमा तोकेको छ। प्रशासनले फागुन १८ गतेदेखि लागु हुनेगरी राति ९ बजेपछि सम्पूर्ण व्यवसाय बन्द गर्न निर्देशन दिएको छ। प्रशासन कार्यालय काठमाडौंले जारी गरेको सूचना अनुसार फागुन २१ मा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै यो निर्णय गरिएको हो । ‘निर्वाचन सुरक्षालाई मध्यनजर गरी काठमाडौं जिल्लाभित्र सञ्चालन हुने सम्पूर्ण रात्रिकालीन व्यवसायहरू फागुन १८ देखि अर्को निर्णय नभएसम्मका लागि राति ९ बजेसम्मको लागी मात्र सञ्चालन गर्ने र त्यसपछि सम्पूर्ण व्यवसायहरू बन्द गर्न, गराउनुहुन सरोकारवालाहरूको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ’,जिल्ला प्रशासन कार्यालयका प्रवक्ता…
Read More
कुलमानका कार्यकर्ताले रविलाई कालो झण्डा देखाए

कुलमानका कार्यकर्ताले रविलाई कालो झण्डा देखाए

मकवानपुर । तनहुँको दमौलीमा रास्वपा सभापति रवि लामिछानेलाई कुलमानका उज्यालो नेपाल पार्टीका कार्यकर्ताले कालो झण्डा देखाएका छन्। रविसँगै रास्वपा उपसभापति तथा तनहुँ १ का उम्मेदवार डा.स्वर्णिम वाग्लेलाई उनीहरूले विरोध प्रदर्शन गर्दै कालो झण्डा देखाएका हुन्। प्रहरीले छेकेका कारण रवि र स्वर्णिम सरासर कार्यक्रमस्थलतर्फ लागेका थिए। दमौलीमा रास्वपाको कार्यक्रम भने शान्तिपूर्ण रह्यो। आज लामिछाने चुनावी सभाका लागि दमौली पुगेका थिए।
Read More

मकवानपुर–१ का उम्मेदवार रामेश्वर रानाद्वारा चुनावी प्रतिबद्धता पत्र सार्वजनिक

हेटौँडा । नेकपा एमालेका तर्फबाट मकवानपुर क्षेत्र नम्बर–१ का प्रतिनिधिसभा उम्मेदवार रामेश्वर राना ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै आफ्नो चुनावी प्रतिबद्धता पत्र सार्वजनिक गर्नुभएको छ। शुक्रबार हेटौँडा मा आयोजित पत्रकार सम्मेलनमार्फत उम्मेदवार रानाले वर्तमान निर्वाचन सामान्य आवधिक प्रक्रिया मात्र नभई विशेष परिस्थितिले सिर्जना गरेको महत्वपूर्ण अवसर भएको उल्लेख गर्नुभयो। उहाँले राष्ट्रिय स्वाधीनताको रक्षा, वैदेशिक हस्तक्षेपको अन्त्य, संघीय लोकतान्त्रिक गणतन्त्र र संविधानको संरक्षण तथा लोकतन्त्रलाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो। पत्रकार सम्मेलनमा बोल्दै रानाले संविधान र गणतन्त्र रगतसँग साटेर प्राप्त उपलब्धि भएको उल्लेख गर्दै यसको रक्षा गर्ने जिम्मेवारी नेकपा एमाले को काँधमा रहेको स्पष्ट पार्नुभयो।…
Read More

मतदाताको उत्साहले जित सुनिश्चित छ ः राना

हेटौंडा । प्रतिनिधि सभा निर्वाचनको मिति नजिकिँदै गर्दा नेपाल कम्युनिस्ट पार्टी (एमाले) का तर्फबाट मकवानपुर क्षेत्र नम्बर १ का उम्मेदवार रामेश्वर रानाले चुनावी घरदैलो कार्यक्रमलाई तीव्रता दिएका छन् । शुक्रबार (आज) उनले यस क्षेत्रमा पर्ने हेटौंडा उपमहानगरपालिका–४ र १० नम्बर वडाका मतदातामाझ पुगेर भेटघाट गरेका हुन् । हेटौंडा–४ कर्राचोकबाट सुरु भएको घरदैलो कार्यक्रममा रानाले स्थानीयसँग प्रत्यक्ष संवाद गरेका हुन् । एमालेका शालीन नेताका रूपमा परिचित रानाको उपस्थितिले मतदातामा उत्साह थपिएको स्थानीयको भनाइ छ । आजै दिउँसो हेटौंडा–१० न्यरेनी, भुटनदेवी रोड, बसपार्क लगायत क्षेत्रमा पुगेका रानालाई घडा थापेर, फूलमाला र टीका लगाएर स्वागत गरिएको थियो । मतदाता भेटघाटका क्रममा रानाले मकवानपुर…
Read More

हेटौंडामा बालेनको तस्वीर अंकित टिर्सट  प्रशासनद्वारा जफत

हेटौंडा : फागु पूर्णिमा (होली) पर्वलाई लक्षित गर्दे विक्री वितरणका लागि राखिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह (बालेन्द्र) को तस्वीर अंकित टिर्सट जिल्ला प्रशासन कार्यालय मकवानपुरले जफत गरेको छ । शुक्रवार जिल्ला प्रशासन कार्यालय मकवानपुरका सहायक प्रमख जिल्ला अधिकारी मोहनराज जोशीसहितको टोलीले अनुगमनको क्रममा हेटौडा बजार क्षेत्रमा विक्री वितरणका लागि राखिएको रास्वपाका वरिष्ठ नेता तथा प्रतिनिधि सभा सदस्यका उम्मेदवार बालेन शाहकोे तस्वीर अंकित टिसर्ट फेला पारी जफत गरेको हो । आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ लाई लक्षित गर्दै होली पर्वका नाममा उम्मेदवारको तस्वीर अंकित टिसर्ट विक्री वितरणको लागि राखिएको र उक्त कार्य निर्वाचन आचारसंहिताको विपरित भएको…
Read More
सरकारी कागजात देखाएर मतदान गर्न पाइने

सरकारी कागजात देखाएर मतदान गर्न पाइने

मकवानपुर ।  निर्वाचन आयोगले मतदाता नामावलीमा नाम भए कुनै पनि सरकारी कागजात देखाएर मतदान गर्न पाइने जनाएको छ । प्रतिनिधि सभा सदस्य निर्वाचन (मतदान) निर्देशका २०८२ को दफा ४३ तथा दफा ८४ मा मतदाताले मतदान गर्न जाँदा आफ्नो मतदाता परिचयपत्र साथमा लिएर जानुपर्छ । यदि मतदाता परिचयपत्र साथमा नभए नेपाली नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, राहदानी, जग्गाधनी प्रमाणपूर्जा वा सवारी चालक अनुमतिपत्रमध्ये कुनै पनि कागजात देखाएर मतदान र्गा पाइन्छ । ‘यही बमोजिम कुनै एउटा कागजात साथमा लिएर मतदान गर्न जाने मतदाता नामावलीमा नाम भएका मतदाताले मतदान गर्न पाउने कुरा मतदानमा खटिने सुरक्षाकर्मी, कर्मचारी र सरोकारवालाहरूलाई सूचना सम्प्रेषण गर्ने’ उच्चस्तरीय निर्वाचन सुरक्षा…
Read More

विगतका काम सम्झिँदै मतदाता : बकैयामा फेरि एमाले आवश्यक

मकवानपुर/ नेकपा एमाले मकवानपुर क्षेत्र नम्बर-१ का उम्मेदवार रामेश्वर रानाले बकैया गाउँपालिकामा मतदाता भेटघाट तथा घरदैलो अभियान सञ्चालन गरेका छन्। घरदैलोका क्रममा स्थानीय मतदाताहरूले उत्साहपूर्वक एमाले र सूर्य चिन्हमा मतदान गरी रानालाई विजयी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्। मंगलबार र बुधबार रानाले बकैयाको सबै वडाहरुमा पुगी मतदातासङ्ग प्रत्यक्ष भेट गरि आफ्नो प्रतिवद्दता सहित मत मागेका छन् । घरदैलो अभियानकै क्रममा बाराको निजगढ हुँदै बकैया–६ गवरस्थान पुगेका उम्मेदवार रानालाई स्थानीयवासीहरूले भव्य स्वागत गरेका छन्। स्थानीयको व्यापक सहभागितासहित गरिएको स्वागत कार्यक्रमले बकैयामा एमालेप्रतिको जनसमर्थन झनै बलियो बन्दै गएको छ । स्थानीय विकासमा रानाको ऐतिहासिक योगदानलाई स्मरण गर्दै मतदाताहरूले उहाँप्रति दृढ विश्वास व्यक्त…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.