Alag Dhar

राजनीति


Warning: Trying to access array offset on value of type bool in /home/alagdhar/public_html/wp-content/themes/viral-mag/inc/breadcrumbs.php on line 1010
थालापति विजय तमिलनाडुले आज आज शपथ लिदै

थालापति विजय तमिलनाडुले आज आज शपथ लिदै

काठमाण्डौं । तमिल अभिनेता थालापति विजय तमिलनाडुको मुख्यमन्त्री नियुक्त भएका छन्। उनी नेतृत्वको तमिलगा वेत्री कजगम (टिभिके)ले बहुमत जुटाएपछि राज्यपाल राजेन्द्र अर्लेकरले विजयलाई मुख्यमन्त्री नियुक्त गरेका हुन्। उनको शपथ ग्रहण आइतबार बिहान १० बजे चेन्नईस्थित नेहरू स्टेडियम मा हुने तय भएको छ। उनले १३ मेभित्र विधानसभामा विश्वासको मत लिनुपर्नेछ। सरकार गठनका लागि आवश्यक बहुमत जुटाएपछि विजय समर्थन पत्रसहित राज्यपाललाई भेट्न लोक भवन पुगेका थिए। उनले विदुथलाई चिरुथैगल कच्ची (भीसीके) र इन्डियन युनियन मुस्लिम लिग (आईयूएमएल) को समर्थन पत्र बुझाउँदै सरकार गठनको दाबी पेश गरेका थिए। यसअघि कांग्रेस, भारतीय कम्युनिस्ट पार्टी (सीपीआई), भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी), भीसीके र आईयूएमएलले टिभीकेलाई समर्थन गर्ने…
Read More
कैलालीको गोदावरी नगरपालिकाका मेयर  भट्टको स्कार्पियो दुर्घटना

कैलालीको गोदावरी नगरपालिकाका मेयर भट्टको स्कार्पियो दुर्घटना

धनगढी । कैलालीको गोदावरी नगरपालिकाका मेयर वीरेन्द्र भट्टको स्कार्पियो गाडी शनिबार राति अत्तरिया ६ लेन सडकअन्तर्गत धनगढी उपमहानगरपालिका–१३ राजपुरमा दुर्घटनामा परेको छ। मेयर आफैँले चलाइरहेको गाडी सडक किनारको रेलिङमा ठोक्किँदा दुर्घटना भएको हो। सुदूरपश्चिम प्रदेश नं. ०१–००१ झ ६०१ नम्बरको सरकारी गाडीको अगाडिको भागमा सामान्य क्षति पुगेको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जानकारी दिएको छ । प्रहरीले मेयरले मापसे गरेर गाडी चलाएको पाइएकोले गाडी नियन्त्रणमा लिएर कैलाली गाउँ चौकीमा राखिएको जनाएको छ।
Read More
बागमती प्रदेशको संरचना फेरबदल: १४ बाट ८ मन्त्रालय

बागमती प्रदेशको संरचना फेरबदल: १४ बाट ८ मन्त्रालय

मकवानपुर । बागमती प्रदेशमा मन्त्रालयको सङ्ख्या घट्ने भएको छ । प्रदेश सरकारको मङ्गलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेशमा कायम रहेको १४ मन्त्रालयलाई घटाएर ८ वटा कायम गर्न निर्णय गरेको हो । आगामी साउन १ गतेबाट लागु हुने गरी प्रदेशको ६ वटा मन्त्रालयहरूलाई मर्ज गरिएको प्रदेश सरकारका प्रवक्ता एवम् आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङले जानकारी दिए । उनका अनुसार प्रदेशमा अब मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्रालय, आर्थिक मामिला तथा योजना मन्त्रालय,  खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालय, भौतिक पूर्वाधार विकास मन्त्रालय, कृषि, पशुपन्छी, वन तथा वातावरण मन्त्रालय, स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालय र उद्योग, पर्यटन, श्रम तथा…
Read More
चौधरीले देखाए ३० दिनको कामको हिसाब

चौधरीले देखाए ३० दिनको कामको हिसाब

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अशोककुमार चौधरीले पहिलो महिनाको रपोर्ट कार्ड सार्वजनिक गरेका छन् । २१ फागुनबाट आएको प्रतिनिधिसभाको पहिलो अधिवेशन गत चैत १९ गतेदेखि चैत २७ गतेसम्म चलेको थियो । त्यसअवधिमा उठाएका विषयवस्तु र संसदीय गतिविधिमा जनाएको सहभागितालाई उनले रिपोर्ट कार्डमा उल्लेख गरेका छन् । यही वैशाख ४ गते संसदीय विषयगत समितिको सभापतिको निर्वाचन भएको थियो । चौधरी कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापतिमा निर्वाचित भए । सुनसरी निर्वाचन क्षेत्र नम्बर ३ बाट निर्वाचित चौधरी अघिल्लो प्रतिनिधिसभामा पनि थिए । त्यसबेला समानुपातिक तर्फबाट निर्वाचित भएका उनी यसपटक प्रत्यक्ष निर्वाचित भएका हुन् ।
Read More
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश सरकारले फेरि राष्ट्रपतिलाई पठायो

संवैधानिक परिषद्सम्बन्धी अध्यादेश सरकारले फेरि राष्ट्रपतिलाई पठायो

मकवानपुर । सरकारले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फेरि राष्ट्रपतिलाई पठाउने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त अध्यादेश जारी गर्नका लागि पुनः राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पठाउने निर्णय भएको सरकारको प्रवक्ता समेत रहेको शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए । आइतबार राष्ट्रपतिले उक्त अध्यादेश पुनर्विचारका लागि सरकारलाई नै फिर्ता पठाएका थिए ।
Read More
आज मन्त्रिपरिषद्‍को बैठक बस्दै

आज मन्त्रिपरिषद्‍को बैठक बस्दै

काठमाडौँ । नेपाल सरकार मन्त्रिपरिषद्को बैठक सोमबार बस्दैछ । बैठक बिहान १० बजे सिंहदरबारमा बस्न लागेको हो । आजको बैठकमा मन्त्रालयहरूको सङ्ख्या घटाउने र गाभ्ने विषयमा छलफल हुने बताइएको छ ।
Read More
सुकुम्बासी बस्तीमा डोजर आतंक : बालेन्द्र सरकारको कदमप्रति एमाले बागमतीको कडा विरोध

सुकुम्बासी बस्तीमा डोजर आतंक : बालेन्द्र सरकारको कदमप्रति एमाले बागमतीको कडा विरोध

हेटौंडा — नेकपा एमाले बागमती प्रदेश संसदीय दलले हालका दिनहरूमा सुकुम्बासी बस्तीहरूमा भइरहेको डोजर कारबाहीप्रति गम्भीर आपत्ति जनाउँदै सरकारको कदमको कडा शब्दमा आलोचना गरेको छ। दलका नेता जेएन थपलियाद्वारा सार्वजनिक विज्ञप्तिमा वर्तमान बालेन्द्र सरकारले पर्याप्त पूर्वसूचना बिना नै भूमिहीन सुकुम्बासीका बस्तीहरूमा डोजर चलाएको आरोप लगाइएको छ। विज्ञप्तिमा कतिपय स्थानमा केवल १–२ दिन, केही अवस्थामा त १ घण्टामात्र सूचना दिएर घर भत्काइएको उल्लेख गर्दै यसले नागरिकलाई जबरजस्ती आवासविहीन बनाएको भनिएको छ। सरकारले व्यवस्थापनका लागि तोकेका दशरथ रङ्गशाला लगायतका स्थानहरूमा समेत बसोबास र खानपानको उचित व्यवस्था नगरी अमानवीय व्यवहार गरेको आरोप एमालेको छ। यस अवस्थाले बालबालिका, वृद्धवृद्धा, सुत्केरी महिला तथा बिरामीहरू थप…
Read More
सामाजिक सुरक्षा विस्तारमा भीमफेदी अगाडि, ११६ जना लाभान्वित

सामाजिक सुरक्षा विस्तारमा भीमफेदी अगाडि, ११६ जना लाभान्वित

हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिकाले अनौपचारिक क्षेत्रका श्रमिक तथा सामुदायिक महिला स्वास्थ्य स्वयंसेविकालाई सामाजिक सुरक्षा प्रणालीमा समेट्दै उदाहरणीय पहल गरेको छ। चालु आर्थिक वर्ष २०८२/०८३ मा विनियोजित ३० लाख रुपैयाँ बजेटमार्फत गाउँपालिकाले ४७ जना सामुदायिक महिला स्वास्थ्य स्वयंसेविका र ७९ जना अनौपचारिक क्षेत्रका श्रमिक गरी कुल ११६ जनालाई सामाजिक सुरक्षा कोषमा आवद्ध गराएको हो। बिहीबार आयोजित कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ र श्रम, रोजगार तथा यातायात मन्त्री जयराम थापाले कोषमा आवद्ध भएका श्रमिकहरूलाई परिचय पत्र वितरण गरेका थिए। यससँगै भीमफेदी गाउँपालिकाले हालसम्म ३११ जना असंगठित क्षेत्रका श्रमिकलाई योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा समेटिसकेको छ। सामाजिक सुरक्षा योजनाअन्तर्गत आवद्ध श्रमिकहरूले…
Read More
कांग्रेसले विपक्षी दलहरूको बैठक बोलायो

कांग्रेसले विपक्षी दलहरूको बैठक बोलायो

काठमाण्डौं । सरकारले संसद् छलेर संवैधानिक परिषद् र सहकारीसम्बन्धी अध्यादेश ल्याउने तयारी गरेपछि नेपाली कांग्रेसले विपक्षी दलहरूको बैठक बोलाइएको छ । प्रमुख विपक्षी नेता तथा कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले आज दिउँसो १२ बजेपछि बस्ने गरी बैठक बोलाउनुभएको हो । कांग्रेसले बोलाएको विपक्षी दलहरूको बैठक सिंहदरबारमा रहेको कांग्रेस संसदीय दलको कार्यालयमा बस्नेछ । विपक्षी दल कांग्रेससहित एमाले, नेपाली कम्युनिस्ट पार्टी (नेकपा), श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) रहेका छन् । आजको बैठकमा संसद् अधिवेशन स्थगित गरेर अध्यादेश ल्याउने सरकारको तयारी र प्रमुख विपक्षीसँगै अन्य विपक्षी दलहरूको अबको रणनीतिलगायतका विषयमा केन्द्रित रहनेछ । शक्तिशाली बहुमत प्राप्त सरकारले अध्यादेश…
Read More
गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

काठमाडौँ । जेनजी आन्दोलनका अगुवा सुधन गुरुङले चैत १३ मा गृहमन्त्रीको जिम्मेवारी सम्हाले पनि उनको कार्यकाल छोटोमै टुंगिएको छ। लगातार विवादमा परेपछि उनले पद सम्हालेको २६ दिनमै प्रधानमन्त्री बालेन्द्र ‘बालेन’ शाहसमक्ष राजीनामा बुझाएका छन्। गुरुङ गोरखा–१ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट निर्वाचित सांसद हुन्। मन्त्री बनेलगत्तै उनले उच्च पदस्थ व्यक्तिहरूलाई पक्राउ गर्ने अभियान अघि बढाएका थिए। पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखक पक्राउ परेपछि उनले सामाजिक सञ्जालमार्फत ‘कानुनभन्दा माथि कोही छैन’ भन्दै कडा अभिव्यक्ति दिएका थिए। त्यसपछि पूर्वमन्त्री दीपक खड्का, व्यवसायी दीपक भट्ट तथा शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवालसहितका व्यक्तिहरू पक्राउ परे। पक्राउ शृङ्खलालाई उनले ‘काउन्टडाउन’ शैलीमा…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.