Alag Dhar

समाचार


Warning: Trying to access array offset on value of type bool in /home/alagdhar/public_html/wp-content/themes/viral-mag/inc/breadcrumbs.php on line 1010
बाला चतुर्दशी मेलामा जादा बहुमूल्य गरगहना नलगाई जान प्रहरीको अनुरोध

बाला चतुर्दशी मेलामा जादा बहुमूल्य गरगहना नलगाई जान प्रहरीको अनुरोध

मकवानपुर ।पशुपतिनाथ क्षेत्रमा दिवङ्गत पितृको सद्गतिको कामना गर्दै मनाइने बाला चतुर्दशी मेलामा सहभागी हुँदा बहुमूल्य गरगहना नलगाउन जिल्ला प्रहरी परिसर काठमाडौंले अनुरोध गरेको छ । साथै मेलामा पकेटमारी तथा लुटपाट हुन सक्ने भएकोले विशेष सावधानी अपनाउन पनि प्रहरीले आग्रह गरेको छ । पितृका नाममा बत्ती बाल्न आज बिहानैदेखि पशुपति क्षेत्रमा भक्तजनको लर्को लाग्छ । त्रयोदशीको बिहानदेखि भेला भएका भक्तजनले बेलुकी विधिपूर्वक पितृका नाममा बत्ती बाल्छन् । मार्गशीर्ष कृष्ण चतुर्दशीका दिन बिहान ९भोलि० भने दिवङ्गत पितृको सद्गतिको कामना गर्दै शतबीज छरिन्छ । त्रयोदशीको बेलुकीदेखि दिवङ्गत पितृका नाममा अखण्ड दीपदान गरी बसेका भक्तजनले चतुर्दशीको बिहान पितृको सद्गतिको कामना गर्दै शतबीज गर्छन् ।…
Read More
नेप्से परिसूचकमा दोहोरो अङ्कको वृद्धि

नेप्से परिसूचकमा दोहोरो अङ्कको वृद्धि

मकवानपुर । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक १५ दशमलव ७० अङ्कले बढेर दुई हजार ५६६ दशमलव ०७ बिन्दुमा कायम भएको हो । आज ३४५ कम्पनीको ९२ लाख ५५ हजार ४५७ कित्ता शेयर ५५ हजार २७७ पटक खरिदबिक्री हुँदा ४ अर्ब १० करोड ५४ लाख छ हजार १३४ बराबरको कारोबार भएको छ । आजको कारोबारमा सबै समूहको उपसूचक बढेको छ । सागर डिस्टिलरी लिमिटेड, मबिलिङ इनर्जी लिमिटेड, बुँगल हाईड्रो लिमिटेड र झापा ईनर्जी लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै गुमाउनेमा भने एभरेस्ट बैंक लिमिटेड डिबेन्चरको शेयर मूल्य तीन…
Read More
प्रधानमन्त्री सुशीला कार्कीसँग नेपाली कांग्रेसका युवा  नेताको भेट

प्रधानमन्त्री सुशीला कार्कीसँग नेपाली कांग्रेसका युवा नेताको भेट

मकवानपुर । प्रधानमन्त्री सुशीला कार्कीसँग नेपाली कांग्रेसका युवा नेताले भेट गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा मङ्गलबार भएको भेटमा उहाँहरूबिच मुलुकको समसामयिक राजनीति घटनाक्रम र आगामी निर्वाचनको विषयमा छलफल भएको भेटमा सहभागी तरुण दलका केन्द्रीय सदस्य सन्दीप निरौलाले जानकारी दिनुभयो । प्रधानमन्त्री कार्कीले आगामी फागुन २१ गते निर्वाचन हुने भन्दै निर्वाचनको वातावरण बनाउन दलहरूको साथ आफूलाई आवश्यक रहेको बताउनुभएको प्रधानमन्त्री कार्कीको भनाइ उद्धृत गर्दै नेता निरौलाले बताउनुभयो । भेटमा कांग्रेसका युवा नेताले सबै राजनीतिक दललाई विश्वासमा लिएर समयमै निर्वाचन गराउन प्रधानमन्त्री कार्कीसँग आग्रह गरेका थिए । भेटमा देवराज चालिसे, गुरूराज घिमिरे, राजेन्द्र बजगाईं, उज्ज्वल बराल, रेशम बानियाँ, टेकराज पौडेल, छेडुप…
Read More
मनहरीमा एक पुरुष मृत फेला

मनहरीमा एक पुरुष मृत फेला

मकवानपुर । मकवानपुरको सुनाचुरीमा एक व्यक्ति मृत अवस्थामा फेला परेका छन्। मंगलबार बिहान मनवानपुरको मनहरी-६ सुनाचुरीमा स्थानिय ६५ वरषीय बल बहादुर राई आफ्नै घरको आफ्नै कोठामा सुतिरहेको ठाउँमा मृत अबस्थामा फेला परेको जनाइएको छ । शवको मुचुल्काको तयार गरेरे शव मनहरी अस्पताल लगिएको र घटनाको आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ ।
Read More
एनपिएल : चितवनको विजयी सुरुवात

एनपिएल : चितवनको विजयी सुरुवात

मकवानपुर । चितवन राइनोजले दोस्रो संस्करणमो नेपाल प्रिमियर लिग (एनपिएल)मा विजयी सुरुवात गरेको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा मङ्गलबार भएको खेलमा चितवनले कर्णाली याक्सलाई चार विकेटले हरायो । जितका लागि एक सय ६७ रनको चुनौतीपूर्ण लक्ष्य पछ्याएको चितवनले १९.१ ओभरमा ६ विकेटको क्षतिमा एक सय ७१ रन जोड्दै लक्ष्य पूरा गरेको हो । चितवनका लागि रवि वोपराले ५२ रनको अर्धसतकीय पालि खेल्नुभयो । उहाँले ३६ बलमा तीन चौका र तीन छक्काको सहयोगमा उक्त रन बनाउनुभएको हो । यस्तै दीपक बोहराले ४२, सैफ जईफले अविजित ३८, कप्तान कुशल मल्लले २० र अर्जुन साउदले अविजित आठ रन जोड्नुभयो । बलिङमा…
Read More
भारतका सुक्खा प्रभावित गाउँमा बालिकाहरूको शिक्षा गम्भीर सङ्कटमा

भारतका सुक्खा प्रभावित गाउँमा बालिकाहरूको शिक्षा गम्भीर सङ्कटमा

मकवानपुर । भारतको महाराष्ट्र राज्यका दूरदराजका खडेरीपीडित गाउँहरूमा रहेका बालिकाहरू शिक्षा र बाँच्नका लागि गरेको सङ्घर्षबिच दुविधामा परेको मार्मिक यथार्थ सतहमा आएको छ । प्रत्येक बिहान १७ वर्षीया रमाती मङ्गला झर्ना गाउँबाट धेरै किलोमिटर टाढासम्म नाङ्गो खुट्टा हिँड्दै पानी ल्याउन स्टिलको भाँडो लिएर प्रस्थान गर्नुहुन्छ । जब उहाँ घर फर्कनुहुन्छ, तबसम्म विद्यालय सुरु भएर सकिनै लागेको हुन्छ । “मेरो पुस्तकहरू सुरक्षित राखेको छु”, उहाँले भन्नुभयो, “तर कहिल्यै समयमै फर्कने मौका पाइन भने के हुन्छ रु” महाराष्ट्रका नासिक र नन्दुरबार जिल्लामा कुवाहरू सुक्दै गएका छन् र वर्षा दिनप्रतिदिन अनियमित बन्दै गएको छ, जसले स्थानीय बासिन्दाहरूलाई कठोर जीवनस्थितिको सामना गर्न बाध्य पारेको…
Read More
एनपिएल : कर्णालीद्वारा चितवनलाई १६७ रनको लक्ष्य

एनपिएल : कर्णालीद्वारा चितवनलाई १६७ रनको लक्ष्य

मकवानपुर । ओपनर प्रियाङ्क पान्चालले ९० रनको विस्फोटक अर्धसतकीय पालि खेलेपछि कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपिएल) मा जितका लागि चितवन राइनोजलाई एक सय ६७ रनको बलियो लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा मङ्गलबार टस हारेर पहिले ब्याटिङ गर्ने निम्तो पाएको कर्णालीले निर्धारित २० ओभरमा तीन विकेटको क्षतिमा एक सय ६६ रन बनायो । कर्णालीका लागि पान्चालले ४८ बलमा सात चौका र ६ छक्काको सहयोगमा उक्त रन बनाउनुभएको हो । यस्तै पवन सर्राफले अविजित २७, अर्का ओपनर म्याक्स ओ डाउडले २० र मार्क वाटले १६ रन बनाउनुभयो । बलिङमा चितवनका सैफ जइव, रवि बोपरा र सोहिल तान्भिरले…
Read More
गुल्मेलीलाई कफी खेतीको आर्कषण जोगाएर राख्न समस्या

गुल्मेलीलाई कफी खेतीको आर्कषण जोगाएर राख्न समस्या

मकवानपुर । कफीको जननी भनेर चिनिने गुल्मीलाई पहिचान जोगाउन सकस देखिएको छ । बजार, कफीमा लाग्ने गवारो, प्राविधिक सचेतनाको अभाव, तिव्र बसाइसराइ लगायतका कारणले कफी खेतीको आर्कषण जोगाएर राख्न समस्या छ । कफी कृषक, निकाय र स्थानीय तहले बारेमा गहन छलफल गर्न भन्दै ‘कफी खेती गरौँ स्वरोजगार बनौ’ भन्ने मुल नाराका साथ २१ औ राष्ट्रिय कफी दिवस कफीको उद्गम स्थल आँपचौरमै मनाए । मुसिकोट नगरपालिका–५, आँपचौरमा भेला भएका कफीका सरोकारवालाले कफी उत्पादन, बजारीकरणमा देखिएका चुनौतीका विषयमा छलफल गरेका छन् । मुसिकोट नगरपालिका-५, आपँचौरका डिल्लीराज अर्यालले गत वर्षबाट व्यावसायिक कफी खेती सुरु गर्नुभएको छ । उहाँकोमा एक हजार ८०० कफीको बोट…
Read More
नौ प्रकारका औषधि उत्पादन गर्ने  तयारी

नौ प्रकारका औषधि उत्पादन गर्ने तयारी

मकवानपुर । नेपाल औषधि लिमिटेडले नौ प्रकारका औषधि उत्पादनको तयारी गरेको छ । लिमिटेडले ती औषधिको तीन महिनाको परीक्षण पूरा गरी ६ महिनाको परीक्षण सकाउने तयारीमा छ । लिमिटेडले जुका, मधुमेह, उच्चरक्तचाप, कोलस्टरोल, आइरन चक्की, फोलिक एसिड, एजिथ्रोमाइसिनलगायत नौ प्रकारका औषधिको उत्पादनको तयारी गरेको हो । लिमिटेडका महाप्रबन्धक कैलाशकुमार पनेरुले ती औषधिको परीक्षण सकेर अर्को महिनादेखि उत्पादनका लागि औषधि व्यवस्थापन विभागबाट अनुमतिपत्र लिएर उत्पादन सुरु गर्ने जानकारी दिनुभयो । यसअघि लिमिटेडले ११ प्रकारका औषधि उत्पादन गर्दै आइरहेका छ ।
Read More
प्रदेश सरकारले न्यायमुखी काम गरिरहेको छ : मुख्यमन्त्री बानियाँ

प्रदेश सरकारले न्यायमुखी काम गरिरहेको छ : मुख्यमन्त्री बानियाँ

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रदेश सरकारले न्यायमुखी, गाउँमुखी र विकासमुखी काम गरिरहेको दाबी गर्नुभएको छ । मङ्गलवार मकवानपुरको मनहरी गाउँपालिका–१ स्थित तल्लो मकरी राधाकृष्ण मन्दिर रोड स्ल्याव ढलान कार्यको सुरुवात गर्ने कार्यक्रममा मुख्यमन्त्री बानियाँले आगामी बजेट त्यतै लक्षित हुने पनि बताउनुभयो । विकाससँगै नागरिकलाई सीप र तालिम प्रदान गरी आय आर्जनसँग जोड्न प्रदेश सरकार लागिरहेको उहाँको भनाइ छ । नागरिकले दिएको मतको अवहेलना नगरी काम गर्ने प्रतिबद्धता जनाउँदै उहाँले निर्वाचनका बेला भ्रम छर्नेहरूदेखि सचेत रहन आम मतदातालाई आग्रह गर्नुभएको छ । अन्तरिम सरकाले आगामी फागुनमा गर्ने भनिएको निर्वाचनमा पनि भ्रमको खेती गर्ने र मीठा भाषण गर्ने धेरै…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.