Alag Dhar

समाचार


Warning: Trying to access array offset on value of type bool in /home/alagdhar/public_html/wp-content/themes/viral-mag/inc/breadcrumbs.php on line 1010
बाग्मती प्रदेशसभा सदस्य खेलकुद र शिक्षामा उत्कृष्ट पुरस्कृत र सम्मानित गरियो

बाग्मती प्रदेशसभा सदस्य खेलकुद र शिक्षामा उत्कृष्ट पुरस्कृत र सम्मानित गरियो

मकवानपुर । हेटौँडा उपमहानगरपालिका ४ नं. वडा कार्यालयले भौतिक पूर्वाधारसंगै शिक्षा र खेलकुद क्षेत्रमा गरेको क्रियाकलाप अनुशरण योग्य रहेको बाग्मति प्रदेशसभा सदस्य एकालाल श्रेष्ठले बताउनु भएको छ । ४ नं. वडा कार्यालयको आयोजनामा र शैक्षिक गुणस्तर सुधार समिति, हेटौँड-४ को व्यवस्थापनमा भएको तेस्रो वडा खेलकुद महोत्सव र वडामा कक्षा ८ मा उत्कृष्ट नतिजा ल्याउने विध्यार्थी र शिक्षकलाई पुरस्कृत र सम्मान कार्यक्रममा बोल्दै श्रेष्ठले यस्तो बताउनु भएको हो । शिक्षाको गुणस्तर सुधार आजको प्रमुख कार्य रहेकोले यस्तो शैक्षिक क्रियाकलापले शिक्षा क्षेत्रमा स्वस्थ प्रतिस्पर्धा सृजना गर्ने, विध्यार्थीको प्रतिभालाई प्रस्फुटित गर्ने र समग्र शैक्षिक विकासमा टेवा पुर्याउने बताउनु भयो । कार्यक्रममा तेस्रो खेलकुद…
Read More
भीम विराग प्रतिष्ठानद्वारा विभिन्न विधाका ७ जना सम्मानित

भीम विराग प्रतिष्ठानद्वारा विभिन्न विधाका ७ जना सम्मानित

हेटौंडा । भीम विराग संगीत, साहित्य, कला प्रतिष्ठान मकवानपुरले विभिन्न विधाका ७ जना व्यक्तित्व सहित एक संस्थालाई सम्मान गरेको छ । प्रतिष्ठानको २३ वार्षिक साधारणसभा एवम् ८ औं अधिवेशनको अवसरमा आयोजित कार्यक्रममा सम्मान गरिएको हो । १५ हजार रुपैयाँ राशीको ‘तुलसीमाया–शिवकुमारी सृजनशील नारी पुरस्कार’ मकवानपुरकी हस्तकला प्रशिक्षक रविना श्रेष्ठ प्रदान गरिएको छ । यस्तै, १० हजार रुपैयाँ राशीको ‘भीम–मथुरा बाल प्रतिभा पुरस्कार’ बाट सोलिड्यारिटी इन्टरनेशनल एकेडेमीमा अध्ययनरत् उदीयमान गायिका अक्सा खातुनलाई सम्मान गरिएको छ । १५ हजार रुपैयाँ राशीको ‘शिला नारी पुरस्कार’ मकवानपुरकी सङ्गीता थापा मगर लाई प्रदान गर्दा २० हजार रुपैयाँ राशीको ‘रामकृष्ण बानियाँ स्मृति लोक सङ्गीत पुरस्कार’ लोकगायक…
Read More
मनसुन कमजोर, तापक्रम बढ्ने संकेत

मनसुन कमजोर, तापक्रम बढ्ने संकेत

काठमाडौं। विश्वव्यापी जलवायु परिवर्तनको असरले नेपालको मनसुनी वर्षा प्रभावित हुने प्रवृत्ति बढेको छ । यसले मनसुनको समयमा खडेरीको सम्भावना बढाउँदै नेपालको कृषि बाली जोखिममा पार्ने सम्भावना बढाएको छ । मनसुनपूर्वको समय अर्थात् अहिलेको अवस्थामा भने एक सातादेखि लगातार वर्षा भइरहेको छ । पुरानो कालखण्डको प्रवृत्ति हेर्ने हो भने ठ्याक्कै मनसुनको अवधि जेठ अन्तिमदेखि भदौ अन्तिमसम्मको चार महिनालाई वर्षा ऋतु मानिन्थ्यो । मनसुनपूर्वको समयमा हल्का वर्षा र हावाहुरी मात्र चल्थ्यो । त्यसपछि मनसुन सुरु हुन्थ्यो । असार महिनाभरजसो नै वर्षा निरन्तर हुन्थ्यो । साउन र भदौमा हल्का झरी कायम रहन्थ्यो । तर पछिल्ला केही वर्षयता यी मनसुनका चार महिना जेठ, असार,…
Read More
फोर्स गाडी दुर्घटना, चार जना घाइते

फोर्स गाडी दुर्घटना, चार जना घाइते

घोराही । दाङको देउखुरीमा फोर्स गाडी दुर्घटना हुँदा चार जना घाइते भएका छन् । घोराहीबाट प्युठानको बाहानेतर्फ जाँदैगरेको लु। २ ख। ६०२९ नम्बरको फोर्स गाडी महेन्द्र राजमार्ग अन्तर्गत राप्ती गाउँपालिका–४, मौरीघाटमा दुर्घटनामा परेको हो । विहान करिब सवा १० बजेतिर परेको दुर्घटनामा चार जना सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी एवं प्रहरी नायब परीक्षक रेशम बोहराले जानकारी दिनुभयो । प्रहरी नायब उपरीक्षक बोहराका अनुसार घाइतेहरूको भालुबाङ अस्पतालमा उपचार भइरहेको छ । घाइतेको पहिचान र दुर्घटनाको कारण खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
Read More
थालापति विजय तमिलनाडुले आज आज शपथ लिदै

थालापति विजय तमिलनाडुले आज आज शपथ लिदै

काठमाण्डौं । तमिल अभिनेता थालापति विजय तमिलनाडुको मुख्यमन्त्री नियुक्त भएका छन्। उनी नेतृत्वको तमिलगा वेत्री कजगम (टिभिके)ले बहुमत जुटाएपछि राज्यपाल राजेन्द्र अर्लेकरले विजयलाई मुख्यमन्त्री नियुक्त गरेका हुन्। उनको शपथ ग्रहण आइतबार बिहान १० बजे चेन्नईस्थित नेहरू स्टेडियम मा हुने तय भएको छ। उनले १३ मेभित्र विधानसभामा विश्वासको मत लिनुपर्नेछ। सरकार गठनका लागि आवश्यक बहुमत जुटाएपछि विजय समर्थन पत्रसहित राज्यपाललाई भेट्न लोक भवन पुगेका थिए। उनले विदुथलाई चिरुथैगल कच्ची (भीसीके) र इन्डियन युनियन मुस्लिम लिग (आईयूएमएल) को समर्थन पत्र बुझाउँदै सरकार गठनको दाबी पेश गरेका थिए। यसअघि कांग्रेस, भारतीय कम्युनिस्ट पार्टी (सीपीआई), भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी), भीसीके र आईयूएमएलले टिभीकेलाई समर्थन गर्ने…
Read More
कैलालीको गोदावरी नगरपालिकाका मेयर  भट्टको स्कार्पियो दुर्घटना

कैलालीको गोदावरी नगरपालिकाका मेयर भट्टको स्कार्पियो दुर्घटना

धनगढी । कैलालीको गोदावरी नगरपालिकाका मेयर वीरेन्द्र भट्टको स्कार्पियो गाडी शनिबार राति अत्तरिया ६ लेन सडकअन्तर्गत धनगढी उपमहानगरपालिका–१३ राजपुरमा दुर्घटनामा परेको छ। मेयर आफैँले चलाइरहेको गाडी सडक किनारको रेलिङमा ठोक्किँदा दुर्घटना भएको हो। सुदूरपश्चिम प्रदेश नं. ०१–००१ झ ६०१ नम्बरको सरकारी गाडीको अगाडिको भागमा सामान्य क्षति पुगेको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जानकारी दिएको छ । प्रहरीले मेयरले मापसे गरेर गाडी चलाएको पाइएकोले गाडी नियन्त्रणमा लिएर कैलाली गाउँ चौकीमा राखिएको जनाएको छ।
Read More
एसइई नतिजा एसएमएस, आईभीआर र वेबसाइटबाट सार्वजनिक हुने

एसइई नतिजा एसएमएस, आईभीआर र वेबसाइटबाट सार्वजनिक हुने

भक्तपुर । राष्ट्रिय परीक्षा बोर्डअन्तर्गत कक्षा १० परीक्षा नियन्त्रण कार्यालयले माध्यमिक शिक्षा परीक्षा (एसइई) २०८२ को नतिजा एसएमएस, आईभीआर तथा वेबसाइटमार्फत सार्वजनिक हुने जनाएको छ । कार्यालयले जारी गरेको सूचनाअनुसार एसइई २०८२ को नियमित तथा ग्रेडवृद्धि परीक्षाको नतिजा विभिन्न सेवा प्रदायक संस्थामार्फत मोबाइल एसएमएस, आईभीआर सेवा र वेबसाइटबाट हेर्न सकिने व्यवस्था गरिएको हो । नतिजा हेर्नका लागि नेपाल टेलिकमको १६००, जानकी टेक्नोलोजि प्राली ३५००१ र एम्बिसन गुरु प्रालि ३१०६१ मा एसएमएस/यूएसएसडी तथा आईभीआर सेवा उपलब्ध गराइनेछ । साथै अन्य प्राविधिक साझेदारमार्फत विभिन्न वेबसाइट तथा मोबाइल एपमार्फत पनि नतिजा हेर्न सकिने व्यवस्था गरिएको छ । बोर्डका अनुसार नतिजा प्रकाशनपछि विद्यार्थीले एसएमएस/आईभीआर…
Read More
धरानमा ब्राउनसुगरसहित ३ जना पक्राउ

धरानमा ब्राउनसुगरसहित ३ जना पक्राउ

सुनसरी । ब्राउन सुगर कारोबार गरेको आरोपमा प्रहरीले धरानको एक होटलबाट ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सिन्धुपाल्चोकको मेलम्चीनगरपालिका–४ बांसखर्क घर भई काठमाडौंको गोकर्णेस्वर नगरपालिका–६ बस्ने २० वर्षीय सन्देश तामाङ, काभ्रेपलान्चोक नगरपालिका–३ ठांटी घर भई काठमाण्डौको कागेस्वरी नगरपालिका–६ बस्ने २२ वर्षीय समिर दियाली र झापाको विर्तामोड नगरपालिका–६ नयाँ बसपार्क बस्ने २८ वर्षीय क्षितिज भण्डारी रहेका छन् । उनीहरुलाई कोशी प्रदेश कार्यालय विराटनगर पिटिआई, इलाका प्रहरी कार्यालय धरान र वडा प्रहरी कार्यालय धरानबाट खटेका संयुक्त टोलीले शुक्रबार राति कोठा छापामा मारेर पक्राउ गरेको हो । उनीहरुको साथबाट प्रहरीले ३६ ग्राम ९१० मिलिग्राम ब्राउन सुगर बरामद गरेको छ । उनीहरुलाई…
Read More
रुकुमपूर्वमा पनी चल्योे डोजर

रुकुमपूर्वमा पनी चल्योे डोजर

रुकुमपूर्व । रुकुमपूर्वको सिस्ने गाउँपालिका-५ र ६ अन्तर्गत पर्ने कैचिमोड, कमलदहलगायतका क्षेत्रमा सडक अतिक्रमण गरेर बनाइएका संरचनामाथि डोजर चलेको छ । पटक-पटक सूचना, आग्रह र समयसीमा दिंदा पनि अटेरी गरेपछि गाउँपालिकाले कडा सुरक्षा व्यवस्थाबीच संरचना हटाउन सुरु गरेको हो । पुष्पलाल (मध्यपहाडी) राजमार्ग क्षेत्र मिचेर बनाइएका घरटहरा, व्यावसायिक संरचना तथा अस्थायी निर्माण हटाउन गाउँपालिकाले यसअघि नै सार्वजनिक सूचना जारी गरेको थियो । तर, केही व्यक्तिले सरकारी निर्देशनलाई बेवास्ता गर्दै संरचना यथावत राखेपछि स्थानीय प्रशासन डोजरसहित मैदानमा उत्रिएको हो। सिस्ने गाउँपालिकाका अध्यक्ष कृष्ण रेग्मीले सरकारी जग्गा अतिक्रमण गरेर सडक नै साँघुरो बनाउने कार्य कुनै हालतमा स्वीकार्य नहुने बताए । ‘सम्झायौं, समय…
Read More
लगातार तेस्रो दिन पनि बढ्यो सुनको भाउ, कतिमा हुँदैछ किनबेच ?

लगातार तेस्रो दिन पनि बढ्यो सुनको भाउ, कतिमा हुँदैछ किनबेच ?

मकवानपुर । नेपाली बजारमा आज (शुक्रबार) पनि सुन-चाँदीको भाउ बढेको छ। बिहीबार तोलामा एक हजार आठ सय रूपैयाँ बढेको सुनको भाउ आज एक हजार तीन सय रूपैयाँ बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९९ हजार नौ सय रूपैयाँमा किनबेच भइरहेको छ। बिहीबार सुन प्रतितोला दुई लाख ९८ हजार ६ सय रूपैयाँमा कारोबार भएको थियो। यस्तै, शुक्रबार चाँदीको मूल्य पनि बढेको छ। बिहीबार प्रतितोला पाँच हजार एक सय ५५ रूपैयाँमा कारोबार भएको चाँदी यसदिन तोलामा पाँच हजार दुई सय ७५ रूपैयाँमा किनबेच भइरहेको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला एक सय २० रूपैयाँ बढेको…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.