Alag Dhar

समाचार


Warning: Trying to access array offset on value of type bool in /home/alagdhar/public_html/wp-content/themes/viral-mag/inc/breadcrumbs.php on line 1010
वार्तामा प्रगति नभएपछि इरानमाथि ट्रम्पको दबाब

वार्तामा प्रगति नभएपछि इरानमाथि ट्रम्पको दबाब

काठमाण्डौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको शान्ति वार्ता ठप्प बनेपछि कडा चेतावनी दिनुभएको छ । उहाँले समय सकिँदै गरेको भन्दै इरानलाई चाँडै सहमतिमा पुग्न आग्रह गर्नुभएको छ । सामाजिक सञ्जाल ट्रुथ सोशलमार्फत ट्रम्पले इरानले छिटो निर्णय नगरे इरानमा केही पनि बाँकी नरहने चेतावनी दिनुभएको हो । ट्रम्पको यस भनाइलाई इरानलाई तत्काल सम्झौता गर्न दबाब दिएको संकेतका रूपमा हेरिएको बीबीसीले उल्लेख गरेको छ । यसबीच ट्रम्पले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूसँग भेट गर्ने कार्यक्रम रहेको समेत अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । इरानी सञ्चारमाध्यमका अनुसार अमेरिकाले तेहरानको पछिल्लो प्रस्तावमा कुनै ठोस निर्णय नदिएको आरोप छ । इरानको अर्ध–सरकारी समाचार संस्था मेहरले यस्तो…
Read More
आईपीएल क्रिकेटमा राजस्थानमाथि दिल्लीको जित, पञ्जाबलाई हराउँदै आरसिबी प्लेअफमा

आईपीएल क्रिकेटमा राजस्थानमाथि दिल्लीको जित, पञ्जाबलाई हराउँदै आरसिबी प्लेअफमा

काठमाण्डौं । दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा प्लेअफ सम्भावना कायमै राखेको छ । हिजो भएको खेलमा दिल्लीले राजस्थान रोयल्सलाई ५ विकेटले पराजित गरेको हो । राजस्थानले दिएको १ सय ९४ रनको लक्ष्य दिल्लीले ४ बल बाँकी छँदा ५ विकेटको क्षतिमा पूरा गरेको थियो । दिल्लीका लागि केएल राहुलले सर्वाधिक ५६ रन बनाए भने अभिषेक पोरेलले ५१ रन बनाए । राजस्थानका जोफ्रा आर्चर र ब्रिजेश शर्माले २–२ तथा दसुन शनकाले १ विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको राजस्थानले २० ओभरमा ८ विकेट गुमाएर १ सय ९३ रन बनाएको थियो । ध्रुव जुरेलले सर्वाधिक ५३ रन…
Read More
पानी रोकिएपछि चर्कियो गर्मी

पानी रोकिएपछि चर्कियो गर्मी

काठमाण्डौं । वर्षा कम भएसँगै देशैभर गर्मी बढेको छ । केही ठाउँमा हल्कादेखि मध्यम वर्षा भए पनि पानी नपरेका ठाउँमा गर्मी बढेको हो । अब बिस्तारै गर्मी बढ्दै जाने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज र भोलि केही ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ भने धेरै ठाउँमा गर्मी हुनेछ । आज दिउँसो कोशी प्रदेशका हिमाली र पहाडी भूभागका केही ठाउँहरूमा, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भूभागका थोरै ठाउँहरुमा मध्यमसम्म वर्षा र हिमपातको सम्भावना छ । यस्तै मधेश, कोशी, बागमती र गण्डकी प्रदेशको तराई तथा बाँकी पहाडी र हिमाली भूभागका एक, दुई ठाउँमा मेघगर्जन र चट्याङ्गसहित…
Read More
अण्डाको उत्पादन घट्यो, मूल्य बढ्यो

अण्डाको उत्पादन घट्यो, मूल्य बढ्यो

काठमाण्डौं ।  गर्मी मौसमसँगै अण्डाको उत्पादन घट्दा मूल्य बढेको छ । नेपाल लेयर्स कुखुरापालक सङ्घले अण्डाको समर्थन मूल्य बढाएको हो । सङ्घका अनुसार अब ठूलो अण्डा प्रतिक्रेट अर्थात ३० वटाको ५ सय १५ रुपैयाँ र मध्यमको ४८५ रुपैयाँ फार्मदर कायम गरिएको छ । सङ्घका सचिव मदन पोखरेलका अनुसार उपभोक्ता मूल्य प्रतिगोटा २५ रुपैयाँ कायम गरिएको छ । यसअघि ठूलो अण्डा प्रतिक्रेट ४ सय ८५ रुपैयाँ र मध्यम अण्डा ४ सय ३५ रुपैयाँ थियो । दुई दिने बिदाले पर्यटक बढ्दा खपत बढ्नुका साथै गर्मीका  कारण अण्डा उत्पादन घटेकाले माग बढ्न गई मूल्य बढेको संघको भनाइ छ । संघका अध्यक्ष पोखरेलका अनुसार…
Read More
अक्षर लेख्न नसकेको भन्दै छात्रलाई निर्घात कुट्ने शिक्षिका पक्राउ

अक्षर लेख्न नसकेको भन्दै छात्रलाई निर्घात कुट्ने शिक्षिका पक्राउ

फिदिम । अङ्क र अक्षर लेख्न नसकेको भन्दै पाँच वर्षीय बालकलाई निर्घात कुटपिट गर्ने शिक्षिका सुमित्रा सेन्दाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ। फिदिम नगरपालिका–१४ मा सञ्चालित लुङरुपा बोर्डिङ एकेडेमीकी शिक्षिका सेन्दाङले गत बुधबार एलकेजीमा अध्ययनरत साढे चार वर्षीय छात्र सेसेफुङ नेम्वाङलाई ढाडमा १८ भाटा हानेको समाचार सञ्चारमाध्यमबाट सार्वजनिक भएको थियो। कुटपिटका कारण घाइते बालकको ढाडभरि निलडाम देखिएको तस्बिर र समाचार सार्वजनिक भएपछि जिल्ला प्रहरी कार्यालय पाँचथरले उनलाई शनिबार नियन्त्रणमा लिएको हो। पाँचथरका प्रहरी नायब उपरीक्षक अनिषकुमार कर्णले नियन्त्रणमा लिइएकी शिक्षिकाउपर बालबालिकासम्बन्धी कसुरमा अनुसन्धान सुरु गरिएको बताउनुभयो। पक्राउ परेकी शिक्षिकालाई आइतबार पाँचथर जिल्ला अदालतमा हाजिर गराएर अनुसन्धानका लागि पाँच दिनको म्याद थप…
Read More
बढ्दो तापक्रम र महँगीले अष्ट्रेलियाको आवास सङ्कट गहिरिने : अध्ययन

बढ्दो तापक्रम र महँगीले अष्ट्रेलियाको आवास सङ्कट गहिरिने : अध्ययन

मेलबर्न । जलवायु परिवर्तनको तीव्र असरका कारण अष्ट्रेलियामा आगामी वर्षहरूमा आवास सङ्कट अत्यन्त गम्भीर बन्न सक्ने एक विस्तृत अध्ययनले देखाएको छ । अध्ययनअनुसार यदि उच्च स्तरमा प्रदूषण उत्सर्जन भइरह्यो भने सन् २०३५ सम्म घरबारविहीन हुने मानिसहरूको सङ्ख्या हालको तुलनामा चार गुणासम्म बढ्न सक्छ । यसले जलवायु परिवर्तनले केवल वातावरणमा मात्र नभई मानिसहरूको दैनिकी, बसोबास र आर्थिक अवस्थामासमेत गहिरो प्रभाव पारिरहेको स्पष्ट पारेको छ । अनुसन्धानकर्ताहरूले जलवायु परिवर्तनका कारण विभिन्न आर्थिक र सामाजिक दबाब बढ्दै गएको बताएका छन् । विशेषगरी प्राकृतिक विपत्ति र अत्यधिक मौसमीय घटनाहरू बढेसँगै घर तथा सम्पत्तिको बीमा खर्च अत्यधिक महँगो हुने अनुमान गरिएको छ । बीमाको लागत…
Read More
राष्ट्रिय युवा सङ्घद्वारा स्थापना दिवसको अवसरमा संस्कृत वेद विद्यालयमा खाद्यान्न सहयोग

राष्ट्रिय युवा सङ्घद्वारा स्थापना दिवसको अवसरमा संस्कृत वेद विद्यालयमा खाद्यान्न सहयोग

हेटौंडा । राष्ट्रिय युवा सङ्घले स्थापना दिवसको अवसरमा जिल्ला युवा सङ्घ नेपाल मकवानपुर ले हेटौँडा–१० स्थित संस्कृत वेद विद्यालयमा खाद्यान्न सहयोग गरेको छ।४५ जना विद्यार्थी अध्ययनरत उक्त विद्यालयमा खाद्यान्न अभाव रहेको जानकारी पाएपछि जिल्ला कमिटीले आवश्यक खाद्यान्न (दाल,चामल,तेल, तरकारीमा मस्यौरा लगायतका) ५० हजार रुपैयाँ बढी सामग्री सहयोग गरेको जिल्ला अध्यक्ष राजेश नगरकोटीले जानकारी दिनुभयो। स्थापना दिवसकै अवसरमा हेटौँडा–१० स्थित वन समितिको क्षेत्रमा वृक्षारोपण कार्यक्रमसमेत गरिएको थियो।कार्यक्रमका प्रमुख अतिथि रामेश्वर रानाले विद्यालय स्थापनाकालदेखि नै आफूहरू विभिन्न गतिविधिमा जोडिँदै आएको स्मरण गर्दै एउटा छाप्रोबाट सुरु भएको विद्यालय अहिले बृहद् भवनसहित अघि बढेको देख्दा खुसी लागेको बताउनुभयो। उहाँले आफु जिल्ला समन्वय समितिमा रहँदादेखि…
Read More
हेटाैँडा ४ ले विध्यार्थीलाई शनिबार र आईतबारकाे छुट्टीमा सीप सिकाउने

हेटाैँडा ४ ले विध्यार्थीलाई शनिबार र आईतबारकाे छुट्टीमा सीप सिकाउने

  हेटाैँडा/हेटाैँडा उपमहानगरपालिका ४ नं. वडाले आफ्नाे वडाभित्रका सामुदायिक तथा संस्थागत विध्यालयका विध्यार्थीलाई विभिन्न सीप प्रदान गर्ने भएकाे छ । वडाका विभिन्न विध्यालयका ७५ जना विध्यार्थीलाई व्यवसायिक तालिम प्रदान गरि सीप सिकाउँन लागेकाे हाे । वडाका विध्यालयका कक्षा ९ का विध्यार्थीहरूकाे लागि सञ्चालन गर्न लागिएकाे कपाल काट्ने, व्यूटी पार्लर र ईलेक्टिक तालिमकाे  संयुक्त रूपमा विहीबार उद्घाटन गरिएकाे छ । उद्घाटन कार्यक्रमका प्रमुख अतिथि तथा हेटाैँडा-४ नं. वडाका अध्यक्ष नवीन सिग्देलले विध्यालयदेखि नै विध्यार्थीलाई सीप दिनुपर्ने बताउँदै विध्यालयबाट नै विध्यार्थीलाई व्यवसायिक सीपमूलक तालिम आवश्यक रहेकाे बताउँनु भयाे । उहाँले सामुदायिक र संस्थागत विध्यालयका विध्यार्थीलाई सहभागी गराएर सीपमूलक तालिम संचालन गर्न लागिएकाे,…
Read More
आज केही ठाउँमा हावाहुरीसहित पानी पर्ने

आज केही ठाउँमा हावाहुरीसहित पानी पर्ने

काठमाण्डौं । आज पनि देशका विभिन्न ठाउँमा हावाहुरीसहित पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो हिमाली र पहाडी भूभागका थोरै ठाउँहरुमा तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका एक, दुई ठाउँमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना छ । यस्तै राति कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै ठाउँहरुमा तथा बाँकी प्रदेशका एक, दुई ठाउँमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ । भोलि पनि यसैगरी पानी पर्ने महाशाखाले जनाएको छ । महाशाखाले यो हप्ता बिहीबारसम्म नै देशका विभिन्न ठाउँमा पानी पर्ने अनुमान गरेको छ । आज बेलुका र भोलि…
Read More
विभिन्न राजनीतिक दल र विज्ञबीच संविधान संशोधनबारे छलफल

विभिन्न राजनीतिक दल र विज्ञबीच संविधान संशोधनबारे छलफल

काठमाडौँ।  संविधान संशोधनका विषयमा संविधान संशोधन कार्यदल तथा विभिन्न राजनीतिक दल र विज्ञबीच छलफल भएको छ । ‘फेडरालिजम एण्ड लोकलाइजेशन सेन्टर’ले आज यहाँ आयोजना गरेको ‘संविधान संशोधनमा सङ्घीयता र प्रदेश संरचनाको सवाल’ विषयक छलफल कार्यक्रममा सरकारले बनाएको संविधान संसोधन कार्यदलसँग राजनीतिक दलका नेता तथा विज्ञहरुबीच अन्तरक्रिया गरिएको हो । कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद तथा संविधान संसोधन कार्यदलका सदस्य मोहनलाल आचार्यले सबै विषयमा तल्लो तहसम्म खुला रुपमा छलफल गरेर संसोधनको मस्यौदा तयार पारिने बताउनुभयो । प्रदेशसभा सदस्यको सङ्ख्या र मन्त्रालयको सङ्ख्या घटाउन तथा निर्वाचन प्रणालीबारे सोच्न एवं सच्याउन सकिने उहाँको भनाइ थियो । केही संवैधानिक आयोगलाई जोडेर छाता आयोग बनाउन…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.