Alag Dhar

समाचार


Warning: Trying to access array offset on value of type bool in /home/alagdhar/public_html/wp-content/themes/viral-mag/inc/breadcrumbs.php on line 1010
नारायणघाट–बुटवल सडकखण्डको पूर्वी खण्डमा पर्ने सबै पुल निर्माण सम्पन्न

नारायणघाट–बुटवल सडकखण्डको पूर्वी खण्डमा पर्ने सबै पुल निर्माण सम्पन्न

नवलपरासी । सरकारले राष्ट्रिय गौरवका रूपमा अगाडि बढाएको नारायणघाट–बुटवल सडकखण्डको पूर्वी खण्डमा पर्ने सबै पुल निर्माण सम्पन्न भएका छन् । निर्माण सम्पन्न भएका ३४ पुलमध्ये ३३ वटा पुलबाट सवारीसाधन सञ्चालन भइसकेका नारायणघाट–बुटवल सडक योजना पूर्वी खण्डले जनाएको छ । योजनाका सूचना अधिकारी इन्जिनियर शिव खनालका अनुसार पूर्वी खण्डमा अरुण खोला पुलको आठौँ स्पानको ढलान सम्पन्न भएसँगै नारायणघाट–बुटवल सडक योजना पूर्वी खण्डका सबै पुल निर्माण सम्पन्न भएका हुन् । यस खण्डमा २५ मिटर लम्बाइसम्मका छोटा २२ पुल र २५ मिटरभन्दा लामा १२ पुल निर्माण गर्नुपर्ने गरी निर्माण कम्पनी चाइना स्टेट इन्जिनियरिङ कन्स्ट्रक्सन कर्पोरेसन लिमिटेडले ठेक्का पाएको थियो । खनालले २२ वटा…
Read More
इन्धन मूल्यमा वृद्धि

इन्धन मूल्यमा वृद्धि

काठमाडौँ । नेपाल आयल निगम लिमिटेडले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । निगमले भारतीय आयल कर्पोरेसनबाट प्राप्त नयाँ खरिद मूल्यअनुसार पेट्रोल, डिजेल र हवाई इन्धनको मूल्य समायोजन गरिएको जनाएको हो । नयाँ मूल्यसूची अनुसार पेट्रोल र डिजेलमा प्रतिलिटर केही रुपैयाँ वृद्धि गरिएको छ भने आन्तरिक हवाई इन्धनको मूल्य घटाइएको छ । अन्तर्राष्ट्रिय उडानतर्फ हवाई इन्धनको मूल्य काठमाडौं, पोखरा र भैरहवाका लागि फरक–फरक तोकिएको छ । नयाँ खुद्रा बिक्री मूल्य २०८२ माघ १९ गते राति १२ बजेदेखि लागु हुने निगमले जनाएको छ । जसअनुसार बढेर आएको भए पनि हाललाई डिजेल तथा मट्टीतेल ३ रुपैयाँले वृद्धि गरिएको निगमले जनाएको छ ।…
Read More
आज यी स्थानमा वर्षा र हिमपातको सम्भावना

आज यी स्थानमा वर्षा र हिमपातको सम्भावना

मकवानपुर । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। हाल सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानमा कुहिरो लागेको छ। कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भागमा आंशिक बादल लागेको छभने बाँकी भागमा मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसो तराई भागका केही स्थानमा कुहिरो रहनेछ। कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भागमा साधारणतया बादल लाग्नेछ। कोशी प्रदेशलगायत बाँकी हिमाली भागमा आंशिक बादल लाग्नेछ र अन्य भागमा मौसम सफा रहनेछ । कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एकदुई स्थानमा हल्का हिमपात र वर्षाको सम्भावना छ।…
Read More
प्रत्यक्षतर्फ १५ जिल्लाका १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सकियो

प्रत्यक्षतर्फ १५ जिल्लाका १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सकियो

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १५ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न भएको छ । निर्वाचन आयोगका अनुसार हालसम्म कुल १५ जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइको काम सम्पन्न भएको छ । मतपत्र छपाइको काम जनक शिक्षा सामग्री केन्द्र भक्तपुरमा जारी छ । डोल्पा, मुगु, जुम्ला, कालिकोट, हुम्ला, सल्यान, जाजरकोटको प्रत्यक्षतर्फको मतपत्र छपाइको काम सम्पन्न भएको छ । त्यसैगरी, दैलेख निर्वाचन क्षेत्र नं १ र २, सुर्खेतको १ र २, रुकुमपश्चिम, बाजुरा र अछामको क्षेत्र नं १ र २, कैलाली क्षेत्र नं १, झापा क्षेत्र नं ५ र सुनसरीको क्षेत्र नं १ को प्रत्यक्षतर्फको…
Read More
बालेनको  प्रचार कार्यक्रमकै क्रममा ढलेका सिटौलामा ब्रेन हेमरेज

बालेनको  प्रचार कार्यक्रमकै क्रममा ढलेका सिटौलामा ब्रेन हेमरेज

काठमाडौं । चलचित्र पत्रकार संघ नेपालका निवर्तमान अध्यक्ष दिनेश सिटौला ब्रेन हेमरेजका कारण गम्भीर अवस्थामा उपचाररत छन् । हाल उनी ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालको आईसीयूमा भेन्टिलेटरमा राखेर उपचार भइरहेको अस्पताल स्रोतले जनाएको छ । सिटौला हिजो अछाममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता तथा काठमाडौँका पूर्वमेयर बालेन्द्र शाह (बालेन)को चुनावी प्रचारमा सहभागी भइरहेका बेला एक्कासी बेहोस भएका थिए । बेहोस भई लड्दा उनको टाउकोमा गम्भीर चोट लागेको थियो । त्यसपछि उनलाई सेनाको हेलिकप्टरमार्फत तत्काल काठमाडौँ ल्याई काठमाडौं ग्राण्डी अस्पताल भर्ना गरिएको हो । अस्पतालको स्रोतका अनुसार सिटौलालाई सब–अरैक्नोइड हेमरेज भएको हो, जुन ब्रेन हेमरेजको गम्भीर प्रकार मानिन्छ। अस्पताल आइपुग्दा उनको…
Read More
आजको विदेशी मुद्रा भाउ

आजको विदेशी मुद्रा भाउ

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४६ रुपैयाँ ८८ पैसा र बिक्रीदर १४७ रुपैयाँ ४८ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ १२ पैसा र बिक्रीदर १७५ रुपैयाँ ८३ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०१ रुपैयाँ ९४ पैसा र बिक्रीदर २०२ रुपैयाँ ७६ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १९१ रुपैयाँ ०९ पैसा र बिक्रीदर १९१ रुपैयाँ ८७ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर १०२ रुपैयाँ ७९ पैसा र बिक्रीदर १०३ रुपैयाँ २१ पैसा, क्यानेडियन डलर एकको…
Read More
तेस्रो घरेलु उत्पादन प्रवर्द्धन प्रदर्शनी मेला सम्पन्न

तेस्रो घरेलु उत्पादन प्रवर्द्धन प्रदर्शनी मेला सम्पन्न

१८ माघ/हेटौंडा । स्थानीय सीप, स्वाद र सिर्जनालाई एउटै थलोमा चिनाउने उद्देश्यसहित हेटौँडामा तेस्रो घरेलु उत्पादन प्रवर्द्धन प्रदर्शनी मेला सम्पन्न भएको छ । घरेलु उत्पादन प्रबर्धन गर्ने उद्देश्यसहित हेटौँडा उपमहानगरपालिका–१० नम्बर वडाले प्रदर्शनी आयोजनामा गरेकाे हाे । प्रदर्शनीमा उपमहानगरपालिकाका १९ वटै वडाबाट सहभागी स्टलहरूमा स्थानीय उत्पादनको विविधता झल्कने गरि ढाका, गुन्द्रुक, हस्तकला सामग्री, कृषिजन्य उत्पादनदेखि स्थानीय महिलाहरूले उत्पादन गरेका विविध सामग्रीहरू अवलोकन र खरिदका लागि राखिएका थिए । मेलाको समापन गर्दै बागमतीका पुर्वमन्त्री एवम् एमाले प्रमुख सचेतक एका लाल श्रेष्ठले स्थानीय उत्पादनको प्रयोग बढ्दै जानु सकारात्मक संकेत भएको बताउनुभयो ।  स्वदेशी उत्पादनले बजार नपाउने र विदेशी उत्पादनले बजार कब्जा गर्ने…
Read More

चौघडा सहकारीले जेष्ठ सदस्यलाई गरायो देवघाट दर्शन

१८ माघ/हेटौंडा । हेटौंडा-६ स्थित चौघडा बचत तथा ऋण सहकारी संस्थाले आफ्ना जेष्ठ शेयर सदस्यलाई तीर्थस्थलको भ्रमण गराएको छ । संस्थाको शिक्षा उपसमितिले शनिबार ४५ जना आफ्ना जेष्ठ शेयर सदस्यलाई नवलपरासीको देवघाट धाम तीर्थस्थलको भ्रमण गराएको उपसमितिका संयोजक रामचन्द्र अधिकारीले बताउनुभयो । सहकारीले वार्षिक कार्ययोजना बनाई आफ्ना विभिन्न उमेरसमुहका शेयर सदस्यहरुलाई अन्तरसहकारी भ्रमण, तीर्थभ्रमण लगाएत सहकारीका काम कारबाहीहरुको जानकारी गराउदै आएको सहकारीका अध्यक्ष बिजय कुमार श्रेष्ठले बताउनुभयो । कुल २८३९ जना शेयर सदस्य रहेको यस संस्थाको २ करोड ९९ लाख शेयरपुँजी छभने कुल सम्पत्ति ४३ करोड ९० लाख रहेको छ ।
Read More
शंकर पोखरेल मतदातासँग प्रत्यक्ष संवादमा

शंकर पोखरेल मतदातासँग प्रत्यक्ष संवादमा

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा दाङ क्षेत्र नम्बर २ मा उम्मेदवार बनेका नेकपा (एमाले) महासचिव शंकर पोखरेलले मतदातासँगको भेटघाट बढाएका छन् । उनी दाङका मतदातासँग संवाद र चुनावी एजेण्डामा खुला बहसलाई चुनावी अभियानको मुख्य आधार बनाउँदै जनताको घर–घर पुगेका हुन् । घोराही उपमहानगरपालिका–६ र १७ का विभिन्न टोलमा आज आयोजित भेटघाटमा उनले आफ्नो राजनीतिक यात्राभन्दा पनि आफू लुम्बिनी प्रदेशको मुख्यमन्त्री हुँदा तयार पारेका विकासका काम र त्यसको कार्यान्वयनलाई केन्द्रमा राखेर मतदातासँग बहस सुरु गरेका हुन् । पोखरेलले आफू मुख्यमन्त्री हुँदा दाङको दीर्घकालीन विकासका लागि स्पष्ट खाका तयार गरिएको दाबी गर्दै त्यसैको निरन्तरताका लागि निर्वाचनमा होमिएको बताए ।…
Read More
आज सुनको भाउमा गिरावट

आज सुनको भाउमा गिरावट

काठमाडौं । यो साता लगातार नयाँनयाँ रेकर्ड कायम गर्दै बढिरहेको सुनको भाउ शुक्रबार ह्वात्तै घट्यो । नेपाली बजारमा बिहीबार तोलामा २० हजार पाँच सय रुपैयाँले बढेर तीन लाख ३९ हजार तीन सय रुपैयाँ कायम भएको थियो । त्यसको दोस्रो दिन शुक्रबार नै तोलामा २० हजार पाँच सय रुपैयाँले नै घटेर तीन लाख १८ हजार ८०० मा झरेको थियो । सुनचाँदीको भाउमा यसरी तलमाथि हुने प्रक्रियामा नेपाली बजारको मात्रै भूमिका हुँदैन । यसको अन्तर्राष्ट्रिय बजारसँग प्रत्यक्ष सम्बन्ध हुन्छ । अन्तर्राष्ट्रिय बजारमा बिहीबारसम्म सुनको भाउ प्रतिऔँस पाँच हजार छ सय डलरसम्म पुगेको थियो । शुक्रबार त्यो झरेर चार हजार ८९५ डलरसम्म पुगेको…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.