Alag Dhar

Day: २०८२ माघ २५, आईतवार ०७:१८

जापानमा आम निर्वाचनको बेला भारी हिमपात, ४२ जनाको मृत्यु

जापानमा आम निर्वाचनको बेला भारी हिमपात, ४२ जनाको मृत्यु

मकवानपुर । जापानको मौसम विज्ञान एजेन्सीले आईतवारको आम निर्वाचन अघि देशका उत्तरी र पश्चिमी क्षेत्रहरूमा भारी हिमपात हुने पूर्वानुमान गरेको छ। जापानको मौसम विज्ञान एजेन्सीले शुक्रवार जनाएअनुसार समुन्द्री किनारका उत्तरी र पश्चिमी क्षेत्रहरूमा सप्ताहन्तभरि भारी हिमपात हुने सम्भावना छ। यो मौसमको अवस्था देशमा आइतवार हुन लागेको आम निर्वाचनको समयसँगै परेको छ। एजेन्सीकाअनुसार आइतवार बिहान ६ बजेसम्म होकुरिकु क्षेत्रमा ७० सेन्टीमिटर, होक्काइडो, तोहोकु र चुगोकुमा ५० सेन्टीमिटर र किन्की क्षेत्रमा ४० सेन्टीमिटर सम्म हिउँ पर्न सक्नेछ। अग्नि तथा विपद् व्यवस्थापन एजेन्सीका अनुसार जनवरी २० देखि हालसम्म हिउँका कारण देशैभर ४२ जनाको मृत्यु भएको छ भने ४८६ जना घाइते भएका छन्।
Read More
मकवानपुरमा करिब ४ हजार २ सय  सुरक्षाकर्मी परिचालन गरिने

मकवानपुरमा करिब ४ हजार २ सय सुरक्षाकर्मी परिचालन गरिने

मकवानपुर । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै मकवानपुर जिल्लामा करिब ४ हजार २ सय सुरक्षाकर्मी परिचालन गरिने भएको छ। मकवानपुरका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीका अनुसार निर्वाचन सुरक्षाका लागि नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी तथा करिब २ हजार २ सय जना निर्वाचन प्रहरी खटाइने तयारी गरिएको छ। यस्तै, प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि दुई वटा निर्वाचन क्षेत्र रहेको मकवानपुरमा तीन हजारभन्दा बढी कर्मचारी खटिने भएका छन् । ३७४ मतदान केन्द्रमा स्वयं सेवकसहित तीन हजार ३६६ कर्मचारी निर्वाचन अवधिमा खटिने भएका हुन् ।बागमती प्रदेश निर्वाचन कार्यालय हेटौंडाका प्रदेश निर्वाचन अधिकारी हरिप्रसाद ढकालले एउटा मतदान केन्द्रमा आयोगबाट छ…
Read More
झापा गोल्डकप सुरु : उद्घाटन खेलमा झापा-११ विजयी

झापा गोल्डकप सुरु : उद्घाटन खेलमा झापा-११ विजयी

झापा । सातौँ संस्करणको झापा गोल्डकप फुटबल प्रतियोगिता आजदेखि सुरु भएको छ । बिर्तामोडस्थित डोमालाल राजवंशी रङ्गशालामा भएको उद्घाटन खेलमा आयोजक झापा-११ फुटबल क्लबले नेपाल पुलिस क्लबलाई २-१ गोल अन्तरले पराजित गर्दै विजयी सुरुवात गरेको हो । घरेलु दर्शकको उल्लेख्य साथ पाएको झापा–११ ले सुरुआतदेखि उत्कृष्ट खेल प्रस्तुत गरेको थियो । प्रतिस्पर्धात्मक खेलमा पुलिस क्लबले खेलको सुरुवातमा उत्कृष्ट प्रदर्शन गर्दै पहिलो गोल गरेको थियो । तर, त्यसयता झापा-११ ले दुई गोल गर्दै जित सुनिश्चित गर्यो । ‘एक्स्ट्रिम सातौँ झापा गोल्डकप स्व विनोद बस्नेत स्मृति संस्करण अन्तरराष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिता’को उद्घाटन बिर्तामोड नगरपालिका प्रमुख पवित्रा महतरा प्रसाईंले गरिन् । उद्घाटन…
Read More
सुनको भाउ आज एकैदिन तोलामा ९ हजार ५ सय रुपैयाँले बढ्यो

सुनको भाउ आज एकैदिन तोलामा ९ हजार ५ सय रुपैयाँले बढ्यो

काठमाण्डौं । कारोबार हुने हप्ताको पहिलो दिन आज आइतबार सुनचाँदीको भाउ बढेको छ । सुन आज एकैदिन तोलामा ९ हजार ५ सय रुपैयाँले बढेर तोलाको ३ लाख ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । अस्ति शुक्रवार सुनको भाउ तोलाको २ लाख ९१ हजार रुपैयाँ थियो । यस्तै आज चाँदीको भाउ पनि बढेको छ । चाँदी आज तोलामा ३ सय रुपैयाँले बढेर तोलाको ५ हजार १० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । अस्ति चाँदी तोलाको ४ हजार ७ सय १० रुपैयाँ रहेको थियो ।
Read More
धादिङ बस दुर्घटना: चिया पिउँदै गरेका टिपर चालकको ज्यान गयो

धादिङ बस दुर्घटना: चिया पिउँदै गरेका टिपर चालकको ज्यान गयो

मकवानपुर । धादिङको थाक्रे गाउँपालिका–६ मा आज बिहान दुई वटा बस ठोक्किएर दुर्घटना भएको छ । काठमाडौंबाट रसुवाका लागि छुटेको बागमती प्रदेश ०१००६ ख ५२०६ नम्बरको बस र दाङबाट काठमाडौंका लागि छुटेको प्रदेश ३–०१००६ ख १५५२ नम्बरको बस आज बिहान ठोक्किएर दुर्घटना भएको हो । दुर्घटनामा नजिकै चिया पसलमा चिया पिउँदै गरेका एक जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा टिपरका चालक धादिङको धुनिवेशी नगरपालिका–९ स्याउलेका ३५ वर्षीय सुजन तामाङ रहेको ट्राफिक प्रहरी कार्यालय गजुरी धादिङका प्रहरी निरीक्षक शिशिर थापाले जानकारी दिनुभयो । ठक्करबाट अनियन्त्रित एउटा बस सडक छेवैमा रहेको चिया पसलमा पुगेको थियो । चिया पसल सञ्चालक खगेश्वर शर्मा…
Read More
हेटौंडा–७ मा एमालेको निर्वाचन लक्षित वडास्तरीय कार्यकर्ता भेला सम्पन्न

हेटौंडा–७ मा एमालेको निर्वाचन लक्षित वडास्तरीय कार्यकर्ता भेला सम्पन्न

मकवानपुर । नेकपा (एमाले)हेटौंडा उपमहानगरपालिका–७ नम्बर वडा कमिटीको आयोजनामा निर्वाचन लक्षित वडास्तरीय कार्यकर्ता भेला सम्पन्न भएको छ। भेलालाई सम्बोधन गर्दै प्रमुख अतिथि नेकपा (एमाले)का नेता एवं बागमती प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणी पौडेलले आगामी निर्वाचनमा एमालेले बहुमत ल्याउने दाबी गर्नुभयो। उहाँले एमाले नेतृत्वमा भएका सरकारहरूले मुलुकको पुनर्निर्माण, विकास र राष्ट्रियताको पक्षमा महत्वपूर्ण काम गरेको उल्लेख गर्दै ती उपलब्धिहरूलाई जनतामाझ लिएर जान कार्यकर्तालाई आग्रह गर्नुभयो। साथै उहाँले देशको स्वाधीनता, स्थायित्व र समृद्धिका लागि एमाले नै भरोसायोग्य शक्ति भएको धारणा राख्नुभयो। पौडेलले “केपी ओलीको नेतृत्वमा देशले आत्मनिर्भरता र समृद्धिको बाटो समातेको छ, त्यसैको निरन्तरताका लागि एमालेको जित अपरिहार्य छ,” भन्दै कार्यकर्तालाई जनतामाझ तथ्य र…
Read More
आफ्नो उम्मेद्वारीले मकवानपुरे जनता खुसी छन् : रामशेवर राना

आफ्नो उम्मेद्वारीले मकवानपुरे जनता खुसी छन् : रामशेवर राना

मकवानपुर । नेकपा एमाले केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा क्षेत्र नं. १ का उम्मेद्वार रामेश्वर रानाले आफ्नो उम्मेद्वारीले मकवानपुरे जनता खुसी रहेको पाईएको बताउनु भएको छ । नेकपा एमालेको तर्फबाट निर्वाचित वर्तमान र पूर्व जनप्रतिनिधिको भेलालाई सम्बोधन गर्दै रानाले मुलुकलाई संकटबाट पार लगाउन र विकास र समृद्विको बाटोमा मुलुकलाई अगाडि नेकपा एमालेको जीतको विकल्प नभएको उहाँको भनाई रहेको थियो । विचलित र अन्यौलमा नपरि निर्धक्क भएर निर्वाचनमा जुट्न उम्मेद्वार रानाले आग्रह गर्नुभयो । भेलामा संविधानसभा सदस्य अनन्त पौडेलले फागुन २१ गतेको निर्वाचन राष्ट्रियता विरोधी र राष्ट्रिय स्वाभिमान बीचको भएकोले राष्ट्रिय स्वाभिमान रक्षाको लागि नेकपा एमालेलाई जिताउन सबै एकजुट हुनपर्ने बताउनु भयो…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.