Alag Dhar

समाचार


Warning: Trying to access array offset on value of type bool in /home/alagdhar/public_html/wp-content/themes/viral-mag/inc/breadcrumbs.php on line 1010
आजबाट चैते दसैं सुरू

आजबाट चैते दसैं सुरू

काठमाडौं । चैत्र शुक्ल प्रतिपदाका अवसरमा आजदेखि चैत्र दसैँको नवरात्र सुरु गरिँदै छ । चैत्र नवरात्रका अवसरमा आज हनुमानढोका दरबारमा घटस्थापना गरी विधिपूर्वक नवदुर्गा देवीको पूजाआराधना गरिँदै छ । चैत्र नवरात्रको घटस्थापनाका लागि आज बिहान ७ः५१ बजेको साइत उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका कार्यकारी निर्देशक लक्ष्मण पन्थीले जानकारी दिए । आज उत्तर फर्केर घटस्थापना गर्नुपर्ने साइत दिइएको पनि उनले बताए । यस अवसरमा देशभरका देवी मन्दिर एवं शक्तिपीठमा पनि पूजाआराधना एवं उपासनाका लागि भक्तजनको लाम लाग्ने गर्छ । शास्त्रीय नियमअनुसार वर्षमा चारवटा नवरात्र पर्ने गरेका छन् । आसार शुक्ल पक्ष, असोज शुक्ल पक्ष, पुस शुक्ल पक्ष र माघ शुक्ल…
Read More
कांग्रेस केन्द्रीय कार्यसमितिमा गगन थापाको राजीनामा अस्वीकृत गर्ने प्रस्ताव

कांग्रेस केन्द्रीय कार्यसमितिमा गगन थापाको राजीनामा अस्वीकृत गर्ने प्रस्ताव

काठमाडौं । नेपाली कांग्रेसको शुक्रबार बस्ने केन्द्रीय कार्यसमितिको बैठकमा गगन थापाले सभापति पदबाट दिएको राजीनामा अस्वीकृत गर्ने प्रस्ताव पेस हुने भएको छ । थापाले २१ फागुनको निर्वाचनमा भोगेको हारको नैतिक जिम्मेवारी लिँदै उपसभापति विश्वप्रकाश शर्मालाई बुधबार राजीनामा पत्र बुझाएका छन् । शुक्रबारको केन्द्रीय कार्यसमितिको बैठकको गगन थापा सहभागी नहुने एक नेताले बताए । त्यसैले बैठकको अध्यक्षता उपसभापति शर्माले गर्नेछन् । सो बैठकमा शर्माले थापाले सभापति पदबाट राजीनामा दिएको औपचारिक जानकारी गराउने र सो राजीनामा अस्वीकृत गर्ने प्रस्ताव पनि पेस गर्ने तयारी गरेको स्रोतले बतायो । ‘उपसभापति शर्माले चुनावमा पराजित हुनुको कारण एकल व्यक्ति नभएको र विशेष महाधिवेशनबाट चुनिएर आएको नेतृत्व छोटो…
Read More
आगामी हप्ता नयाँ सरकार बन्छ होला, मैले विश्राम लिने बेला भयो : अर्थमन्त्री खनाल

आगामी हप्ता नयाँ सरकार बन्छ होला, मैले विश्राम लिने बेला भयो : अर्थमन्त्री खनाल

काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले आउँदो हप्ता नयाँ सरकार बन्नसक्ने बताएका छन् । नेपाल नागरिक लगानी कोषको वार्षिक उत्सवका अवसरमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री खनालले सो कुरा बताएका हुन् । निर्वाचन आयोगले विहीबारसामानुपातिक सांसदहरुलाई प्रमाणपत्र वितरण गरेपछि संविधान अनुसार नयाँ सरकार तीव्र गतिमा अघि बढ्ने उनले जानकारी दिए । आफूले पनि अब विश्राम लिने बेला भएको उनले बताए । अर्थमन्त्री खनालले शक्तिशाली बहुमतसहित आएको सरकारले बाह्य क्षेत्रबाट उत्पन्न चुनौती सामना गर्दै समष्टिगत आर्थिक परिसूचकमा देखिन गएको संकेत अनुसार काम गर्न सकोस् भनेर सदभाव व्यक्त गरे ।
Read More
भारतको इन्दौरमा कार चार्जिङ गर्दा विस्फोट, ७ जनाको मृत्यु

भारतको इन्दौरमा कार चार्जिङ गर्दा विस्फोट, ७ जनाको मृत्यु

काठमाडौं । भारतको मध्य प्रदेश राज्यमा पर्ने इन्दौरमा विद्युत शर्ट हुँदा भएको आगलागीमा परी सात जनाको मृत्यु भएको छ । बुधवार बिहानै भएको घटनामा तीन जना गम्भीर घाइते भएका छन् । इन्दौरको बंगाली चौराहनजिकै रहेको कोलोनीमा बिहान ४ बजे घटना भएको हो । घटनाका बेला अधिकांश मानिसहरू आ–आफ्नो घरमा सुतिरहेका थिए । इन्दौरका पुलिस कमिशनर सन्तोषकुमार सिंहले घर बाहिर चार्जिङमा राखिएको इलेक्ट्रिक कारबाट आगो सल्किन सुरू भएको बताएका छन् । ‘प्रारम्भिक जाँचका क्रममा बिहान करिब ४ बजे चार्जिङ प्वाइन्टमा शर्ट सर्किट हुँदा कारमा आगो लाग्यो,’ उनले भने, ‘केही मिनेटमै आगो घर भित्र फैलियो । घरभित्र ठूलो संख्यामा ग्यास सिलिन्डर राखिएका…
Read More
गुल्मीमा ट्याक्टरको ठक्करबाट एक जनाको मृत्यु

गुल्मीमा ट्याक्टरको ठक्करबाट एक जनाको मृत्यु

मकवानपुर । ट्याक्टरको ठक्करबाट मदाने गाउँपालिकाका एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर सारुका अनुसार मदाने गाउँपालिका–१ अग्लुङ फेदीका ३५ वर्षीय सालिकराम चन्दको मृत्यु भएको हो । ट्याक्टरको ठक्करबाट गम्भीर घाइते भएकी उनको तम्घास अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । दुर्घटनामा संलग्न ट्याक्टर र त्यसका चालक प्रहरीले नियन्त्रणमा लिएको छ ।
Read More
हेटौंडाका होटल–रेस्टुरेन्टमा ग्यास अभाव, व्यवसाय प्रभावित

हेटौंडाका होटल–रेस्टुरेन्टमा ग्यास अभाव, व्यवसाय प्रभावित

मकवानपुर । हेटौंडाका होटल तथा रेस्टुरेन्टमा यतिबेला एलपी ग्यास अभावले व्यवसाय नै प्रभावित हुन थालेको छ । बजारमा ग्यासको आपूर्ति असहज बनेपछि दैनिक सञ्चालनमै समस्या देखिन थालेको व्यवसायीहरूले बताएका छन् । पश्चिम एसियामा बढ्दो तनावका कारण ग्यास आपूर्तिमा अवरोध हुन सक्ने आशङ्काले बजारमा एक्कासि माग बढेपछि हेटौंडामा समेत ग्यास अभाव देखिएको हो । पछिल्लो एक महिनादेखि व्यवसायीहरूले सहज रूपमा ग्यास पाउन नसकेको गुनासो गरेका छन् । हेटौंडाका विभिन्न होटल तथा रेस्टुरेन्ट सञ्चालकहरूका अनुसार ग्यास अभावका कारण ग्राहकलाई सेवा दिन कठिन भएको छ । “ग्यास सकिएको एक सातासम्म पनि नयाँ सिलिन्डर पाउन सकेका छैनौं,” एक व्यवसायीले भने।” गयसको अभाब भएको र…
Read More
मध्यपूर्व संकट गहिरिँदै,असर विश्वभर फैलिने सङ्केत

मध्यपूर्व संकट गहिरिँदै,असर विश्वभर फैलिने सङ्केत

मकवानपुर । मध्यपूर्वमा जारी युद्धले अब क्षेत्रीय सीमाभन्दा बाहिर प्रभाव पार्ने स्पष्ट सङ्केत देखिएको छ । इजरायल र इरानबिचको प्रत्यक्ष–अप्रत्यक्ष सैन्य टकरावसँगै खाडी क्षेत्र, अन्तर्राष्ट्रिय शक्ति सन्तुलन र ऊर्जा सुरक्षासमेत प्रभावित हुने अवस्था देखिँदै गएको छ । इजरायली सेनाले बुधबार दक्षिणी लेबनानका चार सहरका बासिन्दालाई तत्काल सुरक्षित स्थानतर्फ जान आग्रह गर्दै इरान समर्थित हिजबुल्लाहविरुद्ध लक्षित आक्रमण हुने चेतावनी दिएको छ । यसअघि नै निकासी चेतावनीपछि मध्य बेरुतमा आक्रमण भएको राज्य सञ्चारमाध्यमहरूले जनाएका छन् । लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार बिना चेतावनी भएका दुई आक्रमणमा कम्तीमा छ जनाको मृत्यु भएको छ भने २४ जना घाइते भएका छन् । इजरायलले आफ्नो भूमितर्फ भएका रकेट…
Read More
नवनिर्वाचित सांसदहरूलाई स्वर्णिमले भने– वाचापत्र दोहोर्‍याएर पढ्नुहोला

नवनिर्वाचित सांसदहरूलाई स्वर्णिमले भने– वाचापत्र दोहोर्‍याएर पढ्नुहोला

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति स्वर्णिम वाग्लेले नवनिर्वाचित सांसदहरूलाई अब जनताले दिएको ऐतिहासिक मतलाई जिम्मेवारीबोध गर्नेगरी लाग्न आग्रह गरेका छन् । मंगलबारबाट सुरु भएको अभिमुखीकरण कार्यक्रमको उद्घाटन सत्रलाई सम्बोधन गर्ने क्रममा उनले संसद्मा ध्यान दिनुपर्ने विषयमा पुनस् अध्ययन गर्न आग्रह गरे । साथै, अब थिति बसाल्ने विषयमा पनि गम्भीर भएर सोच्न उनले आग्रह गरे । ‘तपाईंहरू फेरि अध्ययनको चरणमा प्रवेश गर्नुपर्नेछ । अब फेरि ब्याक टू कलेज भनेजस्तै हो । यसमा केही आधारभूत डकुमेन्टको फ्रेमवर्क हुनेछ,’ वाग्लेले भने, ‘पार्टीकै धारणाहरू बारे पनि अध्ययन गर्नुपर्नेछ । वाचापत्र दोहोर्‍याएर तेहेर्‍याएर पढ्नुहोला ।’ उनले आफूहरू व्यक्तिगत समस्या समाधान गर्न नआएको…
Read More
बढ्यो सुन-चाँदीको भाउ, आज कतिमा हुँदैछ किनबेच?

बढ्यो सुन-चाँदीको भाउ, आज कतिमा हुँदैछ किनबेच?

मकवानपुर । नेपाली बजारमा आज (मंगलबार) सुन-चाँदीको भाउ बढेको छ। सोमबार प्रतितोला एक सय रूपैयाँ बढेको सुनको भाउ आज प्रतितोला चार सय रूपैयाँ बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख नौ हजार नौ सय रूपैयाँमा किनबेच भइरहेको छ। सोमबार सुन प्रतितोला तीन लाख नौ हजार पाँच सय रूपैयाँमा कारोबार भएको थियो। यस्तै, मंगलबार चाँदीको मूल्य पनि बढेको छ। सोमबार प्रतितोला पाँच हजार दुई सय ६५ रूपैयाँमा कारोबार भएको चाँदी मंगलबार प्रतितोला पाँच हजार तीन सय ३५ कारोबार भइरहेको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ७० रूपैयाँ बढेको हो। अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस पाँच हजार…
Read More
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदलाई आजदेखि अभिमुखीकरण

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदलाई आजदेखि अभिमुखीकरण

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूलाई आजदेखि अभिमुखीकरण सुरु हुँदैछ । पार्टी महामन्त्री कबिन्द्र बुर्लाकोटीका अनुसार बुधबारसम्म काठमाडौंमा अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको छ । अभिमुखीकरणका लागि सांसदहरू काठमाडौंको आइसकेका छन् । अभिमुखीकरण ललितपुरको एक होटेलमा हुँदैछ । प्रत्यक्षमा १२५ सिट जितेको रास्वपाले समानुपातिमार्फत ५७ सांसद पाएको छ ।
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.