Alag Dhar

खेलकुद


Warning: Trying to access array offset on value of type bool in /home/alagdhar/public_html/wp-content/themes/viral-mag/inc/breadcrumbs.php on line 1010
एनपिएलमा सुदूरपश्चिम रोयल्सको दबदबा

एनपिएलमा सुदूरपश्चिम रोयल्सको दबदबा

मकवानपुर । कीर्तिपुरस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा मङ्सिर १ गतेदेखि सुरु भएको दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा सहभागी आठ टोलीमध्ये साविक उपविजेता सुदूरपश्चिम रोयल्सको दबदबा कायमै छ । लिगमा हालसम्म १९ खेल सम्पन्न हुँदा सुदूरपश्चिम मात्रै प्लेअफ पुग्ने पहिलो टोली बनेको छ । सुदूरपश्चिम दुई खेल अगावै अपराजित रही पाँच खेल जितेर प्लेअफमा सुरक्षित भएको हो । सुदूरपश्चिम अहिले १० अङ्क जोडेर शीर्ष स्थानमा छ । अब सुदूरपश्चिमले विराटनगर किंग्स र चितवन राइनोजससँग खेल्न बाँकी छ । बाँकी रहेका दुई खेल पनि जितेर सुदूरपश्चिम पहिलो क्यालिफायरमा पुग्ने लक्ष्यमा छ । अङ्कतालिकाको दोस्रो स्थानमा ६ खेलमा चार खेल जितेको…
Read More
पाथीभरा याङ्वरक र मैवाखोला सेमिफाइनल प्रवेश

पाथीभरा याङ्वरक र मैवाखोला सेमिफाइनल प्रवेश

मकवानपुर । ताप्लेजुङमा जारी कञ्चनजङ्घा सेसेलुङ गोल्डकप महिला फुटबल प्रतियोगितामा पाथीभरा याङ्वरक र मैवाखोला गाउँपालिका सेमिफाइनल प्रवेश गरेका छन् । प्रि–क्वार्टर चरणअन्तर्गत आइतबार र शनिबार भएको खेलमा विजयी हुँदै पाथीभरा याङ्वरक र मैवाखोला सेमिफाइनल प्रवेश गरेका हुन् । पाथीभरा याङ्वरक गाउँपालिकाले आठराई त्रिवेणी गाउँपालिकालाई ३–१ गोलले पराजित गर्दै प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको हो । यस्तै शनिबारको खेलमा सिरिजङ्घा गाउँपालिकालाई २–० गोलले पराजित गर्दै मैवाखोला गाउँपालिका सेमिफाइनलमा पुगेको छ । सोमबार आज फुङ्लिङ नगरपालिका र फक्ताङ्लुङ गाउँपालिकाबिच प्रि–क्वार्टर फाइनल अर्थात पहिलो चरणको खेल हुनेछ । मङ्गलबार सिदिङ्वा र मेरिङ्देन गाउँपालिकाबिचको खेल हुने कञ्चनजङ्घा फुङ्लिङ क्लबका अध्यक्ष चन्द्र थेबेले जानकारी दिनुभयो ।…
Read More
जिल्लास्तरीय ‘नेपालगन्ज पम्प ट्रयाक च्यालेन्ज’ प्रतियोगितामा थापा प्रथम

जिल्लास्तरीय ‘नेपालगन्ज पम्प ट्रयाक च्यालेन्ज’ प्रतियोगितामा थापा प्रथम

मकवानपुर । नेपालगन्जमा सम्पन्न भएको पहिलो बाँके जिल्लास्तरीय ‘नेपालगन्ज पम्प ट्रयाक च्यालेन्ज’ प्रतियोगितामा मास्टर क्याटेगरीतर्फ गगनसिंह थापाले प्रथम स्थान हासिल गर्नु भएको छ । सो क्याटेगरीमा दिपक मल्ल द्वितीय, जन्गु चोधरी तेस्रो र विशाल श्रेष्ठले चौथो स्थान प्राप्त गर्नुभयो । यसैगरी, इलाइट क्याटेगरीमा बिरेन्द्र धोबी प्रथम हुँदा अनस खान दोस्रो, अनमोल गुप्ता तेस्रो र रोहित चौहान चौथो हुनुभयो । जुनियर ए क्याटेगरीतर्फ अनिश चौधरी प्रथम, सुशंग धरकटवा दोस्रो, अंशु गुप्ता तेस्रो तथा रणबिर थारु चौथो हुनुभयो । यसैगरी, जुनियर बी क्याटेगरीमा अभिजंग थापा प्रथम, आदित्य मल्ल दोस्रो, राजन शाही तेस्रो र सौरभ सोन्कर चौथो हुनुभएको छ । जुनियर सी क्याटेगरीमा…
Read More
एनपिएल : काठमाण्डु ५३ रनले विजयी

एनपिएल : काठमाण्डु ५३ रनले विजयी

मकवानपुर । नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट अन्तर्गत शुक्रबारको पहिलो खेलमा काठमाण्डु गोर्खाज विजयी भएको छ । काठमाण्डुले चितवन राइनोजलाई ५३ रनले हराएको हो । टस हारेर पहिला ब्याटिङ गरेको काठमाण्डुले दिएको १४३ रनको लक्ष्य पछ्याएको चितवन १७ ओभर २ बलमा ८९ रन रन बनाउँदा अलआउट भएको हो । यो जितसँगै पाँच खेल खेलेको काठमाण्डुले ६ अङ्क जोडेको छ । त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला, कीर्तिपुरमा टस हारेर पहिला ब्याटिङ गरेको काठमाडौँ १९ दशमलव चार ओभरमा १४२ रनमा अलआउट भयो। चितवनका लागि जोन सिम्प्सनले सर्वाधिक ६० र मिलिन्द कुमारले ३८ रनको योगदान दिनुभयो । चितवनका सोहेल तनभिरले चार, कमल सिंह ऐरीले…
Read More
एनपीएलमा जनकपुरविरुद्ध पोखराको जित

एनपीएलमा जनकपुरविरुद्ध पोखराको जित

मकवानपुर । नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सविरुद्ध पोखरा एभेन्जर्सले जित हात परेको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको थियो । ब्याटिङमा सुमीत वर्मा चम्कँदा पोखराले जनकपुरलाई १६५ रनको बलियो लक्ष्य प्रस्तुत गरेको थियो । सुमीतले जनकपुरविरुद्ध अविजीत ५० रन, पोखराका दिनेश खरेलले ३८, एडम रोसिंगटनले २४, तिर्थराज दाशले २९ रन प्रहार गरे । ब्याटिङमा पोखराले ८ ओभरपछिको २ ओभरमा लय गुमाएको थियो । उक्त अवधिमा ३ विकेट गुमायो । १० ओभरपछिको खेलमा सुमीत र तिर्थले ब्याटिङ उकासेपछि पोखरा ६ विकेटका क्षतिमा १५५ रनको बलियो अवस्थामा पुगेको हो । जवाफी ब्याटिङमा उत्रिएको जनकपुरले…
Read More
एनपिएल : पोखराले जनकपुरलाई दियो १५६ रनको लक्ष्य

एनपिएल : पोखराले जनकपुरलाई दियो १५६ रनको लक्ष्य

मकवानपुर । नेपाल प्रिमियर लिग (एनपिएल) मा पोखरा एभेन्जर्सले जितका लागि साविक विजेता जनकपुर बोल्ट्सलाई एक सय ५६ रनको लक्ष्य दिएको छ । त्रिवि मैदान कीर्तिपुरमा टस जितेर पहिले ब्याटिङ रोजेको पोखरा एभेन्जर्सले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा एक सय ५५ रन बनायो । पोखराका लागि सुमीत वर्माले सर्वाधिक खविजित ५० रन बनाउनुभयो । यस्तै ओपनर दिनेश खरेलले ३८, त्रित राज दासले २९ र एडम रोसिङ्टनले २४ रन बनाउनुभयो । बलिङमा जनकपुरका सन्जय कृष्णमूर्तिले तीन विकेट लिनुभयो । अनिल शाह र ललित राजवंशीले एक एक विकेट लिनुभयो । जारी एनपिएलको अघिल्ला दुई खेलमा लगातार हार खेपेका दुवै टोली आज…
Read More
एनपिएल : सुदूरपश्चिम रोयल्सको अपराजित यात्रा जारी

एनपिएल : सुदूरपश्चिम रोयल्सको अपराजित यात्रा जारी

मकवानपुर । साविक उपविजेता सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपिएल) मा अपराजित यात्रा जारी राखेको छ । त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बिहीबार भएको खेलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई सात विकेटले हरायो । सुदूरपश्चिम चार खेलमा अपराजित रहने एक्लो टोली समेत बनेको छ । जितका लागि एक सय ४४ रनको मध्यम लक्ष्प पछ्याएको सुदूरपश्चिमले १८.२ओभरमा तीन विकेटको क्षतिमा एक सय ४५ रन जोड्दै लक्ष्य पूरा गरेको हो । जितसँगै चार खेलबाट आठ अङ्क बनाएको सुदूरपश्चिम शीर्षस्थानमा छ । सुदूरपश्चिम प्लेअफ नजिक पनि पुगेको छ । समान खेलबाट दुई अङ्क बनाएको लुम्बिनी छैटौँ स्थानमा छ । सुदूरपश्चिमका लागि ओपनर विनोद भण्डारीले…
Read More
एनपिएल : लुम्बिनीले सुदूरपश्चिमलाई दियो १४४ रनको मध्यम लक्ष्य

एनपिएल : लुम्बिनीले सुदूरपश्चिमलाई दियो १४४ रनको मध्यम लक्ष्य

मकवानपुर । नेपाल प्रिमियर लिग (एनपिएल) मा जितका लागि लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्सलाई एक सय ४४ रनको मध्यम लक्ष्य दिएको छ । त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको लुम्बिनी लायन्सले १९.४ ओभरमा ओभरमा सबै विकेटको क्षतिमा एक सय ४३ रन बनायो । लुम्बिनीका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ३५ रन बनाउनुभयो । उहाँले ३६ बलमा तीन चौकाको सहयोगमा उक्त रन बनाउनुभएको हो । यस्तै दीलिप नाथले ३१, डी’आर्की सर्ट र सुमित महर्जनले समान १८/१८ र गुलवदिन नईवले ११ रन बनाउनुभयो । बलिङमा सुदूरपश्चिमका अविनाश बोहरा र हर्मित सिंहले तीन तीन विकेट लिनुभयो । यस्तै हेमन्त…
Read More
एनपिएलः आज विराटनगर र चितवनबिच प्रतिस्पर्धा हुँदै

एनपिएलः आज विराटनगर र चितवनबिच प्रतिस्पर्धा हुँदै

मकवानपुर । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज अपराह्न ४ः०० बजे त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा विराटनगर किङ्ग्स र चितवन राइनोजबिच प्रतिस्पर्धा हुँदैछ । सन्दीप लामिछानेको कप्तानीमा रहेको विराटनगर तीन खेल जितेर अङ्कतालिकाको दोस्रो स्थानमा छभने कुशल मल्ल नेतृत्वको चितवन राइनोज दुई अङ्कका साथ अङ्कतालिकाको चौथो स्थानमा छ ।
Read More
त्रिवि रङ्गशालामा सुविधा र प्रविधिमा प्रभावकारी व्यवस्थापन भएको दर्शकको भनाइ

त्रिवि रङ्गशालामा सुविधा र प्रविधिमा प्रभावकारी व्यवस्थापन भएको दर्शकको भनाइ

मकवानपुर । कीर्तिपुरस्थित त्रिवि क्रिकेट रङ्गशालामा जारी नेपाल प्रिमियर लिग (एनपिएल) हेर्न पुगेका दर्शकले सुविधा र प्रविधिमा दोस्रो संस्करणको व्यवस्थापन प्रभावकारी रहेको प्रतिक्रिया दिएका छन् । दर्शकले खाद्य स्टल, शौचालयलगायत सुविधाको भने उचित व्यवस्थापन हुन नसकेको गुनासो गरेका हुन् । रङ्गशाला १० हजार दर्शक अट्ने क्षमताको प्यारापिटसहित अन्तरराष्ट्रियस्तरको निर्माण भएको छभने ‘फ्लडलाइट’का कारण राति पनि खेल सम्भव भएकाले एनपिएलको उत्सह थपिएको कैलालीको टीकापुरबाट खेल हेर्न आउनुभएका सुदूरपश्चिम रोयल्सका समर्थक विशाल जोशीले बताउनुभयो । बास्न, हेर्न र दर्शनको क्षमतामा वृद्धि भए पनि चिया, पानी र शौचालयको भने उचित व्यवस्थापन हुन नसकेको उहाँको गुनासो छ । दर्शकले सुविधा र प्रविधिका हिसाबले दोस्रो…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.