Alag Dhar

प्रदेश


Warning: Trying to access array offset on value of type bool in /newhome/alagdhar/public_html/wp-content/themes/viral-mag/inc/breadcrumbs.php on line 1010
लक्ष्मीपूजामा मुख्यमन्त्रीको सन्देश : नारी शक्तिको सम्मान गरौँ 

लक्ष्मीपूजामा मुख्यमन्त्रीको सन्देश : नारी शक्तिको सम्मान गरौँ 

मकवानपुर  । तिहारलाई उज्यालो, उमङ्ग र धनधान्यकी देवी लक्ष्मीको पूजा आराधना गर्ने पर्वका रूपमा मनाइँदै गर्दा बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले भने यस पर्वलाई महिला सम्मान र नारी शक्तिको महत्वसँग जोड्नुभएको छ । लक्ष्मीपूजाको अवसरमा शुभकामना सन्देश दिँदै मुख्यमन्त्री थापा मगरले तस्बिरमा सजिएकी लक्ष्मीको पूजा गरेर मात्र नहुने भन्दै घरपरिवार र समाजमा रहेका महिलालाई पनि उत्तिकै आदर र सम्मान गर्न आग्रह गर्नुभएको छ । ‘तस्बिरकी लक्ष्मीको पूजा मात्र होइन, घर–समाजकी लक्ष्मीलाई पनि आदर–सम्मान दिनुहोस्,’ उहाँले भन्नुभएको छ । उहाँले संसारका तीन प्रमुख शक्ति बल, विद्या र धन रहेको उल्लेख गर्दै ती तीनै शक्ति स्त्री स्वरूपमा रहेको बताउनुभएको छ । बलकी…
Read More
पत्रकारिताको आलोचना लोकतन्त्रको सुन्दर पक्ष हो : प्रदेश प्रमुख देवकोटा

पत्रकारिताको आलोचना लोकतन्त्रको सुन्दर पक्ष हो : प्रदेश प्रमुख देवकोटा

          हेटौंडा । बागमती प्रदेशका प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले पत्रकारिताले गर्ने आलोचना लोकतन्त्रको सुन्दर पक्ष भएको बताउनुभएको छ । स्वतन्त्र प्रेसविना लोकतन्त्र बलियो हुन नसक्ने उल्लेख गर्दै उहाँले प्रेस स्वतन्त्रता लोकतान्त्रिक व्यवस्थाको महत्वपूर्ण आधार भएको बताउनुभयो । शनिबार प्रेस चौतारी नेपाल मकवानपुरले हेटौंडामा आयोजना गरेको चाडपर्व लक्षित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै प्रदेश प्रमुख देवकोटाले पत्रकारिताले समाचार सम्प्रेषण गर्ने काममा मात्र सीमित नभई समाजलाई सकारात्मक दिशातर्फ अघि बढाउन महत्वपूर्ण भूमिका खेल्नुपर्ने बताउनुभयो । ‘स्वतन्त्र प्रेसविना लोकतन्त्र बलियो हुन सक्दैन,’ उहाँले भन्नुभयो, ‘प्रेस स्वतन्त्र भएमा मात्र मुलुकमा लोकतान्त्रिक व्यवस्था सुदृढ हुनेछ ।’ पत्रकारिता लोकतान्त्रिक मूल्य–मान्यताको संरक्षण र समाजमा…
Read More
खोलाभित्रै मेसिन प्रयोग गरेर सडक निर्माण, ऋद्धिसिद्धिबारे छानबिन गर्न स्थानीयको माग

खोलाभित्रै मेसिन प्रयोग गरेर सडक निर्माण, ऋद्धिसिद्धिबारे छानबिन गर्न स्थानीयको माग

हेटौंडा । मकवानपुरको मनहरी गाउँपालिका–७ स्थित रिभरसाइड क्षेत्रका स्थानीय बासिन्दाले ऋद्धिसिद्धि सिमेन्ट उद्योगको खानी सञ्चालन तथा खानीसम्म पुग्ने सडक निर्माणका क्रममा खोलामा भइरहेको गतिविधिबारे छानबिन गर्न माग गरेका छन् । मंगलबार स्थानीय वीरेन्द्र डिसीको नेतृत्वमा गएको सरोकारवालाको टोलीले बागमती प्रदेशकी कृषि, पशुपन्छी, वन तथा वातावरणमन्त्री रमा आलेमगरलाई संयुक्त ज्ञापनपत्र बुझाउँदै खोलाको प्राकृतिक अवस्था र स्थानीय बस्तीको सुरक्षालाई ध्यानमा राखेर निर्माण कार्यको अनुगमन तथा छानबिन गर्न माग गरेको हो । स्थानीयका अनुसार खानीसम्म पुग्ने सडक निर्माणका क्रममा खोलाको किनार तथा खोलाभित्रै एक्स्काभेटरलगायतका भारी मेसिनरी प्रयोग गरी निर्माण कार्य भइरहेको छ । यसले खोलाको प्राकृतिक स्वरूप र बहावमा असर पुर्‍याउन सक्ने भन्दै…
Read More
बंशगाेपाल दुग्ध  सहकारीको  साधारणसभा  सम्पन्न 

बंशगाेपाल दुग्ध  सहकारीको  साधारणसभा  सम्पन्न 

भीमसेन पाैडेल/हेटौंडा । हेटौंडा -६ चाैघडामा रहेकाे बंशगाेपाल दुग्ध उत्पादक सहकारी  संस्थाकाे ३५ औं  वार्षिक  साधारणसभा  तथा वार्षिकोत्सब शुक्रवार सम्पन्न  भएको  छ । हेटौंडा उपमहानगरपालिका मेयर मिना लामाकाे प्रमुख आतिथ्यता एवम सहकारीका अध्यक्ष  रामहरि चाैलागाईकाे सभाध्यक्षतामा साधारणसभा  भएको  हाे । साधारणसभामा मेयर लामाले दुग्ध  उत्पादक किसानले दूधकाे क्षेत्रमा  गरेकाे काम महत्त्वपूर्ण  मात्रै नभै  कृषि क्षेत्रमा समेत उदाहरणीय  काम गरेकाे बताउनु भयाे । अहिले नगरकाे धेरै वडामा दुग्ध  उत्पादन र विभिन्न  कृषि सम्वन्धि काममा उपमहानगरपालिकाले सहयाेग गरेकाे बताउद‌ै भाेलीका दिनहरुमा समेत  सहयाेगले निरन्तरता  पाउने बताउनु भयाे । उपमहानगरपालिकाले प्रविधिमैत्री, किसानमैत्री र कृषिमैत्री कार्यक्रमलाई जाेड दिएकाे उहाँले बताउनुभयो । साधारणसभामा संस्थाका  अध्यक्ष …
Read More
राजनीतिक चेतना र संस्थागत अनुभवबिनाको नेतृत्वले देशलाई सही दिशामा लैजान सक्दैन : बस्नेत

राजनीतिक चेतना र संस्थागत अनुभवबिनाको नेतृत्वले देशलाई सही दिशामा लैजान सक्दैन : बस्नेत

हेटौँडा । नेकपा एमालेका सचिव तथा बागमती प्रदेश इन्चार्ज महेश बस्नेतले राजनीतिक चेतना, सैद्धान्तिक तथा वैचारिक ज्ञान र संस्थागत अनुभवबिनाको नेतृत्वले छोटो समयमै देशलाई सही दिशामा अघि बढाउन नसक्ने बताउनुभएको छ । बुधबार हेटौँडा–५ स्थित एमाले पार्टी कार्यालयमा आयोजित बागमती प्रदेश कमिटीको समन्वय बैठक तथा सम्पर्क कार्यालय उद्घाटन समारोहलाई सम्बोधन गर्दै बस्नेतले राज्य सञ्चालनको जिम्मेवारी पाउने नेतृत्वमा राजनीतिक चेतनासँगै वैचारिक स्पष्टता र संस्थागत अनुभव आवश्यक रहेको बताउनुभयो । उहाँले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको सरकारको कार्यशैलीमाथि प्रश्न उठाउँदै बालेन्द्र शाहको नेतृत्वमा सरकार गठन भएको छ महिनामै देश कुन दिशातर्फ अघि बढिरहेको छ भन्ने विषय क्रमशः स्पष्ट हुँदै गएको दाबी गर्नुभयो…
Read More
हेटौंडामा संविधान दिवस : नागरिक अधिकार कार्यान्वयनमा मुख्यमन्त्री थापा मगरको जोड

हेटौंडामा संविधान दिवस : नागरिक अधिकार कार्यान्वयनमा मुख्यमन्त्री थापा मगरको जोड

हेटौंडा । बागमती प्रदेश सरकारले संविधान दिवस तथा राष्ट्रिय दिवस–२०८३ विविध कार्यक्रम आयोजना गरी मनाएको छ । दिवसका अवसरमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय परिसरमा आयोजित समारोहमा उत्कृष्ट कार्य गर्नेहरूलाई पुरस्कार तथा सम्मान प्रदान गरिएको थियो । समारोहलाई सम्बोधन गर्दै  बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले संविधानमा उल्लेखित अधिकार नागरिकले व्यवहारमै अनुभूति गर्ने गरी कार्यान्वयन गर्नुपर्ने बताए । थापा मगरले संविधान नेपाली जनताको त्याग, समर्पण र बलिदानबाट प्राप्त ऐतिहासिक उपलब्धि भएको बताए । लोकतन्त्र, नागरिक स्वतन्त्रता र राष्ट्रिय हितका लागि आफ्नो जीवन समर्पण गर्ने सम्पूर्ण ज्ञात–अज्ञात व्यक्तित्वप्रति उहाँले सम्मान व्यक्त गरेका थिए । उनले संविधानले लोकतन्त्र, नागरिक स्वतन्त्रता, मानव अधिकार, प्रेस…
Read More
हेटौंडामा दोस्रो नगरस्तरीय जुनियर आमन्त्रण तेक्वान्दो प्रतियोगिता सुरु

हेटौंडामा दोस्रो नगरस्तरीय जुनियर आमन्त्रण तेक्वान्दो प्रतियोगिता सुरु

हेटौंडा । हेटौंडामा दोस्रो नगरस्तरीय जुनियर आमन्त्रण तेक्वान्दो प्रतियोगिता सुरु भएको छ । शनिवार ११ औं संविधान दिवसको अवसरमा हेटौंडा –४ नम्बर वडा कार्यालयको आयोजनामा तेक्वान्दो प्रतियोगिता सुरु भएको हो । प्रतियोगिताको उद्घाटन बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले गरे । कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री थापा मगरले खेलकुद क्षेत्रको विकास र खेलाडी उत्पादनका लागि संघीय, प्रदेश र स्थानीय तीनै तहका सरकारले हरेक वर्ष बजेट विनियोजन गर्दै आएको बताए । खेलकुदका पूर्वाधार निर्माणसँगै विभिन्न खेलका प्रतियोगिता आयोजना तथा डोजाङ स्थापना गर्न सरकारले लगानी गरिरहेको उनको भनाइ छ । संघीयता कार्यान्वयनपछि स्थानीय तहले समेत आफ्नो क्षेत्रभित्र रहेका खेल र खेलाडीको विकासका लागि…
Read More
बागमतीमा गत आर्थिक वर्षमा ४४ सडक पुल निर्माण

बागमतीमा गत आर्थिक वर्षमा ४४ सडक पुल निर्माण

बागमती प्रदेशमा गत आर्थिक वर्ष ४४ सडक पुल निर्माण सम्पन्न भएका छन्। बागमती प्रदेश सरकार भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गत विनियोजित कूल रकममध्ये ६३.४० प्रतिशत खर्च भएको मन्त्रालयका प्रवक्ता मदनकुमार आले मगरले जानकारी दिए। मन्त्रालयअन्तर्गत सोही अवधिमा १३६.६६ किमी ग्राभेल सडक स्तरोन्नति, २३१.३१ किमी कालोपत्रे÷ढलान सडक निर्माण, छवटा झोलुङ्गे (पैदलयात्री पुल), १७ सरकारी भवन, १०२सामुदायिक भवन, ९४० विभिन्न कार्यक्रममार्फत आवस निर्माणसँगै १७ वटा उद्यान निर्माण सम्पन्न भएको मन्त्रालयले जनाएको छ। मन्त्रालयअन्तर्गत ४१ रुग्ण आयोजनामध्ये सातवटा सम्पन्न भइसकेको छ भने २३ वटाको निर्माण कार्य सुचारु गराई कार्यासम्पादनमा तीव्रता ल्याइएको छ। बाँकी निर्माण कार्यको लागि ११ को सुचारु ग्र्न आवश्यक समन्वय भइरहेको र…
Read More
सुकुम्बासी बस्तीमा डोजर आतंक : बालेन्द्र सरकारको कदमप्रति एमाले बागमतीको कडा विरोध

सुकुम्बासी बस्तीमा डोजर आतंक : बालेन्द्र सरकारको कदमप्रति एमाले बागमतीको कडा विरोध

हेटौंडा — नेकपा एमाले बागमती प्रदेश संसदीय दलले हालका दिनहरूमा सुकुम्बासी बस्तीहरूमा भइरहेको डोजर कारबाहीप्रति गम्भीर आपत्ति जनाउँदै सरकारको कदमको कडा शब्दमा आलोचना गरेको छ। दलका नेता जेएन थपलियाद्वारा सार्वजनिक विज्ञप्तिमा वर्तमान बालेन्द्र सरकारले पर्याप्त पूर्वसूचना बिना नै भूमिहीन सुकुम्बासीका बस्तीहरूमा डोजर चलाएको आरोप लगाइएको छ। विज्ञप्तिमा कतिपय स्थानमा केवल १–२ दिन, केही अवस्थामा त १ घण्टामात्र सूचना दिएर घर भत्काइएको उल्लेख गर्दै यसले नागरिकलाई जबरजस्ती आवासविहीन बनाएको भनिएको छ। सरकारले व्यवस्थापनका लागि तोकेका दशरथ रङ्गशाला लगायतका स्थानहरूमा समेत बसोबास र खानपानको उचित व्यवस्था नगरी अमानवीय व्यवहार गरेको आरोप एमालेको छ। यस अवस्थाले बालबालिका, वृद्धवृद्धा, सुत्केरी महिला तथा बिरामीहरू थप…
Read More
रोल्पामा जीप दुर्घटना, मृतकको संख्या २० पुग्यो

रोल्पामा जीप दुर्घटना, मृतकको संख्या २० पुग्यो

हेटौंडा । रोल्पामा भएको जिप दुर्घटनामा ज्यान गुमाउनेको संख्या २० पुगेको छ । थवाङ गाउँपालिका–१ जलजलामा रुकुमपूर्वबाट जलजलातर्फ जाँदै गरेको जिप बिहीबार दिउँसो भिरबाट करिब ८ सय मिटर तल खसेर दुर्घटना भएको थियो । प्रहरीका अनुसार, हालसम्म २० जनाको मृत्यु भएको छ भने । उद्धार कार्य जारी छ ।
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.